मुलुकी अपराध संहिता, २०७४
- ऐन नं.
- सम्वत् २०७४ सालको ऐन नं. ३६
- प्रमाणीकरण र प्रकाशन मिति
- २०७४।०६।३०
- संशोधन
- २०८०।१२।३० सम्मका ५ संशोधनसहित
- स्रोत
- नेपाल कानुन आयोग (आयोगको पाना· सुरक्षित प्रति, २०२६-०९-२९)
यो पढ्न र लिङ्क गर्न सजिलो होस् भनेर राखिएको प्रति हो, अक्षर नबदली। आधिकारिक पाठ नेपाल कानुन आयोगको प्रति नै हो; हरेक दफामा त्यसको पृष्ठ दिइएको छ।
संशोधन भएका ठाउँमा अहिले लागु भएको पाठ देखाइएको छ। चिह्नले कुन ऐनले बदलेको भन्ने जनाउँछ; पुरानो पाठ यहाँ छैन।
विषयसूची (३१६)
- १.संक्षिप्त नाम र प्रारम्भ
- २.संहिताको बहिर्क्षेत्रीय प्रयोग
- ३.परिभाषा
- ४.सामान्य रुपमा लागू हुने सिद्धान्त र व्यवस्थाहरु
- ५.विशेष ऐनको व्यवस्था लागू हुने
परिच्छेद–२: फौजदारी न्यायका सामान्य सिद्धान्तहरु
- ६.कानून बमोजिमको काम कसूर नहुने
- ७.कानून बमोजिम बाहेक सजाय नहुने
- ८.तथ्यको भ्रममा परी गरेको काम कसूर नहुने
- ९.एउटै कसूरमा दोहोरो सजाय नहुने
- १०.स्वच्छ सुनुवाईबाट वञ्चित नहुने
- ११.आफ्नो विरुद्ध साक्षी हुन कर नलाग्ने
- १२.कसूर प्रमाणित नभएसम्म कसूरदार नमानिने
- १३.बालबालिकाले गरेको काम कसूर नहुने
- १४.होस ठेगानमा नरहेको व्यक्तिले गरेको काम कसूर नमानिने
- १५.मञ्जुरी लिई गरेको काम कसूर नहुने
- १६.भलाईका लागि मञ्जुरी लिई गरेको काम कसूर नहुने
- १७.भलाईका लागि संरक्षकको मञ्जुरी लिई गरेको काम कसूर नहुने
- १८.भलाईका लागि मञ्जुरी नलिई गरेको काम कसूर नहुने
- १९.मञ्जुरी लिएर गरेको भए पनि कसूर मानिने
- २०.मञ्जुरी
- २१.असल नियतले दिएको जानकारीबाट क्षति पुगेमा कसूर नहुने
- २२.डर त्रासमा परी गरेको काम कसूर नहुने
- २३.अन्य हानि, नोक्सानीबाट बचाउन असल नियतले गरेको काम कसूर नहुने
- २४.निजी रक्षाको लागि गरेको काम कसूर नमानिने
- २५.निजी रक्षाको अधिकारमा बन्देज
- २६.ज्यान लिने अधिकार नहुने
- २७.मामुली हानि, नोक्सानी भएकोमा कसूर नहुने
- २८.बालबालिकाबाट गराएको कसूरमा उमेर पुगेकोलाई सजाय हुने
- २९.निरपेक्ष दायित्व (स्ट्रीक्ट लायविलिटि) हुने कसूरमा आपराधिक मनसाय परीक्षण नहुने
- ३०.सङ्गठित संस्थाबाट भएको कसूरमा काम गर्ने गराउनेको आपराधिक दायित्व हुने
- ३१.समूहबाट भएको कसूरमा सबै सदस्यलाई सजाय हुने
- ३२.अपराध पीडितलाई मुद्दाको कारबाहीको जानकारी र क्षतिपूर्ति पाउने हक हुने
परिच्छेद–३: आपराधिक षड्यन्त्र,उद्योग,दुरुत्साहन र मतियार
- ३३.आपराधिक षड्यन्त्र गर्न नहुने
- ३४.कसूर गर्ने उद्योग गर्न नहुने
- ३५.दुरुत्साहन दिन नहुने
- ३६.मतियार हुन नहुने
- ३७.हदम्याद लागू हुने
परिच्छेद–४: कसूरको गम्भीरता बढाउने तथा घटाउने अवस्थाहरु
परिच्छेद–५: सजाय र अन्तरिम क्षतिपूर्ति सम्बन्धी व्यवस्था
- ४०.सजायका प्रकार
- ४१.जन्म कैद हुने
- ४२.जन्म कैदको गणना
- ४३.एकीकृत कसूर बापत थप सजाय हुने
- ४४.थप सजाय हुने
- ४५.बालबालिकालाई हुने सजाय
- ४६.जरिबाना बापत कैद गर्न सकिने
- ४७.सजाय छुट दिन सकिने
- ४८.अन्तरिम क्षतिपूर्तिको लागि आदेश दिन सक्ने
परिच्छेद–१: राज्य विरुद्धका कसूर
- ४९.सार्वभौमसत्ता, अखण्डता वा राष्ट्रिय एकता उपर खलल गर्न नहुने
- ५०.राजद्रोह
- ५१.राष्ट्रहित प्रतिकूल काम गर्न नहुने
- ५२.जातिहत्या गर्न नहुने
- ५३.नेपाल विरुद्व युद्ध गर्न वा नेपालसँग युद्धमा संलग्न राज्यका सेनालाई सहायता गर्न नहुने
- ५४.मित्र राष्ट्र विरुद्ध युद्ध वा विद्रोह गर्न नहुने
- ५५.सैनिक वा प्रहरीलाई भडकाउन नहुने
- ५६.जासूसी गर्न नहुने
- ५७.राष्ट्रपति उपर आक्रमण गर्न नहुने
- ५८.राष्ट्रपति वा संसदलाई धम्की दिन नहुने
- ५९.हदम्याद
परिच्छेद–२: सार्वजनिक शान्ति विरुद्धको कसूर
- ६०.गैरकानूनी भेला गर्न नहुने
- ६१.गैरकानूनी भेला रोक्ने वा भङ्ग गर्ने आदेश उल्लङ्घन गर्न नहुने
- ६२.प्रत्येक सदस्यले कसूर गरेको मानिने
- ६३.हूलदङ्गा गर्न नहुने
- ६४.हूलदङ्गा गर्न दुरुत्साहन दिन नुहुने
- ६५.सार्वजनिक शान्ति खलल पार्न नहुने
- ६६.राष्ट्रसेवकलाई बाधा विरोध गर्न नहुने
- ६७.सार्वजनिक स्थानमा आवागमनमा बाधा गर्न नहुने
- ६८.सार्वजनिक सेवा अवरुद्ध गर्न नहुने
- ६९.कर्फ्यू उल्लङ्घन गर्न नहुने
- ७०.झुठ्ठा अफबाह फैलाउन नहुने
- ७१.शान्ति भङ्ग गर्न घर, जग्गा वा सवारी साधन दिन नहुने
- ७२.संवेदनशील सार्वजनिक क्षेत्रमा मशाल जुलुश गर्न नहुने
- ७३.आवश्यक वस्तु तोडफोड वा हानि, नोक्सानी गर्न नहुने
- ७४.हदम्याद
परिच्छेद–३: सार्वजनिक अधिकारीको अख्तियारीको अवज्ञा सम्बन्धी कसूर
- ७५.समाह्वान, इतलायनामा इत्यादिको तामेलीमा बाधा पुर्याउन नहुने
- ७६.समाह्वान, इतलायनामा, सूचना वा आदेश नबुझी फर्काउन नहुने
- ७७.समाह्वान, इतलायनामा, सूचना वा आदेश तामेल हुन नदिई छली हिड्न नहुने
- ७८.समाह्वान, इतलायनामा इत्यादि च्यात्न वा उप्काउन नहुने
- ७९.झुठ्ठो तरिकाले म्याद तामेल गर्न नहुने
- ८०.लिखत पेश गर्न इन्कार गर्न नहुने
- ८१.शपथ लिएको व्यक्तिले झुठ्ठा कुरा व्यक्त गर्न नहुने
- ८२.शपथ गर्न इन्कार गर्न नहुने
- ८३.जवाफ दिन इन्कार गर्न नहुने
- ८४.झुठ्ठा जानकारी दिन नहुने
- ८५.बाधा विरोध गर्न नहुने
- ८६.राष्ट्रसेवकलाई मद्दत दिन इन्कार गर्न नहुने
- ८७.आदेशको अवज्ञा गर्न नहुने
- ८८.हदम्याद
परिच्छेद–४: सार्वजनिक न्याय विरुद्धका कसूर
- ८९.झुठ्ठा प्रमाण बनाउन नहुने
- ९०.झुठ्ठा प्रमाण पत्र बनाउन र दिन नहुने
- ९१.झुठ्ठा प्रमाण वा प्रमाण पत्र प्रयोग गर्न नहुने
- ९२.लिखत नष्ट गर्न नहुने
- ९३.कसूरको प्रमाण दवाउन नहुने
- ९४.सूचना दिन अवरोध पुर्याउन नहुने
- ९५.कसूरदारलाई आश्रय दिन नहुने
- ९६.कसूर भएको जानकारी दिनु पर्ने
- ९७.सम्पत्ति दवाउन वा सम्पत्तिमा झुठ्ठा दावी गर्न नहुने
- ९८.झुठ्ठा उजुरी दिन नहुने
- ९९.बदनियतपूर्वक अनुसन्धान वा अभियोजन गर्न नहुने
- १००.जमानतको शर्त विपरीत अनुपस्थित हुन नहुने
- १०१.पक्राउको बाधा विरोध गर्न वा थुनाबाट भाग्न नहुने
- १०२.पक्राउबाट उम्काउन वा थुनाबाट भगाउन नहुने
- १०३.हदम्याद
परिच्छेद–५: सार्वजनिक हित,स्वास्थ्य,सुरक्षा,सुविधा र नैतिकता विरुद्धका कसूर
- १०४.सङ्क्रामक रोग फैलाउन नहुने
- १०५.मानव रोग प्रतिरोधक क्षमता उन्मुक्ति गर्ने जिवाणु (एच.आई.भी.) को रोग फैलाउन नहुने
- १०६.सरुवा रोग सम्बन्धी कानूनको उल्लङ्घन गर्न नहुने
- १०७.खाद्य पदार्थमा मिसावट गर्न नहुने
- १०८.झुक्यानमा पारी खाद्य पदार्थ बिक्री वितरण गर्न नहुने
- १०९.झुक्यानमा पारी कुनै वस्तु बिक्री–वितरण गर्न नहुने
- ११०.बिक्री गर्ने उपभोग्यवस्तु बिक्री नगरी जम्माखोरी गर्न नहुने
- १११.पानी दुषित पार्न नहुने
- ११२.वातावरण प्रदुषित गर्न नहुने
- ११३.सार्वजनिक बाटो, नदी वा स्थलमा खतरा वा बाधा पुर्याउन नहुने
- ११४.विषालु वा विष्फोटक पदार्थ प्रयोग गर्दा लापरबाही गर्न नहुने
- ११५.घर निर्माण गर्दा, भत्काउँदा वा मर्मत गर्दा लापरबाही गर्न नहुने
- ११६.पशुपंक्षी राख्दा लापरबाही गर्न नहुने
- ११७.पशुपंक्षी छाडा छाड्न नहुने
- ११८.अभद्र व्यवहार गर्न नहुने
- ११९.वेश्यागमनको प्रचार गर्न नहुने
- १२०.वेश्यावृति वा वेश्यागमनका लागि घर, जग्गा प्रयोग गर्न दिन नहुने
- १२१.अश्लिल किताब,पर्चा इत्यादि बनाउन वा बिक्री गर्न नहुने
- १२२.सार्वजनिक स्थानमा यौनाङ्ग देखाउन नहुने
- १२३.सार्वजनिक स्थानमा यौन क्रिया गर्न नहुने
- १२४.सार्वजनिक उपद्रयाईं गर्न नहुने
- १२५.जुवा खेल्न वा सट्टाबाजी गर्नु नहुने
- १२५क.हुण्डी सम्बन्धी कारोबार गर्न नहुने
- १२६.भिक्षा माग्न वा माग्न लगाउन नहुने
- १२६क.कसूर पीडितको नाममा सहयोग लिन नहुने
- १२७.क्षतिपूर्ति भराउनु पर्ने
- १२८.हदम्याद
परिच्छेद–६: हातहतियार तथा खरखजाना सम्बन्धी कसूर
- १२९.इजाजत पत्र प्राप्त नगरी हातहतियार उत्पादन गर्न नहुने
- १३०.इजाजत पत्र प्राप्त नगरी हातहतियारको कारोबार गर्न नहुने
- १३१.खास किसिमका हातहतियार प्राप्त गर्न नहुने
- १३२.इजाजतपत्र विना हातहतियार राख्न वा लिएर हिड्न नहुने
- १३३.हातहतियार खरखजानाको कारोबारको अभिलेख राख्नु पर्ने
- १३४.आणविक, रासायनिक, जैविक (जिवाणुयुक्त) वा विषालु हातहतियार उत्पादन वा कारोबार गर्न नहुने
- १३५.कसूरसँग सम्बन्धित चल अचल सम्पत्ति जफत हुने
- १३६.क्षतिपूर्ति भराउने
- १३७.हदम्याद
परिच्छेद–७: विष्फोटक पदार्थ सम्बन्धी कसूर
- १३८.विष्फोटक पदार्थ उत्पादन गर्न नहुने
- १३९.विष्फोटक पदार्थको कारोबार गर्न नहुने
- १४०.कृत्रिम विष्फोटक पदार्थ बनाउन वा प्रयोग गर्न नहुने
- १४१.बारुदी सुरुङ्ग बनाउन वा विष्फोटक पदार्थ ओछ्याउन नहुने
- १४२.उत्पादन वा कारोबारको अभिलेख राख्नु पर्ने
- १४३.विष्फोटक पदार्थको ओसार पसार, ढुवानी वा भण्डारण गर्दा होसियारी अपनाउनु पर्ने
- १४४.कसूरसँग सम्बन्धित चल वा अचल सम्पत्ति जफत हुने
- १४५.क्षतिपूर्ति भराउने
- १४६.हदम्याद
परिच्छेद–७क: आतङ्ककारी कार्य सम्बन्धी कसूर
परिच्छेद–८: राष्ट्रिय तथा सार्वजनिक सम्पदा विरुद्धका कसूर
- १४७.व्यक्ति विशेषले सार्वजनिक घर,जग्गा आफ्नो बनाउन नहुने
- १४८.व्यक्ति विशेषले सार्वजनिक सम्पदा आफ्नो बनाउन नहुने
- १४९.प्राकृतिक सम्पदामाथि अतिक्रमण गर्न नहुने
- १५०.सार्वजनिक भौतिक संरचनाको अनधिकृत कब्जा वा विनाश गर्न नहुने
- १५१.राष्ट्रिय गान,झण्डा वा निशान छापको अपमान वा क्षति गर्न नहुने
- १५२.राष्ट्रिय विभूतिको अपमान गर्न नहुने
- १५३.क्षतिपूर्ति भराई दिनु पर्ने
- १५४.हदम्याद
परिच्छेद–९: धर्म सम्बन्धी कसूर
- १५५.धार्मिकस्थल वा पवित्र मानिएको स्थानलाई क्षति पुर्याउन नहुने
- १५६.धार्मिक भावनामा आघात पुर्याउन नहुने
- १५७.धार्मिक रीति-स्थितिमा बाधा पुर्याउन नहुने
- १५८.धर्म परिवर्तन गराउन नहुने
- १५९.हदम्याद
परिच्छेद–१०: भेदभाव तथा अन्य अपमानजन्य व्यवहार सम्बन्धी कसूर
- १६०.भेदभावपूर्ण व्यवहार गर्न नहुने
- १६१.भेदभाव गरी बस्तु वा सेवा खरिद बिक्री वा वितरण गर्न नहुने
- १६२.जवर्जस्ती काममा लगाउन नहुने
- १६३.दास बनाउन नहुने
- १६४.बन्धक बनाउन वा बाँधा राख्न नहुने
- १६५.सामाजिक रीति स्थितिमा खलल पार्न नहुने
- १६६.जातिपातिको आधारमा छुवाछुत वा अन्य भेदभावपूर्ण व्यवहार गर्न नहुने
- १६७.यातना दिन नहुने
- १६८.अपमानजनक वा अमानवीय व्यवहार गर्न नहुने
- १६९.क्षतिपूर्ति भराई दिनु पर्ने
- १७०.हदम्याद
परिच्छेद–११: विवाह सम्बन्धी कसूर
- १७१.मञ्जुरी विना विवाह गर्न नहुने
- १७२.हाडनातामा विवाह गर्न नहुने
- १७३.बाल विवाह गर्न नहुने
- १७४.विवाहमा लेनदेन गर्न नहुने
- १७५.वहुविवाह गर्न नहुने
- १७६.हदम्याद
परिच्छेद–१२: ज्यान सम्बन्धी कसूर
- १७७.ज्यान मार्ने नियतले कुनै काम गर्न नहुने
- १७८.ज्यान जान सक्ने काम गर्न नहुने
- १७९.गम्भीर उत्तेजना वा रीसको आवेशबाट ज्यान लिन नहुने
- १८०.मार्न चाहेको व्यक्ति नमरी अर्को व्यक्ति मरेमा सजाय हुने
- १८१.लापरवाहीपूर्ण काम गरी ज्यान मार्न नहुने
- १८२.हेलचक्र्याईं गरी ज्यान मार्न नहुने
- १८३.ज्यान मार्ने उद्योग गर्न नहुने
- १८४.आफ्नो संरक्षकत्वमा रहेको व्यक्तिलाई फाल्न वा परित्याग गर्न नहुने
- १८५.आत्महत्या गर्न दुरुत्साहन दिन नहुने
- १८६.क्षतिपूर्ति भराई दिनु पर्ने
- १८७.हदम्याद
परिच्छेद–१३: गर्भ संरक्षण विरुद्धको कसूर
परिच्छेद–१४: कुटपिट वा अङ्गभङ्ग सम्बन्धी कसूर
- १९१.कुटपिट गर्न नहुने
- १९२.अङ्गभङ्ग गर्न नहुने
- १९२क.तेजाब प्रयोग गरी अङ्गभङ्ग गर्न नहुने
- १९३.ज्वलनशील जैविक वा विषालु पदार्थ प्रयोग गरी कुरुप पार्न नहुने
- १९४.गम्भीर उत्तेजना वा रीसको आवेशबाट कुटपिट वा अङ्गभङ्ग भएकोमा सजाय
- १९५.लापरवाहीपूर्ण काम गरी वा हेलचत्र् याई गरी कुटपिट गर्न वा अङ्गभङ्ग वा अन्य चोट पुर्याउन नहुने
- १९६.आपराधिक बल प्रयोग गर्न नहुने
- १९७.कसूर गर्ने नियतले वेहोस पार्न नहुने
- १९८.क्षतिपूर्ति
- १९९.हदम्याद
परिच्छेद–१५: गैरकानूनी थुना सम्बन्धी कसूर
- २००.बदनियतपूर्वक थुनछेक गर्न नहुने
- २०१.मानवोचित न्यूनतम सुविधा नदिई थुनामा राख्न नहुने
- २०२.छाड्ने आदेश भएकोमा थुनी राख्न नहुने
- २०३.गोप्य तरिकाले थुनामा राख्न नहुने
- २०४.क्षतिपूर्ति भराई दिनु पर्ने
- २०५.हदम्याद
परिच्छेद–१६: व्यक्ति बेपत्ता पार्ने सम्बन्धी कसूर
- २०६.व्यक्ति बेपत्ता पार्ने काम गर्न गराउन नहुने
- २०७.कसूरसँग सम्बन्धित मालसामान जफत हुने
- २०८.क्षतिपूर्ति भराई लिन पाउने
- २०९.धनमाल फिर्ता गर्नु पर्ने
- २१०.हदम्याद
परिच्छेद–१७: अपहरण वा शरीर बन्धक सम्बन्धी कसूर
- २११.अपहरण गर्न नहुने
- २१२.शरीर बन्धक लिन नहुने
- २१३.अपहरण वा शरीर बन्धक लिएमा हुने सजाय
- २१४.थप सजाय हुने
- २१५.दुरुत्साहन दिने वा आदेश दिने वा उद्योग गर्ने वा षडयन्त्र गर्ने व्यक्ति वा मतियारलाई सजाय हुने
- २१६.आत्मसमर्पण गरेमा सजाय कम हुने
- २१७.क्षतिपूर्ति भराई दिनु पर्ने
- २१८.हदम्याद
परिच्छेद–१८: करणी सम्बन्धी कसूर
- २१९.जवर्जस्ती करणी गर्न नहुने
- २२०.हाडनातामा करणी गर्न नहुने
- २२१.थुनामा रहेको व्यक्तिसँग करणी गर्न नहुने
- २२२.आफ्नो संरक्षण वा सुरक्षामा रहेको व्यक्तिसँग करणी गर्न नहुने
- २२३.कार्यालय वा पेशागत सेवा प्राप्त गर्ने व्यक्तिसँग करणी गर्न नहुने
- २२४.यौन दुर्व्यवहार गर्न नहुने
- २२५.बालयौन दुरुपयोग गर्न नहुने
- २२६.अप्राकृतिक मैथुन गर्न नहुने
- २२७.पशु करणी गर्न नहुने
- २२७क.मिलापत्र गर्न वा गराउन नहुने
- २२८.क्षतिपूर्ति भराई दिनु पर्ने
