Skip to content

← हाम्रो स्थानीय तह

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण नियमावली, २०३०

नेपाल राजपत्रमा प्रकाशित मिति
२०३०।११।२८
संशोधन
२०७६।०८।२३ सम्मका ६ संशोधनसहित

यो पढ्न र लिङ्क गर्न सजिलो होस् भनेर राखिएको प्रति हो, अक्षर नबदली। आधिकारिक पाठ नेपाल कानुन आयोगको प्रति नै हो; हरेक नियममा त्यसको पृष्ठ दिइएको छ।

संशोधन भएका ठाउँमा अहिले लागु भएको पाठ देखाइएको छ। चिह्नले कुन ऐनले बदलेको भन्ने जनाउँछ; पुरानो पाठ यहाँ छैन।

विषयसूची (७७)

परिच्छेद–१: प्रारम्भिक

  1. १.संक्षिप्त नाम र प्रारम्भ
  2. २.परिभाषा

परिच्छेद–२: राष्ट्रिय निकुञ्‍ज तथा आरक्षसम्बन्धी व्यवस्था

  1. ३.निकुञ्‍ज वा आरक्षभित्र सञ्‍चालन गरिने सेवा
  2. ३क.व्यवस्थापन योजना
  3. ४.संनियमित प्राकृतिक आरक्षमा प्रवेश

परिच्छेद–३: शिकार सम्बन्धी व्यवस्था

  1. ५.शिकार गर्न नहुने
  2. ६.शिकार गर्न निषेध गरिएको तरिकाहरू
  3. ७.शिकार गर्दा प्रयोगमा ल्याउन नहुने हातहतियार र खरखजाना

परिच्छेद–४: शिकार अनुज्ञापत्र (लाइसेन्स) र अन्य इजाजतपत्र (पर्मिट) सम्बन्धी व्यवस्था

  1. ८.शिकार अनुज्ञापत्र (लाइसेन्स) का किसिमहरु
  2. ९.जिल्ला शिकार अनुज्ञापत्र (लाइसेन्स)
  3. १०.सामान्य शिकार अनुज्ञापत्र
  4. ११.पूरक शिकार अनुज्ञापत्र
  5. १२.पन्छी शिकार अनुज्ञापत्र (लाइसेन्स)
  6. १३.शिकार अनुज्ञापत्र (लाइसेन्स) दिने अधिकारी
  7. १४.अनुज्ञापत्र (लाइसेन्स) बेगर शिकारमा मद्दत गर्न नहुने
  8. १५.पेशेवार शिकारी अनुज्ञापत्र
  9. १६.शिकार गाइड अनुज्ञापत्र (लाइसेन्स)
  10. १७.एकभन्दा बढी शिकार अनुज्ञापत्र (लाइसेन्स) नदिइने
  11. १८.अनुज्ञापत्र, वन्यजन्तु, आखेटोपहार वा हातहतियार देखाउन पर्ने
  12. १९.अनुज्ञापत्र (लाइसेन्स) हस्तान्तरण नहुने
  13. २०.अनुज्ञापत्र (लाइसेन्स) फिर्ता गर्नु पर्ने
  14. २१.शिकार आरक्षमा क्षेत्र (ब्लक) सुरक्षण इजाजतपत्र
  15. २२.नमूना संकलन गर्न वा वन्यजन्तु र पन्छीहरू पक्रन वा शिकार गर्न इजाजतपत्र लिनु पर्ने
  16. २३.वन्यजन्तु र पन्छी पक्रने दस्तूर
  17. २४.अनुज्ञापत्र र इजाजतपत्रको लागि दिइने दरखास्त, त्यसको ढाँचा र दस्तुर
  18. २५.विदेशी नागरिकलाई शिकार अनुज्ञापत्र दिने बारे
  19. २६.अनुज्ञापत्र निलम्बन गर्न सकिने
  20. २७.अनुज्ञापत्रको नक्‍कल दिन सकिने

परिच्छेद–५: विविध

  1. २८.शिकार रजिष्टर
  2. २९.तोकिएको किसिमको वा संख्या भन्दा बढी वन्यजन्तु मरेमा बुझाउनु पर्ने
  3. २९क.बनेल पक्रने अनुज्ञापत्र
  4. ३०.आखेटोपहारको निकासी पैठारी वा व्यापार गर्न सिफारस प्राप्त गर्नु पर्ने
  5. ३१.निकासी पैठारी गर्ने बाटो तोक्न सक्ने
  6. ३२.आखेटोपहारको हस्तान्तरण
  7. ३३.कानूनी स्वामित्वको निस्सा
  8. ३३क.आखेटोपहार प्रयोग गर्न दिने वा नष्ट गर्ने सम्बन्धी व्यवस्था
  9. ३४.घाइते भएका वन्यजन्तु पनि शिकार गर्ने संख्यामा गिन्ती गरिने
  10. ३५.सूचना गर्नु पर्ने
  11. ३६.कुनै वन्यजन्तु वा पन्छीलाई हानिकारक घोषित गर्न सकिने
  12. ३६क.वन्यजन्तुलाई मार्न, पक्रन वा लखेट्न आदेश दिने अधिकारी
  13. ३६ख.व्यवसायिक रुपमा वन्यजन्तु पालन तथा प्रजनन
  14. ३६ग.वैज्ञानिक अध्ययन, अनुसन्धान वा शैक्षिक प्रदर्शनीको लागि वन्यजन्तु प्रदान गर्ने
  15. ३६घ.चिडियाखाना, वन्यजन्तु उद्धार केन्द्र तथा वन्यजन्तु अस्पताल स्थापना गर्ने
  16. ३६ङ.प्राविधिक समिति
  17. ३६च.विदेशी मुलुकलाई वन्यजन्तु उपलब्ध गराउने
  18. ३६छ.वन्यजन्तु स्थानान्तरण गर्ने
  19. ३६ज.राहत सम्बन्धी व्यवस्था
  20. ३६झ.विपद् प्रभावितलाई काठ सङ्‍कलन गर्न अनुमति दिने
  21. ३६ञ.अनुगमन तथा मूल्याङ्‍कन
  22. ३६ट.मापदण्ड बनाउन सक्ने
  23. ३७.अनुसूचीमा संशोधन गर्न सकिने
  24. ३८.मुद्दा हेर्ने अधिकारी
  25. ३९.खारेजी

अनुसूची

  1. अनूसूची -१
  2. अनूसूची -२
  3. अनुसूची -३
  4. अनुसूची -४
  5. अनुसूची -५
  6. अनुसूची -६
  7. अनुसूची -७
  8. अनुसूची -८
  9. अनुसूची -९
  10. अनुसूची -१०
  11. अनुसूची -११
  12. अनुसूची -१२
  13. अनुसूची -१२क.
  14. अनुसूची -१३
  15. अनुसूची -१४
  16. अनुसूची -१५
  17. अनुसूची-१६
  18. अनुसूची -१७
  19. अनुसूची-१८
  20. अनुसूची -१९
  21. अनुसूची -२०
  22. अनुसूची -२१
  23. अनुसूची -२२
  24. अनुसूची -२३

परिच्छेद–१प्रारम्भिक

संक्षिप्त नाम र प्रारम्भपृ. १

(१)

यी नियमहरुको नाम “राष्ट्रिय निकुञ्‍ज तथा वन्यजन्तु संरक्षण नियमावली, २०३०” रहेकोछ ।

(२)

यो नियमावली तुरुन्त प्रारम्भ हुनेछ ।

परिभाषापृ. १

विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस नियमावलीमा,-

(क)

“ऐन” भन्‍नाले राष्ट्रिय निकुञ्‍ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ सम्झनु पर्छ ।

(ख)

“प्रमुख” भन्‍नाले राष्ट्रिय निकुञ्‍ज तथा वन्यजन्तु संरक्षण १विभागको २महानिर्देशक सम्झनु पर्छ ।

(ग)

३……

(घ)

“अनुज्ञापत्र (लाइसेन्स)” भन्‍नाले यस नियमावली बमोजिम प्रदान गरिने कुनै किसिमको अनुज्ञापत्र (लाइसेन्स) सम्झनु पर्छ ।

(ङ)

“इजाजतपत्र (पर्मिट)” भन्‍नाले यस नियमावली बमोजिम प्रदान गरिने कुनै किसिमको इजाजतपत्र (पर्मिट) सम्झनु पर्छ ।

(च)

“मन्त्रालय” भन्‍नाले ४वन तथा वातावरण मन्त्रालय सम्झनु पर्छ ।

५(छ)

“विभाग” भन्‍नाले राष्ट्रिय निकुञ्‍ज तथा वन्यजन्तु संरक्षण विभाग सम्झनु पर्छ ।

६(ज)

“स्थानीय तह” भन्‍नाले गाउँपालिका वा नगरपालिका सम्झनु पर्छ ।

६(झ)

“प्राविधिक समिति” भन्‍नाले नियम ३६ङ. बमोजिमको प्राविधिक समिति सम्झनु पर्छ।

६(ञ)

“वन्यजन्तु उद्धार केन्द्र” भन्‍नाले टुहुरा, असहाय, समस्याग्रस्त र उद्धार गरिएका वन्यजन्तुको संरक्षण, उपचार र व्यवस्थापन गर्नको लागि स्थापना गरिएको वन्यजन्तु उद्धार केन्द्र सम्झनु पर्छ ।

६(ट)

“वन्यजन्तु अस्पताल” भन्‍नाले रोगी वा घाइते वन्यजन्तुको औषधि उपचार, स्याहार सुसार गर्नको लागि स्थापना गरिएको वन्यजन्तु अस्पताल सम्झनु पर्छ ।

परिच्छेद–२राष्ट्रिय निकुञ्‍ज तथा आरक्षसम्बन्धी व्यवस्था

निकुञ्‍ज वा आरक्षभित्र सञ्‍चालन गरिने सेवापृ. २

(१)

ऐनको दफा ६ बमोजिमको कुनै सेवा सुविधा नेपाल सरकारले कसैबाट संचालन गराउन चाहेमा त्यस्तो सेवा वा सुविधा सम्बन्धी आवश्यक विवरण खोली त्यस्तो सेवा वा सुविधा के कस्तो शर्तमा सञ्‍चालन गर्न सक्ने हो सो सबै कुरा खुलाई सिल्ड टेण्डर दिनको लागि कम्तिमा पैंतीस दिनको म्याद तोकी प्रमुख पत्र पत्रिकामासूचना प्रकाशित गर्नुपर्छ र त्यस्तो टेण्डरको सूचनामा टेण्डर पेश गर्नु पर्ने कार्यालय वा अधिकृत र टेण्डर खोलिने समय समेत तोक्नु पर्छ ।

(२)

उपनियम (१) बमोजिम म्यादभित्र पर्न आएका टेण्डरहरु रीतपूर्वकको नभए वा सन्तोषप्रद नभएको भन्ने नेपाल सरकारलाई लागेमा अर्को टेण्डर माग गर्नको लागि पुन: सूचना प्रकाशित गर्न सक्नेछ ।

(३)

उपनियम (१) वा (२) बमोजिम पेश भएको टेण्डर मध्ये नेपाल सरकारलाई सबैभन्दा बढी राजश्व (रोयल्टी) कबूल गर्नेको स्वीकार गर्नु पर्छ ।

तर कुनै खास अवस्थामा कम्ती राजश्व (रोयल्टी) कबूल गर्नेको टेण्डर पनि स्वीकार गर्न सकिनेछ र त्यस्तोमा टेण्डर स्वीकार गर्ने अधिकारीले सो गर्नु परेको कारण समेत जनाई राख्‍नुपर्छ ।

(४)

राष्ट्रिय निकुञ्‍ज वा आरक्षभित्र कुनै सेवा वा सुविधा संचालन गर्नकोलागि बोलकबोल गर्ने व्यक्तिले त्यस्तो सेवा वा सुविधा सञ्‍चालन गर्ने सम्बन्धमा कुनै किसिमको निर्माण कार्य गर्नु पर्दा त्यसको ७विस्तृत आयोजना प्रतिवेदन तयार गरी नेपाल सरकारबाट स्वीकृत गराउनु पर्नेछ ।

८(५)

यस नियम बमोजिम सेवा वा सुविधा सञ्‍चालन गर्न दिँदा वा ऐनको दफा ६ बमोजिम नेपाल सरकार स्वयम्‌ले सेवा वा सुविधा सञ्‍चालन गर्दा प्रचलित कानून बमोजिम वातावरणीय अध्ययन गर्नु पर्नेछ।

८ व्यवस्थापन योजनापृ. ३

(१)

संरक्षकले राष्ट्रिय निकुञ्‍ज वा आरक्षको संरक्षण, संवर्द्धन र व्यवस्थापनको लागि व्यवस्थापन योजना तयार गरी स्वीकृतिको लागि विभाग समक्ष पेश गर्नु पर्नेछ ।

(२)

उपनियम (१) बमोजिम पेश भएको व्यवस्थापन योजना विभागले स्वीकृत गर्न वा त्यस्तो योजनामा कुनै हेरफेर गर्न आवश्यक देखिएकोमा सो विषय समेत उल्लेख गरी सम्बन्धित कार्यालयमा फिर्ता पठाउन सक्नेछ ।

(३)

