Skip to content

← व्याकरण अभ्यास

कारक र विभक्ति

कक्षा ६–८

नियम
  • वाक्यमा नाम वा सर्वनाम पदको क्रियापदसँग हुने सम्बन्धलाई कारक भनिन्छ, र त्यो सम्बन्ध देखाउन पदमा लाग्ने ले, लाई, बाट, मा जस्ता चिह्नलाई विभक्ति भनिन्छ।
  • पाठ्यपुस्तकमा कारक छ प्रकारका छन्: कर्ता, कर्म, करण, सम्प्रदान, अपादान र अधिकरण; विभक्ति सात छन्: प्रथमादेखि सप्तमीसम्म।
  • कर्ता कारक (प्रथमा; ले वा केही नलाग्ने, कर्मवाच्यमा बाट वा द्वारा): काम गर्ने। भूत काल र पूर्ण पक्षमा सकर्मक क्रियाको कर्तामा ‘ले’ लाग्छ (भाइले भात खायो), अकर्मकमा लाग्दैन (भाइ घर गयो)।
  • कर्म कारक (द्वितीया, लाई वा केही नलाग्ने): कामको असर पर्ने। मानिस वा जनावरमा प्रायः ‘लाई’ लाग्छ (आमाले बहिनीलाई बोलाउनुभयो), वस्तुमा प्रायः लाग्दैन (दिदीले किताब पढिन्)।
  • करण कारक (तृतीया, ले, द्वारा, बाट): काम गर्ने साधन: बुबाले कोदालोले बारी खन्नुभयो।
  • सम्प्रदान कारक (चतुर्थी, लाई, लागि, निम्ति): जसलाई केही दिइन्छ वा जसका लागि काम गरिन्छ: धनीले गरिबलाई कम्बल दिए; आमाले छोरीका लागि लुगा सिलाउनुभयो।
  • अपादान कारक (पञ्चमी, बाट, देखि): छुट्टिने वा सुरु हुने ठाउँ र समय: रुखबाट पात झर्‍यो; बिहानदेखि पानी परिरहेको छ।
  • अधिकरण कारक (सप्तमी, मा): काम हुने आधार, ठाउँ वा समय: किताब टेबुलमा छ; हामी दसैँमा मामाघर जान्छौँ।
  • षष्ठी विभक्ति (को, का, की; रो, रा, री; नो, ना, नी) एउटा नामलाई अर्को नामसँग जोड्छ; यसको कारक हुँदैन। पछि आउने नामअनुसार रूप फेरिन्छ: हरिको घर, हरिकी छोरी, हरिका साथी; मेरो, हाम्रा, आफ्नी।

यस पटक: ० ठिक, ० बेठिक

० मध्ये ० ठिक

यस विषयका १०६ प्रश्नमध्ये अहिलेसम्म ० ठिक।

अर्को: करण र अकरण