- २२९.हदम्याद
परिच्छेद–१९: इलाज सम्बन्धी कसूर
- २३०.इजाजत प्राप्त नगरेको व्यक्तिले इलाज गर्न नहुने
- २३१.बद्नियत चिताई इलाज गर्न नहुने
- २३२.लापरबाही वा हेलचेक्र्याइँ गरी इलाज गर्न नहुने
- २३३.मञ्जुरी विना मानव शरीरमा परीक्षण गर्न नहुने
- २३४.जोखिमपूर्ण औषधि बिक्री वितरण गर्न नहुने
- २३५.औषधिमा मिसावट गर्न वा मिसावट गरेको औषधि बिक्री गर्न नहुने
- २३६.म्याद नाघेको वा पूर्व सावधानी नलिई औषधि बिक्री,वितरण गर्न नहुने
- २३७.एक औषधिलाई अर्को औषधि भनी बिक्री वितरण गर्न नहुने
- २३८.झुठ्ठा प्रतिवेदन दिन नहुने
- २३९.क्षतिपूर्ति भराई दिनु पर्ने
- २४०.हदम्याद
परिच्छेद–२०: चोरी तथा डाँका सम्बन्धी कसूर
- २४१.चोरी गर्न नहुने
- २४२.चोरी गरेमा हुने सजाय
- २४३.नकवजनी चोरी गर्न नहुने
- २४४.डाँका गर्न नहुने
- २४५.चोरीमा प्रयोग हुने औजार लिई हिड्न नहुने
- २४६.बगली मार्न नहुने
- २४६क.थप सजाय गरी क्षतिपूर्ति भराईने
- २४७.बिगो भराउनु पर्ने
- २४८.हदम्याद
परिच्छेद–२१: ठगी,आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी कसूर
- २४९.ठगी गर्न नहुने
- २४९क.अनुचित लेनदेन गर्न नहुने
- २५०.ठेक्का वा करारको काममा फरक पार्न नहुने
- २५१.सम्पत्तिको आपराधिक उपयोग गर्न नहुने
- २५२.आपराधिक विश्वासघात गर्न नहुने
- २५३.आपराधिक लाभ (एक्सटर्सन) लिन नहुने
- २५४.क्षतिपूर्ति
- २५५.हदम्याद
परिच्छेद–२२: मुद्रा सम्बन्धी कसूर
- २५६.खोटा मुद्रा बनाउन नहुने
- २५७.खोटा मुद्रा चलन गर्न नहुने
- २५८.खोटा मुद्रा बनाउने सामान बनाउन,राख्न वा मर्मत गर्न नहुने
- २५९.मापदण्ड विपरीत मुद्रा बनाउन नहुने
- २६०.मुद्रा बनाउने औजार बाहिर लैजान नहुने
- २६१.मुद्राको तौल घटाउन वा रुप वदल्न नहुने
- २६२.रोक लगाइएको मुद्रा चलन चल्तीमा ल्याउन नहुने
- २६२क.भौतिक मुद्राको प्रयोग गर्न नहुने
- २६३.बैङ्क नोट वा सिक्का जलाउन,गाल्न,च्यात्न वा बैङ्क नोटमा लेख्न नहुने
- २६४.झुत्रो बैङ्क नोट दुरुपयोग गर्न नहुने
- २६५.जफत हुने
- २६६.हदम्याद
परिच्छेद–२३: टिकट सम्बन्धी कसूर
- २६७.खोटा टिकट बनाउन वा चलन गर्न नहुने
- २६८.खोटा टिकट बनाउने औजार खरिद, बिक्री, मर्मत इत्यादी गर्न नहुने
- २६९.प्रयोग भएको टिकट पुनः प्रयोगमा ल्याउन नहुने
- २७०.सार्वजनिक लिखतमा प्रयोग भएको टिकट उप्काउन नहुने
- २७१.जफत हुने
- २७२.हदम्याद
परिच्छेद–२४: नापतौल सम्बन्धी कसूर
- २७३.नाप्ने वा तौलने साधन नक्कली बनाउन वा चलन गर्न नहुने
- २७४.नाप्ने, तौलने वा गुणस्तर निर्धारण गर्ने साधन कपटपूर्ण प्रयोग गर्न नहुने
- २७५.हदम्याद
परिच्छेद–२५: लिखत सम्बन्धी कसूर
- २७६.कीर्ते गर्न नहुने
- २७७.कीर्ते लिखत सद्दे सरह राख्न वा व्यवहारमा ल्याउन नहुने
- २७८.कीर्ते लिखत बनाउने औजार बनाउन नहुने
- २७९.जालसाजी गर्न नहुने
- २८०.जालसाजी लिखत सद्दे सरह व्यवहारमा ल्याउन नहुने
- २८१.मतियार मानी सजाय हुने
- २८२.क्षतिपूर्ति भराई दिनु पर्ने
- २८३.हदम्याद
परिच्छेद–२६: आपराधिक प्रवेश तथा आपराधिक उपद्रव सम्बन्धी कसूर
- २८४.आपराधिक प्रवेश गर्न नहुने
- २८५.आपराधिक उपद्रव गर्न नहुने
- २८६.लुटपिट गर्न नहुने
- २८७.कसूर गरी प्राप्त गरेको सम्पत्ति लिन नहुने
- २८८.हदम्याद
परिच्छेद–२७: पशुपक्षी सम्बन्धी कसूर
- २८९.गाई, गोरु मार्न वा कुट्न नहुने
- २९०.पशुपक्षी प्रति निर्दयी व्यवहार गर्न नहुने
- २९१.सार्वजानिक स्थलमा पशु वा पक्षी मार्न नहुने
- २९२.हदम्याद
भाग–३: वैयक्तिक गोपनीयता तथा प्रतिष्ठा विरुद्वको कसूर
परिच्छेद–१: गोपनीयता विरुद्धका कसूर
- २९३.अर्काको कुरा सुन्न वा ध्वनी अङ्कन गर्न नहुने
- २९४.गोप्य कुरा प्रकट गर्न नहुने
- २९५.अनुमति विना कुनै व्यक्तिको तस्वीर खिच्न वा तस्वीरको स्वरुप बिगार्न नहुने
- २९६.अनुमति विना एकको तस्वीर अरुलाई दिन वा बिक्री गर्न नहुने
- २९७.चिठ्ठी खोल्न वा टेलिफोनमा गरेको कुरा सुन्न नहुने
- २९८.विद्युतीय माध्यमद्वारा गोपनीयता भङ्ग गर्न नहुने
- २९९.छलकपटपूर्ण टेलिफोन वा सन्देश प्रवाह गर्न नहुने
- ३००.हैरान पार्ने बद्नियतले चिठ्ठी पत्र लेख्न नहुने
- ३०१.अरुको शरीर खानतलासी गर्न नहुने
- ३०२.अरुको आवासमा अनाधिकृत प्रवेश गर्न नहुने
- ३०३.क्षतिपूर्ति भराई दिनु पर्ने
- ३०४.हदम्याद
प्रस्तावना
मुलुकमा कानून तथा व्यवस्था कायम गरी सर्वसाधारणको नैतिकता,
भाग–१सामान्य प्रावधानहरु
परिच्छेद–१प्रारम्भिक
संक्षिप्त नाम र प्रारम्भपृ. २
यस ऐनको नाम १“मुलुकी अपराध संहिता, २०७४” रहेकोछ।
यो संहिता संवत् २०७५ साल भदौ १ गतेदेखि प्रारम्भ हुनेछ।
संहिताको बहिर्क्षेत्रीय प्रयोगपृ. २
कसैले नेपाल बाहिर देहायको कुनै कसूर गरेमा निजलाई नेपालभित्र नै त्यस्तो कसूर गरे सरह यस संहिता बमोजिम सजाय हुनेछः–
दफा ५४ बाहेक भाग २ को परिच्छेद १ अन्तर्गतको कसूर,
नेपालबाट कुनै व्यक्तिलाई अपहरण गरी भाग २ परिच्छेद १७ अन्तर्गत गरेको कसूर,
२दफा १४६क. र १६७, २७६ र २७९ अन्तर्गतको कसूर,
नेपालभित्र चलनचल्तीमा ल्याउने वा पैठारी गर्ने उद्देश्यले गरेको भाग २ परिच्छेद २२ र २३ अन्तर्गतका कसूर,
नेपाल सरकार,
कसैले नेपालमा दर्ता भएको वायुयान वा जलयानभित्र यस ऐन अन्तर्गतको कुनै कसूर नेपाल बाहिर रहँदाका बखत गरेमा निजलाई नेपालभित्र नै त्यस्तो कसूर गरे सरह यस ऐन बमोजिम सजाय हुनेछ।
कुनै १नेपाली नागरिक वा अन्य कसैले नेपाल बाहिर कुनै नेपाली नागरिक विरुद्ध देहायको कुनै कसूर गरेमा निजलाई नेपालभित्र नै त्यस्तो कसूर गरे सरह यस ऐन बमोजिम सजाय हुनेछः–
ज्यान लिएको वा ज्यान लिने उद्योग,
असहाय व्यक्तिलाई परित्याग गरेको कसूर,
अङ्गभङ्ग गरेको कसूर,
दफा १९२क. बमोजिमको कसूर,
अपहरण,
जवर्जस्ती करणी वा हाडनाता करणी गरेको कसूर,
नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको वा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको पूर्ण वा अधिकांश स्वामित्व वा नियन्त्रण भएको सङ्गठित संस्था विरुद्ध आपराधिक उपद्रव,
दफा १५८ अन्तर्गतको कसूर,
भाग २ परिच्छेद ११ अन्तर्गतका विवाह सम्बन्धी कसूर,
नेपालभित्र पैठारी गर्ने उद्देश्यले खाद्य पदार्थ वा औषधिमा मिसावट गरेको कसूर,
दफा २३१,२३२ र २३३ अन्तर्गतका इलाज सम्बन्धी कसूर,
भाग ३ को परिच्छेद २ अन्तर्गतको कसूर।
परिभाषापृ. ३
विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस ऐनमा,
“अदालत” भन्नाले सर्वोच्च अदालत,
“आश्रय दिने” भन्नाले कुनै व्यक्तिलाई खान,
“कसूर” भन्नाले यस संहिता वा कानून बमोजिम सजाय हुने काम सम्झनु पर्छ।
“कानून” भन्नाले तत्काल प्रचलित कानून सम्झनु पर्छ।
“काम” भन्नाले कामहरुको समूह सम्झनु पर्छ र सो शब्दले कानून बमोजिम गर्नु पर्नेमा नगरेको वा गर्न नहुनेमा गरेको काम समेतलाई जनाउँछ।
“गम्भीर कसूर” भन्नाले तीन वर्षभन्दा बढी दश वर्षसम्म कैद सजाय हुने कसूर सम्झनु पर्छ।
“जघन्य कसूर” भन्नाले जन्मकैद वा दश वर्षभन्दा बढी कैद सजाय हुने कसूर सम्झनु पर्छ।
“ज्यान” भन्नाले मानिसको ज्यान सम्झनु पर्छ।
“न्यायाधीश” भन्नाले मुद्दाको कारबाही,
“राष्ट्रसेवक” भन्नाले देहायको कुनै व्यक्ति सम्झनु पर्छः–
संविधान वा अन्य कानून बमोजिम सार्वजनिक जवाफदेहीको पदमा निर्वाचित,
कानून वा करार बमोजिम नेपाल सरकार वा प्रदेश सरकारको सेवामा वा अन्य कुनै सरकारी सेवामा नियुक्त भएको व्यक्ति,
स्थानीय तह वा जिल्ला समन्वय समितिको कुनै पद वा सेवामा निर्वाचित,
नेपाल सरकार,
सार्वजनिक जवाफदेही भएको पदमा अन्य कुनै किसिमले नियुक्त भएको वा वहाल रहेको व्यक्ति।
“स्थानीय तह” भन्नाले गाउँपालिका वा नगरपालिका सम्झनु पर्छ।
“सङ्गठित संस्था” भन्नाले कुनै कानून बमोजिम स्थापित वा कानून बमोजिम दर्ता भएको संस्था सम्झनु पर्छ।
“संविधान” भन्नाले नेपालको संविधान सम्झनु पर्छ।
“सार्वजनिक लिखत” भन्नाले देहायको कुनै लिखत सम्झनु पर्छः–
विधायिकाबाट पारित भएको लिखत,
संविधान बमोजिम राष्ट्रपतिबाट भएको औपचारिक कार्यको अभिलेखको रुपमा रहेको लिखत,
संविधान बमोजिम प्रदेश प्रमुखबाट भएको औपचारिक कार्यको अभिलेखको रुपमा रहेको लिखत,
नेपाल सरकार,
संघीय, प्रदेश वा स्थानीय कानून बमोजिम जारी भएको कुनै लिखत,
अदालतबाट भएको फैसला,
सामान्य रुपमा लागू हुने सिद्धान्त र व्यवस्थाहरुपृ. ५
१यस संहिताको भाग १ को परिच्छेद– २,३,४ र ५ बमोजिमका सिद्धान्त र व्यवस्थाहरु १यस संहिता र अन्य ऐन अन्तर्गतका कसूरका सम्बन्धमा सामान्यतः लागू हुने छन्।
विशेष ऐनको व्यवस्था लागू हुनेपृ. ५
कुनै खास कामलाई कुनै विशेष ऐनद्वारा छुट्टै कसूर मानी सजाय गर्ने व्यवस्था भएको रहेछ भने त्यस्तो कसूरका सम्बन्धमा सोही ऐन लागू हुनेछ।
परिच्छेद–२फौजदारी न्यायका सामान्य सिद्धान्तहरु
कानून बमोजिमको काम कसूर नहुनेपृ. ५
कानून बमोजिम गर्नु पर्ने वा कानूनले क्षम्य मानेको कामलाई कसूर मानिने छैन।
कानून बमोजिम बाहेक सजाय नहुनेपृ. ६
कानूनले सजाय नहुने कुनै काम गरे बापत कुनै व्यक्ति सजायको भागी हुने छैन र कुनै पनि व्यक्तिलाई कसूर गर्दाको अवस्थामा कानूनमा तोकिएभन्दा बढी सजाय हुने छैन।
तथ्यको भ्रममा परी गरेको काम कसूर नहुनेपृ. ६
तथ्यको भ्रममा परी कानून बमोजिम गर्नु पर्ने वा क्षम्य मानिएको विश्वास गरी असल नियतले गरेको कुनै काम कसूर मानिने छैन।
तर कानूनको अनभिज्ञतामा गरेको काम क्षम्य हुने छैन।
एउटै कसूरमा दोहोरो सजाय नहुनेपृ. ६
कुनै व्यक्ति विरुद्ध अदालतमा एकै कसूरमा एक पटकभन्दा बढी मुद्दा चलाइने र सजाय गरिने छैन।
स्वच्छ सुनुवाईबाट वञ्चित नहुनेपृ. ६
कुनै व्यक्ति सक्षम अदालत वा न्यायिक निकायबाट हुने कारबाहीमा स्वच्छ सुनुवाईबाट वञ्चित हुने छैन।
आफ्नो विरुद्ध साक्षी हुन कर नलाग्नेपृ. ६
कुनै कसूरको अभियोग लागेको व्यक्तिलाई आफ्नो विरुद्ध साक्षी हुन कर लाग्ने छैन।
कसूर प्रमाणित नभएसम्म कसूरदार नमानिनेपृ. ६
कुनै कसूरको अभियोग लागेको व्यक्तिलाई त्यस्तो कसूर गरेको प्रमाणित नभएसम्म कसूरदार मानिने छैन।
बालबालिकाले गरेको काम कसूर नहुनेपृ. ६
दश वर्ष उमेर नपुगेको बालबालिकाले गरेको कुनै काम कसूर मानिने छैन।
होस ठेगानमा नरहेको व्यक्तिले गरेको काम कसूर नमानिनेपृ. ६
कुनै काम गर्दाका बखत मानसिक अस्वस्थताको कारणले त्यस्तो कामको प्रकृति, गुण, दोष वा परिणाम बुझ्न नसक्ने गरी होस ठेगानमा नरहेको व्यक्तिले गरेको काम कसूर मानिने छैन।
मञ्जुरी लिई गरेको काम कसूर नहुनेपृ. ६
ज्यान लिने वा अङ्गभङ्ग गर्ने नियतले वा ज्यान जान वा अङ्गभङ्ग हुन सक्छ भन्ने थाहा भई गरेकोमा बाहेक कसैले अठार वर्ष माथिको कुनै व्यक्तिको मञ्जुरी लिई गरेको कुनै कामबाट त्यस्तो मञ्जुरी दिने व्यक्तिलाई कुनै क्षति पुग्न गएमा सो काम कसूर मानिने छैन।
भलाईका लागि मञ्जुरी लिई गरेको काम कसूर नहुनेपृ. ६
कसैले कुनै व्यक्तिको भलाईका लागि निजको मञ्जुरी लिई असल नियतले होसियारी साथ गरेको कुनै कामबाट त्यस्तो मञ्जुरी दिने व्यक्तिलाई क्षति पुग्न गएमा त्यस्तो काम कसूर मानिने छैन।
भलाईका लागि संरक्षकको मञ्जुरी लिई गरेको काम कसूर नहुनेपृ. ६
अठार वर्ष ननाघेको वा मानसिक अस्वस्थताको कारणले होस ठेगानमा नरहेको व्यक्तिको भलाईका लागि निजको संरक्षकले वा त्यस्तो संरक्षकको मञ्जुरी लिएर अरु कसैले असल नियतले होसियारी साथ गरेको कुनै कामबाट त्यस्तो व्यक्तिलाई कुनै क्षति पुग्न गएमा त्यस्तो काम कसूर मानिने छैन।
तर ज्यान जान वा अङ्गभङ्ग हुनबाट रोक्ने उद्देश्यले गरेकोमा बाहेक ज्यान जान सक्छ वा अङ्गभङ्ग हुन सक्छ भन्ने जानीजानी त्यस्तो कुनै काम गर्ने व्यक्तिले आपराधिक दायित्वबाट छुट पाउने छैन।
भलाईका लागि मञ्जुरी नलिई गरेको काम कसूर नहुनेपृ. ७
कुनै व्यक्तिको भलाईका लागि तत्काल कुनै काम नगरी नहुने भएको,
आर्थिक रुपमा प्राप्त लाभलाई जनाउने छैन,
ज्यान लिने वा मनासिब कारण विना अङ्गभङ्ग गर्ने नियतले गरेको कामलाई जनाउने छैन।
मञ्जुरी लिएर गरेको भए पनि कसूर मानिनेपृ. ७
दफा १५,१६ वा १७ मा जुनसुकै कुरा लेखिएको भए तापनि ती दफाहरुमा लेखिएको काम कानून बमोजिम अन्य कसूर मानिने भएमा त्यस्तो काम मञ्जुरी लिएर गरेको भए पनि कसूर मानिनेछ।
मञ्जुरीपृ. ७
मञ्जुरी मौखिक वा लिखित रुपमा वा इशारा वा आचरणद्वारा व्यक्त गर्न सकिनेछ।
तर देहायका अवस्थामा दिइएको मञ्जुरीलाई मञ्जुरी मानिने छैनः–
तथ्यको भ्रममा परी वा कुनै किसिमको हानि,
मानसिक अस्वस्थताको कारणले आफूले दिएको मञ्जुरीको गुण, दोष र परिणाम बुझ्न नसक्ने गरी होस ठेगानमा नरहेका बखत कुनै व्यक्तिले मञ्जुरी दिएकोमा,
अठार वर्ष ननाघेको बालबालिकाले मञ्जुरी दिएकोमा,
अनुचित प्रभावमा परी मञ्जुरी दिएकोमा।
असल नियतले दिएको जानकारीबाट क्षति पुगेमा कसूर नहुनेपृ. ८
कसैले कुनै व्यक्तिलाई निजको भलाईको लागि असल नियतले दिएको कुनै कुराको सूचना वा जानकारीबाट त्यस्तो व्यक्तिलाई कुनै क्षति पुग्न गएमा त्यस्तो काम कसूर मानिने छैन।
डर त्रासमा परी गरेको काम कसूर नहुनेपृ. ८
कसैले जोखिमी हातहतियार वा विषालु वा विष्फोटक पदार्थ लिई कुनै व्यक्तिलाई निजले तत्काल कुनै काम नगरे निज वा निजको नजिकको नातेदारको ज्यान लिने वा शारीरिक अङ्गभङ्ग गराउने डर त्रास देखाएको र तत्काल त्यस्तो काम नगरे आफ्नो वा आफ्नो नजिकको नातेदारको ज्यान जान वा शारीरिक अङ्गभङ्ग हुन सक्ने खतरा छ भनी विश्वास गर्नु पर्ने मनासिब कारण भई त्यस्तो व्यक्तिले गरेको त्यस्तो काम कसूर मानिने छैन।
तर देहायको अवस्थामा त्यस्तो काम कसूर मानिने छः-