उपनियम (२) बमोजिम कुनै व्यवस्थापन योजना फिर्ता आएकोमा सम्बन्धित कार्यालयले आवश्यक हेरफेर गरी आफ्नो राय सहित स्वीकृतिको लागि पुन: विभागमा पेश गर्नु पर्नेछ।त्यसरी पेश भएको व्यवस्थापन योजना विभागले स्वीकृत गर्न सक्नेछ ।

(४)

उपनियम (२) वा (३) बमोजिम स्वीकृत भएको व्यवस्थापन योजना संरक्षकले लागू गर्नेछ ।

(५)

यस नियम बमोजिम स्वीकृत भएको व्यवस्थापन योजनामा कुनै संशोधन गर्नु पर्ने देखिएमा संरक्षकले संशोधन गर्नु पर्ने विषयमा आधार, कारण र आफ्नो राय सहितको प्रतिवेदन तयार गरी विभाग समक्ष पेश गर्नु पर्नेछ ।

(६)

उपनियम (५) बमोजिम प्राप्त प्रतिवेदनबाट चालु व्यवस्थापन योजनामा संशोधन गर्न आवश्यक देखिएकोमा विभागले त्यस्तो योजना संशोधन गर्नु पर्नेछ।

(७)

संरक्षकले चालू व्यवस्थापन योजना समाप्त हुनु भन्दा एक वर्ष अगाडि यस नियम बमोजिम अर्को अवधिका लागि व्यवस्थापन योजना तयार गर्नु पर्नेछ ।

संनियमित प्राकृतिक आरक्षमा प्रवेशपृ. ४

(१)

काजमा खटिएका सरकारी कर्मचारी बाहेक अन्य कुनै व्यक्तिले प्रमुखको लिखित अनुमति प्राप्त नगरी संनियमित प्राकृतिक आरक्षमा प्रवेश गर्न पाउने छैन र साधारणतया त्यस्तो इजाजतपत्र (पर्मिट) बैज्ञानिक अनुसन्धानको लागि मात्र दिइनेछ ।

(२)

उपनियम (१) बमोजिम इजाजतपत्र प्राप्त गर्ने व्यक्तिले पालन गर्नु पर्ने शर्त र त्यस्तो इजाजतपत्र बहाल रहने अवधि सोही इजाजतपत्रमा तोकिए बमोजिमको हुनेछ ।

परिच्छेद–३शिकार सम्बन्धी व्यवस्था

शिकार गर्न नहुनेपृ. ४

कुनै व्यक्तिले अनुज्ञापत्र (लाइसेन्स) प्राप्त गरेर पनि देहायका अवस्थामा कुनै वन्यजन्तु वा पन्छीहरुको शिकार गर्न हुँदैन ।

(क)

गर्भिणी वा कलिलो बच्चा साथमा रहेको पोथी भएमा,

(ख)

शिकार बन्द समयमा,

(ग)

रातको समयमा ।

स्पष्टीकरण: यस निमयको प्रयोजनको लागि “रातको समय” भन्‍नाले सूर्यास्तको आधा घण्टा पछिदेखि सूर्योदय हुनुभन्दा आधा घण्टा अगाडिसम्मको समयलाई जनाउँछ ।

शिकार गर्न निषेध गरिएको तरिकाहरूपृ. ५

(१)

प्रमुखको लिखित आदेश नभई कुनै पनि व्यक्तिले देहायको तरिकाबाट वन्यजन्तु वा पन्छीको शिकार गर्न हुँदैन:-

(क)

पानी पिउने घाट वा नून वा माटो चाट्ने वा आहाल बस्ने ठाउँमा ढुकेर,

(ख)

कुनै किसिमको दर्जन, दामल, जाल, धराप, खोर वा पासो थापेर,

(ग)

विष वा लट्ठाउने औषधि खुवाएर,

(घ)

विषयुक्त हातहातियार प्रयोग गरेर,

(ङ)

पात बजाएर वा कृत्रिम बोलिले बोलाएर वा कुनै किसिमको बाजा वा टेपरेकर्ड बजाएर,

(च)

गुँड वा मादमा ढुकी बसेर,

(छ)

राँको वा बत्तीहरू देखाएर,

(ज)

मचान वा जनावर झुक्याउने गरी लुक्ने ठाउँ बनाएर,

(झ)

मोटरकार, जीप, ट्रक, गाडा, ट्‍याक्टर, हवाई जहाज, हेलिकोप्टरमा चढेर,

(ञ)

शिकार गर्ने उद्देश्यले कुनै किसिमको घाँसमा वा जङ्गलमा आगो लगाएर,

(ट)

कुनै वन्यजन्तुको शिकारमा कुकुरको मद्दत लिएर र पन्छीको शिकारको हकमा घर पालुवा चराको मद्दत लिएर ।

(२)

बौलाएको हात्ती वा मान्छे खाने (म्यानइटर) बाघ वा चितवालाई मार्नु पर्दा उपनियम (१) को खण्ड (ञ) बाहेक अन्य कुनै तरिका अपनाउन सकिनेछ ।

शिकार गर्दा प्रयोगमा ल्याउन नहुने हातहतियार र खरखजानापृ. ५

देहायबमोजिम शिकार गर्दा देहायको हातहतियार र खरखजाना प्रयोग गर्न पाइने छैन:-

(क)

सबै किसिमको शिकार गर्दा:

(१)

स्वचालित (अटोमेटिक) राइफल वा एक चोरी ट्रीगर तान्दा एक भन्दा बढी गोली एकै पटक जाने जुनसुकै किसिमको हतियार,

(२)

विषयुक्त पदार्थ वा बम पड्कने खरखजाना,

(३)

साइलेन्सर जडान भएको बन्दुक ।

(ख)

चौघडा र सो सरहको जन्तु वा पन्छीहरू बाहेक अन्य वन्यजन्तुको शिकार गर्दा:

(१)

१२२ बोर रिम फायर राइफल,

(२)

हवाई बन्दूक (एअरगन) वा कार्वोनडाईअक्साइड बन्दूक,

(३)

सबै किसिमको पेस्तोल वा रिभल्वर,

(ग)

लगुना, रातो मृग, घोरल, बनेल र पन्छीहरू बाहेक अन्य कुनै किसिमका वन्यजन्तुको शिकार गर्दा:

(१)

जुनसुकै किसिमको छर्रावाल बन्दुक (शटगन),

(२)

भरुवा बन्दुक,

(३)

१२२ बोरभन्दा सानो बोर वा सोभन्दा कम शक्तिको राइफल ।

परिच्छेद–४शिकार अनुज्ञापत्र (लाइसेन्स) र अन्य इजाजतपत्र (पर्मिट) सम्बन्धी व्यवस्था

शिकार अनुज्ञापत्र (लाइसेन्स) का किसिमहरुपृ. ६

शिकार अनुज्ञापत्र देहाय बमोजिम चार किसिमका हुनेछन्:-

(क)

जिल्ला शिकार अनुज्ञापत्र,

(ख)

सामान्य शिकार अनुज्ञापत्र,

(ग)

पूरक शिकार अनुज्ञापत्र,

(घ)

पन्छी शिकार अनुज्ञापत्र,

जिल्ला शिकार अनुज्ञापत्र (लाइसेन्स)पृ. ७

१(१)

जिल्ला शिकार अनुज्ञापत्र अनुसूची -१ बमोजिमको दस्तुर लिई नेपाली नागरिकलाई मात्र दिन सकिनेछ । सो अनुज्ञापत्र दश दिनसम्म बहाल रहने गरी ७डिभिजन वन कार्यालयले दिन सक्नेछ र त्यस्तो अनुज्ञापत्र प्राप्त गर्ने व्यक्तिले अनुज्ञापत्रमा तोकिएको इलाकामा देहायका वन्यजन्तुहरु र पन्छीहरू देहायको अधिकतम संख्यामा नबढाई वन्यजन्तुको हकमा जम्मा तीनवटासम्म र पन्छीको हकमा जम्मा दशवटासम्म शिकार गर्न पाउनेछ । वन्यजन्तु र पन्छीहरूको नाम शिकार गर्न पाइने प्रत्येक वन्यजन्तु र पन्छीहरूको अधिकतम संख्या:-

(१)

स्तनधारी:

(क)

रातो मृग - १

(ख)

चित्तल - १

(ग)

बनेल - २

(घ)

चौघडा - ३

(२)

पन्छीहरू:

(क)

मुजूर - १

(ख)

कालिज - ३

(ग)

लुईचे - ५

(घ)

तित्रा, च्याखुरा - १०

(ङ)

पानी हाँस - १० तर कुनै पनि दिनमा तीनवटा भन्दा बढी पन्छीहरू मार्न पाइने छैन ।

(२)

उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भएता पनि जिल्ला शिकार अनुज्ञापत्र एकै व्यक्तिलाई एक वर्षमा एक पटक भन्दा बढी दिइने छैन र त्यसको म्यादभित्र शिकार गरे पनि नगरे पनि सो अनुज्ञापत्रको म्याद थप हुने छैन ।

१ सामान्य शिकार अनुज्ञापत्रपृ. ७

सामान्य शिकार अनुज्ञापत्र अनुसूची -१ बमोजिमको दस्तुर लिई नेपाली र विदेशी नागरिकलाई महाभारत श्रृंखलादेखि दक्षिण सीमाक्षेत्रसम्म पन्ध्रदिन वा महाभारत श्रृंखलादेखि उत्तर सीमाक्षेत्रसम्म एक्काइस दिनसम्म बहाल रहने गरी दिन सकिनेछ र त्यस्तो अनुज्ञापत्र प्राप्त गर्ने व्यक्तिले अनुज्ञापत्रमा लेखिएको जिल्ला वा क्षेत्रमा देहायका वन्यजन्तुहरू र पन्छीहरू देहायको अधिकतम संख्यामा नबढाई वन्यजन्तुको हकमा जम्मा चारवटासम्म र पन्छीहरुको हकमा जम्मा दशवटासम्म शिकार गर्न पाउनेछ:-

(१)

वन्यजन्तुको नाम शिकार गर्न पाइने प्रत्येक वन्यजन्तुको अधिकतम संख्या:-

(क)

रातो मृग - १

(ख)

चित्तल - २

(ग)

लगुना - १

(घ)

घोडा गधा - १

(ङ)

बनेल - २

(च)

चौघडा - ४

(२)

पन्छीहरूको नाम : शिकार गर्न पाइने प्रत्येक पन्छीहरूको अधिकतम संख्या:-

(क)

मुजूर - २

(ख)

कालिज - ४

(ग)

लुईचे - १०

(घ)

च्याखुरा र तीत्रा - १०

(ङ)

पानी हाँस र चखेवा - १०

(च)

ढुकुर, परेवा, हलेसो - १०

(छ)

बट्टाई - १०

(ज)

चाहा - १० तर कुनै पनि दिनमा चाहा र बट्टाई बाहेक अन्य पन्छीहरू पाँचवटा भन्दा बढी मार्न पाइने छैन । चहा र बट्टाईको हकमा एक दिनमा बढीमा दशबटासम्म शिकार गर्न सकिनेछ ।

१ पूरक शिकार अनुज्ञापत्रपृ. ९

सामान्य शिकार अनुज्ञापत्र प्राप्त व्यक्तिलाई सो अनुज्ञापत्रमा तोकिएको ठाउँ र म्यादभित्र शिकार गर्ने गरी अनुसूची-१ बमोजिम लाग्ने दस्तुर बुझाएमा देहायका वन्यजन्तु देहाय बमोजिमको संख्यामा शिकार गर्न पूरक शिकार अनुज्ञापत्र दिन सकिनेछ:-

(१)

वन्यजन्तुको नाम शिकार गर्न पाइने प्रत्येक वन्यजन्तुको अधिकतम संख्या:-

(क)

नाउर - २

(ख)

जरायो - १

(ग)

चितुवा - १

(घ)

भालु (हिमालयन बियर) - १

(ङ)

भालु (स्थल बियर) - १

(च)

थार - १

(छ)

झारल - १

(ज)

घोरल - १

(झ)

चित्तल - २

(ञ)

बनेल - २

पन्छी शिकार अनुज्ञापत्र (लाइसेन्स)पृ. ९

यो अनुज्ञापत्र शिकार खुला समय (सिजन) भरको लागि बहाल रहने गरी नेपाली र विदेशी नागरिकलाई ९अनुसूची -१ बमोजिमको दस्तुर लिई दिन सकिनेछ र त्यस्तो अनुज्ञापत्र प्राप्त गर्ने व्यक्तिले देहायमा लेखिएका पन्छीहरूको हकमा एक दिनमा पाँचमा नबढाई शिकार गर्न पाउनेछ । चाहा र बट्टाईको हकमा एक दिनमा दशवटासम्म शिकार गर्न सकिनेछ:-

पन्छीहरूको नाम : शिकार गर्न पाइने प्रत्येक पन्छीहरूको अधिकतम संख्या:-

(१)

मुजूर - ४

(२)

कालिज - २

(३)

तित्रा - जतिसुकै पनि

(४)

लुईचे - ,,

(५)

बट्टाई - ,,

(६)

पानी हाँस र चखेवा - ,,

(७)

ढुकुर, परेवा, हलेसो- - ,,

(८)

चाहा - ,,

(९)

च्याखुरा - ,,

शिकार अनुज्ञापत्र (लाइसेन्स) दिने अधिकारीपृ. १०

(१)

