Skip to content

← व्याकरण अभ्यास

पदयोग र पदवियोग

कक्षा ६–८

नियम
  • दुई वा बढी पद जोडेर लेख्नुलाई पदयोग र छुट्याएर लेख्नुलाई पदवियोग भनिन्छ: घरभित्र (पदयोग), पढ्दै छ (पदवियोग)।
  • विभक्ति (ले, लाई, बाट, मा, को, का, की) नाम र सर्वनाममा जोडिन्छन्: बसबाट, काममा, मानिसले।
  • बहुवचनको ‘हरू’ जोडिन्छ: मामाहरू, उनीहरू।
  • नाममा सिधै लाग्ने नामयोगी जोडिन्छ: तपाईँसँग, उत्तरतिर, नियमअनुसार, बुबाबाहेक। विभक्तिपछिको नामयोगी छुट्टिन्छ: आमाका लागि।
  • आआफ्नो, आआफ्नै एउटै शब्द हुन्।
  • दुई क्रिया मिलेर बनेको क्रियापद जोडिन्छ: गर्नुपर्छ, आउनुभयो, हेरिरहेका।
  • अपूर्ण र पूर्ण पक्षका छ, थियो छुट्टिन्छन्: झर्दै छ, पुगेको छ।
  • छुट्टै अर्थ दिने पद छुट्टै लेखिन्छ: दुई अलग क्रिया (गर्न सक्छ), नाम र क्रियापद (गीत गाउनु), विशेषण र नाम (ठुलो बाढी)।
  • निपात (त, नै, पो, पनि, रे) र संयोजक (र, तर, अनि) छुट्टिन्छन्: अहिले नै, म पनि, बाढी र पहिरो।
  • पूरै शब्दको द्वित्व छुट्टिन्छ: जो जो, घर घर, राम्रा राम्रा।
  • सामान्य भविष्यत्मा ‘-ने’ पछिको छ, छु, छौँ छुट्टिन्छन्: गर्ने छौँ।

यस पटक: ० ठिक, ० बेठिक

० मध्ये ० ठिक

यस विषयका ५८ प्रश्नमध्ये अहिलेसम्म ० ठिक।

अर्को: भाव