ज्यान लिएको वा शारीरिक अङ्गभङ्ग गरेकोमा,
जवर्जस्ती करणी गरेकोमा,
राज्य विरुद्धको कसूर गरेकोमा,
त्यस्तो काम गर्ने व्यक्ति आफैँले गर्दा वा आफूले कुनै काम गरेको कारणबाट निज त्यस्तो डर त्रासको अवस्थामा पुगेकोमा।
उपदफा (१) बमोजिम डर,
अन्य हानि, नोक्सानीबाट बचाउन असल नियतले गरेको काम कसूर नहुनेपृ. ८
कसैलाई कुनै हानि,
निजी रक्षाको लागि गरेको काम कसूर नमानिनेपृ. ८
यस परिच्छेदको अधीनमा रही निजी रक्षाको अधिकार प्रयोग गर्दा भए गरेको कुनै काम कसूर मानिने छैन।
प्रत्येक व्यक्तिलाई आफ्नो वा अरु कसैको जिउ,
यस दफा बमोजिम निजी रक्षाको अधिकार प्रयोग गर्दा तत्काल कुनै काम नगरेमा आफ्नो वा अरु कसैको जीउ,
निजी रक्षाको अधिकारमा बन्देजपृ. ९
दफा २४ मा जुनसुकै कुरा लेखिएको भए तापनि देहायको अवस्थामा वा कामका विरुद्ध निजी रक्षाको अधिकार प्राप्त हुन सक्ने छैनः-
कसैको जिउ वा सम्पत्तिमा गैर कानूनी क्षति पुर्याउने काम हुँदाका बखत त्यस्तो क्षतिबाट बचाउन तत्काल सार्वजनिक अधिकारीको संरक्षण वा मद्दत उपलब्ध हुने वा हुन सक्ने अवस्था भएकोमा,
जसको जिउ वा सम्पत्तिमा क्षति पुगेको हो त्यस्तो व्यक्तिले नै क्षति पुर्याउने व्यक्तिलाई उत्तेजित गरेको कारणबाट त्यसरी क्षति पुगेकोमा,
अदालतको फैसला वा आदेश अनुसार कुनै राष्ट्रसेवकले असल नियतले कुनै काम गरेकोमा,
कुनै राष्ट्रसेवकले आफ्नो पदीय अधिकारको प्रयोगमा असल नियतले कुनै काम गरेकोमा,
कुनै राष्ट्रसेवकले आफ्नो पदीय अधिकारको प्रयोगमा असल नियतले दिएको निर्देशन अनुसार कसैले कुनै काम गरेकोमा।
उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि देहायको अवस्थामा कुनै व्यक्ति निजी रक्षाको अधिकारबाट बञ्चित हुने छैनः-
उपदफा (१) को खण्ड (ग) मा उल्लिखित काम गर्ने व्यक्ति राष्ट्रसेवक हो र निज अदालतको फैसला वा आदेशानुसार काम गर्दैछ भन्ने कुरा जानकारी हुने वा विश्वास गर्ने मनासिब कारण नभएमा वा निजको परिचय वा सो काम गर्न पाएको अधिकारपत्र माग गर्दा पनि निजले आफ्नो परिचय नदिएमा वा त्यस्तो काम गर्न पाएको अधिकारपत्र नदेखाएमा,
उपदफा (१) को खण्ड (घ) मा उल्लिखित काम गर्ने व्यक्ति राष्ट्रसेवक हो भन्ने कुरा जानकारी हुने वा विश्वास गर्नु पर्ने मनासिब कारण नभएमा,
उपदफा (१) को खण्ड (ङ) मा उल्लिखित काम गर्ने व्यक्तिले त्यस्तो काम कुनै राष्ट्रसेवकको निर्देशनमा गरिरहेको हो भन्ने कुरा जानकारी हुने वा विश्वास गर्नु पर्ने मनासिब कारण नभएमा वा त्यस्तो निर्देशन अनुसार त्यस्तो काम गर्न लागेको हो भन्ने कुरा निजले जानकारी नदिएमा वा त्यस्तो काम गर्न अधिकारपत्र भएकोमा माग गर्दा पनि त्यस्तो अधिकार पत्र नदेखाएमा।
दफा २४ वा यस दफा अन्तर्गत निजी रक्षाको अधिकार प्रयोग गर्दा त्यस्तो रक्षा गर्नको लागि आवश्यक पर्ने मनासिब बलभन्दा बढी बल प्रयोग गर्न सकिने छैन।
ज्यान लिने अधिकार नहुनेपृ. १०
यस परिच्छेद बमोजिम निजी रक्षाको अधिकार प्रयोग गर्दा कसैलाई कसैको ज्यान लिने अधिकार हुनेछैन।
उपदफा (१) मा जुनसकै कुरा लेखिएको भए तापनि दफा २५ को उपदफा (३) को अधीनमा रही देहायको अवस्थामा निजी रक्षाको अधिकार प्रयोग गर्दा कसैको ज्यान गएकोमा त्यस्तो काम कसूर मानिने छैनः-
आफू वा अरु कसैमाथि भएको आक्रमण विरुद्ध तत्काल रक्षा नगर्दा आफ्नो वा अरु कसैको ज्यान जान वा आफू वा अरु कसैलाई गम्भीर चोट लाग्न वा अङ्गभङ्ग हुन सक्छ भन्ने मनासिब विश्वास भएमा,
जवर्जस्ती करणी गर्ने नियतले आक्रमण गरेको हो भन्ने मनासिब विश्वास भई वा जवर्जस्ती करणी गर्दाका बखत वा गरिसके पछि पीडितबाट तत्काल कुनै काम भएकोमा,
ज्यान मार्ने, बन्धक वा अपहरण गराउन मुक्ति रकम लिने, जवर्जस्ती करणी गर्ने,
मानिस बस्ने,
डाँकाको कसूर विरुद्ध रक्षा गर्नु परेमा,
कुनै व्यक्तिको वैयक्तिक सुरक्षा वा नेपाल सरकार,
मामुली हानि, नोक्सानी भएकोमा कसूर नहुनेपृ. ११
साधारण समझको व्यक्तिले गरेको मामुली किसिमको हानि,
बालबालिकाबाट गराएको कसूरमा उमेर पुगेकोलाई सजाय हुनेपृ. ११
कसैले कुनै बालबालिकालाई फकाई,
निरपेक्ष दायित्व (स्ट्रीक्ट लायविलिटि) हुने कसूरमा आपराधिक मनसाय परीक्षण नहुनेपृ. ११
यस संहिता वा कानून बमोजिम निरपेक्ष आपराधिक दायित्व हुने कसूरमा त्यस्तो कसूर मनसायपूर्वक गरेको हो वा होइन भन्ने कुरा परीक्षण हुने छैन।
सङ्गठित संस्थाबाट भएको कसूरमा काम गर्ने गराउनेको आपराधिक दायित्व हुनेपृ. ११
कुनै फर्म, कम्पनी वा सङ्गठित संस्थाले यस संहिता वा कानून बमोजिम कसूर मानिने कुनै काम गरेको वा गराएकोमा जसले त्यस्तो काम गरे वा गराएको हो सोही व्यक्ति जिम्मेवार हुनेछ र त्यस्तो व्यक्ति किटान हुन नसकेमा फर्मको हकमा त्यस्ता काम गर्ने सम्बन्धित धनी वा हिस्सेदारहरु र कम्पनी वा सङ्गठित संस्था भए त्यस्तो काम गर्ने वा गराउने सञ्चालक,
समूहबाट भएको कसूरमा सबै सदस्यलाई सजाय हुनेपृ. ११
दुई वा दुईभन्दा बढी व्यक्तिको समूहबाट कुनै कसूर भएकोमा सो समूहका सबै सदस्यलाई त्यस्तो कसूरको सजाय हुनेछ।
अपराध पीडितलाई मुद्दाको कारबाहीको जानकारी र क्षतिपूर्ति पाउने हक हुनेपृ. ११
अपराध पीडितलाई आफू पीडित भएको मुद्दाको अनुसन्धान तथा कारबाही सम्बन्धी जानकारी पाउने हक हुनेछ।
अपराध पीडितलाई कानून बमोजिम सामाजिक पुनःस्थापना र क्षतिपूर्ति सहितको न्याय पाउने हक हुनेछ।
परिच्छेद–३आपराधिक षड्यन्त्र,उद्योग,दुरुत्साहन र मतियार
आपराधिक षड्यन्त्र गर्न नहुनेपृ. १२
कसैले कुनै आपराधिक षड्यन्त्र गर्न हुँदैन।
दुई वा दुईभन्दा बढी व्यक्तिहरुले कुनै कसूर गर्न वा गराउन मन्जुर गरी कुनै १एकजना मात्र वा दुई वा दुईभन्दा बढी व्यक्तिहरुले कुनै कार्य गरेमा निजहरुले आपराधिक षड्यन्त्र गरेको मानिने छ।
जघन्य वा गम्भीर प्रकृतिको कसूरको आपराधिक षड्यन्त्र गर्ने वा गराउने व्यक्तिलाई यस संहितामा अन्यत्र छुटैृ सजायको व्यवस्था भएकोमा सोही बमोजिम र नभएकोमा देहाय बमोजिम सजाय हुनेछः-
आपराधिक षड्यन्त्र बमोजिमको कसूर गरेको भए त्यस्तो कसूर गरे सरहको सजाय,
आपराधिक षड्यन्त्र बमोजिमको कसूर नभई अन्य कसूर भएकोमा त्यस्तो कसूर त्यस्तो षड्यन्त्र कार्यान्वयनको सिलसिलामा वा त्यसैको सम्भावित परिणामस्वरुप भएको रहेछ भने त्यस्तो कसूर बापत हुने सजाय,
आपराधिक षड्यन्त्र बमोजिमको कसूरको अतिरिक्त अन्य कसूर पनि भएकोमा त्यस्तो कसूर पनि सोही षडयन्त्र कार्यान्वयनको सिलसिलामा वा त्यसैको सम्भावित परिणामस्वरुप भएको रहेछ भने त्यस्तो कसूरको समेत थप सजाय,
आपराधिक षडयन्त्र गर्ने कार्य पूरा भई नसकेको भएमा त्यस्तो कसूरमा हुने सजायको आधा सजाय।
कसूर गर्ने उद्योग गर्न नहुनेपृ. १२
कसैले कुनै कसूर गर्ने उद्योग गर्न हुँदैन।
जुन कसूरको उद्योग भएको हो त्यस्तो कसूर हुन असम्भव भएमा पनि उद्योग गरेको मानिनेछ।
यस संहितामा अन्यथा व्यवस्था भएकोमा बाहेक कसूर गर्न उद्योग गर्ने वा गराउने व्यक्तिलाई त्यस्तो कसूरको लागि तोकिएको सजायको आधा सजाय हुनेछ।
दुरुत्साहन दिन नहुनेपृ. १२
कसैले कसैलाई कुनै कसूर गर्न दुरुत्साहन दिनु हुँदैन।
उपदफा (१) को प्रयोजनको लागि कसैले कसैलाई कुनै कसूर गर्न उक्साएमा निजले दुरुत्साहन दिएको मानिनेछ।
दुरुत्साहन दिने व्यक्तिलाई यस संहितामा छुट्टै सजायको व्यवस्था गरिएकोमा सोही बमोजिम र नगरिएकोमा देहाय बमोजिम सजाय हुनेछः–
दुरुत्साहन दिए बमोजिम कसूर भएको भए निज स्वयंले कसूर गरे सरहको सजाय,
दुरुत्साहन दिए बमोजिम कसूर भई नसकेकोमा सो कसूरका लागि तोकिएको सजायको आधा सजाय।
कुनै व्यक्तिलाई एउटा कसूर गर्न दुरुत्साहन दिएकोमा त्यस्तो व्यक्तिले त्यस्तो दुरुत्साहनको प्रभाव वा सम्भावित परिणाम स्वरुप कुनै अर्को कसूर गरेमा दुरुत्साहन दिने व्यक्तिलाई त्यस्तो कसूर पनि निज स्वयंले गरे सरह सजाय हुनेछ।
मतियार हुन नहुनेपृ. १३
कुनै व्यक्ति कुनै कसूरको मतियार हुनु हुँदैन।
कुनै कसूर गर्ने नियतले त्यस्तो कसूर वा अन्य कसूर गर्न सहयोग पुर्याउने वा कसूर गरिसकेपछि कसूरदारलाई भगाउने,
मतियारलाई देहाय बमोजिम सजाय हुनेछः-
आपराधिक षड्यन्त्रमा संलग्न भई कसूर गर्ने, साधन वा ठाँउ उपलव्ध गराइदिने, जसको विरुद्ध कसूर गरिएको हो त्यस्तो व्यक्तिलाई निजी रक्षाको अधिकारबाट बञ्चित गराउने वा कसूर गर्न आदेश वा सल्लाह दिनेलाई त्यस्तो कसूर निजले गरे सरहको सजाय,
खण्ड (क) मा लेखिएको बाहेक अन्य मतियार भए कसूर भए गरेको काममा निजको संलग्नताको मात्रा अनुसार त्यस्तो कसूर गरे बापत हुने सजायको बढीमा आधासम्म सजाय।
हदम्याद लागू हुनेपृ. १३
यस संहितामा कुनै कसूरका सम्बन्धमा व्यवस्था गरिएको उजुरगर्ने हदम्याद त्यस्तो कसूरको षड्यन्त्र,
परिच्छेद–४कसूरको गम्भीरता बढाउने तथा घटाउने अवस्थाहरु
कसूरको गम्भीरता बढाउने अवस्थापृ. १४
यस संहिताको प्रयोजनका लागि देहायका अवस्थाहरु विद्यमान रहेमा कसूरको गम्भीरता बढाएको मानिने छः
राष्ट्रपति वा सरकार प्रमुख वा विदेशी राज्य प्रमुखको विरुद्ध कसूर गरेको,
राष्ट्रपति वा सरकार प्रमुख वा विदेशी राज्य प्रमुखको उपस्थितिमा कसूर गरेको,
विश्वासको दुरुपयोग गरी कसूर गरेको,
कुनै सार्वजनिक पदको लाभ उठाई वा दुरुपयोग गरी कसूर गरेको,
सार्वजनिक पद धारण गरेको व्यक्तिले आफ्नो पदीय कर्तव्य पालन गर्न लागेकोमा बाधा पुर्याउने वा निजलाई कुनै गैरकानूनी काम गर्न लगाउने नियतले कसूर गरेको,
कुनै सरकारी कार्यालय,
पाँच वा पाँचभन्दा बढी व्यक्तिहरु समूहमा आवद्ध भई कसूर गरेको,
सार्वजनिक शान्ति खलबलिएको,
हातहतियार वा विषालु वा विष्फोटक पदार्थ साथमा लिई वा प्रयोग गरी वा विद्युत प्रवाह गरी वा विद्युतीय उपकरण प्रयोग गरी कसूर गरेको वा हातहतियार वा विषालु वा विष्फोटक पदार्थ लिएको मानिसको मद्दतबाट कसूर गरेको,
तेजाब,
एक पटक कैद सजाय पाएको कसूरदारले पुनः कसूर गरेको,
कुनै पारितोषिक वा आश्वासन वा १लाभ पाई वा लाभ पाउने प्रलोभनमा परी कसूर गरेको,
आफ्नो संरक्षण वा नियन्त्रणमा रहेको व्यक्ति वा जिम्मामा रहेको सम्पत्तिको विरुद्ध कसूर गरेको,
कसैलाई १यातना दिई वा क्रूर,
एकै वारदातमा एकभन्दा बढी कसूर गरेको,
एकै वारदातमा एकभन्दा बढी व्यक्तिका विरुद्ध कसूर गरेको,
कसैलाई अपहरण गरी वा शरीर बन्धक लिई कसूर गरेको,
थुना,
कुनै व्यक्तिको सुरक्षाको कर्तव्य भएका व्यक्तिले आफूले सुरक्षा गर्नु पर्ने व्यक्तिको विरुद्ध कसूर गरेको,
कुनै जात,
कुनै जात,
मानवता विरुद्धको कसूर गरेको,
नियोजित वा सङ्गठित रुपमा कसूर गरेको,
पचहत्तर वर्षमाथिको वृद्धावस्था वा शारीरिक वा मानसिक अस्वस्थताले गर्दा होस ठेगानमा नरहेको वा अपाङ्गताको कारणले आफ्नो बचाउ गर्न सक्ने स्थितिमा नभएको व्यक्ति वा बालबालिकाको विरुद्ध कसूर गरेको,
१सवारी वा विमान दुर्घटना वा प्राकृतिक प्रकोप पर्दा उद्धार गर्ने काममा खटिँदा कसूर गरेको,
एकपटक कुनै कसूरबाट पीडित भैसकेको व्यक्तिका विरुद्ध सोही कसूरदारले अर्को कसूर गरेको।
कसूरको गम्भीरता घटाउने अवस्थापृ. १५
यस संहिताको प्रयोजनको लागि देहायका अवस्थाहरु विद्यमान रहेमा कसूरको गम्भीरता घटाएको मानिनेछः-
कसूरदारको उमेर अठार वर्षभन्दा कम वा पचहत्तर वर्षभन्दा माथि भएको,
कसूरदारको कसूर गर्ने नियत नभएको,
जुन व्यक्तिको विरुद्ध कसूर भएको छ त्यस्तो व्यक्तिले कसूरदारलाई कसूर हुनुभन्दा तत्कालअघि उत्तेजित गरेको वा धम्की दिएको,
कसूरदार वा निजको कुनै नजिकको नातेदारका विरुद्ध गरिएको कुनै गम्भीर कसूरको प्रतिकारको रुपमा तत्कालै कसूर भएको,
कसूरदारले स्वेच्छाले कसूर स्वीकार गरेको वा त्यस्तो कसूर गरे बापत पश्चाताप गरेको,
कसूरदारले सम्बन्धित अधिकारी समक्ष आत्मसर्मपण गरेको,
कसूरदारले आफूले गरेको कसूर स्वीकार गरी पीडितलाई क्षतिपूर्ति दिइसकेको वा दिन मञ्जुर गरेको,
शारीरिक,
पीडित पक्ष र समाजलाई हुन गएको हानि,
अदालतमा साँचो कुरा व्यक्त गरी न्यायिक प्रकृयामा सहयोग पुर्याएको,
कसूर स्वीकार गरी भविष्यमा फौजदारी कसूर नगर्ने प्रतिवद्घता व्यक्त गरेको,
कसैको बहकाउ वा दबाबमा अपराध गरेको।
परिच्छेद–५सजाय र अन्तरिम क्षतिपूर्ति सम्बन्धी व्यवस्था
सजायका प्रकारपृ. १६
यस संहितामा उल्लिखित कसूर गरे बापत हुने सजाय देहाय बमोजिम हुने छन्ः-
जन्म कैद,
कैद,
जरिबाना,
कैद र जरिबाना,
क्षतिपूर्ति,
जरिबाना वा क्षतिपूर्ति नतिरे बापतको कैद,
कैदको सट्टा १सुधार गृह वा सामुदायिक सेवा।
कानूनमा कुनै कसूर बापत सर्वस्वको सजाय हुने रहेछ भने यो संहिता प्रारम्भ भएपछि त्यस्तो कसूरमा सजाय गर्दा सर्वस्व हुने गरी सजाय गरिने छैन।
यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि एक रुपैयाँभन्दा कम जरिबाना र एक दिनभन्दा कम कैद हुने गरी सजाय गरिने छैन।
जन्म कैद हुनेपृ. १७
यस संहितामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि देहायको कुनै कसूर गर्ने कसूरदारलाई जन्मकैदको सजाय गर्दा त्यस्तो कसूरदार जीवित रहेसम्म कैद गर्नु पर्नेछः-
क्रूर यातना दिई वा निर्ममतापूर्वक ज्यान मारेको,
वायुयान अपहरण गरी वा वायुयान विष्फोट गरी ज्यान मारेको,
अपहरण गरी वा शरीरबन्धक लिई ज्यान मारेको,
सार्वजनिक रुपमा उपभोग हुने पेय वा खाद्य पदार्थमा विष हाली ज्यान मारेको,
आतङ्ककारी कार्य सम्बन्धी कसूर गरी ज्यान मारेको,
कुनै जात,
जवर्जस्ती करणी गरी ज्यान मारेको।
जन्म कैदको गणनापृ. १७
दफा ४१ मा उल्लिखित अवस्थामा बाहेक जन्म कैदको सजाय गणना गर्दा पच्चीस वर्ष कैद सजाय हुने गरी गणना गर्नु पर्नेछ।
१ एकीकृत कसूर बापत थप सजाय हुनेपृ. १७