जिल्ला शिकार अनुज्ञापत्र बाहेक नियम १०, ११ र १२ बमोजिमको अनुज्ञापत्र महानिर्देशक वा सो कामको लागि नेपाल सरकारले तोकेको कुनै अधिकृतले दिन सक्नेछ ।

(२)

कुनै किसिमको शिकार अनुज्ञापत्रको लागि दरखास्त दिने व्यक्तिसँग शिकार गर्न चाहेको वन्यजन्तु वा पन्छीहरू मार्न प्रयोग गरिने हातहतियारको प्रचलित नेपाल कानून बमोजिम रीतपूर्वक इजाजतपत्र भएमा मात्र अनुज्ञापत्र दिइनेछ ।

(३)

कुनै वर्ष शिकार आरक्षमा मार्न पाउने वन्यजन्तुको वार्षिक भाग (कोटा) प्रमुखले निश्चित गर्नेछ र त्यसरी निश्चित गरेको भाग (कोटा) मा नबढ्ने गरी मात्र शिकार अनुज्ञापत्र दिइनेछ ।

(४)

उपनियम (१), (२) र (३) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै वन्यजन्तु पन्छीको उचित संरक्षणको निमित्त आवश्यक परेमा नेपाल सरकारले कुनै जिल्ला, शिकार आरक्ष वा अन्य कुनै क्षेत्रमा शिकार गर्न दिने वन्यजन्तु वा पन्छीको संख्या घटाउन वा त्यस्तो अनुज्ञापत्र दिने काम स्थगित गर्न सक्नेछ ।

अनुज्ञापत्र (लाइसेन्स) बेगर शिकारमा मद्दत गर्न नहुनेपृ. १०

नियम १५ वा १६ बमोजिमको अनुज्ञापत्र (लाइसेन्स) प्राप्त नगरी कुनै पनि व्यक्तिले ज्याला, इनाम वा भाडा लिने गरी कुनै व्यक्तिलाई पेशेवार शिकारीको हैसियतले शिकारमा मद्दत गर्न वा शिकारी भई वन्यजन्तु वा पन्छी देखाउन पाउने छैन ।

पेशेवार शिकारी अनुज्ञापत्रपृ. १०

(१)

नेपाल १०……… को पहाडी र तराई दुबै क्षेत्रमा लामो अवधिदेखि शिकार र यात्रा अभियान दलहरूको निमित्त आवश्यक सरसामानहरू समेत व्यवस्था गर्नमा अनुभवी तथा ऐन र सो ऐन अन्तर्गत बनेको नियमहरूको जानकारी भएको व्यक्तिलाई प्रमुखले ९अनुसूची-१ बमोजिमको दस्तुर लिई पेशेवार शिकारीको अनुज्ञापत्र दिन सक्नेछ ।

(२)

उपनियम (१) बमोजिमको अनुज्ञापत्र जारी भएको मितिले एक वर्षसम्म बहाल रहनेछ । यस किसिमको अनुज्ञापत्र लिन चाहने व्यक्तिले दरखास्त दिंदा सम्बन्धित काम गर्न सक्ने क्षमता र आफ्नो आर्थिकस्तर देखिने अन्य प्रमाणहरू पेश गर्नु पर्नेछ ।

(३)

प्रमुखले आवश्यक सम्झेमा उपनियम (१) बमोजिम अनुज्ञापत्र प्राप्त गर्ने व्यक्तिले पालन गर्नुपर्ने थप शर्त र बन्देज तोकिदिन सक्नेछ र त्यस्तो अनुज्ञापत्र प्राप्त गर्ने व्यक्तिले आत्मरक्षा वा शिकार अनुज्ञापत्र प्राप्त गर्नेले घाइते बनाएको वन्यजन्तुलाई भाग्नबाट रोक्नको लागि बाहेक अन्य कुनै अवस्थामा पनि कुनै वन्यजन्तुको शिकार गर्न पाउने छैन ।

शिकार गाइड अनुज्ञापत्र (लाइसेन्स)पृ. ११

१

(१)

सम्बन्धित जिल्ला वन नियन्त्रकले देहायको आधारमा कुनै व्यक्तिलाई अनुसूची -१ बमोजिमको दस्तुर लिई शिकार गाइड अनुज्ञापत्र दिन सक्नेछ र त्यसरी शिकार गाइड अनुज्ञापत्र दिने अधिकारीले त्यस्तो अनुज्ञापत्रको एकप्रति प्रमुखकहाँ पठाउनु पर्नेछ:-

(क)

दरखास्तवाला आफूले काम गर्न चाहेको क्षेत्रभित्रको वन्यजन्तु वा पन्छी शिकार सित परिचित छ भन्ने लागेमा,

(ख)

दरखास्तवाला ऐन र ऐन अन्तर्गत बनेका नियमहरूको जानकार हुनुका साथै शिकार गाइडको काम गर्न सक्षम छ भन्ने लागेमा ।

(२)

उपनियम (१) बमोजिम शिकार गाइड अनुज्ञापत्र प्राप्त व्यक्तिले अनुज्ञापत्रमा तोकिएको जिल्ला वा जिल्लाहरुमा मात्र शिकारीहरूलाई गाइड गर्ने काम गर्न पाउनेछ ।

(३)

प्रमुखले वा नेपाल सरकारले सो कामको लागि तोकिदिएको कुनै अधिकृतले आवश्यक देखेमा उपनियम(१) बमोजिम शिकार गाइड अनुज्ञापत्र प्राप्त गर्ने व्यक्तिले पालन गर्नु पर्ने थप शर्त र बन्देजहरु तोकिदिन सक्नेछ र यस्तो अनुज्ञापत्र प्राप्त व्यक्तिले आत्मरक्षा र शिकार अनुज्ञापत्र प्राप्त गर्नेले घाईते बनाएको वन्यजन्तुलाई भाग्नबाट रोक्नको लागि बाहेक कुनै अवस्थामा पनि कुनै वन्यजन्तुको शिकार गर्न पाउने छैन ।

एकभन्दा बढी शिकार अनुज्ञापत्र (लाइसेन्स) नदिइनेपृ. १२

कुनै पनि व्यक्तिलाई एकभन्दा बढी शिकार अनुज्ञापत्र एकैसाथ दिइने छैन ।

तर नियम ११ अनुसार पूरक शिकार अनुज्ञापत्र र नियम १२ अनुसार पन्छी शिकार अनुज्ञापत्र लिनलाई यस नियमले बाधा पुर्‍याएको मानिने छैन ।

अनुज्ञापत्र, वन्यजन्तु, आखेटोपहार वा हातहतियार देखाउन पर्नेपृ. १२

अनुज्ञापत्र प्राप्त व्यक्तिले शिकार गर्न जाँदा आफूले पाएको अनुज्ञापत्र साथमा राख्‍नु पर्नेछ र राष्ट्रिय निकुञ्‍ज शिकार आरक्ष वा अन्य वन कार्यालयका कर्मचारीहरू मध्ये नेपाल सरकारले तोकेको दर्जासम्मको कर्मचारीले कुनै व्यक्तिको साथमा रहेको शिकार रजिष्टर, मारिएको वा पक्रिएको वन्यजन्तु वा पन्छी, आखेटोपहार वा हातहतियार हेर्न चाहेमा देखाउनु पर्नेछ ।

अनुज्ञापत्र (लाइसेन्स) हस्तान्तरण नहुनेपृ. १२

अनुज्ञापत्र प्राप्त गर्ने व्यक्तिले आफूले प्राप्त गरेको अनुज्ञापत्र कुनै पनि तरिकाबाट कसैलाई हस्तान्तरण गर्न हुँदैन ।

अनुज्ञापत्र (लाइसेन्स) फिर्ता गर्नु पर्नेपृ. १२

कुनै अनुज्ञापत्र प्राप्त गर्ने व्यक्तिले आफूले पाएको अनुज्ञापत्रको म्याद नाघेको पैंतीस दिनभित्र शिकार रजिष्टरको साथै त्यस्तो अनुज्ञापत्र फिर्ता गर्नु पर्नेछ । जिल्ला शिकार अनुज्ञापत्र जहाँबाट प्राप्त गरिएको हो सोही ठाउँमा र अन्य किसिमका अनुज्ञापत्र (लाइसेन्स) राष्ट्रिय निकुञ्‍ज तथा वन्यजन्तु संरक्षण कार्यालय वा जहाँबाट प्राप्त गरिएको हो सोही ठाउँमा फिर्ता गर्नु पर्नेछ ।

१ शिकार आरक्षमा क्षेत्र (ब्लक) सुरक्षण इजाजतपत्रपृ. १२

प्रमुखले वा नेपाल सरकारले सो कामको लागि तोकेको कुनै अधिकृतले जिल्ला शिकार अनुज्ञापत्र वा सामान्य शिकार अनुज्ञापत्र प्राप्त गरेका व्यक्तिलाई शिकार आरक्षभित्र शिकार गर्न अनुसूची -१ बमोजिमको दस्तुर लिई क्षेत्र (ब्लक) सुरक्षण इजाजतपत्र दिन सक्नेछ । नेपाली नागरिकको नाममा क्षेत्र (ब्लक) सुरक्षण गरी विदेशीलाई शिकार खेल्न दिन वा खेलाउन सहयोग गर्न समेत हुँदैन ।

नमूना संकलन गर्न वा वन्यजन्तु र पन्छीहरू पक्रन वा शिकार गर्न इजाजतपत्र लिनु पर्नेपृ. १२

(१)

वैज्ञानिक अनुसन्धानको लागि कुनै वन्यजन्तु वा पन्छी पक्रन वा शिकार गर्न वा अरु कुनै कीट-किटाणु माछा वा कुनै प्राकृतिक उपज संकलन गर्न चाहने व्यक्तिले महानिर्देशक समक्ष दरखास्त दिनु पर्नेछ ।

(२)

उपनियम (१) बमोजिम दरखास्त दिने व्यक्ति १कुनै मान्यता प्राप्त अध्ययन संस्थान वा चिडियाखाना वा वैज्ञानिक अनुसन्धानशालाको अधिकारी भएमा र त्यस्तो व्यक्तिले देहाय बमोजिम गरी पक्रन वा रेखदेख गर्न सक्छ भन्ने विश्वास भएमा ऐनको अनुसूची-१ मा उल्लिखित वन्यजन्तु वा पन्छी बाहेक अरुको हकमा अनुसूची-२ बमोजिमको दस्तुर लिएर महानिर्देशकले सम्बन्धित वन्यजन्तु पन्छीको शिकार गर्न वा कीट-किटाणु पक्रन इजाजतपत्र दिन सक्नेछ:-

(क)

दरखास्तवालाले सम्बन्धित वन्यजन्तु पन्छी वा कीट-किटाणु पक्रने वा संकलन गर्ने कार्यको आफै उपस्थित भई वा सो काममा दक्ष प्रतिनिधि पठाई सुपरीवेक्षण गर्ने भएमा,

(ख)

सम्बन्धित वन्यजन्तु वा पन्छी पक्रने तरिका मनासिव तथा जरुरत भन्दा बढी दु:ख नदिने किसिमको भएमा,

(ग)

पक्रेको वन्यजन्तु वा पन्छीहरूको उचित रेखदेख वा ओसार-पसार गर्न सक्ने क्षमता भएमा ।

(३)

उपनियम (२) बमोजिम दिइने इजाजतपत्रको म्याद साधारणतया तीन महिनाको हुनेछ । प्रमुखले मुनासिव देखेमा थप म्याद दिन सक्नेछ र यसरी म्याद थप्दा थप शर्त समेत तोक्न सक्नेछ ।

वन्यजन्तु र पन्छी पक्रने दस्तूरपृ. १३

नियम २२ बमोजिम वन्यजन्तु र पन्छी वा कीट-किटाणु पक्रँदा लाग्ने दस्तुर अनुसूची-२ मा उल्लेख भए बमोजिम हुनेछ र त्यस्तो दस्तुर देहाय बमोजिम गरी बुझाउन सकिनेछ:-

(क)

लाग्ने दस्तुर पूरै वा त्यसको पचास प्रतिशत शुरूमा र पचास प्रतिशत सम्बन्धित वन्यजन्तु वा पन्छीहरू पक्रेपछि बुझाउने गरी प्रमुखले दरखास्तवालासँग असुल उपर गर्न सक्नेछ ।

(ख)

कुनै वन्यजन्तु वा पन्छीहरू पक्रने बखतमा वा पक्री सकेपछि मर्न गएमा इजाजतपत्र प्राप्त व्यक्तिले पक्रन पाएको इजाजतपत्रको संख्यामै गिन्ती हुनेछ र तिनको निमित्त लाग्ने दस्तुर समेत बुझाउनु पर्नेछ ।

(ग)

कुनै वन्यजन्तु वा पन्छीहरू पक्रन इजाजतपत्र प्राप्त व्यक्तिले कुनै वन्यजन्तु पक्रन सकेन वा सो पक्रने सिलसिलामा कुनै वन्यजन्तु वा पन्छी मर्न वा घाइते हुन पाएको छैन भन्ने प्रमुखलाई लागेमा इजाजतपत्र प्राप्त व्यक्तिले बुझाउनु पर्ने दस्तुरको पचहत्तर प्रतिशतसम्म रकम फिर्ता गरिदिनेछ ।

अनुज्ञापत्र र इजाजतपत्रको लागि दिइने दरखास्त, त्यसको ढाँचा र दस्तुरपृ. १४

(१)

