Skip to content

← व्याकरण अभ्यास

काल र पक्ष

कक्षा ६–८

नियम
  • क्रियाले बुझाउने समय काल हो: बितेको समय भूत काल, अहिलेको समय वर्तमान काल र पछिको समय भविष्यत् काल।
  • भूत काल: खेल्यो, पढेँ, गयौँ; वर्तमान काल: खेल्छ, पढ्छु, जान्छौँ; भविष्यत् काल: खेल्ने छ, पढ्ने छु, जाने छौँ।
  • समय बुझाउने शब्दले काल चिनाउँछन्: हिजो, अस्ति, गत वर्ष भूत; अहिले, आजभोलि, सधैँ वर्तमान; भोलि, पर्सि, अर्को हप्ता भविष्यत्।
  • अपूर्ण पक्ष: काम भइरहेको बुझाउँछ; धातुमा ‘दै’ लागेर थियो, छ वा हुने छ आउँछ: डुल्दै थियो, डुल्दै छ, डुल्दै हुने छ।
  • पूर्ण पक्ष: काम सकिएको बुझाउँछ; धातुमा ‘एको, एका, एकी’ लागेर थियो, छ वा हुने छ आउँछ: गएको थियो, गएका छन्, गएकी हुने छिन्।
  • अज्ञात पक्ष, जसलाई अज्ञात भूत पनि भनिन्छ: भइसकेको काम पछि मात्र थाहा भएको बुझाउँछ; धातुमा ‘एछ’ लाग्छ: आएछ, ल्याउनुभएछ।
  • अभ्यस्त पक्ष, जसलाई अभ्यस्त भूत पनि भनिन्छ: पहिले बानीका रूपमा बारम्बार हुने गरेको काम बुझाउँछ; धातुमा ‘थ्यो, थे’ लाग्छ: जान्थ्यो, सुनाउनुहुन्थ्यो।
  • आदरार्थी रूप: पढ्नुभयो, पढ्नुहुन्छ, पढ्नुहुने छ; पढ्दै हुनुहुन्छ; पढ्नुभएको छ।

यस पटक: ० ठिक, ० बेठिक

० मध्ये ० ठिक

यस विषयका ११२ प्रश्नमध्ये अहिलेसम्म ० ठिक।

अर्को: भाव