कुनै व्यक्तिले एउटै वारदातमा एकभन्दा बढी कसूर गरेमा त्यस्तो व्यक्तिले एकीकृत कसूर गरेको मानिनेछ।
उपदफा (१) बमोजिमको एकीकृत कसूर गर्ने कसूरदारलाई सजाय गर्दा सबैभन्दा बढी सजाय हुने कसूर बापतको सजाय र त्यसपछिको अधिकतम सजाय हुने अर्को कसूर बापतको सजायको आधा सजाय थप गरी सजाय गर्नु पर्नेछ।
तर जन्मकैदको सजाय हुने अवस्थाको कसूरदारको हकमा यो उपदफा लागू हुने छैन।
१ थप सजाय हुनेपृ. १८
जघन्य वा गम्भीर कसूरमा सजाय पाएको व्यक्तिले अर्को कसूर गरेमा निजले पछिल्लो पटक गरेको कसूरमा हुने सजायको दोब्बरसम्म सजाय हुनेछ।
तर जन्म कैदको सजाय पाएको कसूरदारको हकमा यो दफा लागू हुने छैन।
उपदफा (१) बमोजिमको कसूर बाहेक अन्य कसूरमा सजाय पाएको व्यक्तिले त्यस्तो सजाय भुक्तान गरेको पाँच वर्षभित्र अर्को कसूर गरेमा निजलाई पछिल्लो पटक गरेको सजायको दोब्बरसम्म सजाय हुनेछ।
बालबालिकालाई हुने सजायपृ. १८
कानून बमोजिम कसूर ठहरिने कुनै काम गर्ने व्यक्तिको उमेर त्यस्तो काम गर्दाका बखत दश वर्ष पुगेको रहेनछ भने निजलाई कुनै सजाय हुने छैन।
दश वर्ष वा दश वर्षभन्दा माथि र चौध वर्षभन्दा कम उमेर भएको व्यक्तिले कानून बमोजिम जरिबाना हुने कुनै कसूर गरेकोमा जरिबाना नगरी निजलाई सम्झाई बुझाई गर्नु पर्नेछ र कैद हुने कसूर गरेकोमा कसूर हेरी छ महिनासम्म कैद सजाय गर्न वा कैद नगरी बढीमा एक वर्षसम्म सुधार गृहमा राख्न सकिनेछ।
चौध वर्ष वा चौध वर्षभन्दा माथि र सोर्ह वर्षभन्दा कम उमेरको व्यक्तिले ७......... कुनै कसूर गरेमा निजलाई उमेर पुगेको व्यक्तिलाई कानून बमोजिम हुने सजायको आधा सजाय हुनेछ।
सोह्र वर्ष वा सोह्र वर्षभन्दा माथि र अठार वर्षभन्दा कम उमेरको व्यक्तिले ७......... कुनै कसूर गरेमा निजलाई उमेर पुगेको व्यक्तिलाई कानून बमोजिम हुने सजायको दुई तिहाई सजाय हुनेछ।
उपदफा (२), ९३) र (४) मा जुनसुकै कुरा लेखिएको भए तापनि सोह्र वर्ष उमेर पूरा नभएका बालबालिकालाई सजाय गर्दा जघन्य कसूर,
जरिबाना बापत कैद गर्न सकिनेपृ. १८
कुनै कसूरदारलाई तोकिएको जरिबाना निजको सम्पत्तिबाट असूल उपर गरिनेछ। निजको कुनै सम्पत्ति नभएमा वा त्यसरी जरिबाना बापतको रकम निजबाट असूल उपर हुन नसकेमा निजलाई कैद गर्न सकिनेछ।
उपदफा (१) बमोजिम कैद निर्धारण गर्दा देहाय बमोजिम गर्नु पर्नेछः-
कैद र जरिबाना दुवै सजाय हुने १ठहर भएको कसूरमा जरिबाना नतिरे बापतको कैद निर्धारण गर्दा दश वर्षभन्दा बढी नहुने गरी कैद गर्नु पर्नेछ।
कैद वा जरिबानामध्ये कुनै वा दुवै सजाय हुन सक्ने कसूरमा जरिबाना मात्रको सजाय भई त्यस्तो जरिबाना नतिरे बापतको कैद निर्धारण गर्दा त्यस्तो कसूरमा हुन सक्ने कैदको उपल्लो हदको आधाभन्दा बढी नहुने गरी कैद गर्नु पर्नेछ।
जरिबाना मात्र सजाय हुने कसूरमा जरिबानाको सजाय भई सो नतिरे बापत १कैद निर्धारण गर्दा दुई वर्षभन्दा बढी नहुने गरी कैद गर्नु पर्नेछ।
उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि अठार वर्ष उमेर नपुगेको बालबालिकाको हकमा जरिबाना बापत कैद गर्दा देहाय बमोजिम गर्नु पर्नेछः-
जरिबाना मात्र हुने वा कैद वा जरिबानामध्ये कुनै एक सजाय हुने कसूरमा जरिबाना नतिरेकोमा कैद नगरी जरिबाना मिनाह गर्नु पर्नेछ।
कैद वा जरिबाना वा दुवै सजाय हुने कसूरमा जरिबाना मात्र सजाय भएकोमा त्यस्तो जरिबाना नतिरे बापत १कैद निर्धारण गर्नु पर्दा तीन महिनाभन्दा बढी नहुने गरी कैद गर्नु पर्नेछ।
चौध वर्ष उमेर पुगेको तर अठार वर्षभन्दा कम उमेर भएको व्यक्तिलाई उपदफा (२) बमोजिम कैद निर्धारण गर्दा अठार वर्ष उमेर पुगेको व्यक्तिलाई गर्नु पर्ने कैद सजायको आधाभन्दा बढी नहुने गरी कैद गर्नु पर्नेछ।
सजाय छुट दिन सकिनेपृ. १९
कुनै कसूरदारले आफूले गरेको कसूर स्वीकार गरी त्यस्तो कसूरका सम्बन्धमा प्रमाण जुटाउन,
उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि देहायको कसूरदारले सजायमा छुट पाउन सक्ने छैनः-
उपदफा (१) अन्तर्गत एक पटक सजाय छुट पाइसकेको,
कैद सजाय हुने कसूरमा दोषी ठहर भई कैद भुक्तान गरेको अवधि तीन वर्ष पूरा नगरेको,
जुन कसूरमा सजाय छुट माग गरिएको हो सोही प्रकृतिको कसूरमा एक पटक सजाय पाइसकेको।
उपदफा (१) बमोजिम सजायमा छुट दिँदा अभियुक्तले अनुसन्धान वा पुर्पक्षको कुन अवस्थामा कसूर स्वीकार गरेको हो र कस्तो परिस्थितिमा त्यस्तो कसूर स्वीकार गरेको हो त्यस्तो कुरालाई समेत विचार गर्नु पर्नेछ।
१ अन्तरिम क्षतिपूर्तिको लागि आदेश दिन सक्नेपृ. २०
यस संहितामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि कुनै कसूर भएको कारणबाट त्यस्तो कसूरबाट पीडित व्यक्ति वा निजमा आश्रित व्यक्तिलाई तत्काल उपचार गराउनु पर्ने भएमा वा क्षतिपूर्ति वा कुनै प्रकारको राहत रकम दिनु परेमा त्यस्तो व्यक्तिलाई औषधोपचार गराउन वा अन्तरिम रुपमा क्षतिपूर्ति वा राहत रकम उपलब्ध गराउन अदालतले आदेश दिन सक्नेछ।
उपदफा (१) बमोजिमको आदेश भएमा कसूरबाट पीडित वा निजका आश्रित व्यक्तिलाई फौजदारी कसूरमा सजाय निर्धारण र कार्यान्वयन सम्बन्धी प्रचलित कानून बमोजिम स्थापना भएको पीडित राहत कोषबाट क्षतिपूर्ति वा राहत रकम उपलब्ध गराउनु पर्नेछ।
उपदफा (२) बमोजिम उपलब्ध गराइएको क्षतिपूर्ति वा राहत रकम अदालतबाट फैसला हुँदा अभियोग लागेको व्यक्ति कसूरदार ठहर भएमा त्यस्तो कसूरदारलाई फैसला भएको पैंतीस दिनभित्र त्यस्तो रकम पीडित राहत कोषमा जम्मा गर्न अदालतले आदेश दिनेछ।
उपदफा (३) बमोजिम अदालतले आदेश दिएकोमा त्यस्तो कसूरदारले क्षतिपूर्ति वा राहत बापतको रकम पीडित राहत कोषमा जम्मा गर्नु पर्नेछ र निजले सो अवधिमा त्यस्तो रकम जम्मा नगरेमा फैसला भएको साठी दिनभित्र त्यस्तो कसूरदारको जुनसुकै जायजेथाबाट सरकारी बाँकी सरह असूल उपर गर्नु पर्नेछ।
यस दफा बमोजिम क्षतिपूर्ति वा राहत रकम पाएको व्यक्तिले झुट्टा उजुरी गरेको ठहरेमा वा वारदात स्थापित नभएमा निजले क्षतिपूर्ति वा राहत बापत पाएको रकम फिर्ता गर्न अदालतले आदेश दिनेछ।
उपदफा (५) बमोजिम अदालतले आदेश दिएकोमा त्यस्तो व्यक्तिले क्षतिपूर्ति वा राहत बापत पाएको रकम फैसला भएको पैंतीस दिनभित्र पीडित राहत कोषमा फिर्ता गर्नु पर्नेछ र निजले सो अवधिमा त्यस्तो रकम फिर्ता नगरेमा फैसला भएको साठी दिनभित्र त्यस्तो व्यक्तिको जुनसुकै जायजेथाबाट सरकारी बाँकी सरह असुल उपर गर्नु पर्नेछ।
भाग–२फौजदारी कसूरहरु
परिच्छेद–१राज्य विरुद्धका कसूर
सार्वभौमसत्ता, अखण्डता वा राष्ट्रिय एकता उपर खलल गर्न नहुनेपृ. २१
कसैले नेपालको स्वतन्त्रता,
कसैले नेपालको स्वतन्त्रता,
कसैले उपदफा (१) वा (२) अन्तर्गतको कसूर गर्न दुरुत्साहन दिनु हुँदैन।
कसैले नेपालको सार्वभौमसत्ता,
यस दफा बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई देहाय बमोजिम सजाय हुनेछः-
उपदफा (१) वा (२) बमोजिमको कसूर भए जन्मकैद,
उपदफा (३) बमोजिमको कसूर भए दश वर्षसम्म कैद र एक लाख रुपैयाँसम्म जरिबाना,
उपदफा (४) बमोजिमको कसूर भए पाँच वर्षसम्म कैद र पचास हजार रुपैयाँसम्म जरिबाना।
राजद्रोहपृ. २२
नेपाल सरकार वा संवैधानिक संरचनालाई पल्टाउने नियतले कसैले सैनिक, अर्धसैनिक वा आपराधिक बलको प्रदर्शन वा प्रयोग गरी कुनै अव्यवस्था उत्पन्न गर्न वा हातहतियार सहित सैनिक वा अर्धसैनिक सङ्गठन निर्माण गर्न वा त्यस्तो षड्यन्त्र वा उद्योग गर्न वा गराउन वा दुरुत्साहन दिन हुँदैन।
उपदफा (१) बमोजिमको कसूर गर्ने व्यक्तिलाई पच्चीस वर्षसम्म कैद हुनेछ।
नेपाल सरकार वा नेपाल सरकारको काम कारबाहीको सम्बन्धमा कसैले लेखेर,
तर यस उपदफामा लेखिएको कुनै कुराले नेपाल सरकारको स्वस्थ र मर्यादित आलोचना गरेकोलाई कसूर गरेको मानिने छैन।
उपदफा (३) बमोजिमको कसूर गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैद वा तीस हजार रुपैयाँसम्म जरिबाना हुनेछ।
राष्ट्रहित प्रतिकूल काम गर्न नहुनेपृ. २२
कसैले राष्ट्रहित प्रतिकूल हुने कुनै काम गर्नु वा गराउनु हुँदैन।
उपदफा (१) को प्रयोजनका लागि कसैले देहायको कुनै काम गरे वा गराएमा राष्ट्रहित प्रतिकूल काम गरेको मानिनेछः-
नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक वा प्रादेशिक अखण्डता, राष्ट्रियता, स्वाधीनता, स्वाभिमान वा नेपालको अन्तरराष्ट्रिय छवि उपर अपमान हुने,
नेपालको अन्तरराष्ट्रिय सीमा अतिक्रमण गर्ने वा छिमेकी मुलुकसँग सहमति भएको अवस्थामा बाहेक सीमास्तम्भ हटाउने वा सीमास्तम्भ राखिएको ठाउँ परिवर्तन गर्ने वा नेपालको भौगोलिक वा प्रादेशिक अखण्डता उपर प्रतिकूल हुने गरी सीमास्तम्भ परिवर्तन गर्ने।
नेपालको प्रतिनिधित्व गरी नेपालमा वा विदेशी मुलुकमा कुनै खेलाडी वा खेलाडीहरुसँग प्रतिस्पर्धा गर्न कुनै खेल खेल्ने नेपाली खेलाडी वा खेलाडीहरुको समूहले त्यस्तो खेलको प्रतिस्पर्धाबाट आउने स्वाभाविक परिणामलाई प्रतिकूल हुने गरी मिलोमतोमा वा कसैको प्रलोभनमा वा कुनै बाजी जिताउने वा हराउने गरी त्यस्तो खेल खेल्न वा खेलाउन हुँदैन र त्यसरी कुनै खेल खेलिएको रहेछ भने राष्ट्रिय हित विरुद्धको कसूर भएको मानिनेछ।
उपदफा (२) वा (३) बमोजिमको कसूर गर्ने व्यक्तिलाई देहायको सजाय हुनेछः-
उपदफा (२) बमोजिमको कसूर भए पाँच वर्षसम्म कैद र पचास हजार रुपैयाँसम्म जरिबाना,
उपदफा (३) बमोजिमको कसूर भए तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँसम्म जरिबाना।
कसैले उपदफा (२) वा (३) बमोजिमको कसूर गर्दा कुनै रकम लेनदेन गरेको भएमा उपदफा (४) बमोजिमको सजायका अतिरिक्त लेनदेन गरेको रकम समेत जफत हुनेछ।
उपदफा (३) बमोजिमको कसूर गर्ने आदेश वा निर्देशन दिने,
उपदफा (२) वा (३) बमोजिमको कसूर सार्वजनिक पद धारण गरेको व्यक्ति वा नेपाललाई प्रतिनिधित्व गर्ने व्यक्तिले विदेशमा गएका बखत गरेको रहेछ भने निजलाई तीन वर्षसम्म थप कैद हुनेछ।
जातिहत्या गर्न नहुनेपृ. २३
कसैले पनि जातिहत्या (जेनोसाइड) को कसूर गर्नु वा गराउनु हुँदैन।
उपदफा (१) को प्रयोजनका लागि कुनै जात,
एकै पटक वा पटकपटक गरी त्यस्तो समूहका सदस्यहरुको योजनाबद्ध रुपमा आमहत्या गरेमा,
एकै पटक वा पटकपटक गरी योजनाबद्ध रुपमा त्यस्तो समूहका सदस्यहरुको शारीरिक अङ्गभङ्ग गरेमा वा निजहरुलाई शारीरिक वा मानसिक अशक्त बनाएमा,
त्यस्तो समूहका सदस्यहरुको पूर्ण वा आंशिक रुपमा भौतिक विनाश हुने आँकलन गरी त्यस्ता सदस्यहरुले प्रयोग गर्ने पानी, खाद्यान्न,
स्वैच्छाले अपनाएको परिवार नियोजनका साधन प्रयोग गरेकोमा बाहेक त्यस्ता समूहभित्र शिशुहरुको जन्म रोक्ने नियतले त्यस्ता समूहका सदस्यहरुलाई जबरजस्ती गर्भ निरोधक उपाय अपनाउन बाध्य पारिएमा,
त्यस्ता समूहबाट जन्मिएका बालबालिकालाई जबरजस्ती अर्को समूहमा हस्तान्तरण गरेमा।
उपदफा (१) बमोजिमको कसूर गर्ने व्यक्तिलाई देहाय बमोजिम सजाय हुनेछः-
खण्ड (क) बमोजिमको कसूर भए जन्मकैद,
खण्ड (ख) बमोजिमको कसूर भए यस संहिता बमोजिम शारीरिक अङ्गभङ्ग वा कुटपिट बापत हुने सजायमा थप पाँच वर्षसम्म कैद र पचास हजार रुपैयाँसम्म जरिबाना,
खण्ड (ग),
यस दफा बमोजिमको कसूर कुनै व्यक्ति वा कुनै सङ्गठित वा असङ्गठित समूहको आदेश वा निर्देशनबाट भएको रहेछ भने त्यस्तो निर्देशन दिने व्यक्ति वा त्यस्तो समूहको जिम्मेवार व्यक्ति वा व्यक्तिहरुलाई मुख्य कसूरदार सरह सजाय हुनेछ।
यस दफा बमोजिमको कसूर सामुहिक रुपमा वा विभिन्न व्यक्तिहरुको संलग्नतामा भएको रहेछ भने त्यस्तो कसूरमा संलग्न प्रत्येक व्यक्ति समान रुपमा कसूरदार मानिनेछ।
यस दफा बमोजिमको कसूर गर्ने कुनै व्यक्तिले सार्वजनिक पद धारण गरेको भए निजले आफूभन्दा माथिको अधिकारीको आदेश पालना गर्ने वा कानून र व्यवस्था कायम गर्ने वा कानून कार्यान्वयन गर्ने सिलसिलामा त्यस्तो कसूर भएको दाबी लिन सक्ने छैन र निजले त्यस्तो दाबी लिएको आधारमा सजायबाट छुट वा उन्मुक्ति पाउने छैन।
नेपाल विरुद्व युद्ध गर्न वा नेपालसँग युद्धमा संलग्न राज्यका सेनालाई सहायता गर्न नहुनेपृ. २५
कसैले नेपाल विरुद्ध हातहतियार उठाई युद्ध गर्न वा युद्ध गर्ने घोषणा गर्न,
कसैले युद्ध स्थितिको घोषणा भएको वा नभएको जुनसुकै अवस्थामा पनि नेपालसँग युद्धमा संलग्न रहेका कुनै विदेशी सेनालाई कुनै किसिमको सामरिक वा सैनिक सूचना दिन वा अन्य कुनै किसिमबाट सहायता गर्न वा त्यसको उद्योग गर्न हुँदैन।
नेपालसँग युद्धमा संलग्न रहेको राज्य,
उपदफा (१) वा (२) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई जन्म कैद र उपदफा (३) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई पच्चीस वर्षसम्म कैद र एक लाख पचास हजार रुपैयाँसम्म जरिबाना हुनेछ।
मित्र राष्ट्र विरुद्ध युद्ध वा विद्रोह गर्न नहुनेपृ. २५
कसैले नेपालको भूमी प्रयोग गरी नेपालसँग दौत्य सम्बन्ध भएको मित्र राष्ट्र विरुद्ध हातहतियार उठाई युद्ध गर्न,
उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई सात वर्षसम्म कैद र सत्तरी हजार रुपैयाँसम्म जरिबाना हुनेछ।
सैनिक वा प्रहरीलाई भडकाउन नहुनेपृ. २५
कसैले नेपाली सेना,
उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई दश वर्षसम्म कैद र एक लाख रुपैयाँसम्म जरिबाना हुनेछ।
जासूसी गर्न नहुनेपृ. २६
कसैले नेपालको सार्वभौमसत्ता,
उपदफा (१) बमोजिम जासूसी गर्ने वा गराउने व्यक्तिलाई देहाय बमोजिमको सजाय हुनेछः-
नेपालको सैनिक स्थिति,
नेपाल सरकारले राजनीतिक, आर्थिक वा कूटनीतिक दृष्टिकोणले गोप्य राख्नु पर्ने विषय वा अन्य कुनै गोप्य लिखतका सम्बन्धमा जासूसी गर्ने वा गराउने व्यक्तिलाई पाँचदेखि दश वर्षसम्म कैद,
