Skip to content

← व्याकरण अभ्यास

पदयोग र पदवियोग

कक्षा ९–१०

नियम
  • दुई वा बढी पद जोडेर लेख्नुलाई पदयोग र छुट्याएर लेख्नुलाई पदवियोग भनिन्छ: घरभित्र (पदयोग), पढ्दै छ (पदवियोग)।
  • नाम र सर्वनाममा लाग्ने विभक्ति र बहुवचनको ‘हरू’ जोडिन्छन्: रामले, मलाई, घरबाट, केटाहरूको।
  • नाममा सिधै लाग्ने नामयोगी जोडिन्छ: घरभित्र, साथीसँग, आजसम्म, ऊभन्दा; तर विभक्तिपछि आउने नामयोगी छुट्टिन्छ: आमाका लागि, देशका निम्ति।
  • समस्त शब्द, उपसर्ग र प्रत्यय लागेका शब्द र निषेधको ‘न’ जोडिन्छन्: देशभक्ति, प्रतिस्पर्धा, लेखाइ, नटोक्नुहोस्।
  • संयुक्त क्रिया जोडिन्छ: गर्नुपर्छ, गरिरहेको, पढिसक्यो, खाइदियो।
  • अपूर्ण र पूर्ण पक्ष र सामान्य भविष्यत्का क्रियापद छुट्याएर लेखिन्छन्: पढ्दै छ, गरेको थियो, जाने छ।
  • निपात (त, नै, पो, पनि, रे) र संयोजक (र, तर, अनि, कि) छुट्टिन्छन्: म पनि, आयो रे, अधिकार कि कर्तव्य।
  • पूरै शब्द दोहोरिएको द्वित्व छुट्टिन्छ, र विशेषण र नाम पनि छुट्टिन्छन्: गाउँ गाउँ, राम्रो किताब।

यस पटक: ० ठिक, ० बेठिक

० मध्ये ० ठिक

यस विषयका ४७ प्रश्नमध्ये अहिलेसम्म ० ठिक।

अर्को: भाव