यस नियमावली बमोजिम दिइने अनुज्ञापत्र (लाइसेन्स) र इजाजतपत्र (पर्मिट) को ढाँचा अनुसूची -५, ७, ९ र ११ बमोजिमको र तिनीहरू प्राप्त गर्नको लागि दिइने दरखास्तको ढाँचा अनुसूची- ३, ४, ६, ८ र १० बमोजिम हुनेछ । शिकार अनुज्ञापत्र र शिकार गाइड अनुज्ञापत्रको निमित्त दरखास्त दिने व्यक्तिले आफ्नो हालसालै खिचेको दुईप्रति फोटो समेत पेश गर्नुपर्छ ।

(२)

उपनियम (१) बमोजिम अनुज्ञापत्र (लाइसेन्स) वा इजाजतपत्र (पर्मिट) प्राप्त गर्ने व्यक्तिले अनुसूची -१ बमोजिम लाग्ने दस्तुर बुझाउनु पर्नेछ ।

विदेशी नागरिकलाई शिकार अनुज्ञापत्र दिने बारेपृ. १४

विदेशी नागरिकलाई कुनै किसिमको शिकार अनुज्ञापत्र दिंदा पेशेवार शिकारी अनुज्ञापत्र प्राप्त व्यक्तिको साथमा मात्र शिकार गर्न जान पाउने गरी शर्त तोक्न सकिनेछ ।

तर कुनै विदेशी नागरिक पेशेवार शिकारीको मद्दत विना शिकार गर्न सक्ने क्षमता भएको छ र निज ऐन र ऐन अन्तर्गत बसेको नियमहरूसित साधारणतया परिचित छ भन्ने कुरा अनुज्ञापत्र (लाईसेन्स) दिने अधिकारीलाई लागेमा पेशेवार शिकारी साथमा नलिएर पनि शिकार गर्न जान पाउने गरी छुट दिन सक्नेछ ।

अनुज्ञापत्र निलम्बन गर्न सकिनेपृ. १४

यस नियमावली अन्तर्गत प्रदान गरिएको अनुज्ञापत्र वा इजाजतपत्र बर्खिलाप कसुर भएकोमा त्यस्तो कसुर सम्बन्धी मुद्दाको कारबाही गर्दा सम्बन्धित मुद्दा हेर्ने अधिकारीले नेपाल सरकार समक्ष जाहेर गरी निकासा भई नआएसम्म त्यस्तो कसुर गर्ने व्यक्तिले प्राप्त गरेको अनुज्ञापत्र वा इजाजतपत्रलाई निलम्बन गर्ने गरी आदेश दिन सक्नेछ ।

अनुज्ञापत्रको नक्‍कल दिन सकिनेपृ. १५

महानिर्देशक वा नेपाल सरकारले सो कामको लागि तोकेको कुनै अधिकृतले मनासिब सम्झेमा कुनै अनुज्ञापत्र वा इजाजतपत्र हराएमा वा अरु कुनै प्रकारले नष्ट भएमा अनुसूची -१ बमोजिम लाग्ने दस्तुर लिई त्यस्तो अनुज्ञापत्र वा इजाजतपत्रको प्रतिलिपि (डुप्लिकेट) दिन सक्नेछ । यस्तो प्रतिलिपि स्वरुप प्रदान गरिएको अनुज्ञापत्र (लाइसेन्स) र इजाजतपत्रको म्याद सक्कल अनुज्ञापत्र वा इजाजतपत्रको बाँकी अवधिसम्मको लागि मात्र हुनेछ ।

परिच्छेद–५विविध

शिकार रजिष्टरपृ. १५

प्रत्येक शिकार अनुज्ञापत्रको साथ एक शिकार रजिष्टर पनि हुनेछ जसमा अनुज्ञापत्र प्राप्त व्यक्तिले शिकारको सिलसिलामा घाइते गरेको वा मारेको सबै बन्यजन्तु र पन्छीहरूको पूर्णतया ठीक ठीक अभिलेख (रेकर्ड) राख्‍नु पर्नेछ । जन्तु वा पन्छीहरू मारेको बाह्र घन्टाभित्र वा शिकार आरक्ष छाड्नु अगावै नमेटिने पक्का मसीमा प्रत्येक वन्यजन्तु वा पन्छी मारेको ठाउँ, मिति, जात, भाले, पोथी (वन्यजन्तुको लागि मात्र) प्रष्ट बुझ्ने गरी अनुसूची -१२ बमोजिम शिकार रजिष्टारमा लेख्नुपर्छ ।

तोकिएको किसिमको वा संख्या भन्दा बढी वन्यजन्तु मरेमा बुझाउनु पर्नेपृ. १५

कुनै व्यक्तिले शिकार गर्दा भवितव्य परी आफूले प्राप्त गरेको अनुज्ञापत्र बमोजिम शिकार गर्न पाउने किसिम भन्दा भिन्दै किसिमको वा शिकार गर्न पाउने संख्या भन्दा बढी संख्यामा कुनै बन्यजन्तु वा पन्छी मर्न गएमा वा घाईते भएमा त्यस्तो घाईते वा मर्न गएको वन्यजन्तु वा पन्छीको संख्या र किसिम आफ्नो शिकार रजिष्टरमा चढाई फेला परेका मृत वन्यजन्तु वा पन्छीलाई ९सोही आरक्षमा वा नजीकको बन कार्यालयमा बुझाई दिनुपर्छ ।

११ बनेल पक्रने अनुज्ञापत्रपृ. १५

(१)

राष्ट्रिय निकुञ्‍ज वा आरक्ष क्षेत्र बाहेक अन्य क्षेत्रबाट बनेलको बच्चा पक्रन कुनै नेपाली नागरिकले निवेदन दिएमा सम्बन्धित ७डिभिजनल वन अधिकृतले त्यस्तो व्यक्तिबाट प्रति बनेलको बच्चाको ७एक हजर रुपैयाँ दस्तुर लिई अनुसूची -१२क. बमोजिमको ढाँचामा अनुज्ञापत्र दिन सक्नेछ ।

(२)

अनुज्ञापत्र बमोजिम पक्रने बनेल विदेश निकासी गर्न पाइने छैन ।

(३)

अनुज्ञापत्र बमोजिम बनेल पक्रदा बनेल मर्न गएमा त्यस्को सट्टा अर्को बनेल पक्रन पाउने छैन ।

(४)

१२.................

आखेटोपहारको निकासी पैठारी वा व्यापार गर्न सिफारस प्राप्त गर्नु पर्नेपृ. १६

(१)

व्यापारिक उद्देश्यले आखेटोपहारको निकासी पैठारी गर्नको लागि नेपाल सरकार वन मन्त्रालयको लिखित सिफारिस प्राप्त गर्नको निमित्त दरखास्त दिंदा आखेटोपहार सम्बन्धी कानूनी स्वामित्वको निस्सा वा त्यस्तो आखेटोपहार पैठारी गरिने मुलुकको सम्बन्धित कम्पनी, संस्था वा व्यक्तिको नाउँ र सो सम्बन्धमा आदान प्रदान भएको कागजातको नक्‍कल समेत पेश गर्नु पर्नेछ ।

(२)

उपनियम (१) बमोजिम सिफारिसको माग गर्ने व्यक्ति व्यापारको लागि आखेटोपहारको निकासी पैठारी गर्न सक्ने देखिएमा अनुसूची -१ बमोजिम लाग्ने दस्तुर लिई नेपाल सरकार वन मन्त्रालयबाट अनुसूची -१३ बमोजिमको सिफारिस पत्र दिइनेछ ।

निकासी पैठारी गर्ने बाटो तोक्न सक्नेपृ. १६

नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी तोकिदिएको भन्सारको बाटोबाट मात्र आखेटोपहारका निकासी पैठारी गर्न पाउने गरी तोकिदिन सक्नेछ र त्यसरी तोकिएकोमा आखेटोपहार निकासी पैठारी गर्न इजाजत प्राप्त व्यक्तिले सोही भन्सारबाट मात्र आखेटोपहार निकासी पैठारी गर्ने गर्नुपर्छ ।

आखेटोपहारको हस्तान्तरणपृ. १६

ऐनको दफा १९ बमोजिम कुनै व्यक्तिले आफूसित भएको कुनै आखेटोपहार बिक्री वा सट्टा पट्टा वा अन्य कुनै प्रकारको हक छाडी दिँदा त्यस्तो आखेटोपहार सम्बन्धी स्वामित्वको निस्सा समेत त्यस्तो आखेटोपहार लिने व्यक्तिलाई हस्तान्तरण गर्नु पर्नेछ ।

१३ कानूनी स्वामित्वको निस्सापृ. १६

(१)

ऐनको दफा १८ को उपदफा (१) बमोजिम आखेटोपहारको निस्सा लिनु पर्ने व्यक्तिले ऐन लागू हुनु भन्दा अगावै आखेटोपहार प्राप्त गरेको हो भन्ने प्रमाणसाथ ११२०३६ साल पौष मसान्तसम्म अनुसूची -१४ बमोजिमको ढाँचामा उपनियम (२) बमोजिम अधिकार प्राप्त अधिकारी समक्ष दरखास्त दिई त्यस्तो आखेटोपहारको कानूनी निस्सा लिई राख्‍नुपर्छ।

(२)

उपनियम (१) बमोजिम आखेटोपहारको निस्सा दिने अधिकारी देहायको क्षेत्रको लागि देहायको अधिकृत हुनेछ;-

(क)

काठमाडौं उपत्यकाभित्रको जिल्लाको लागि राष्ट्रिय निकुञ्‍ज तथा वन्यजन्तु संरक्षण कार्यालयको महानिर्देशक,

(ख)

अन्य जिल्लाहरूको लागि सम्बन्धित क्षेत्रको कन्जरभेटर वा डी.एफ.ओ.,

(ग)

कुनै पनि कन्जरभेटर वा डी.एफ.ओ. को अधिकार क्षेत्रभित्र नपर्ने जिल्लाहरूको लागि सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी।

(३)

ऐनको दफा १७ को उपदफा (२) तथा दफा १८ को उपदफा (१) बमोजिमको निस्सा अनुसूची -१५ बमोजिमको ढाँचामा दिइनेछ ।

(४)

उपनियम (३) बमोजिमको कानूनी स्वामित्वको निस्सा दिने अधिकार प्राप्त अधिकरीले सबै आखेटोपहारमा आफ्नो कार्यालयको निस्सा लगाई दिनुपर्छ र त्यस्तो छाप वा निस्साको विवरण कानूनी स्वामित्वको निस्सामा समेत उल्लेख गरी दिनुपर्छ ।

१४ आखेटोपहार प्रयोग गर्न दिने वा नष्ट गर्ने सम्बन्धी व्यवस्थापृ. १७

(१)

प्राकृतिक वा अन्य कारणबाट मृत्यु भएका वन्यजन्तुबाट संकलन गरिएको वा प्रचलित कानून बमोजिम जफत गरिएको आखेटोपहार मन्त्रालयले उपयुक्ताको आधारमा शैक्षिक वा अनुसन्धान संस्थालाई प्रयोग गर्न दिने, प्राकृतिक विज्ञान सङ्ग्रहालय प्रर्दशनीको लागि राख्‍ने वा नष्ट गर्ने स्वीकृतिको लागि नेपाल सरकार समक्ष प्रस्ताव पेश गर्नेछ ।

(२)

उपनियम (१) बमोजिम नेपाल सरकार समक्ष प्रस्ताव पठाउनु अघि मन्त्रालयले आवश्यक देखेमा सो प्रयोजनको लागि नेपाल वन सेवाको राजपत्राङ्कित प्रथम श्रेणीको कर्मचारीको संयोजकत्वमा एक सिफारिस समिति गठन गर्नेछ ।

(३)

उपनियम (१) बमोजिम प्रस्ताव प्राप्त भएपछि नेपाल सरकारले त्यस्ते आखेटोपहार शैक्षिक वा अनुसन्धान संस्थालाई प्रयोग गर्न दिन, प्राकृतिक विज्ञान सङ्ग्राहलय प्रदर्शनीमा राख्‍न वा नष्ट गर्न स्वीकृति दिन सक्नेछ ।

(४)

उपनियम (३) बमोजिम नेपाल सरकारबाट शैक्षिक वा अनुसन्धान संस्थालाई आखेटोपहार प्रयोग गर्न दिने स्वीकृति भएमा मन्त्रालयले सोही प्रयोजनका लागि मात्र प्रयोग गर्ने गरी त्यस्ते आखेटोपहार कुनै शैक्षिक वा अनुसन्धान संस्थालाई प्रदान गर्नु पर्नेछ ।

(५)

उपनियम (३) बमोजिम प्राकृतिक विज्ञान सङ्ग्राहलयमा प्रदर्शनीमा राख्‍न स्वीकृत भएका आखेटोपहार दुरुपयोग नहुने गरी सुरक्षित रुपमा राख्‍ने जिम्मेवारी सम्बन्धित सङ्ग्राहलयको हुनेछ ।

(६)

उपनियम (३) बमोजिम नष्ट गर्न स्वीकृत भएका आखेटोपहारलाई मन्त्रालयले तोकेको स्थानमा सरोकारवाला निकायका प्रतिनिधिहरुको उपस्थितिमा विभागले जलाएर नष्ट गर्नेछ ।