खण्ड (क) र (ख) बाहेक अन्य कुराको जासूसी गर्ने वा गराउने व्यक्तिलाई पाँच वर्षसम्म कैद र १पचास हजार रुपैयाँसम्म जरिबाना,
कसैले जासूसी गर्न लागेको थाहा पाएर पनि नेपाल सरकारलाई त्यस्तो कुराको जनाउ नदिने व्यक्तिलाई एक वर्षसम्म कैद र १एक लाख रुपैयाँसम्म जरिबाना।
राष्ट्रपति उपर आक्रमण गर्न नहुनेपृ. २६
कसैले नेपालको राष्ट्रपतिको ज्यान लिन वा ज्यान लिने उद्योग गर्न हुँदैन।
कसैले नेपालको राष्ट्रपतिलाई कुनै किसिमले अपहरण गर्नु वा गराउनु वा निजको शरीर बन्धक लिन वा लिन लगाउनु हुँदैन।
कसैले नेपालको राष्ट्रपति उपर कुनै किसिमले आक्रमण गर्नु वा गराउनु हुँदैन।
यस दफा बमोजिमको कसूर गर्ने व्यति लाई देहाय बमोजिम सजाय हुनेछः–
उपदफा (१) बमोजिमको कसूर भए जन्मकैद,
उपदफा (२) बमोजिमको कसूर भए दश वर्षदेखि पन्ध्र वर्षसम्म कैद,
उपदफा (३) बमोजिमको कसूर भए पाँच वर्षदेखि दश वर्षसम्म कैद।
राष्ट्रपति वा संसदलाई धम्की दिन नहुनेपृ. २७
कसैले नेपालको राष्ट्रपति वा संसदलाई संविधान तथा कानून बमोजिम गर्नु पर्ने कार्य सम्पादन गर्नबाट रोक लगाउन वा बञ्चित गर्न वा कुनै खास तरिकाबाट कार्य सम्पादन गर्न वाध्य गराउन कुनै किसिमको बल प्रयोग गरी वा नगरी कुनै किसिमको धम्की दिन,
उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई सात वर्षसम्म कैद वा सत्तरी हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ। स्पष्टीकरणः यस दफाको प्रयोजनको लागि “संसद” भन्नाले नेपालको संविधान बमोजिमको सङ्घीय संसद र प्रदेश सभा सम्झनु पर्छ र सो शब्दले व्यवस्थापिका– संसदलाई समेत जनाउँछ।
हदम्यादपृ. २७
दफा ४९,५०,५१,५२,५३ र ५७ अन्तर्गतका कसूरमा जहिले सुकै पनि उजुर लाग्न सक्नेछ।
उपदफा (१) मा उल्लिखित दफा बाहेक यस परिच्छेद अन्तर्गतका अन्य दफा अन्तर्गतको कसूरमा त्यस्तो कसूर भएको थाहा पाएको मितिले दुई वर्ष नाघेपछि उजुर लाग्ने छैन।
परिच्छेद–२सार्वजनिक शान्ति विरुद्धको कसूर
गैरकानूनी भेला गर्न नहुनेपृ. २७
कसैले गैरकानूनी भेला गर्न हुँदैन।
देहायको कुनै काम गर्ने उद्देश्यले भएको पाँचजना वा पाँचजना भन्दा बढी व्यक्तिहरुको भेलालाई गैरकानूनी भेला मानिने छः-
बलको प्रयोग वा प्रदर्शन गरी वा जोखिमी हातहतियार प्रदर्शन गरी,
राष्ट्रसेवकलाई कानूनले तोकेको काम गर्न वा कर्तव्य पालना गर्न नदिने,
कसैको सम्पत्ति लिने वा कब्जा गर्ने,
कसैलाई बाटो, पानी,
कुनै व्यक्तिलाई कानूनले गर्न नहुने काम गर्न लगाउने वा कानूनले गर्न पाउने काम गर्न नदिने।
कुनै कानून वा कानूनी कारबाहीको कार्यान्वयनमा बाधा अवरोध खडा गर्ने,
कैदको सजाय हुने कुनै कसूर गर्ने।
गैरकानूनी भेला हो भन्ने कुरा थाहा पाउँदा पाउँदै कुनै व्यक्ति त्यस्तो भेलामा सहभागी भएमा निजलाई हातहतियार नलिई सहभागी भएको भए छ महिनासम्म कैद र पाँच हजार रुपैयाँसम्म जरिबाना र हातहतियार लिएर सहभागी भएको भए एक वर्षसम्म कैद वा दश हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ।
कसैले आफू सहभागी नभई कसैलाई ज्याला दिई वा अरु कुनै किसिमले प्रलोभन वा दवावमा पारी कुनै गैरकानूनी भेलामा सहभागी गराएमा निज स्वयं त्यस्तो गैरकानूनी भेलामा सहभागी भएको मानी उपदफा (३) बमोजिमको सजाय हुनेछ।
गैरकानूनी भेला रोक्ने वा भङ्ग गर्ने आदेश उल्लङ्घन गर्न नहुनेपृ. २८
अधिकार प्राप्त अधिकारीले कुनै गैरकानूनी भेलालाई रोक्न वा भङ्ग गर्न आदेश दिएकोमा कसैले त्यस्तो भेलामा रहिरहन वा सहभागी हुन हुँदैन।
उपदफा (१) बमोजिम गैरकानूनी भेलामा रही रहने, सहभागी हुने वा सहभागी हुन आउने व्यक्तिलाई एक वर्षसम्म कैद वा दश हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ।
प्रत्येक सदस्यले कसूर गरेको मानिनेपृ. २८
गैरकानूनी भेलाको कुनै सदस्यले त्यस्तो भेलाको उद्देश्य प्राप्त गर्नको लागि कुनै कसूर गरेमा त्यस्तो कसूर हुँदाको बखत त्यस्तो कसूर गर्न जानीजानी सहयोग पुर्याउने सो भेलाका प्रत्येक सदस्यले त्यस्तो कसूर गरेको मानिनेछ।
हूलदङ्गा गर्न नहुनेपृ. २८
कसैले हूलदङ्गा गर्न वा गराउन हुँदैन।
कुनै गैरकानूनी भेलाले वा त्यस्तो भेलाको सहभागीले त्यस्तो भेलाको उद्देश्य प्राप्त गर्ने सिलसिलामा बल प्रयोग गरेमा वा सार्वजनिक वा निजी सम्पत्ति तोडफोड वा हानि,
उपदफा (१) बमोजिमको कसूर गर्ने प्रत्येक व्यक्तिलाई जोखिमी हातहतियार लिई गरेको भए दुई वर्षसम्म कैद र बीस हजार रुपैयाँसम्म जरिबाना र जोखिमी हातहितयार नलिई गरेको भए एक वर्षसम्म कैद र दश हजार रुपैयाँसम्म जरिबाना हुनेछ।
हूलदङ्गा गर्न दुरुत्साहन दिन नुहुनेपृ. २९
कसैले हूलदङ्गा गराउने नियतले वा हूलदङ्गा हुन सक्छ भन्ने जानीजानी कुनै व्यक्तिलाई हूलदङ्गा गर्न दुरुत्साहन दिन हुँदैन।
उपदफा (१) बमोजिम दुरुत्साहन दिने व्यक्तिलाई हूलदङ्गा भइसकेकोमा एक वर्षसम्म र हूलदङ्गा भइसकेको रहेनछ भने छ महिनासम्म कैद वा पाँच हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ।
सार्वजनिक शान्ति खलल पार्न नहुनेपृ. २९
कसैले लेखेर,
उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई एक वर्षसम्म कैद र दश हजार रुपैयाँसम्म जरिबाना हुनेछ।
उपदफा (१) बमोजिमको कसूर कुनै देवस्थल वा पूजा वा प्रार्थना गर्ने ठाउँ वा धार्मिक,
राष्ट्रसेवकलाई बाधा विरोध गर्न नहुनेपृ. २९
कुनै राष्ट्रसेवकले आफ्नो कर्तव्य पालन गर्ने सिलसिलामा गैर कानूनी भेला रोक्ने,
उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई एक वर्षसम्म कैद वा दश हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ।
सार्वजनिक स्थानमा आवागमनमा बाधा गर्न नहुनेपृ. २९
कसैले सार्वजनिक सडक,
उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई तीन वर्षसम्म कैद वा तीस हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ।
सार्वजनिक सेवा अवरुद्ध गर्न नहुनेपृ. ३०
कसैले सार्वजनिक विद्युत वा दूरसञ्चार वा त्यस्तै प्रकृतिका अन्य सार्वजनिक सेवा वा कानून बमोजिमको सार्वजनिक सेवा सञ्चालनमा कुनै किसिमको १डर त्रास,
उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई तीन वर्षसम्म कैद वा तीस हजार रुपैयाँसम्म जरिबाना हुनेछ।
कर्फ्यू उल्लङ्घन गर्न नहुनेपृ. ३०
गैरकानूनी भेला वा हूलदङ्गा वा शान्ति भङ्ग हुने अन्य कुनै कामलाई रोक्न कानून बमोजिम अधिकार प्राप्त अधिकारीले दिएको कर्फ्यू आदेशलाई कसैले जानीजानी उल्लङ्घन गर्न हुँदैन।
उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई एक वर्षसम्म कैद वा दश हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ।
झुठ्ठा अफबाह फैलाउन नहुनेपृ. ३०
कसैले सार्वजनिक शान्ति भङ्ग गर्ने,
उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई एक वर्षसम्म कैद १वा दश हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ।
शान्ति भङ्ग गर्न घर, जग्गा वा सवारी साधन दिन नहुनेपृ. ३०
कुनै व्यक्तिले सार्वजनिक शान्ति भङ्ग गर्न वा हूलदङ्गा गर्न लागेको कुरा थाहा पाउँदा पाउँदै वा थाहा पाउनु पर्ने मनासिब कारण हुँदा हुँदै त्यस्तो व्यक्तिलाई कसैले पनि आफ्नो घर,
उपदफा (१) बमोजिमको कसूर गर्ने व्यक्तिलाई छ महिनासम्म कैद वा पाँच हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ।
संवेदनशील सार्वजनिक क्षेत्रमा मशाल जुलुश गर्न नहुनेपृ. ३०
नेपालको सार्वभौमसत्ता, भौगोलिक वा प्रादेशिक अखण्डता, सुरक्षा,
उपदफा (१) बमोजिमको कसूर गर्ने व्यक्तिलाई छ महिनासम्म कैद वा पाँच हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ।
आवश्यक वस्तु तोडफोड वा हानि, नोक्सानी गर्न नहुनेपृ. ३१
कसैले यस परिच्छेद अन्तर्गतको कुनै कसूर गरी कानून बमोजिम आवश्यक वस्तु मानिने कुनै वस्तु वा सार्वजनिक वा निजी सम्पत्ति हानि,
उपदफा (१) बमोजिमको कसूर गर्ने व्यक्तिलाई यस परिच्छेद बमोजिमको कसूरमा हुने सजायमा थप एक वर्ष कैद वा दश हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ।
उपदफा (१) बमोजिमको कसूरबाट त्यस्तो वस्तु वा सम्पत्तिको हानि, नोक्सानी भइसकेको रहेछ भने त्यसको विगो बमोजिमको क्षतिपूर्ति समेत निजबाट भराउनु पर्नेछ।
उपदफा (१) बमोजिमको कसूर गर्ने व्यक्ति यकिन भएकोमा सोही व्यक्ति र त्यस्तो व्यक्ति यकिन नभएकोमा त्यस्तो काम गर्न उक्साउने वा आदेश दिने व्यक्तिले कसूर गरेको मानिनेछ।
हदम्यादपृ. ३१
यस परिच्छेद अन्तर्गतको कसूरमा त्यस्तो कसूर भएको मितिले तीन महिना नाघेपछि उजुर लाग्ने छैन।
परिच्छेद–३सार्वजनिक अधिकारीको अख्तियारीको अवज्ञा सम्बन्धी कसूर
समाह्वान, इतलायनामा इत्यादिको तामेलीमा बाधा पुर्याउन नहुनेपृ. ३१
कानून बमोजिम जारी भएको समाह्वान, इतलायनामा, पक्राउ पूर्जी, सूचना वा आदेश तामेल गर्दा वा खानतलासी,
उपदफा (१) बमोजिमको कसूर गर्ने व्यक्तिलाई छ महिनासम्म कैद वा पाँच हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ।
उपदफा (१) बमोजिमको कसूर राष्ट्रसेवकले गरेको भए निजलाई तीन महिनासम्म थप कैद सजाय हुनेछ।
समाह्वान, इतलायनामा, सूचना वा आदेश नबुझी फर्काउन नहुनेपृ. ३२
कुनै व्यक्तिलाई निजका नाममा कानून बमोजिम जारी भएको समाह्वान,
उपदफा (१) बमोजिमको कसूर गर्ने व्यक्तिलाई तीन महिनासम्म कैद वा पाँच हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ।
समाह्वान, इतलायनामा, सूचना वा आदेश तामेल हुन नदिई छली हिड्न नहुनेपृ. ३२
अधिकार प्राप्त अधिकारीले जारी गरेको समाह्वान,
उपदफा (१) बमोजिमको कसूर गर्ने व्यक्तिलाई तीन महिनासम्म कैद वा पाँच हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ।
समाह्वान, इतलायनामा इत्यादि च्यात्न वा उप्काउन नहुनेपृ. ३२
कसैले कानून बमोजिम टाँसेको समाह्वान,
उपदफा (१) बमोजिम कसूर गर्ने वा गराउने व्यक्तिलाई छ महिनासम्म कैद वा पाँच हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ।
झुठ्ठो तरिकाले म्याद तामेल गर्न नहुनेपृ. ३२
कानून बमोजिम म्याद तामेल गर्ने वा गराउनु पर्ने कर्तव्य भएको व्यक्तिले झुट्टो तरिकाले म्याद तामेल गर्न हुँदैन।
उपदफा (१) बमोजिमको कसूर गर्ने व्यक्तिलाई एक वर्षसम्म कैद वा दश हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ।
लिखत पेश गर्न इन्कार गर्न नहुनेपृ. ३२
कानून बमोजिम कुनै अड्डा, अदालत वा राष्ट्रसेवक समक्ष कुनै लिखत पेश गर्नु पर्ने वा पठाउनु पर्ने कानूनी कर्तव्य भएको व्यक्तिले त्यस्तो लिखत पेश गर्न वा पठाउन इन्कार गर्न हुँदैन।
उपदफा (१) बमोजिमको कसूर गर्ने व्यक्तिलाई छ महिनासम्म कैद वा पाँच हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ।
शपथ लिएको व्यक्तिले झुठ्ठा कुरा व्यक्त गर्न नहुनेपृ. ३२
अधिकार प्राप्त अधिकारी समक्ष साँचो कुरा व्यक्त गर्ने कानूनी कर्तव्य भएको वा शपथ लिएको व्यक्तिले वा कानून बमोजिम शपथ लिई सार्वजनिक पद धारण गरेको व्यक्तिले त्यस्तो हैसियतमा झुठ्ठा कुरा व्यक्त गर्न हुँदैन।
उपदफा (१) बमोजिमको कसूर गर्ने व्यक्तिलाई दुई वर्षसम्म कैद वा बीस हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ।
शपथ गर्न इन्कार गर्न नहुनेपृ. ३३
अधिकार प्राप्त अधिकारी समक्ष साँचो कुरा व्यक्त गर्न उपस्थित भएको व्यक्तिले त्यस्तो कुरा व्यक्त गर्ने प्रयोजनको लागि शपथ लिन आदेश दिएकोमा त्यस्तो शपथ लिन इन्कार गर्नु हुँदैन।
उपदफा (१) बमोजिमको कसूर गर्ने व्यक्तिलाई तीन महिनासम्म कैद वा पाँच हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ।
जवाफ दिन इन्कार गर्न नहुनेपृ. ३३
अधिकार प्राप्त अधिकारी समक्ष कुनै विषयमा साँचो कुरा व्यक्त गर्ने कानूनी कर्तव्य भएको व्यक्तिले त्यस्तो विषयमा त्यस्तो अधिकारीले सोधेको प्रश्नको जवाफ दिन इन्कार गर्न हुँदैन।
तर कसैलाई पनि आफ्नो विरुद्ध बयान दिन कर लाग्ने छैन।
उपदफा (१) बमोजिमको कसूर गर्ने व्यक्तिलाई छ महिनासम्म कैद वा पाँच हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ।
झुठ्ठा जानकारी दिन नहुनेपृ. ३३
कसैले कुनै राष्ट्रसेवकलाई निजले कानून बमोजिम गर्नु पर्ने काम गर्नबाट रोक लगाउन वा गर्न नपर्ने वा गर्न नहुने काम गर्न लगाउने नियतले कसैलाई झुठ्ठा जानकारी दिन हुँदैन।
उपदफा (१) बमोजिमको कसूर गर्ने व्यक्तिलाई एक वर्षसम्म कैद वा दश हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ।
बाधा विरोध गर्न नहुनेपृ. ३३
आफ्नो पदीय कर्तव्यको पालना गर्न लागेको कुनै राष्ट्रसेवकलाई कसैले जोर जुलुम वा हूल हुज्जत गरी वा अन्य कुनै किसिमले बाधा विरोध गरी कर्तव्य पालन गर्न अबरोध पुर्याउनु हुँदैन।
कसैले कानून बमोजिम हुन लागेको कुनै सम्पत्तिको जायजात,
उपदफा (१) वा (२) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई एक वर्षसम्म कैद वा दश हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ।
राष्ट्रसेवकलाई मद्दत दिन इन्कार गर्न नहुनेपृ. ३३
कुनै राष्ट्रसेवकले आफ्नो पदीय कर्तव्य पालन गर्दा त्यस्तो काममा मद्दत दिनु पर्ने कानूनी कर्तव्य भएको व्यक्तिले त्यस बमोजिम मद्दत दिन ईन्कार गर्न हुँदैन।
उपदफा (१) बमोजिमको कसूर गर्ने व्यक्तिलाई छ महिनासम्म कैद वा पाँच हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ।
आदेशको अवज्ञा गर्न नहुनेपृ. ३४
कसैले अधिकारप्राप्त अधिकारीको कानून बमोजिमको आदेश अनुसार कानून बमोजिम गर्नु पर्ने काम नगरी वा गर्न नहुने काम गरी त्यस्तो आदेशको अवज्ञा गर्न हुँदैन।
