Skip to content

← व्याकरण अभ्यास

वाच्य

कक्षा ६–८

नियम
  • वाक्यमा कर्ता, कर्म र भाव (क्रियाको अर्थ) मध्ये कुनै एकलाई प्रधान मानेर भनिएको कथन वाच्य हो; वाच्य तीन प्रकारका छन्: कर्तृवाच्य, कर्मवाच्य र भाववाच्य।
  • कर्तृवाच्यमा क्रियापद कर्ताको लिङ्ग, वचन, पुरुष र आदरअनुसार बदलिन्छ: भाइ खेतमा काम गर्छ; दिदीले चिठी लेख्नुभयो। ‘ले’ कर्तृवाच्यको कर्तामा मात्र लाग्छ।
  • कर्मवाच्यमा क्रियापद कर्मको लिङ्ग, वचन, पुरुष र आदरअनुसार बदलिन्छ। कर्तामा ‘बाट’ वा ‘द्वारा’ लाग्छ र धातुमा ‘इ’ थपिन्छ: रामले भात खायो → रामबाट भात खाइयो; दिदीले किताबहरू पढिन् → दिदीबाट किताबहरू पढिए।
  • कर्मवाच्यमा कर्ममा लागेको ‘लाई’ हटाइन्छ र क्रिया त्यही कर्मको पुरुष र वचनअनुसार हुन्छ: आमा मलाई उठाउनुहुन्छ → आमाबाट म उठाइन्छु।
  • भाववाच्य अकर्मक क्रियाको मात्र बन्छ। कर्तामा ‘बाट/द्वारा’ लगाउन वा कर्ता हटाउन सकिन्छ, ‘म’ लाई ‘आफू’ बनाइन्छ, र क्रिया सधैँ तृतीय पुरुष, एकवचन, पुलिङ्ग र अनादरको हुन्छ: हजुरबुबा हिँड्नुभयो → हजुरबुबाबाट हिँडियो; म बस्छु → आफू बसिन्छ।
  • धातुमा ‘इ’ जोड्दा: गर् → गरिन्छ, खा → खाइयो, बोलाउ → बोलाइयो, दे → दिइन्छ, पिउ → पिइन्छ; ‘जा’ चाहिँ ‘गइ’ हुन्छ: गइन्छ, गइयो।
  • वाच्य बदल्दा काल, पक्ष, भाव र करण-अकरण उस्तै रहन्छन्: गर्छ → गरिन्छ, गर्‍यो → गरियो, गर्ने छ → गरिने छ, गर्दै छ → गरिँदै छ, गरेको थियो → गरिएको थियो, गर्थ्यो → गरिन्थ्यो, गरेन → गरिएन।
  • आज्ञार्थ र इच्छार्थ वाक्यमा धातुमा ‘इयोस्’ लाग्छ (कर्मवाच्यमा कर्म बहुवचन भए ‘इयुन्’): तिमी यहीँ बस → तिमीबाट यहीँ बसियोस्; भाइ पाठ पढोस् → भाइबाट पाठ पढियोस्।

यस पटक: ० ठिक, ० बेठिक

० मध्ये ० ठिक

यस विषयका ११२ प्रश्नमध्ये अहिलेसम्म ० ठिक।