(७)

उपनियम (६) बमोजिम आखेटोपहार जलाई सकेपछि बाँकी रहेको खरानीलाई प्रयोग गर्न नसक्ने गरी विभागले व्यवस्थापन गर्नु पर्नेछ ।

(८)

यस नियम बमोजिम शैक्षिक वा अनुसन्धान संस्थालाई प्रयोग गर्न दिइएको, प्राकृतिक विज्ञान सङ्ग्राहलयमा प्रदर्शनीमा राखिएको र नष्ट गरिएको आखेटोपहार बाहेक अन्य आखेटोपहार सुरक्षित राख्‍ने जिम्मेवारी विभागको हुनेछ ।

घाइते भएका वन्यजन्तु पनि शिकार गर्ने संख्यामा गिन्ती गरिनेपृ. १८

अनुज्ञापत्र प्राप्त गर्ने व्यक्तिले शिकार गर्दा वन्यजन्तुलाई घाइते तुल्याएमा यथाशीघ्र त्यसलाई पत्ता लगाई मार्नुपर्छ र त्यसरी घाइते भएको वन्यजन्तुको विवरण आफ्नो शिकार रजिष्टरमा चढाउनु पर्छ ।

तर घाइते भएको वन्यजन्तु पत्ता लगाउन नसके पनि अनुज्ञापत्र प्राप्त गर्ने व्यक्तिले शिकार गर्न पाउने वन्यजन्तुमा गिन्ती गरिनेछ ।

सूचना गर्नु पर्नेपृ. १८

(१)

कसैले शिकार गर्दा कुनै हिंस्रक वन्यजन्तुलाई घाइतेसम्म तुल्याई मार्न नसकेमा त्यस्तो वन्यजन्तुको किसिम र अरु कुनै विवरण भए सो सहित खुलाई यथाशीघ्र ९सोही आरक्ष वा नजीकको वन कार्यालयलाई सूचना गरिदिनु पर्छ र त्यस्तोमा सम्बन्धित ९आरक्ष वा वन कार्यालयले पनि वरपरका सबै गाउँ बजारका बासिन्दालाई सतर्क रहन सूचित गरी दिनुपर्छ ।

(२)

ऐनको दफा २१ बमोजिम आफू वा अरु कुनै व्यक्ति वा अर पालुवा कुनै जनावरको बचावटको लागि कसैले हातहतियार प्रयोग गर्दा कुनै वन्यजन्तु मर्न गएमा वा घाइते भएमा त्यसको सूचना बाटोको म्याद बाहेक चौबीस घण्टाभित्र राष्ट्रिय निकुञ्‍ज वा आरक्ष वा वन कार्यालय रहेको जिल्लामा १नजिकको कुनै त्यस्तो कार्यालयको प्रमुखलाई दिनु पर्छ ।

कुनै वन्यजन्तु वा पन्छीलाई हानिकारक घोषित गर्न सकिनेपृ. १९

यस नियमावलीमा यस अघि जुनसुकै कुरा लेखिएको भए तापनि मन्त्रालयले कुनै खास क्षेत्रमा कुनै खास समयको लागि ऐनको अनुसूची -१ मा उल्लिखत वन्यजन्तु वा पन्छी बाहेक अन्य कुनै वन्यजन्तु वा पन्छीहरुलाई नेपाल राजपत्रमा प्रकाशित गरी कृषिको निमित्त हानिकारक घोषित गर्न सक्नेछ र त्यसरी हानिकारक घोषित गरिएका वन्यजन्तु वा पन्छीलाई सोही सूचनामा तोकिएको शर्त र बन्देजको अधिनमा रही, खेत, खला, बारीमा विना अनुज्ञापत्र पनि धपाउन, लखेट्न, पक्रन वा मार्न सकिनेछ ।

१५ वन्यजन्तुलाई मार्न, पक्रन वा लखेट्न आदेश दिने अधिकारीपृ. १९

(१)

ऐनको दफा १० को प्रतिबन्धात्मक वाक्यांशको खण्ड (क) र (ख) को प्रयोजनको लागि वन्यजन्तुलाई मार्न, पक्रन वा लखेट्न निकुञ्‍ज वा आरक्षको कार्यालय रहेको जिल्लामा संरक्षकले वा त्यस्तो कार्यालय नभएको जिल्लामा डिभिजनल वन अधिकृतले आदेश दिन सक्नेछ ।

(२)

उपनियम (१) बमोजिमको अधिकारीलाई आवश्यक राय, सुझाव एवं विकल्प सहितको सिफारिस गर्न देहाय बमोजिमको सिफारिस समिति रहनेछ :-

(क)

संरक्षण अधिकृत वा सहायक संरक्षण अधिकृत वा सहायक वन अधिकृत -संयोजक

(ख)

जिल्ला प्रशासन कार्यालयको प्रतिनिधि -सदस्य

(ग)

सम्बन्धित स्थानीय तहको प्रतिनिधि -सदस्य

(घ)

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको प्राविधिक प्रतिनिधि -सदस्य

(ङ)

सम्बन्धित उपभोक्ता समितिको प्रतिनिधि -सदस्य

(च)

संरक्षक वा डिभिजनल वन अधिकृतले तोकेको वन्यजन्तु प्राविधिक -सदस्य

१५ व्यवसायिक रुपमा वन्यजन्तु पालन तथा प्रजननपृ. २०

(१)

अनुसूची-१६ मा उल्लिखित वन्यजन्तुको व्यवसायिक रुपमा पालन तथा प्रजनन गर्न चाहने व्यक्ति वा संस्थाले व्यवसायिक योजना तथा अनुसूची-१७ बमोजिमको विस्तृत कार्ययोजना तयार गरी विभाग समक्ष निवेदन दिनु पर्नेछ।

(२)

उपनियम (१) बमोजिम प्राप्‍त कार्ययोजना सम्बन्धमा प्राविधिक समितिले जाँचबुझ तथा मूल्याङ्‍कन गर्दा मन्त्रालयले स्वीकृत गरेको मापदण्ड बमोजिम भएको देखिएमा विभाग समक्ष सिफारिस गर्नेछ।

(३)

उपनियम (२) बमोजिमको सिफारिस समेतको आधारमा विभागले त्यस्तो व्यक्ति वा संस्थालाई वन्यजन्तु पालन तथा प्रजननको लागि अनुमति दिने वा नदिने निर्णय गर्नेछ ।

(४)

उपनियम (३) बमोजिम अनुमति दिने निर्णय भएकोमा त्यस्तो व्यक्ति वा संस्थाबाट अनुसूची-१६ बमोजिमको दस्तुर लिई विभागले अनुसूची-१८ बमोजिमको ढाँचामा अनुमतिपत्र दिनेछ ।

(५)

उपनियम (४) बमोजिम अनुमतिपत्र प्राप्‍त गरेको व्यक्ति वा संस्थालाई बीउ प्राणी (सिड एनिमल) उपलब्ध गराउँदा अनुसूची-१६ बमोजिमको दस्तुर लिइनेछ।

(६)

उपनियम (५) बमोजिम उपलब्ध गराइने बीउ प्राणी (सिड एनिमल) पक्रँदा लाग्ने सम्पूर्ण खर्च सम्बन्धित व्यक्ति वा संस्थाले व्यहोर्नु पर्नेछ ।

(७)

यस नियम बमोजिम अनुमतिपत्र प्राप्त व्यक्ति वा संस्थाले पालन तथा प्रजननको लागि सङ्‍कटापन्‍न वन्यजन्तु बाहेकका अन्य वन्यजन्तु विदेशबाट आयात गर्नु पर्ने भएमा विभागको पूर्व स्वीकृति लिनु पर्नेछ ।

(८)

उपनियम (७) बमोजिम स्वीकृति माग भएको विषयमा प्राविधिक समितिले जाँचबुझ तथा मूल्याङ्‍कन गर्दा त्यस्तो वन्यजन्तुले नेपालमा रहेका अन्य वन्यजन्तुको अस्तित्व वा प्राकृतिक बासस्थानमा नकारात्मक असर पार्ने नदेखिएमा विभाग समक्ष सिफारिस गर्नेछ र त्यस्तो सिफारिस समेतको आधारमा विभागले त्यस्तो वन्यजन्तु आयात गर्न अनुमति दिन सक्नेछ ।

(९)

उपनियम (४) बमोजिम अनुमतिपत्र प्राप्‍त गरी व्यवसायिक रुपमा वन्यजन्तुको पालन तथा प्रजननबाट उत्पादन गरिएका दोस्रो वा सो भन्दा पछाडिका पुस्ताको वन्यजन्तु वा तिनका अङ्ग वा अङ्गबाट तयार गरिएका वस्तु प्रयोजन खुलाई उपयोग, बिक्री, वितरण वा निकासी गर्न सकिनेछ ।

(१०)

उपनियम (९) बमोजिम वन्यजन्तुको उपयोग, बिक्री, वितरण वा निकासी गरिएको विवरण मासिक रुपमा विभाग समक्ष पेश गर्नु पर्नेछ ।

(११)

यस नियम बमोजिम पालन गरिएको वन्यजन्तुको प्रजननबाट उत्पादन भएका वन्यजन्तुको विवरण अनुमतिपत्र प्राप्त व्यक्ति वा संस्थाले यथाशीघ्र विभाग समक्ष पेश गर्नु पर्नेछ ।

(१२)

यो नियम प्रारम्भ हुनु अघि अनुमति लिई पालन तथा प्रजनन गरिएका वन्यजन्तुको हकमा यो नियम प्रारम्भ भएको मितिले एक वर्षभित्र यस नियम बमोजिमको प्रक्रिया पूरा गरी अनुमतिपत्र लिनु पर्नेछ।यसरी अनुमतिपत्र लिँदा पहिले लिएको अनुमतिपत्र बमोजिमको अवधिसम्मको लागि थप दस्तुर लाग्ने छैन ।

(१३)

यस नियम बमोजिम वन्यजन्तु पालन गर्ने व्यक्तिले विभागको अनुमति लिई त्यस्तो वन्यजन्तु व्यवसायिक रुपमा प्रदर्शन गराउन सक्नेछ ।

(१४)

यस नियम बमोजिम व्यवसायिक रुपमा वन्यजन्तु पालन तथा प्रजनन गर्नको लागि आवश्यक पर्ने न्यूनतम पूर्वाधार, शर्त तथा बीउ प्राणी (सिड एनिमल) उपलब्ध गराउने विषय तथा तत् सम्बन्धी अन्य विषय मन्त्रालयले स्वीकृत गरेको मापदण्ड बमोजिम हुनेछ ।

१५ वैज्ञानिक अध्ययन, अनुसन्धान वा शैक्षिक प्रदर्शनीको लागि वन्यजन्तु प्रदान गर्नेपृ. २१

(१)

नेपालभित्र वन्यजन्तुको वैज्ञानिक अध्ययन, अनुसन्धान वा शैक्षिक प्रदर्शन गर्न इच्छुक ख्यातिप्राप्त स्वदेशी वा विदेशी सङ्‌घ, संस्थाले अनुसूची-१७ बमोजिमको विस्तृत कार्ययोजना सहित विभाग समक्ष निवेदन दिनु पर्नेछ ।

(२)

उपनियम (१) बमोजिम प्राप्‍त कार्ययोजना सम्बन्धमा प्राविधिक समितिले जाँचबुझ तथा मूल्याङ्‍कन गर्दा मन्त्रालयले स्वीकृत गरेको मापदण्ड बमोजिम भएको देखिएमा विभाग समक्ष प्रतिवेदन पेश गर्नेछ र त्यस्तो प्रतिवेदन विभागले सिफारिस सहित मन्त्रालय समक्ष पेश गर्नेछ ।

(३)

उपनियम (१) र (२) बमोजिम प्राप्त कार्ययोजना तथा प्रतिवेदन बमोजिम कुनै सङ्‌घ संस्थालाई वैज्ञानिक अध्ययन, अनुसन्धान वा शैक्षिक प्रदर्शनको लागि आवश्यक वन्यजन्तु प्रदान गर्न मनासिब देखिएकोमा मन्त्रालयले सो प्रयोजनको लागि नेपाल सरकार समक्ष प्रस्ताव पेश गर्नेछ ।

(४)

उपनियम (३) बमोजिम पेश भएको प्रस्ताव बमोजिम नेपाल सरकारबाट कुनै सङ्‌घ, संस्थालाई वन्यजन्तु प्रदान गर्ने निर्णय भएकोमा सो निर्णय अनुसार विभागले वन्यजन्तु प्रदान गर्नेछ ।

(५)

यस नियम बमोजिम स्वदेशी वा विदेशी सङ्‌घ, संस्थालाई वन्यजन्तु प्रदान गर्दा अनुसूची-१९ बमोजिमको दस्तुर लिई वैज्ञानिक अध्ययन, अनुसन्धान वा शैक्षिक प्रदर्शनीको लागि वन्यजन्तु प्रयोग गर्न अनुसूची-२० बमोजिमको ढाँचामा अनुमतिपत्र दिनु पर्नेछ। वन्यजन्तु प्रदान गर्दा लाग्ने सम्पूर्ण खर्च वन्यजन्तु प्राप्‍त गर्ने सङ्‌घ, संस्थाले व्यहोर्नु पर्नेछ ।

(६)