उपदफा (१) बमोजिमको कसूर गर्ने व्यक्तिलाई छ महिनासम्म कैद वा पाँच हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ।
हदम्यादपृ. ३४
यस परिच्छेदको दफा ७८,८० र ८३ अन्तर्गतको कसूरमा त्यस्तो कसूर भएको कुरा थाहा पाएको मितिले र अन्य दफा अन्तर्गतका कसूरमा त्यस्तो कसूर भएको मितिले तीन महिना नाघेपछि उजुर लाग्ने छैन।
परिच्छेद–४सार्वजनिक न्याय विरुद्धका कसूर
झुठ्ठा प्रमाण बनाउन नहुनेपृ. ३४
यस संहितामा अन्यथा व्यवस्था भएकोमा बाहेक कसैले न्यायिक वा अन्य कानूनी कारबाहीमा प्रमाणको रुपमा प्रयोग गराउने नियतले कुनै झुठ्ठा प्रमाण बनाउन वा झुठ्ठा परिस्थितिको सिर्जना गर्न वा कुनै झुठ्ठा लिखत वा विद्युतीय अभिलेख बनाउन वा कुनै लिखत वा विद्युतीय अभिलेखमा झुठ्ठा कुरा जनाउन हुँदैन।
उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई पाँच वर्षसम्म कैद र पचास हजार रुपैयाँसम्म जरिबाना हुनेछ।
तर त्यस्तो झुठ्ठा प्रमाणको आधारमा कुनै व्यक्तिलाई जन्मकैदको सजाय भएको रहेछ भने सात वर्षसम्म कैद र सत्तरी हजार रुपैयाँसम्म जरिबाना हुनेछ।
यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि जुन कसूरको सम्बन्धमा झुठ्ठा प्रमाण खडा भएको हो त्यस्तो कसूरमा हुन सक्ने अधिकतम सजायभन्दा बढी हुने गरी यो दफा अन्तर्गत सजाय हुने छैन।
झुठ्ठा प्रमाण पत्र बनाउन र दिन नहुनेपृ. ३४
कुनै कुराको सम्बन्धमा कानून बमोजिम पेश गर्ने, प्रमाणित गर्ने, प्रमाणीकरण गर्ने, सत्यतथ्ययुक्त विवरण (एफिडेभिट) पेश गर्ने वा प्रमाणपत्र दिने अख्तियारी वा कर्तव्य भएको व्यक्तिले जानीजानी झुठ्ठा कुरा उल्लेख गरी पेश गर्न,
उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई दुई वर्षसम्म कैद र बीस हजार रुपैयाँसम्म जरिबाना हुनेछ।
झुठ्ठा प्रमाण वा प्रमाण पत्र प्रयोग गर्न नहुनेपृ. ३५
कसैले कुनै प्रमाण वा प्रमाणपत्र झुठ्ठा हो भन्ने जानीजानी त्यस्तो प्रमाण वा प्रमाणपत्रलाई साँचो प्रमाण वा प्रमाणपत्रको रुपमा प्रयोग गर्न वा गराउन हुँदैन।
उपदफा (१) बमोजिमको कसूर गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँसम्म जरिबाना हुनेछ।
लिखत नष्ट गर्न नहुनेपृ. ३५
कुनै न्यायिक वा अन्य कानूनी कारबाहीमा कुनै लिखत वा विद्युतीय अभिलेख प्रमाणको रुपमा पेश गर्ने कानूनी कर्तव्य भएको व्यक्तिले जानीजानी त्यस्तो लिखत वा अभिलेख नष्ट गर्न,
उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई दुई वर्षसम्म कैद र बीस हजार रुपैयाँसम्म जरिबाना हुनेछ।
कुनै न्यायिक वा अन्य कानूनी कारबाहीमा पेश भएको कुनै लिखत वा विद्युतीय अभिलेख कसैले कानून विपरीत जानीजानी नष्ट गर्न,
उपदफा (३) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई चार वर्षसम्म कैद र चालीस हजार रुपैयाँसम्म जरिबाना हुनेछ।
उपदफा (१) वा (३) बमोजिमको कसूर कुनै राष्ट्रसेवकले गरेमा निजलाई सोही उपदफामा उल्लिखित सजायको दोब्बर सजाय हुनेछ।
कसूरको प्रमाण दवाउन नहुनेपृ. ३५
कसैले कुनै कसूरदारलाई बचाउने नियतले निजले गरेको कसूर सम्बन्धी कुनै प्रमाण दबाउन,
उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँसम्म जरिबाना हुनेछ।
सूचना दिन अवरोध पुर्याउन नहुनेपृ. ३५
कुनै कसूर भएको वा हुन लागेको छ भन्ने थाहा पाई त्यस्तो कसूरको विषयमा प्रहरी वा अधिकार प्राप्त अधिकारी समक्ष खबर वा सूचना दिन जाने व्यक्तिलाई कसैले छेकथुन गर्न वा अन्य कुनै किसिमले बाधा अवरोध पुर्याउनु हुँदैन।
उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई दुई वर्षसम्म कैद वा बीस हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ।
कसूरदारलाई आश्रय दिन नहुनेपृ. ३६
कसैले कुनै कसूरदारलाई जानीजानी पक्राउ हुनबाट वा कानून बमोजिम हुने सजायबाट बचाउने नियतले आश्रय दिनु हुँदैन। स्पष्टीकरणः यस दफाको प्रयोजनको लागि “कसूरदार” भन्नाले कुनै कसूरमा शङ्कास्पद रहेको,
उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई देहाय बमोजिम सजाय हुनेछः-
जन्मकैद वा बीस वर्षसम्म कैद सजाय हुन सक्ने कसूरको कसूरदारलाई आश्रय दिएको भए पाँच वर्षसम्म कैद र पचास हजार रुपैयाँसम्म जरिबाना,
दश वर्षसम्म कैदको सजाय हुन सक्ने कसूरको कसूरदारलाई आश्रय दिएको भए तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँसम्म जरिबाना,
खण्ड (क) वा (ख) मा लेखिएदेखि बाहेक अन्य कसूरको कसूरदारलाई आश्रय दिएको भए त्यस्तो कसूरमा हुन सक्ने कैद वा जरिबानाको उपल्लो हदको चार खण्डको एक खण्डसम्म कैद वा जरिबाना वा दुवै।
उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि कसूरदारको पति वा पत्नी वा बाबु,
कसूर भएको जानकारी दिनु पर्नेपृ. ३६
कुनै कसूर भएको वा हुन लागेको छ भन्ने थाहा पाई त्यस्तो कसूरको जानकारी दिनु पर्ने कानूनी कर्तव्य भएको व्यक्तिले जानकारी नदिई बस्न वा कुनै कसूर भएको थाहा पाएको व्यक्तिले जानीजानी झुठ्ठा जानकारी दिन हुँदैन।
उपदफा (१) बमोजिमको कसूर गर्ने व्यक्तिलाई दुई वर्षसम्म कैद वा बीस हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ।
सम्पत्ति दवाउन वा सम्पत्तिमा झुठ्ठा दावी गर्न नहुनेपृ. ३६
कसैले अदालत वा अधिकार प्राप्त अधिकारीको निर्णय बमोजिम जफत हुने भएको वा तायदाती,
उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई दुई वर्षसम्म कैद वा बीस हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ।
झुठ्ठा उजुरी दिन नहुनेपृ. ३७
कसैले कसैलाई क्षति पुर्याउने वा हैरान गर्ने नियतले कुनै न्यायिक कारबाही गर्ने अधिकारी समक्ष झुठ्ठा कुराको दावी लिई वा अभियोग लगाई कुनै व्यक्तिका विरुद्ध उजुरी वा सूचना दिनु हुँदैन।
उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई जुन कसूरको झुठो अभियोग लगाएको हो त्यस्तो कसूरमा हुन सक्ने सजायको उपल्लो हदको आधासम्म सजाय हुनेछ।
तर नेपाल सरकारवादी हुने मुद्दाको हकमा यस दफाको व्यवस्था लागू हुने छैन।
उपदफा (१) बमोजिमको कसूरबाट पीडित व्यक्तिलाई कुनै किसिमको हानि, नोक्सानी पुगेको भए निजलाई त्यस बापतको क्षतिपूर्ति कसूरदारबाट भराई दिनु पर्नेछ।
बदनियतपूर्वक अनुसन्धान वा अभियोजन गर्न नहुनेपृ. ३७
कानून बमोजिम अनुसन्धान वा अभियोजन गर्ने जिम्मेवारी भएको अधिकारीले निर्दोष व्यक्तिलाई फसाउने वा वास्तविक कसूरदारलाई जोगाउने मनसायले बदनियतपूर्वक अनुसन्धान गर्न वा अभियोग लगाउनु हुँदैन।
उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई छ महिनासम्म कैद वा पाँच हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ।
उपदफा (१) बमोजिमको कसूरबाट कुनै व्यक्तिलाई कुनै किसिमको हानि, नोक्सानी भएमा निजले त्यस्तो कसूरदारबाट क्षतिपूर्ति भराई लिन सक्नेछ।
जमानतको शर्त विपरीत अनुपस्थित हुन नहुनेपृ. ३७
कुनै कसूरको अभियोग लागि जमानतमा छुटेको व्यक्ति मनासिब कारण विना जमानतको शर्त विपरीत जमानत दिएको कार्यालय वा अदालतमा अनुपस्थित हुनु हुँदैन। स्पष्टीकरणः यस दफाको प्रयोजनको लागि “जमानत” भन्नाले नगद,१जेथा,
उपदफा (१) बमोजिमको कसूर गर्ने व्यक्तिलाई एक वर्षसम्म कैद वा दश हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ।
यस दफा बमोजिम अनुपस्थित भएको व्यक्ति निजलाई आरोप लागेको कसूरको कसूरदार ठहरिएमा निजलाई त्यस्तो कसूरमा हुने सजायमा यस दफा बमोजिमको सजाय समेत थप हुनेछ।
कानून बमोजिम हाजिर जमानीमा छुटेको व्यक्ति त्यस्तो जमानत बमोजिम कार्यालय वा अदालतमा उपस्थित नभएमा त्यसरी हाजिर जमानी दिने व्यक्तिलाई पचास हजार रुपैयाँसम्म जरिबाना हुनेछ।
यस दफा बमोजिम सजाय पाएको व्यक्ति तीन वर्षसम्म हाजिर जमानी हुन योग्य हुने छैन।
पक्राउको बाधा विरोध गर्न वा थुनाबाट भाग्न नहुनेपृ. ३८
कुनै व्यक्तिलाई पक्राउ गर्न कानून बमोजिम पक्राउ पूर्जी जारी भएकोमा त्यस्तो व्यक्तिले पक्राउको सिलसिलामा वा पक्राउ पर्दा वा पक्राउ परिसकेको भए पक्राउबाट बच्नको लागि जानीजानी बल प्रयोग गरी बाधा विरोध गर्न वा कानून बमोजिम थुनामा रहेको व्यक्तिले थुनाबाट भाग्न वा भाग्ने उद्योग गर्न हुँदैन।
उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई तीन वर्षसम्म कैद वा तीस हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ।
पक्राउबाट उम्काउन वा थुनाबाट भगाउन नहुनेपृ. ३८
कानून बमोजिम पक्राउ गर्न पक्राउ पूर्जी जारी गरिएको व्यक्तिलाई पक्राउको सिलसिलामा वा पक्राउ गर्दा वा निजलाई पक्राउ गरिसकेको भए निजलाई पक्राउबाट उम्काउनको लागि कसैले जानीजानी बाधा बिरोध गर्न वा कानून बमोजिम थुनामा रहेको व्यक्तिलाई जानीजानी भगाउन वा भाग्नको लागि मद्दत गर्नु हुँदैन।
उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई तीन वर्षसम्म कैद वा तीस हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ।
उपदफा (१) बमोजिमको कसूर कुनै राष्ट्रसेवकले गरे वा गराएमा निजलाई उपदफा (२) मा उल्लिखित सजायको दोब्बर सजाय हुनेछ।
हदम्यादपृ. ३८
दफा १०१ वा १०२ अन्तर्गतका कसूरमा जहिलेसुकै पनि उजुर लाग्नेछ।
दफा १०० अन्तर्गतको कसूरमा त्यस्तो कसूर भएको मितिले र यस परिच्छेद अन्तर्गतका अन्य कसूरमा कसूर भएको कुरा थाहा पाएको मितिले तीन महिना नाघेपछि उजुर लाग्ने छैन।
परिच्छेद–५सार्वजनिक हित,स्वास्थ्य,सुरक्षा,सुविधा र नैतिकता विरुद्धका कसूर
सङ्क्रामक रोग फैलाउन नहुनेपृ. ३९
कसैले कसैको ज्यानलाई खतरा पुर्याउन सक्ने कुनै किसिमको सङ्क्रामक रोग फैलाउने वा फैलिन सक्ने कुनै काम गर्न हुँदैन।
उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई नियतपूर्वक वा जानीजानी गरेको भए दश वर्षसम्म कैद र एक लाख रुपैयाँसम्म जरिबाना, लापरवाहीपूर्वक गरेको भए पाँच वर्षसम्म कैद र पचास हजार रुपैयाँसम्म जरिबाना र हेलचक्य्राईँपूर्वक गरेको भए तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँसम्म जरिबाना हुनेछ।
मानव रोग प्रतिरोधक क्षमता उन्मुक्ति गर्ने जिवाणु (एच.आई.भी.) को रोग फैलाउन नहुनेपृ. ३९
कसैले आफनो वा अरु कसैको शरीरमा रोग प्रतिरोधक क्षमता उन्मुक्ति गर्ने जिवाणु (एच.आइ.भी.) वा हेपाटाइटिस् बी को जिवाणु रहेको थाहा पाँउदा पाउँदै कसैलाई त्यस्तो रोग सार्ने नियतले आफ्नो रगत दिन वा त्यस्तो व्यक्तिको रगत दिन लगाउन वा कुनै किसिमको पूर्व सावधानी नलिई कसैसँग यौन सम्पर्क कायम गर्न वा कुनै किसिमबाट आफ्नो वा त्यस्तो व्यक्तिको रगत,
उपदफा (१) बमोजिम कसूर गर्ने वा गराउने व्यक्तिलाई दश वर्षसम्म कैद र एक लाख रुपैयाँसम्म जरिबाना हुनेछ।
तर त्यस्तो रोग सार्ने नियत नभई लापरबाही वा हेलचेक्र्याइँबाट सर्न गएको रहेछ भने तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँसम्म जरिबाना हुनेछ।
पीडित आफैँ मानव रोग प्रतिरोधक क्षमता उन्मुक्ति गर्ने जिवाणु वा हेपाटाइटिस् बी को जिवाणु रहेको व्यक्तिसँग यौन सम्पर्क गर्न गएको रहेछ भने त्यस्तो जिवाणु रहेको व्यक्तिले यस दफा बमोजिमको कसूर गरेको मानिने छैन।
सरुवा रोग सम्बन्धी कानूनको उल्लङ्घन गर्न नहुनेपृ. ३९
कसैले नेपाल सरकार,
उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई छ महिनासम्म कैद वा पाँच हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ।
तर त्यस्तो नियम,
खाद्य पदार्थमा मिसावट गर्न नहुनेपृ. ४०
कसैले सर्वसाधारणले खाने,
उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई पाँच वर्षसम्म कैद र पचास हजार रुपैयाँसम्म जरिबाना हुनेछ।
झुक्यानमा पारी खाद्य पदार्थ बिक्री वितरण गर्न नहुनेपृ. ४०
कसैले कुनै एक खाद्य पदार्थलाई अर्को खाद्य पदार्थ हो भनी वा न्यून गुणस्तरको खाद्य पदार्थ वा अखाद्य पदार्थलाई उच्च गुणस्तरको खाद्य पदार्थ हो भनी ढाँटी वा झुक्याई वा कुनै उच्च गुणस्तरको खाद्य पदार्थमा निम्न स्तरको खाद्य पदार्थ वा अखाद्य पदार्थ मिसावट गरी बिक्री वितरण गर्न हुँदैन।
उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई पाँच वर्षसम्म कैद वा पचास हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ।
झुक्यानमा पारी कुनै वस्तु बिक्री–वितरण गर्न नहुनेपृ. ४०
कसैले खाद्य पदार्थ बाहेक कमसल वस्तुलाई असल वस्तु हो भनी वा एक वस्तुलाई अर्को वस्तु हो भन्ने भान पारी वा कुनै वस्तुमा त्यस्तो वस्तुको गुणस्तर घट्ने गरी मिसावट गरी बिक्री गर्न वा कुनै वस्तुमा रहेको लेवल साट्न वा म्याद नाघेको वस्तु बिक्री गर्न हुँदैन।
उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई तीन वर्षसम्म कैद वा तीस हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ।
बिक्री गर्ने उपभोग्यवस्तु बिक्री नगरी जम्माखोरी गर्न नहुनेपृ. ४०
कसैले कुनै उपभोग्य वस्तुको बजारमा कृत्रिम अभाव खडा गरी त्यस्तो वस्तुको मूल्य वृद्धि गर्न वा त्यस्तो वस्तु बढी मूल्यमा बिक्री गर्न वा गराउन वा त्यस्तो वस्तुको बिक्रीबाट अनुचित नाफा लिने उद्देश्यले त्यस्तो वस्तु बिक्री वितरण नगरी थुपार्न वा सञ्चित गरी राख्न वा जम्माखोरी गर्न हुँदैन।
उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई पाँच वर्षसम्म कैद र पचास हजार रुपैयाँसम्म जरिबाना हुनेछ।
पानी दुषित पार्न नहुनेपृ. ४१
कसैले सर्वसाधारणले पिउने पानी वा पिउने पानीको मुहानलाई पिउन नहुने गरी दुषित गर्न वा पिउने बाहेक अन्य कुनै काममा प्रयोग हुने पानीलाई त्यस्तो काममा प्रयोग गर्न नहुने गरी दुषित पार्न हुँदैन।
उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई देहाय बमोजिमको सजाय हुनेछः-
पिउने पानी वा पानीको मुहान दुषित गर्ने वा गराउने व्यक्तिलाई तीन वर्षसम्म कैद वा तीस हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय,
अन्य प्रयोजनका लागि प्रयोग हुने पानी दुषित पार्ने वा पार्न लगाउने व्यक्तिलाई छ महिनासम्म कैद वा पाँच हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय।
वातावरण प्रदुषित गर्न नहुनेपृ. ४१
कसैले वातावरणमा उल्लेखनीय प्रतिकूल प्रभाव पुर्याउने गरी फोहोरमैलाको १उत्पादन,
कसैले सर्वसाधारणको स्वास्थ्यमा हानि पुर्याउने गरी वा जीउ ज्यानको लागि खतरा हुन सक्ने गरी प्रदृषण गर्न वा कानून बमोजिम अधिकार प्राप्त अधिकारीको इजाजत विना यान्त्रिक साधनबाट ध्वनी,
उपदफा (१) बमोजिम कसूर गर्ने वा गराउने व्यक्तिलाई एक वर्षसम्म कैद वा दश हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ।
उपदफा (२) वमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई पाँच वर्षसम्म कैद वा पचास हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ।
सार्वजनिक बाटो, नदी वा स्थलमा खतरा वा बाधा पुर्याउन नहुनेपृ. ४१
कसैले कुनै काम गरी वा आफ्नो वा आफ्नो नियन्त्रण वा जिम्मामा रहेको सम्पत्तिको स्याहार सम्भार नगरी सार्वजनिक बाटो,
उपदफा (१) बमोजिम कसूर गर्ने वा गराउने व्यक्तिलाई पच्चीस हजार रुपैयाँसम्म जरिबाना हुनेछ।
विषालु वा विष्फोटक पदार्थ प्रयोग गर्दा लापरबाही गर्न नहुनेपृ. ४२
कसैले विषालु पदार्थ, आगोजन्य पदार्थ,
उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई एक वर्षसम्म कैद वा दश हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ।
घर निर्माण गर्दा, भत्काउँदा वा मर्मत गर्दा लापरबाही गर्न नहुनेपृ. ४२
कसैले घर निर्माण गर्दा,
उपदफा (१) बमोजिमको कसूर गर्ने व्यक्तिलाई एक वर्षसम्म कैद वा दश हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ।
पशुपंक्षी राख्दा लापरबाही गर्न नहुनेपृ. ४२
कसैले आफ्नो वा आफ्नो नियन्त्रण वा जिम्मामा रहेको हिंस्रक वा अन्य कुनै पशुपंक्षी राख्दा वा पाल्दा त्यस्तो कार्यबाट वा त्यस्तो पशुपंक्षीबाट कसैको ज्यान जान सक्ने वा कसैलाई चोट पुग्न सक्ने खतरालाई रोक्न आवश्यक पूर्वसावधानीको बन्दोवस्त नगरी वा लापरबाही गरी त्यस्तो पशुपंक्षी राख्न वा पाल्न हुँदैन।
उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई एक वर्षसम्म कैद वा दश हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ।
पशुपंक्षी छाडा छाड्न नहुनेपृ. ४२
कसैले आफ्नो वा आफ्नो नियन्त्रण वा जिम्मा रहेको कुनै पशुपंक्षी अर्काको घर,
अभद्र व्यवहार गर्न नहुनेपृ. ४३
कसैले सार्वजनिक स्थान वा प्रवेश गर्न कानूनी अधिकार नभएको ठाउँमा प्रवेश गरी कसैलाई अभद्र व्यवहार गर्न वा सार्वजनिक स्थानमा महिला, बालबालिका वा शारीरिक रुपमा अशक्त व्यक्तिलाई हातपात वा हैरानी गर्न वा त्यसको उद्योग गर्न हुँदैन।
उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई एक वर्षसम्म कैद वा दश हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ।
वेश्यागमनको प्रचार गर्न नहुनेपृ. ४३
कसैले वेश्यागमनको लागि प्रचार, प्रसार गर्न हुँदैन।
उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँसम्म जरिबाना हुनेछ।
वेश्यावृति वा वेश्यागमनका लागि घर, जग्गा प्रयोग गर्न दिन नहुनेपृ. ४३
कसैले वेश्यावृत्ति वा वेश्यागमनको लागि जानीजानी आफ्नो घर,
उपदफा (१) बमोजिमको कसूर गर्ने व्यक्तिलाई छ महिनासम्म कैद वा पाँच हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ।
अश्लिल किताब,पर्चा इत्यादि बनाउन वा बिक्री गर्न नहुने पृ. ४३
कसैले सार्वजनिक रुपमा अश्लिल किताब,
शारीरिक कामोत्तेजना बढाउने वा काम वासनामा आशक्त गराउने वा चरित्रहीन बनाउने कुनै अश्लील किताब,
त्यस्तो अश्लील वस्तु खरीद बिक्री वा वितरण गर्न वा भाडामा दिन वा सर्वसाधारणलाई देखाउन वा त्यस्तो गर्ने नियतले आप् ना साथमा राख्न,
कुनै व्यक्तिबाट त्यस्तो अश्लिल वस्तु यस प्रकार प्राप्त हुन सक्छ भनी विज्ञापन दिन,
त्यस्तो अश्लिल वस्तु बिक्री वितरण गर्ने उद्देश्यले निकासी वा पैठारी गर्न वा आफूसँग बोक्न।
उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई एक वर्षसम्म कैद वा दश हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ।
यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि वैज्ञानिक,
सार्वजनिक स्थानमा यौनाङ्ग देखाउन नहुनेपृ. ४४
दश वर्षभन्दा माथिको व्यक्तिले स्वास्थ्य विज्ञान वा चिकित्सा सम्बन्धी उपचारको प्रयोजनका लागि बाहेक सार्वजनिक स्थानमा अश्लील कृयाकलाप वा व्यवहार गर्न वा यौनाङ्ग देखाउन वा कसैलाई अश्लिल शब्द बोल्न वा इशारा गर्न हुँदैन।
उपदफा (१) बमोजिमको कसूर गर्ने व्यक्तिलाई छ महिनासम्म कैद वा पाँच हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ।
सार्वजनिक स्थानमा यौन क्रिया गर्न नहुनेपृ. ४४
कसैले सार्वजनिक स्थानमा वा अरु मानिसले देख्ने गरी अन्य कुनै स्थानमा कसैसँग यौन क्रिया गर्न वा कुनै किसिमको अप्राकृतिक मैथुन गर्न हुँदैन।
उपदफा (१) बमोजिमको कसूर गर्ने व्यक्तिलाई एक वर्षसम्म कैद वा दश हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ।
सार्वजनिक उपद्रयाईं गर्न नहुनेपृ. ४४
कानूनमा अन्यथा व्यवस्था भएकोमा बाहेक कसैले कुनै काम गरी वा कानून बमोजिम गर्नु पर्ने कुनै काम नगरी छरछिमेक वा सर्वसाधारणलाई कुनै प्रकारको हानि,
उपदफा (१) बमोजिमको कसूर गर्ने व्यक्तिलाई पच्चीस हजार रुपैयाँसम्म जरिबाना हुनेछ।
जुवा खेल्न वा सट्टाबाजी गर्नु नहुनेपृ. ४४
कसैले जुवा खेल्नु वा खेलाउनु हुँदैन।
उपदफा (१) बमोजिमको कसूर गर्ने व्यक्तिलाई देहाय बमोजिमको सजाय हुनेछः-
पहिलो पटक जुवा खेल्ने वा खेलाउनेलाई तीन महिनासम्म कैद वा तीसहजार रुपैयाँसम्म जरिबाना,
दोस्रो पटकदेखि जुवा खेल्ने वा खेलाउनेलाई एक वर्षसम्म कैद र पचास हजार रुपैयाँसम्म जरिबाना र त्यसपछिको कसूरमा पटकै पिच्छे थप तीन महिनासम्म कैद र दश हजार रुपैयाँसम्म जरिबाना। स्पष्टीकरणः यस संहिताको प्रयोजनको लागिः
“जुवा” भन्नाले कुनै संयोगको आधारमा कुनै किसिमको चल वा अचल सम्पत्ति वा प्रतिफल पाउने वा गुमाउने वा हार्ने वा जित्ने गरी बाजी थापी खेल्ने कुनै किसिमको खेल वा प्रक्रिया सम्झनु पर्छ र सो शब्दले आफूले जुवा नखेली अरुको हार वा जितमा आफूले कुनै चल अचल सम्पत्ति वा प्रतिफल पाउने वा गुमाउने गरी थापेको बाजी वा च्याँखेलाई समेत जनाउँछ।
कुनै सार्वजनिक महोत्सव,
अधिकार प्राप्त अधिकारीको स्वीकृति लिई सञ्चालन भएको चिठ्ठा।
“जुवा खेलाउने” भन्नाले आफ्नो हक,
जुवा खेल्न प्रयोग भएको साधन र जुवाबाट प्राप्त सम्पूर्ण चल अचल सम्पत्ति जफत हुनेछ।
तर जुवा खेलेको घर,
कसैले सट्टाबाजी गर्नु वा गराउनु हुँदैन।
उपदफा (४) को प्रयोजनको लागि कसैले कानून बमोजिम खेल्न खेलाउन हुने कुनै खेल वा प्रक्रियामा खास पक्षले हारेमा वा जितेमा कुनै चल अचल सम्पत्ति वा प्रतिफल पाउने वा गुमाउने गरी बाजी थापेमा सट्टाबाजीको कसूर गरेको मानिनेछ।
उपदफा (४) बमोजिमको कसूर भएमा त्यसमा प्रयोग भएको विगो जफत गरी कसूर गर्ने व्यक्तिलाई एक वर्षसम्म कैद र दश हजार रुपैयाँसम्म जरिबाना हुनेछ।
यस दफा बमोजिमको कसूरमा पटके कायम गर्दा अदालतबाट कसूरदार ठहरेको आधारमा कायम गरिनेछ।
तर देहायको कुनै खेल वा कार्यक्रमलाई जुवा मानिने छैनः–
६ हुण्डी सम्बन्धी कारोबार गर्न नहुनेपृ. ४६
कसैले पनि हुण्डी सम्बन्धी कारोबार गर्न वा गराउन हुँदैन। स्पष्टीकरण: यस दफाको प्रयोजनको लागि “हुण्डी सम्बन्धी कारोबार” भन्नाले प्रचलित कानून बमोजिम मान्यताप्राप्त संस्था वा भुक्तानी उपकरणको माध्यमबाट बाहेक अन्य व्यक्ति, उपकरण वा अन्य कुनै पनि माध्यमबाट नेपालबाट विदेशमा वा विदेशबाट नेपालमा कुनै रकम वा मूल्य स्थानान्तर वा हिसाब मिलान वा भुक्तानी लिने,
उपदफा (१) विपरीत कसैले कुनै व्यावसायिक कारोबारको वास्तविक हिसाब किताब नदेखिने गरी सो सम्बन्धी रकम कुनै पनि माध्यमबाट भुक्तानी लिने दिने गर्नु हुँदैन।
कसैले उपदफा (१) वा (२) बमोजिमको कसूर गरेमा बिगो र सोबाट बढे वा बढाएको सम्पत्ति समेत जफत गरी एक वर्षसम्म कैद हुनेछ।
भिक्षा माग्न वा माग्न लगाउन नहुनेपृ. ४६
कसैले कुनै सार्वजनिक स्थानमा भिक्षा माग्न वा बालबालिकालाई गीत गाउने,
उपदफा (१) बमोजिमको कसूर गर्ने व्यक्तिलाई देहाय बमोजिमको सजाय हुनेछ र भिक्षाको बिगो जफत समेत हुनेछः-
पहिलो पटक भिक्षा मागेको भए एक महिनासम्म कैद वा एक हजार रुपैयाँसम्म जरिबाना र दोस्रो पटकदेखि प्रत्येक पटक दुई महिनासम्म कैद वा दुई हजार रुपैयाँसम्म जरिबाना,
पहिलो पटक भिक्षा माग्न लगाएको भए एक वर्षसम्म कैद वा दश हजार रुपैयाँसम्म जरिबाना वा दुवै र दोस्रो पटकदेखि प्रत्येक पटक तीन वर्षसम्म कैद वा तीस हजार रुपैयाँसम्म जरिबाना वा दुवै। स्पष्टीकरणः यस दफाको प्रयोजनको लागिः
कुनै साधु, सन्त, जोगी वा भिक्षुले सनातनदेखि चली आएको परम्परा अनुसार घर घरमा पुगी भिक्षा माग गरेमा वा कुनै धार्मिक वा साँस्कृतिक कार्यमा भिक्षा मागिएकोमा त्यस्तो कार्यलाई यस दफा अन्तर्गतको कसूर मानिने छैन,
“सार्वजनिक स्थान” भन्नाले सडक, गल्ली, पार्क, सवारी विसौनी स्थल,
५ कसूर पीडितको नाममा सहयोग लिन नहुनेपृ. ४७
कसैले कुनै व्यक्ति कसूर पीडित भएको कारण देखाई निजको तस्वीर राखी वा नराखी सार्वजनिक रुपमा वा सामाजिक सञ्जाल मार्फत आह्वान गरी वा नगरी निजलाई औषधि उपचार गर्ने, अन्य कुनै किसिमको राहत, सुविधा दिने वा अन्य कुनै प्रयोजनका लागि कसूर पीडित वा निजका परिवारको सदस्यको तर्फबाट कसैलाई चन्दा, सुविधा, सहयोग, अनुदानको नाममा कुनै किसिमको नगद वा जिन्सी माग्नु, लिनु वा प्राप्त गर्नु हुँदैन।
उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई तीन महिनासम्म कैद वा पाँच हजार रुपैयाँसम्म जरिबाना हुनेछ र त्यसरी प्राप्त गरेको नगदी वा जिन्सी जफत हुनेछ।
यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि कसूर पीडित वा निजका परिवारका सदस्यले नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट कुनै सहयोग वा कुनै सुविधा प्राप्त गरेकोमा वा कुनै सामाजिक संस्था वा कुनै व्यक्तिले आफूखुसी दिएको सहयोग प्राप्त गरेकोमा यस दफा बमोजिम कसूर गरेको मानिने छैन।
क्षतिपूर्ति भराउनु पर्नेपृ. ४७
यस परिच्छेदको दफा १०४,१०५,१०६,१०७,१०८,१०९, ११०,१११,११३,११४,११५,११६,११७,११८ र १२४ बमोजिमको कसूरबाट कसैलाई हानि,
हदम्यादपृ. ४७
यस परिच्छेद अन्तर्गतको कुनै कसूरबाट कसैको ज्यान मरेकोमा जहिलेसुकै पनि उजुर गर्न सकिनेछ।
दफा ११३,११४,११५,११६,११७,११८,११९,१२०,१२१ र १२२ अन्तर्गतको कसूरमा त्यस्तो कसूर भएको मितिले तीन महिना नाघेपछि र यस परिच्छेद अन्तर्गतको अन्य कसूरमा त्यस्तो कसूर भएको कुरा थाहा पाएको मितिले छ महिना नाघेपछि उजुर लाग्ने छैन।
परिच्छेद–६हातहतियार तथा खरखजाना सम्बन्धी कसूर
इजाजत पत्र प्राप्त नगरी हातहतियार उत्पादन गर्न नहुनेपृ. ४८
कसैले इजाजतपत्र प्राप्त नगरी वा इजाजतपत्र प्राप्त गरेको भए पनि इजाजतपत्रमा उल्लिखित शर्त तथा बन्देज विपरीत हुने गरी हातहतियार वा खरखजानाको उत्पादन गर्न वा त्यसको मर्मत संभार गर्न हुँदैन। स्पष्टीकरणः यस संहिताको प्रयोजनका लागिः
“हातहतियार” भन्नाले तोप,
“मेशिनगन” भन्नाले ब्रेनगन, लुइसगन, स्टेगन, मेशिन, कारबाइन, टम्स मेशिन कारबाइन, जी.एम.जी, सर्ट मेसिन गन वा त्यस्तै प्रकृतिका स्वचालित हातहतियार सम्झनु पर्छ र सो शब्दले मेशिनगन बनाउने मेशिन,
“खरखजाना” भन्नाले हातहतियारमा राख्ने बारुद, केप, गोली, छर्रा, डिटोरेनेटर, कार्तुस, फ्यूज वा त्यस्तै प्रकृतिका अन्य पदार्थ समेतलाई जनाउँछ।
उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई हातहतियार वा खरखजानाको जोखिमको गम्भीरता हेरी दश वर्षसम्म कैद र एक लाख रुपैयाँसम्म जरिबाना हुनेछ।
इजाजत पत्र प्राप्त नगरी हातहतियारको कारोबार गर्न नहुनेपृ. ४८
कसैले इजाजतपत्र प्राप्त नगरी वा इजाजतपत्र प्राप्त गरेको भएपनि इजाजत पत्रको शर्त तथा बन्देज विपरीत हुने गरी हातहतियार तथा खरखजानाको कारोबार गर्न हुँदैन। स्पष्टीकरणः यस परिच्छेदको प्रयोजनको लागि “कारोबार” भन्नाले खरिद गर्ने,
उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई सात वर्षसम्म कैद र सत्तरी हजार रुपैयाँसम्म जरिबाना हुनेछ।
खास किसिमका हातहतियार प्राप्त गर्न नहुनेपृ. ४९
कसैले देहायका हातहतियार खरिद बिक्री गरी वा दान,
बख्तरबन्द गाडी (ट्याङ्क) तथा त्यसको खरखजाना,
तोप वा मोर्टार तथा त्यसको खरखजाना,
मेशिनगन तथा त्यसको खरखजाना,
जुनसुकै प्रकारको राइफल तथा त्यसको खरखजाना,
सर्वसाधारणले प्राप्त गर्न वा राख्न नहुने भनी अधिकार प्राप्त अधिकारीले तोकेका अन्य हातहतियार तथा त्यसको खरखजाना।
उपदफा (१) मा उल्लिखित हातहतियार प्राप्त गर्ने व्यक्तिले त्यस्तो हातहतियार प्राप्त भएको मितिले पैँतीस दिनभित्र सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा बुझाउनु पर्नेछ।
उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई सात वर्षसम्म कैद र सत्तरी हजार रुपैयाँसम्म जरिबाना हुनेछ।
यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि सुरक्षाको कामसँग सम्बन्धित नेपाली सेना,