वैज्ञानिक अध्ययन, अनुसन्धान वा शैक्षिक प्रदर्शनीका लागि वन्यजन्तु प्राप्‍त गर्ने सङ्‌घ, संस्थाले प्रत्येक आर्थिक वर्ष समाप्‍त भएको पैंतीस दिनभित्र विभाग समक्ष वार्षिक प्रतिवेदन पेश गर्नु पर्नेछ।

(७)

यस नियम बमोजिम वैज्ञानिक अध्ययन, अनुसन्धान वा शैक्षिक प्रदर्शनीको लागि सङ्‌घ, संस्थालाई वन्यजन्तु प्रदान गर्नको लागि आवश्यक पर्ने न्यूनतम पूर्वाधार, शर्त लगायतका अन्य विषय मन्त्रालयले स्वीकृत गरेको मापदण्ड बमोजिम हुनेछ।

१५ चिडियाखाना, वन्यजन्तु उद्धार केन्द्र तथा वन्यजन्तु अस्पताल स्थापना गर्नेपृ. २२

(१)

ऐनको दफा १५ग. को उपदफा (१) बमोजिम चिडियाखाना सञ्‍चालन गर्न इच्छुक संस्था, निकाय वा स्थानीय तहले अनुसूची-२१ बमोजिमको कार्ययोजना तथा संरक्षण शिक्षा, मनोरञ्‍जन, आमोदप्रमोद, वंशाणु स्रोत संरक्षण, अध्ययन, अनुसन्धान एवं पर्यटन प्रवर्द्धन सम्बन्धी विषय समेत समावेश गरी तयार गरिएको व्यवसायिक योजना संलग्न राखी अनुमतिको लागि अनुसूची-२२ बमोजिमको ढाँचामा विभाग समक्ष निवेदन दिनु पर्नेछ।

(२)

ऐनको दफा १५ग. को उपदफा (२) बमोजिम वन्यजन्तु उद्धार केन्द्र वा वन्यजन्तु अस्पताल स्थापना गरी सञ्‍चालन गर्न इच्छुक व्यक्ति, संस्था, निकाय वा स्थानीय तहले अनुसूची-२१ बमोजिमको कार्ययोजना संलग्न राखी अनुमतिपत्रको लागि अनुसूची-२२ बमोजिमको ढाँचामा विभाग समक्ष निवेदन दिनु पर्नेछ।

(३)

उपनियम (१) वा (२) बमोजिम प्राप्‍त कार्ययोजनाका सम्बन्धमा प्राविधिक समितिले जाँचबुझ तथा मूल्याङ्‍कन गरी विभाग समक्ष प्रतिवेदन पेश गर्नेछ र त्यस्तो प्रतिवेदन विभागले सिफारिस सहित मन्त्रालय समक्ष पेश गर्नेछ ।

(४)

उपनियम (३) बमोजिम पेश भएको प्रतिवेदन समेतलाई मध्यनजर गरी मन्त्रालयले चिडियाखाना, वन्यजन्तु उद्धार केन्द्र वा वन्यजन्तु अस्पताल स्थापना गरी सञ्‍चालन गर्न अनुमति दिने वा नदिने सम्बन्धमा आवश्यक निर्णय गर्नेछ।

(५)

उपनियम (४) बमोजिम चिडियाखाना, वन्यजन्तु उद्धार केन्द्र वा वन्यजन्तु अस्पताल स्थापना तथा सञ्‍चालन गर्न अनुमति दिने निर्णय भएकोमा मन्त्रालयबाट स्वीकृत मापदण्ड बमोजिमको दस्तुर लिई विभागले अनुसूची-२३ बमोजिमको ढाँचामा अनुमतिपत्र दिनेछ।

(६)

यस नियम बमोजिम चिडियाखाना, वन्यजन्तु उद्धार केन्द्र वा वन्यजन्तु अस्पताल सञ्‍चालन गर्नको लागि आवश्यक पर्ने न्यूनतम पूर्वाधार, शर्त, जनशक्ति, पूँजी लगायतका विषय मन्त्रालयबाट स्वीकृत मापदण्ड बमोजिम हुनेछ ।

१५ प्राविधिक समितिपृ. २३

(१)

यस नियमावली बमोजिम व्यवसायिक रुपमा वन्यजन्तु पालन तथा प्रजनन गर्ने, आखेटोपहार व्यवस्थापन गर्ने, अध्ययन, अनुसन्धान वा शैक्षिक प्रदर्शनीको लागि वन्यजन्तु प्रदान गर्ने, चिडियाखाना, वन्यजन्तु उद्धार केन्द्र वा वन्यजन्तु अस्पताल स्थापना र सञ्‍चालन लगायतका विषयमा अध्ययन गरी आवश्यक राय सुझाव एवं सिफारिस पेश गर्न विभागमा देहाय बमोजिमको प्राविधिक समिति रहनेछ:-

(क)

विभागको उपमहानिर्देशक -संयोजक

(ख)

मन्त्रालयको उपसचिवस्तरको प्रतिनिधि -सदस्य

(ग)

वन तथा भू-संरक्षण विभागको उपसचिवस्तरको प्रतिनिधि -सदस्य

(घ)

विभागले तोकेका सम्बन्धित विषय विज्ञ तीन जना -सदस्य

(ङ)

विभाग वा अन्तर्गतको पशु चिकित्सक -सदस्य

(च)

त्रिभुवन विश्‍वविद्यालय, प्राकृतिक विज्ञान सङ्ग्रहालयको अधिकृतस्तरको प्रतिनिधि -सदस्य

(छ)

विभागको इकोलोजिष्‍ट -सदस्य-सचिव

(२)

विभागमा एक भन्दा बढी उपमहानिर्देशक रहेमा वरिष्ठ उपमहानिर्देशक प्राविधिक समितिको संयोजक हुनेछ ।

(३)

प्राविधिक समितिको बैठक तथा निर्णय सम्बन्धी कार्यविधि सो समिति आफैले निर्धारण गरे बमोजिम हुनेछ ।

१५ विदेशी मुलुकलाई वन्यजन्तु उपलब्ध गराउनेपृ. २३

(१)

कुनै विदेशी मुलुकको सरकारले कूटनीतिक माध्यमबाट नेपाल सरकारसँग कुनै वन्यजन्तु माग गरेकोमा मन्त्रालयले सो सम्बन्धी अध्ययन गर्न एक प्राविधिक टोली गठन गर्नेछ ।

(२)

उपनियम (१) बमोजिम गठित प्राविधिक टोलीले सम्बन्धित मुलुकमा त्यस्तो वन्यजन्तु बसोबास गराउन उपयुक्त हुने, नहुने तथा त्यसको खानपान, हावापानी, स्वास्थ्य अवस्था लगायतका विषयमा आफ्नो राय सहितको प्रतिवेदन तयार गरी मन्त्रालय समक्ष पेश गर्नेछ ।

(३)

उपनियम (२) बमोजिमको प्रतिवेदन समेतको आधारमा त्यस्तो मुलुकलाई वन्यजन्तु उपलब्ध गराउन मनासिब देखिएकोमा मन्त्रालयले सो सम्बन्धी प्रस्ताव नेपाल सरकार समक्ष पेश गर्नु पर्नेछ ।

(४)

उपनियम (३) बमोजिमको प्रस्तावको आधारमा संरक्षण र व्यवस्थापनको दृष्टिकोणले वन्यजन्तु उपलब्ध गराउन उपयुक्त ठानेमा नेपाल सरकारले विदेशी मुलुकको सरकारलाई उपहार स्वरुप वन्यजन्तु उपलब्ध गराउने निर्णय गर्न सक्नेछ ।

(५)

यस नियम बमोजिम उपहार स्वरुप उपलब्ध गराएको वन्यजन्तुको विवरण प्रत्येक आर्थिक वर्ष समाप्‍त भएको मितिले पैंतीस दिनभित्र विभागले मन्त्रालय समक्ष पेश गर्नु पर्नेछ । (६) यस नियम बमोजिम विदेशी मुलुकको सरकारलाई वन्यजन्तु उपलब्ध गराउंदा सङ्‍कटापन्‍न वन्यजन्तु तथा वनस्पतिको हकमा सङ्‍कटापन्‍न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्‍ट्रिय व्यापार नियन्त्रण ऐन, २०७३ बमोजिम र अन्य प्रजातिको हकमा नेपाल सरकारको निर्णय बमोजिम हुनेछ ।

१५ वन्यजन्तु स्थानान्तरण गर्नेपृ. २४

(१)

वन्यजन्तुको वंश संरक्षण, जैविक विविधता संरक्षण, पर्यापर्यटन प्रवर्द्धन जस्ता उद्देश्यको लागि वन्यजन्तु स्थानान्तरण गर्नुपर्ने भएमा प्राविधिक समितिले वन्यजन्तु प्रजातिको जीवन सक्षम सङ्ख्या (भाएबल पपुलेशन), बासस्थानको अवस्था, सुरक्षाको प्रबन्ध लगायतका विषयमा प्रतिवेदन तयार गरी सिफारिस साथ विभाग समक्ष पेश गर्नेछ ।

(२)

उपनियम (१) बमोजिम प्रतिवेदन प्राप्‍त भएमा सो सम्बन्धमा विभागले आफ्नो राय सहित मन्त्रालय समक्ष पेश गर्नु पर्नेछ ।

(३)

उपनियम (२) बमोजिम पेश हुन आएको प्रतिवेदन समेतको आधारमा मन्त्रालयले वन्यजन्तु स्थानान्तरण सम्बन्धमा निर्णय गर्नेछ ।

१५ राहत सम्बन्धी व्यवस्थापृ. २४

(१)

ऐनको दफा ३घ. बमोजिम वन्यजन्तुको आक्रमणमा परी जनधनको क्षति भएमा पीडित पक्षले सो क्षति बापत घटना घटेको मितिले पैंतीस दिन भित्र राष्ट्रिय निकुञ्‍ज, आरक्ष, संरक्षण क्षेत्र वा मध्यवर्ती क्षेत्रको हकमा सम्बन्धित राष्ट्रिय निकुञ्‍ज, आरक्ष वा संरक्षण क्षेत्रको कार्यालयमा र अन्य क्षेत्रमा भए सम्बन्धित डिभिजन वन कार्यालयमा निवेदन दिनु पर्नेछ ।

(२)

उपनियम (१) बमोजिम प्राप्त निवेदन उपर छानबिन गरी सिफारिस गर्नको लागि प्रत्येक जिल्लामा देहाय बमोजिमको समिति रहनेछ :-

(क)

राष्ट्रिय निकुञ्‍ज, आरक्ष वा संरक्षण क्षेत्रको कार्यालयमा परेको निवेदनको हकमा सो कार्यालयको महानिर्देशक र डिभिजन वन कार्यालयमा परेको निवेदनको हकमा डिभिजनल वन अधिकृत -संयोजक

(ख)

सम्बन्धित क्षेत्रको उपभोक्ता समितिको अध्यक्ष -सदस्य

(ग)

सम्बन्धित स्थानीय तहको प्रतिनिधि -सदस्य

(घ)

सम्बन्धित कृषि ज्ञान केन्द्र वा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको प्रतिनिधि (क्षतिको किसिम अनुसार) -सदस्य

(३)

उपनियम (१) बमोजिम प्राप्त निवेदन उपर उपनियम (२) बमोजिमको समितिले छानबिन गरी पीडित व्यक्तिलाई राहत उपलब्ध गराउन उपयुक्त हुने भनी सिफारिस गरेकोमा सम्बन्धित कार्यालयले त्यस्तो क्षति बापतको राहत उपलब्ध गराउनु पर्नेछ ।

(४)

यस नियम बमोजिम राहत माग गर्दा पेश गर्नु पर्ने प्रमाण, कागजात तथा राहत उपलब्ध गराउँदा कुन वन्यजन्तुबाट कस्तो क्षति भए बापत कति राहत उपलब्ध गराउने भन्ने समेतका विषय नेपाल सरकारले बनाएको निर्देशिका बमोजिम हुनेछन् ।

१५ विपद् प्रभावितलाई काठ सङ्‍कलन गर्न अनुमति दिनेपृ. २५

(१)

मध्यवर्ती क्षेत्रमा विपद् परी सो क्षेत्रमा बसोबास गर्ने कुनै व्यक्ति वा परिवारलाई क्षति पुगेमा र त्यस्तो व्यक्ति वा परिवारलाई घर निर्माण वा मर्मतको लागि काठ आवश्यक परेमा संरक्षक समक्ष आवश्यक विवरण खुलाई निवेदन दिनु पर्नेछ ।

(२)

उपनियम (१) बमोजिम परेको निवेदन मनासिब लागेमा संरक्षकले सम्बन्धित उपभोक्ता समितिसँग परामर्श गरी प्रचलित कानून बमोजिम लाग्ने राजश्‍वको दश प्रतिशत बराबरको दस्तुर लिई देहाय बमोजिमको परिमाणमा काठ सङ्‍कलन तथा ओसारपसार गर्न अनुमति दिनेछ :-

(क)

घर निर्माणको लागि चिरान काठ चालीस घन फिटसम्म वा गोलिया काठ छपन्न घन फिटसम्म,

(ख)

घर मर्मत सुधारको लागि चिरान काठ बीस घन फिटसम्म वा गोलिया काठ अठ्ठाईस घन फिटसम्म ।

(३)

उपनियम (२) बमोजिम काठ सङ्‍कलन तथा ओसारपसार गर्न अनुमति दिँदा कुनै व्यक्ति वा परिवारलाई एक पटक मात्र दिइनेछ ।

(४)

उपनियम (२) बमोजिम काठ सङ्‍कलन तथा ओसारपसार गर्दा कटान, मुछान, लोड, अनलोड तथा घाटगद्दीसम्मको ढुवानी खर्च, ओभरहेड खर्च र मूल्य अभिवृद्धि कर सम्बन्धित व्यक्तिले व्यहोर्नु पर्नेछ ।

(५)

यस नियम बमोजिम काठ सङ्‍कलन गर्दा वा गराउँदा बेवारिसी प्रमाणित भएको काठ सङ्‍कलन गर्नु पर्नेछ । त्यस्तो काठ पर्याप्त नभएमा मध्यवर्ती क्षेत्रको ढलापडा रुखबाट सङ्‍कलन गर्न दिन सकिनेछ र ढलापडा रुख प्राप्‍त हुन नसकेमा वा पर्याप्त नभएमा सुखडखडा रुखबाट काठ सङ्‍कलन गर्न दिन सकिनेछ ।

(६)

यस नियममा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि प्रतिबन्धित प्रजातिको काठ सङ्‍कलन तथा ओसारपसार गर्न अनुमति दिइने छैन ।

१५ अनुगमन तथा मूल्याङ्‍कनपृ. २६

(१)

ऐन तथा यस नियमावलीमा भएको व्यवस्थाको कार्यान्वयन सम्बन्धमा मन्त्रालय र विभागले संयुक्त वा छुट्टाछुट्टै रुपमा अनुगमन तथा मूल्याङ्‍कन गर्न सक्नेछन् ।

(२)

उपनियम (१) बमोजिम अनुगमन तथा मूल्याङ्‍कन गर्दा कुनै व्यक्ति वा संस्थाले ऐन तथा यस नियमावली बमोजिम गर्नु पर्ने कार्य नगरेको वा पालना गर्नु पर्ने शर्त पालना नगरेको देखिएकोमा मन्त्रालय वा विभागले सम्बन्धित व्यक्ति वा संस्थालाई आवश्यक निर्देशन दिन सक्नेछ। त्यस्तो निर्देशनको पालना गर्नु सम्बन्धित व्यक्ति वा संस्थाको कर्तव्य हुनेछ ।

(३)

उपनियम (१) बमोजिम विभागले गरेको अनुगमन तथा मूल्याङ्‍कनको जानकारी तथा सो सम्बन्धी प्रतिवेदन मन्त्रालयलाई दिनु पर्नेछ ।

१५ मापदण्ड बनाउन सक्नेपृ. २६

(१)

व्यवसायिक रुपमा वन्यजन्तु पालन तथा प्रजनन गर्ने, वैज्ञानिक अध्ययन, अनुसन्धान वा शैक्षिक प्रदर्शनीको लागि वन्यजन्तु प्रदान गर्ने तथा चिडियाखाना, वन्यजन्तु उद्धार केन्द्र तथा वन्यजन्तु अस्पताल स्थापना गर्ने सम्बन्धमा विभागले आवश्यक पर्ने मापदण्ड तयार गरी मन्त्रालय समक्ष पेश गर्नेछ ।

(२)

उपनियम (१) बमोजिम पेश भएको मापदण्ड मन्त्रालयले स्वीकृत गरे पछि लागू हुनेछ ।

अनुसूचीमा संशोधन गर्न सकिनेपृ. २७

१६मन्त्रालयले आवश्यक देखेमा नेपाल राजपत्रमा सूचना प्रकाशित गरी यस नियमावलीको अनुसूचीमा संशोधन गर्न सक्नेछ ।

१७ मुद्दा हेर्ने अधिकारीपृ. २७

ऐनको दफा ३१ को उपदफा (१) मा उल्लिखित मुद्दा बाहेक ऐन अन्तर्गतको अन्य मुद्दा हेर्ने अधिकार राष्ट्रिय निकुञ्‍ज, आरक्ष, मध्यवर्ती क्षेत्र र संरक्षण क्षेत्रको हकमा सम्बन्धित संरक्षकलाई हुनेछ ।

खारेजीपृ. २७

शिकार नियमावली, २०२६ खारेज गरिएको छ ।

टिप्पणी:- छिन्‍न बाँकी मुद्दाहरू सर्ने : यो नियमावली प्रारम्भ हुँदामा बखत मूल नियमावली अन्तर्गत कन्जरभेटर तथा महानिर्देशक जिल्ला अधिकारी समक्ष दायर भई छिन्न बाँकी रहेका मुद्दाहरू यो नियमावली प्रारम्भ भएपछि सम्बन्धित डी.एफ.ओ. समक्ष सर्नेछन् । (दोस्रो संशोधनको नियम ६ अनुसार)

द्रष्टव्यः (१) तेस्रो संशोधनद्वारा रुपान्तर गरिएका शब्दहरु :-

(क) “वन मन्त्रालय” को सट्टा “वन तथा भू-संरक्षण मन्त्रालय” ।

(ख) “राष्ट्रिय निकुञ्‍ज तथा वन्यजन्तु संरक्षण कार्यालय” को सट्टा “राष्ट्रिय निकुञ्‍ज तथा वन्यजन्तु संरक्षण विभाग” ।

(ग) “डि.एफ.ओ.” को सट्टा “जिल्ला वन नियन्त्रक”

(घ) “रेन्जर” को सट्टा “इलाका वन संरक्षक” ।

(२) केही नेपाल कानून संशोधन गर्ने ऐन, २०६३ द्वारा रूपान्तर गरिएका शब्दहरूः-

“श्री ५ को सरकार” को सट्टा “नेपाल सरकार”

(३) चौथो संशोधनद्वारा रुपान्तर गरिएका शब्दहरुः-

(क) “नेपाल सरकार वन तथा भू-संरक्षण मन्त्रालय” को सट्टा “मन्त्रालय”,

(ख) “राष्ट्रिय निकुञ्‍ज तथा वन्यजन्तु संरक्षण विभाग” को सट्टा “विभाग”।

४. पाँचौ संशोधनद्वारा मूल नियमावलीमा रुपान्तर भएका शब्दहरुः

“प्रमुख” को सट्टा “महानिर्देशक” ।

१८पृ. २८

(नियम ९ को उपनियम (१) नियम १०, ११, १२, १५, १६, २१ र २४ संग सम्बन्धित) दस्तुर

क्र.सं. अनुज्ञापत्र/इजाजतपत्रको नाम

दस्तुर (रु.)

नेपाली नागरिक विदेशी नागरिक

(१)

जिल्ला शिकार अनुज्ञापत्र ७,०००।- -

(२)

सामान्य शिकार अनुज्ञापत्र १०,०००।- ७५,०००।-

(३)

पन्छी शिकार अनुज्ञापत्र ३,०००।- १५,०००।-

(४)

पूरक शिकार अनुज्ञापत्र

वन्यजन्तुको नाम प्रति वन्यजन्तु

(क)

चितुवा १५,०००।- २,००,०००।-

(ख)

नाउर १५,०००।- १,५०,०००।-

(ग)

भालु १०,०००।- १,५०,०००।-

(घ)

जरायो २०,०००।- १,००,०००।-

(ङ)

घोरल १०,०००।- ७५,०००।-

(च)

थार ५,०००।- ७५,०००।-

(छ)

झारल १०,०००।- ७५,०००।-

(ज)

चित्तल ७,०००।- ४०,०००।-

(झ)

बँदेल ५,०००।- १०,०००।-

(ञ)

घोडगधा १०,०००।- ४०,०००।-

(ट)

सामान्य शिकार अनुज्ञापत्रमा भएको वन्यजन्तु थप प्रत्येकको ५,०००।- ४०,०००।-

(५)

पेशेवार शिकारी अनुज्ञापत्र (५ वर्षको लागि मात्र) १,५०,०००।- ७,००,०००।-

(६)

शिकार गाईड अनुज्ञापत्र ७,०००।- -

(७)

शिकार आरक्षमा क्षेत्र (ब्लक) सुरक्षण इजाजतपत्र (शिकारी क्षेत्र सुरक्षण गर्न प्रति शिकार प्रति हप्ता) १५,०००।- ४०,०००।-

(८)

आखेटोपहारको कानूनी स्वामित्वको प्रमाणपत्र १,५००।- १०,०००।-

(९)

अनुज्ञापत्र नक्‍कल १,५००।- १०,०००।-

(१०)

विविध सिफारिसपत्र ३,०००।- १०,०००।-

द्रष्टव्यः

(क)

उल्लिखित दस्तुरमा मूल्य अभिवृद्धि कर समावेश भएको छ ।

(ख)

प्रवेशपत्र वा अनुमतिपत्र नलिई राष्ट्रिय निकुञ्‍ज, आरक्षभित्र प्रवेश गर्ने वा उपरोक्त बमोजिम कुनै काम गर्ने व्यक्तिलाई तोकिएको दस्तुरमा शत प्रतिशत थप दस्तुर लिई प्रवेशको अनुमति दिइनेछ ।

(ग)

E-Bidding को माध्यमद्वारा प्रतिस्पर्धा गराई बढी बोलकबोल गर्नेलाई पनि तोकिएको कोटाभित्रका माथि तोकिएको वन्यजन्तुको शिकार गराउन अनुमति प्रदान गर्न सकिनेछ ।

(घ)

शिकार टोलीको साथ विभागले एकजना सम्पर्क अधिकारी खटाउनेछ ।

१८पृ. ३०

(नियम २२ सँग सम्बन्धित)

वैज्ञानिक अनुसन्धानको लागि वन्यजन्तु वा पन्छीहरू (सुरक्षित ईन्डेन्जर्स सूचीमा नपरेका मात्र) पक्रन र संकलन गर्न इजाजतपत्र वापतको दस्तुर

क्र.स. वन्यजन्तुको किसिम दस्तुर(रु.)

(क)

स्तनधारी वन्यजन्तु

(१)

चितुवा ५०,०००।-

(२)

भालु (स्थल, हिमाली) ५०,०००।-

(३)

नाउर ५०,०००।-

(४)

जरायो, घोडगधा ३०,०००।-

(५)

झारल, थार, घोरल ४०,०००।-

(६)

रातो बाँदर १५,०००।-

(७)

जंगली कुकुर १०,०००।-

(८)

सबै किसिमका वन विरालाहरू (संरक्षित वन्यजन्तुको सूचीमा नपरेका मात्र) ३,०००।-

(९)

चित्तल १५,०००।-

(१०)

लगुना, रातो मृग ७,०००।-

(११)

ढेडु (लंगुर) बाँदर ५,०००।-

(१२)

स्याल, फ्याउरो ३,०००।-

(१३)

बँदेल २,०००।-

(१४)

ओत, रत्तेल ३,०००।-

(१५)

मार्टिन (मलसाप्रो) मारकोट, लिजेल, हेलजग ब्याजर २,०००।-

(१६)

चमेरा १,०००।-

(१७)

उड्ने लोखर्के र ठूलो लोखर्के ३,०००।-

(१८)

अन्य लोखर्के १,०००।-

(१९)

खरायो, मुसे खरायो १,०००।-

(२०)

न्याउरी मुसा ५००।-

(२१)

दुम्सी ५००।-

(२२)

छुचुन्द्रो, मोल भोल २००।-

(२३)

मुसा १००।-

(ख)

पन्छीहरू (फूलसमेत)

(१)

ठूलो बाज (शाही बाज) ९,०००।-

(२)

सारस, कर्‍याङकुरुङ र गरुड सारस ३,०००।-

(३)

चिल, गिद्द र ठूलो शिकारी पन्छी २,५००।-

(४)

ठूलो लाटोकोसेरो, माछा मार्ने लाटोकोसेरो ३,०००।-

(५)

कालिज, कोकलास र ठूलो हाँस १,०००।-

(६)

धनेश १,०००।-

(७)

सानो बाज, सानो शिकारी पन्छी लुईचे र तित्रा १,०००।-

(८)

च्याखुरा, हाँस, चखेवा र मैना १,०००।-

(९)

अन्य लाटोकोसेरो १,०००।-

(१०)

मलेवा, ढुकुर, जुरेली, तोरीचरा, बट्टाई २००।-

(११)

ग्रेकल्स, रानीचरी, कुथुर्के, बुङगे चरा, फलावर पर्कस, सनवर्ड २००।-

(१२)

लाहँचे काठफोडुवा, कोईली, कुक्कु २००।-

(१३)

सुगा २००।-

(१४)

अन्य पन्छीहरू २००।-

(ग)

घस्रिने जन्तु (रेप्टाईल्स), माछा तथा किराहरू

(१)

मगर गोही ९,०००।-

(२)

मगर गोहीको फुल २,०००।-

(३)

कछुवा ३,०००।-

(४)

कछुवाको फुल १,०००।-

(५)

सर्प जाति २००।-

(६)

छेपारो २००।-

(७)

माछा (५ इन्च र सो भन्दा लामो) १००।-

(८)

माछा (५ इन्च भन्दा छोटो) ५०।-

(९)

भ्यागुत्तो ५०।-

(१०)

पुतली १००।-

(११)

अरु कीरा फटेंग्रा (प्रति सय) ५०।-

पृ. ३३

(नियम २४ सँग सम्बन्धित)

जिल्ला शिकार अनुज्ञापत्रको दरखास्त फाराम

फारामको ढाँचा यहाँ सारिएको छैन; मूल प्रतिको पृष्ठ ३३ मा हेर्नुहोस्।

पृ. ३४

(नियम २४ सँग सम्बन्धित)

शिकार अनुज्ञापत्र (लाईसेन्स दरखास्त फाराम)

फारामको ढाँचा यहाँ सारिएको छैन; मूल प्रतिको पृष्ठ ३४ मा हेर्नुहोस्।

पृ. ३५

(नियम २४ सँग सम्बन्धित)

नेपाल सरकार

फारामको ढाँचा यहाँ सारिएको छैन; मूल प्रतिको पृष्ठ ३५–३६ मा हेर्नुहोस्।

पृ. ३७

(नियम १५ र १६ सँग सम्बन्धित)

पेशेवार शिकारी/शिकारी गाईड अनुज्ञापत्रको दरखास्त फाराम

फारामको ढाँचा यहाँ सारिएको छैन; मूल प्रतिको पृष्ठ ३७ मा हेर्नुहोस्।

पृ. ३८

(नियम १५ र १६ सँग सम्बन्धित)

नेपाल सरकार

फारामको ढाँचा यहाँ सारिएको छैन; मूल प्रतिको पृष्ठ ३८ मा हेर्नुहोस्।

पृ. ३९

(नियम २४ सँग सम्बन्धित)

शिकार आरक्षमा शिकार गर्ने इजाजतपत्रको दरखास्त फाराम

फारामको ढाँचा यहाँ सारिएको छैन; मूल प्रतिको पृष्ठ ३९ मा हेर्नुहोस्।

पृ. ४०

(नियम २१ सँग सम्बन्धित)

नेपाल सरकार

फारामको ढाँचा यहाँ सारिएको छैन; मूल प्रतिको पृष्ठ ४० मा हेर्नुहोस्।

पृ. ४१

(नियम २२ सँग सम्बन्धित)

वैज्ञानिक नमूनाहरू सङ्‍कलन गर्न वा वन्यजन्तु वा पन्छी पक्रने

फारामको ढाँचा यहाँ सारिएको छैन; मूल प्रतिको पृष्ठ ४१–४२ मा हेर्नुहोस्।

पृ. ४३

(नियम २४ सँग सम्बन्धित)

नेपाल सरकार

फारामको ढाँचा यहाँ सारिएको छैन; मूल प्रतिको पृष्ठ ४३ मा हेर्नुहोस्।

पृ. ४४

(नियम २८ सँग सम्बन्धित)

शिकार रजिष्टर

फारामको ढाँचा यहाँ सारिएको छैन; मूल प्रतिको पृष्ठ ४४ मा हेर्नुहोस्।

१९पृ. ४५

(नियम २९क. सँग सम्बन्धित)

नेपाल सरकार

फारामको ढाँचा यहाँ सारिएको छैन; मूल प्रतिको पृष्ठ ४५ मा हेर्नुहोस्।

पृ. ४६

(नियम ३० सँग सम्बन्धित)

नेपाल सरकार

फारामको ढाँचा यहाँ सारिएको छैन; मूल प्रतिको पृष्ठ ४६ मा हेर्नुहोस्।

१३पृ. ४७

(नियम ३३ को उपनियम (१) सँग सम्बन्धित)

कानूनी स्वामित्वको निस्साको लागि दिनु पर्ने दरखास्तको ढाँचा

फारामको ढाँचा यहाँ सारिएको छैन; मूल प्रतिको पृष्ठ ४७ मा हेर्नुहोस्।

१३पृ. ४८

(नियम ३३ को उपनियम (३) सँग सम्बन्धित)

नेपाल सरकार

फारामको ढाँचा यहाँ सारिएको छैन; मूल प्रतिको पृष्ठ ४८ मा हेर्नुहोस्।

२०पृ. ४९

(नियम ३६ख. को उपनियम (१), (३) र (४) सँग सम्बन्धित)

व्यवसायिक रुपमा पालन गर्न सकिने वन्यजन्तु तथा त्यस्ता वन्यजन्तु पालन तथा प्रजनन गर्दा लाग्ने दस्तुर

वर्ग प्रजाति पालन तथा प्रजनन् अनुमति बापतको दस्तुर (रु.) बीउ प्राणी बापतको दस्तुर (रु.) (प्रति गोटा)

(क)

स्तनधारी

(अ) संरक्षित वन्यजन्तु तर्फ

कस्तुरी मृग १,००,०००।- ७५,०००।-

(आ) अन्य वन्यजन्तु तर्फ

जरायो ७५,०००।- ६०,०००।-

चित्तल ५०,०००।- ५०,०००।-

लगुना ५०,०००।- ५०,०००।-

रतुवा ५०,०००।- ४०,०००।-

नीलगाई / घोडगधा ७५,०००।- ६०,०००।-

खरायो १०,०००।- १,०००।-

दुम्सी १५,०००।- २,०००।-

बँदेल १०,०००।- १,०००।-

(ख)

सरिसृप

सरिसृप प्रजाति (अजिङ्गर बाहेक) ५०,०००।- ५,०००।-

(ग)

उभयचर

भ्यागुता / पाहा १०,०००।- १००।-

कछुवा १०,०००।- १,०००।-

(घ)

पन्छी

मयूर २५,०००।- ५,०००।-

कालिज २५,०००।- २,५००।-

लुइँचे २५,०००।- १,०००।-

वन कुखुरा २५,०००।- १,०००।-

बटाई २५,०००।- १,०००।-

च्याखुरा २५,०००।- १,०००।-

तित्रा २५,०००।- १,०००।-

पिउरा २५,०००।- १,०००।-

ढुकुर २५,०००।- १,०००।-

मैना २५,०००।- १,०००।-

सुगा २५,०००।- १,०००।-

लखान २५,०००।- १,०००।-

२०पृ. ५१

(नियम ३६ख. को उपनियम (१) र नियम ३६ग. को उपनियम (१) सँग सम्बन्धित)

वन्यजन्तु पालन/ प्रजनन/ वैज्ञानिक अध्ययन/ अनुसन्धान/ शैक्षिक प्रदर्शनीको लागि विस्तृत कार्ययोजना

फारामको ढाँचा यहाँ सारिएको छैन; मूल प्रतिको पृष्ठ ५१–५२ मा हेर्नुहोस्।

२०पृ. ५३

(नियम ३६ख. को उपनियम (४) सँग सम्बन्धित)

नेपाल सरकार

फारामको ढाँचा यहाँ सारिएको छैन; मूल प्रतिको पृष्ठ ५३ मा हेर्नुहोस्।

२०पृ. ५४

(नियम ३६ग. को उपनियम (५) सँग सम्बन्धित)

वैज्ञानिक अध्ययन,अनुसन्धान तथा शैक्षिक प्रदर्शनीको लागि वन्यजन्तु प्रदान गर्दा लाग्ने दस्तुर क्र.सं. वन्यजन्तुको किसिम दस्तुर (रु.)

नेपाली विदेशी

१.

मझौला स्तनधारी

(क)

मांसाहारी (कार्निभोर)

(अ) चितुवा १,००,०००।- २,००,०००।-

(आ) ध्वाँसे चितुवा ३,००,०००।- ६,००,०००।-

(इ) स्याल, वन विरालो, फ्याउरो, हुँडार, ब्वाँसो ५०,०००।- १,००,०००।-

(ख)

सर्वहारी (ओमनिभोर)

(अ) भालु (स्लोथ र हिमाली) १,००,०००।- २,००,०००।-

(आ) बँदेल १०,०००।- २०,०००।-

(ग)

तृणाहारी (घाँस खाने प्रजाति)

(अ) जरायो, चित्तल, लगुना, रतुवा २५,०००।- ५०,०००।-

(आ) झारल, घोरल, नाउर, नीलगाई, थार २५,०००।- ५०,०००।-

(घ)

बाँदर प्रजाति १०,०००।- २०,०००।-

२.

साना स्तनधारी

(क)

मुसा प्रजाति ५,०००।- १०,०००।-

(ख)

चमेरो २,०००।- ५,०००।-

(ग)

लोखर्के ५,०००।- १०,०००।-

३.

पन्छी

संरक्षित पन्छी बाहेक अन्य सबै प्रजातिका पन्छी १०,०००।- २०,०००।-

४.

सरिसृप

(क)

मगर गोही १०,०००।- २०,०००।-

(ख)

सरिसृप सबै ५,०००।- १०,०००।-

(ग)

ठोठरी कछुवा ५,०००।- १०,०००।-

५.

उभयचर

भ्यागुता / पाहा १,०००।- २,०००।-

६.

माछा सबै १,०००।- २,०००।-

२०पृ. ५६

(नियम ३६ग. को उपनियम (५) सँग सम्बन्धित)

नेपाल सरकार

फारामको ढाँचा यहाँ सारिएको छैन; मूल प्रतिको पृष्ठ ५६ मा हेर्नुहोस्।

२०पृ. ५७

(नियम ३६घ. को उपनियम (१) र (२) सँग सम्बन्धित)

चिडियाखाना/वन्यजन्तु उद्धार केन्द्र/वन्यजन्तु अस्पताल स्थापना तथा सञ्‍चालन सम्बन्धी कार्ययोजना

तालिका यहाँ सारिएको छैन; मूल प्रतिको पृष्ठ ५७–५८ मा हेर्नुहोस्।

२०पृ. ५९

(नियम ३६घ. को उपनियम (१) र (२) सँग सम्बन्धित)

चिडियाखाना/वन्यजन्तु उद्धार केन्द्र/वन्यजन्तु अस्पताल स्थापना तथा सञ्‍चालनको लागि दिने

फारामको ढाँचा यहाँ सारिएको छैन; मूल प्रतिको पृष्ठ ५९ मा हेर्नुहोस्।

२०पृ. ६०

(नियम ३६घ. को उपनियम (५) सँग सम्बन्धित)

नेपाल सरकार

फारामको ढाँचा यहाँ सारिएको छैन; मूल प्रतिको पृष्ठ ६० मा हेर्नुहोस्।

संशोधन टिप्पणी

मूल प्रतिमा चिह्न लगाइएका शब्द यस प्रतिमा यसरी देखाइएका छन्; टिप्पणी मूल प्रतिकै हुन्।

  1. १. तेस्रो संशोधानद्वारा संशोधित ।
  2. २. पाचौं संशोधनद्वारा संशोधित ।
  3. ३. पाचौं संशोधनद्वारा झिकिएको ।
  4. ४. चौथो संसोधनद्वारा थपिएकोमा पाचौ संशोधनद्वारा संशोधित ।
  5. ५. चौथो संसोधनद्वारा थप ।
  6. ६. पाचौं संशोधनद्वारा थपिएको ।
  7. ७. पाचौं संशोधनद्वारा संसोधित ।
  8. ८. पाचौं संशोधनद्वारा थप ।
  9. ९. तेस्रो संशोधनद्वारा थप ।
  10. १०. राष्ट्रिय निकुञ्‍ज तथा वन्यजन्तु संरक्षण सम्बन्धी केही नियमहरुलाई संशोधन गर्ने नियमावली, २०७० द्वारा झिकिएको ।
  11. ११. दोस्रो संशोधनद्वारा संशोधित ।
  12. १२. तेस्रो संशोधनद्वारा झिकिएको ।
  13. १३. पहिलो संशोधनद्वारा संशोधित ।
  14. १४. चौथो संशोधनद्वारा थप ।
  15. १५. पौचौं संशोधनद्वारा थप ।
  16. १६. पाँचौ संशोधनद्वारा संशोधित ।
  17. १७. तेस्रो संशोधनद्वारा संशोधन भइ पाँचौ संशोधनद्वारा संशोधित ।
  18. १८. मिति २०७५।६।२९ को नेपाल राजपत्रमा प्रकाशित सूचनाद्वारा संशोधित ।
  19. १९. दोस्रो संशोधनद्वारा थप ।
  20. २०. पाँचौ संशोधनद्वारा थप ।
स्रोत
  • नेपाल कानुन आयोग, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण नियमावली, २०३० (आयोगको पाना)।
  • आयोगको PDF प्रति; इन्टरनेट आर्काइभमा सुरक्षित प्रति, मिति २०२६-०८-०९। हरेक नियमको शीर्षकको दायाँपट्टिको “पृ.” आयोगको PDF प्रतिकै पृष्ठ हो; त्यसले सुरक्षित प्रतिको त्यही पृष्ठ खोल्छ (सरकारी साइट धेरैजसो खुल्दैन)।
  • पाठ लिइएको मिति: २०२६-११-२१। PDF का अक्षर फन्टबाटै पढिएका हुन्, र हरेक शब्द सोही फन्टमा फेरि लेखेर मूलसँग मिलाइएको छ (९४६१/९४६२ शब्द मिले)।
  • मूल प्रतिको पाठमा फन्टका कारण गलत अक्षर परेका वा छपाइमा केही छुटेका यी ठाउँ पानाकै छविसँग हेरेर सच्याइएका छन्:
    • पृष्ठ २८: (ङ)
    • पृष्ठ २८: (झ) बँदेल
    • पृष्ठ ३०: क्र.स.
    • पृष्ठ ३०: वन्यजन्तुको
    • पृष्ठ ५४: (घ)