इजाजतपत्र विना हातहतियार राख्न वा लिएर हिड्न नहुनेपृ. ४९
कसैले कानून बमोजिम प्राप्त गर्न,
तर सुरक्षाको कामसँग सम्बन्धित नेपाली सेना,
उपदफा (१) बमोजिमका कसूर गर्ने वा गराउने व्यक्तिलाई पाँच वर्षसम्म कैद र पचास हजार रुपैयाँसम्म जरिबाना हुनेछ।
हातहतियार खरखजानाको कारोबारको अभिलेख राख्नु पर्नेपृ. ५०
इजाजतपत्र प्राप्त गरी हातहतियार वा खरखजानाको कारोबार गर्ने व्यक्तिले आफूले कारोबार गरेको हात हतियार वा खरखजानाको छुट्टै अभिलेख राख्नु पर्नेछ।
उपदफा (१) बमोजिम राखिएको अभिलेखमा अन्य कुराको अतिरिक्त देहायका कुरा खुलाउनु पर्नेछः-
आफूले खरिद वा बिक्री गरेको,
हातहतियार कसैलाई बिक्री गरेको भए खरिद गर्ने व्यक्तिको नाम, थर,
हातहतियार वा खरखजानाको कारोबार गर्ने व्यक्तिले उपदफा (२) बमोजिमको अभिलेख हातहतियार तथा खरखजानाको नियन्त्रण वा प्रशासन गर्ने अधिकारी, मुद्दाको अनुसन्धान गर्ने अधिकारी वा अदालतले मागेको बखत देखाउनु वा पेश गर्नु पर्नेछ।
इजाजतपत्र प्राप्त गरी हातहतियार वा खरखजानाको व्यावसायिक कारोबार गर्ने व्यक्ति बाहेक अन्य कसैले हातहतियार वा खरखजानाको कारोबार गर्नु पर्दा सम्बन्धित जिल्ला प्रशासन कार्यालयको स्वीकृति लिई गर्नु पर्नेछ।
उपदफा (१),
आणविक, रासायनिक, जैविक (जिवाणुयुक्त) वा विषालु हातहतियार उत्पादन वा कारोबार गर्न नहुनेपृ. ५०
कसैले कुनै पनि प्रकारको आणविक,
“रासायनिक हातहतियार” भन्नाले सम्वत् २०४९ साल पौष २९ गते (१३ जनवरी, १९९३ का दिन पेरिसमा सम्पन्न भएको रासायनिक हातहतियारको विकास,
“जैविक वा विषालु हातहतियार” भन्नाले सम्वत २०२८ साल चैत्र २८ गते (१० अप्रिल,१९७२) का दिन लण्डन,
उपदफा (१) बमोजिमको कसूर गर्ने व्यक्तिलाई बीस वर्षसम्म कैद र दुई लाख रुपैयाँसम्म जरिबाना हुनेछ।
कसूरसँग सम्बन्धित चल अचल सम्पत्ति जफत हुनेपृ. ५१
यस परिच्छेद अन्तर्गतको कुनै कसूर भएकोमा त्यस्तो कसूरसँग सम्बन्धित हातहतियार र खरखजाना र त्यस्ता हातहतियारको उत्पादन गर्ने,
तर ढुवानीको साधन वा सवारी साधनको धनीले हातहतियार वा खरखजाना ढुवानी भएको कुरा निजलाई थाहा नभएको प्रमाणित गरेमा त्यस्तो सवारी साधन जफत हुने छैन।
क्षतिपूर्ति भराउनेपृ. ५१
कसैले यस परिच्छेद अन्तर्गतको कुनै कसूर गरेको कारणबाट कसैको जीउ वा सम्पत्तिको हानि,
हदम्यादपृ. ५१
दफा १३२ अन्तर्गतको कसूरमा त्यस्तो कसूर भएको मितिले तीन महिनाभित्र र यस परिच्छेद अन्तर्गतका अन्य कसूरमा त्यस्तो कसूर भए गरेको थाहा पाएको मितिले छ महिना नाघेपछि उजुर लाग्ने छैन।
परिच्छेद–७विष्फोटक पदार्थ सम्बन्धी कसूर
विष्फोटक पदार्थ उत्पादन गर्न नहुनेपृ. ५२
कसैले इजाजतपत्र प्राप्त नगरी वा इजाजतपत्र प्राप्त गरेको भए पनि इजाजतपत्रमा उल्लेख भएका शर्त र बन्देज विपरीत हुने गरी कुनै पनि किसिमको विष्फोटक पदार्थ बनाउन,
“विष्फोटक पदार्थ” भन्नाले विष्फोटन भई क्षति पुर्याउने आइ.इ.डीस टी.एन.सी. एमाटोल, बारोटोल, पेन्टोलाइट, र्यापिड डिटोर्नेटिभ एक्स्प्लोसिभ (आर.डी. एक्स), टोर फेक्स, ब्लाष्टिक एक्स्प्लोसिभ, डाइनामाइट, बारुद, नाइट्रोग्लिसिरिन, जेलेग्नाइट, स्टेमाइट,
“बम” भन्नाले कुनै विष्फोटक पदार्थ वा अन्य कुनै साधन,
उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई देहाय बमोजिमको सजाय हुनेछः-
कडा विष्फोटक पदार्थ (हाइ एक्सप्लोसिभ) भए दश वर्षसम्म कैद र एक लाख रुपैयाँसम्म जरिबाना,
नरम विष्फोटक पदार्थ (लो एक्स्प्लोसिभ) भए पाँच वर्षसम्म कैद र पचास हजार रुपैयाँसम्म जरिबाना,
सामान्य विष्फोटक पदार्थ भए तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँसम्म जरिबाना,
विष्फोटक पदार्थ उत्पादन वा निर्माण गर्ने संयन्त्र, मेशीन वा ज्यावलको उत्पादन गर्ने, प्रयोग गर्ने, राख्ने वा अन्य कारोबार गर्नेलाई दुई वर्षसम्म कैद र बीस हजार रुपैयाँसम्म जरिबाना। स्पष्टीकरणः यस परिच्छेदको प्रयोजनका लागिः-
“कडा विष्फोटक पदार्थ” भन्नाले डाइनामाइट, नाइट्रोग्लिसरिन, टि.एन.सी., जेलेग्नाइट, मर्नक्टनरलाव,
“नरम विष्फोटक पदार्थ” भन्नाले ब्लाष्टिक पाउडर,
“सामान्य विष्फोटक पदार्थ” भन्नाले डिटोनेटर, ब्लाष्टिक क्याप, विद्युतीय ब्लाष्टिक क्याप, प् यूज, आतिसवाजी, पटाका र त्यस्तै प्रकृतिका अन्य विष्फोटक पदार्थ सम्झनु पर्छ।
विष्फोटक पदार्थको कारोबार गर्न नहुनेपृ. ५३
कसैले इजाजतपत्र प्राप्त नगरी वा इजाजत पत्र प्राप्त गरेको भएपनि इजाजतपत्रमा उल्लेख भएका शर्त र बन्देज विपरीत हुने गरी विष्फोटक पदार्थको कारोबार गर्न वा गराउन हुँदैन। स्पष्टीकरणः यस दफाको प्रयोजनको लागि “कारोबार” भन्नाले खरिद गर्ने गराउने,
उपदफा (१) बमोजिमको कसूर गर्ने व्यक्तिलाई देहाय बमोजिम सजाय हुनेछः-
कडा विष्फोटक पदार्थ भए दश वर्षसम्म कैद र एक लाख रुपैयाँसम्म जरिबाना,
नरम विष्फोटक पदार्थ भए पाँच वर्षसम्म कैद र पचास हजार रुपैयाँसम्म जरिबाना,
सामान्य विष्फोटक पदार्थ भए तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँसम्म जरिबाना।
कृत्रिम विष्फोटक पदार्थ बनाउन वा प्रयोग गर्न नहुनेपृ. ५४
कसैले सर्वसाधारणले प्रयोग वा उपभोग गर्ने सामान्य उपभोग्य वस्तुको वा त्यस्तो वस्तुको भौतिक वा रासायनिक तत्वमा कुनै भौतिक वा रासायनिक प्रक्रिया,
उपदफा (१) बमोजिमको कसूर गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैद वा तीस हजार रुपैयाँसम्म जरिबाना वा दुबै सजाय हुनेछ।
बारुदी सुरुङ्ग बनाउन वा विष्फोटक पदार्थ ओछ्याउन नहुनेपृ. ५४
कसैले सार्वजनिक रुपमा प्रयोग हुने सडक वा बाटो,
उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई दश वर्षसम्म कैद र एक लाख रुपैयाँसम्म जरिबाना हुनेछ।
उपदफा (१) बमोजिमको कसूर गरेको कारणबाट कसैको जीउ,
उत्पादन वा कारोबारको अभिलेख राख्नु पर्नेपृ. ५४
विष्फोटक पदार्थको उत्पादन वा कारोबार गर्न इजाजत पत्र प्राप्त गरेको व्यक्तिले त्यस्तो पदार्थको उत्पादन,
उपदफा (१) बमोजिमको अभिलेखमा अन्य कुराको अतिरिक्त देहायका विवरण खुलाउनु पर्नेछः-
के कस्ता विष्फोटक पदार्थ,
विष्फोटक पदार्थको कारोबार भएको भए के कस्तो प्रयोजनका लागि कारोबार भएको हो,
विष्फोटक पदार्थ बिक्री वितरण भएको भए कुन व्यक्तिलाई के कस्तो प्रयोजनका लागि के कति परिमाण बिक्री वितरण भएको हो।
उपदफा (१) बमोजिम राखिएको अभिलेख बिस्फोटक पदार्थको कारोवार गर्ने व्यक्तिले विष्फोटक पदार्थ नियन्त्रण वा प्रशासन गर्ने अधिकारप्राप्त अधिकारी,
यस दफा विपरीत काम गर्ने वा गराउने व्यक्तिलाई तीन महिनासम्म कैद वा पाँच हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ।
विष्फोटक पदार्थको ओसार पसार, ढुवानी वा भण्डारण गर्दा होसियारी अपनाउनु पर्नेपृ. ५५
विष्फोटक पदार्थको कारोबार गर्न इजाजतपत्र प्राप्त गरेको व्यक्तिले त्यस्ता वस्तुको प्रयोग गर्दा,
उपदफा (१) विपरीत काम गर्ने वा गराउने व्यक्तिलाई पचास हजार रुपैयाँसम्म जरिबाना हुनेछ।
कसूरसँग सम्बन्धित चल वा अचल सम्पत्ति जफत हुनेपृ. ५५
यस परिच्छेद अन्तर्गत सजाय हुने कुनै कसूर भएकोमा त्यस्तो कसूरसँग सम्बन्धित सम्पूर्ण विष्फोटक पदार्थ,
तर ढुवानीको साधन वा सवारी साधनको धनीले विष्फोटक पदार्थ ढुवानी भएको कुरा निजलाई थाहा नभएको प्रमाणित भएमा त्यस्तो ढुवानीको साधन वा सवारी साधन जफत हुने छैन।
क्षतिपूर्ति भराउनेपृ. ५५
कसैले यस परिच्छेद अन्तर्गतको कुनै कसूर गरेको कारणबाट कसैको जीउ,
हदम्यादपृ. ५५
दफा १४३ अन्तर्गतका कसूरमा त्यस्तो कसूर भए गरेको मितिले तीन महिना र यस परिच्छेद अन्तर्गतका अन्य कसूरमा त्यस्तो कसूर भए गरेको थाहा पाएको मितिले छ महिना नाघेपछि उजुर लाग्नेछैन।
६परिच्छेद–७कआतङ्ककारी कार्य सम्बन्धी कसूर
आतङ्ककारी कार्य सम्बन्धी कसूर गरेको मानिनेपृ. ५६
कसैले पनि आतङ्ककारी कार्य सम्बन्धी कसूर गर्न वा गराउन हुँदैन।
उपदफा (१) को प्रयोजनको लागि यो दफा प्रारम्भ भएपछि कसैले नेपाल सरकार,
कुनै गैरसैनिक व्यक्ति (सिभिलियन) वा सशस्त्र द्वन्द्वका बखत शत्रुतापूर्ण कार्यमा संलग्न नभएको व्यक्तिको ज्यान लिने वा अङ्गभङ्ग गर्ने,
कुनै व्यक्तिलाई अपहरण गर्ने वा बन्धक बनाउने,
कुनै हातहतियार,
अन्तर्राष्ट्रिय रूपमा संरक्षित व्यक्तिको हत्या,
आमविनासका हातहतियारको निर्माण, विस्तार वा बिक्री वितरण गर्ने, त्यस्ता हातहतियारको प्राप्ति, कब्जा, स्थानान्तरण वा चोरी, डकैती गर्ने,
गैरकानूनी रुपले बल प्रयोग गरी वा सो प्रयोग गर्ने धम्की दिई वा अरु कुनै प्रकारको डर, त्रास देखाई वायुयान वा जलयानलाई कब्जामा लिने वा त्यस उपर नियन्त्रण गर्ने वा भूमिस्थ वायुयान वा जलयान नष्ट गर्ने वा त्यसको कुनै भागमा सुरक्षा खतरा पैदा गर्ने,
खण्ड (क) देखि (च) सम्मको कार्य गर्न वा गराउन सङ्गठन निर्माण गर्ने वा योजना बनाउने, सङ्गठनमा आबद्ध हुने, सङ्गठन विस्तार गर्ने वा सदस्यता बढाउने वा प्रशिक्षण दिने,
आतङ्ककारी सङ्गठन वा समूहको सदस्यता लिने वा सो कार्य गर्न सहयोग गर्ने,
विदेशी आतङ्ककारी लडाकुको रूपमा कार्य गर्ने।
देहाय बमोजिमको कसूर गर्ने व्यक्तिलाई देहाय बमोजिमको सजाय हुनेछ:-
उपदफा (२) को खण्ड (क) वा (ख) बमोजिमको कसूर गरी कसैको जीउ ज्यान गएकोमा जन्म कैद,
उपदफा (२) को खण्ड (क) वा (ख) बमोजिमको कसूर गरी कसैको जीउ ज्यान नगएको तर चोटपटक लागेको वा अङ्गभङ्ग भएकोमा पन्ध्र वर्षदेखि बीस वर्षसम्म कैद,
उपदफा (२) को खण्ड (ख) बमोजिमको कसूर गरी कसैलाई चोटपटक नलागेको र अङ्गभङ्ग नभएकोमा दश वर्षदेखि पन्ध्र वर्षसम्म कैद,
उपदफा (२) को खण्ड (ग), ९घ), ९ङ) वा (च) बमोजिमको कसूर गरेमा दश वर्षदेखि पन्ध्र वर्षसम्म कैद,
उपदफा (२) को खण्ड (छ) बमोजिमको कसूर गरेमा पन्ध्र वर्षसम्म कैद,
उपदफा (२) को खण्ड (ज) वा (झ) बमोजिमको कसूर गरेमा दश वर्षसम्म कैद।
परिच्छेद–८राष्ट्रिय तथा सार्वजनिक सम्पदा विरुद्धका कसूर
व्यक्ति विशेषले सार्वजनिक घर,जग्गा आफ्नो बनाउन नहुने पृ. ५८
कसैले देहायको घर वा जग्गा नेपाल सरकार,
नेपाल सरकार,
परापूर्वदेखि सामुदायिक वा सार्वजनिक भोग चलनमा रहेको सामुदायिक वा सार्वजनिक घर जग्गा।
उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई तीन वर्षसम्म कैद वा तीस हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ।
उपदफा (१) मा उल्लिखित घर,
व्यक्ति विशेषले सार्वजनिक सम्पदा आफ्नो बनाउन नहुनेपृ. ५८
कसैले कुनै सार्वजनिक सम्पदा दर्ता गरी वा नगरी निजी बनाउन वा त्यस्तो सम्पदाको सार्वजनिक भोग चलनमा कुनै किसिमले बाधा अवरोध गर्न वा अन्य कुनै किसिमले कब्जा,
स्पष्टीकरणः यस दफाको प्रयोजनको लागि “सार्वजनिक सम्पदा” भन्नाले देहाय बमोजिमका सम्पदा सम्झनु पर्छः-
परापूर्वदेखि सार्वजनिक रुपमा हिँडी आएको बाटो,
सार्वजनिक रुपमा भोग चलन हुदै आएको सडक,
हाट बजार लाग्ने स्थान,
देवस्थल,
पाटी,
ऐतिहासिक मूर्ति,
धार्मिक वा साँस्कृतिक कार्य वा समारोह गर्ने ठाउँ,
नेपाल सरकारले तोकेको राष्ट्रिय वन वा नेपाल सरकार,
उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई पाँच वर्षसम्म कैद वा पचास हजार रुपैँयासम्म जरिबाना वा दुवै सजाय हुनेछ।
उपदफा (१) बमोजिमको सार्वजनिक सम्पदा कसैको नाममा दर्ता वा नामसारी भइसकेको भए सो समेत स्वतः बदर हुनेछ।
प्राकृतिक सम्पदामाथि अतिक्रमण गर्न नहुनेपृ. ५९
कसैले कानून बमोजिम बाहेक प्राकृतिक सम्पदामाथि कुनै किसिमले अतिक्रमण वा कब्जा गर्न वा त्यस्तो सम्पदा बिक्री वितरण गर्न वा त्यसको प्राकृतिक बनावट वा सौन्दर्यमा कुनै किसिमले हानि,
स्पष्टीकरणः यस दफाको प्रयोजनको लागि “प्राकृतिक सम्पदा” भन्नाले देहायका सम्पदालाई सम्झनु पर्छः-
प्राकृतिक वातावरण, वनस्पति र वन्यजन्तुको संरक्षणका लागि नेपाल सरकारले तोकेको राष्ट्रिय निकुञ्ज, वन्यजन्तु वा शिकार आरक्ष,
नेपाल सरकारले तोकेको संरक्षण क्षेत्र, नदी, नाला, खोला, ताल तलैया,
प्रचलित कानून वा नेपाल सरकार,
नेपाल सरकार,
उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई दश वर्षसम्म कैद र विगो खुलेकोमा बिगो बमोजिम र बिगो नखुलेकोमा दशलाख रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ।
सार्वजनिक भौतिक संरचनाको अनधिकृत कब्जा वा विनाश गर्न नहुनेपृ. ६०
कानून बमोजिम बाहेक कसैले कुनै सार्वजनिक भौतिक संरचना अनधिकृत रुपमा कब्जा गर्न, त्यस्तो संरचना प्रयोग हुन नदिन वा कुनै किसिमले हानि,
स्पष्टीकरणः यस दफाको प्रयोजनको लागि “सार्वजनिक भौतिक संरचना” भन्नाले सार्वजनिक रुपमा प्रयोग हुने देहायका संरचना सम्झनु पर्छः-
सडक,
जलाशय,
रज्जुमार्ग,
रेल तथा रेलमार्ग,
सार्वजनिक बस विसौनी,
अन्य यस्तै संरचना।
उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई दश वर्षसम्म कैद र एक लाख रुपैयाँसम्म जरिबाना हुनेछ।
राष्ट्रिय गान,झण्डा वा निशान छापको अपमान वा क्षति गर्न नहुने पृ. ६०
कसैले नेपाल वा नेपाल सरकार विरुद्ध घृणा फैलाउने नियतले नेपालको राष्ट्रिय गानको अपमान गर्न, नेपालको झण्डा जलाउन, त्यसको जानीजानी अपमान गर्न वा सार्वजनिक नैतिकता, शिष्टाचार वा सदाचारको दृष्टिकोणले प्रयोग गर्न नहुने ठाउँ,
उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई तीन वर्षसम्म कैद वा तीस हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ।
कसैले नेपालसँग मैत्री सम्बन्ध भएको मुलुक विरुद्ध घृणा फैलाउने वा त्यस्तो मुलुकको अपमान गर्ने नियतले त्यस्तो मुलुकको राष्ट्रिय झण्डा जलाउन,
कसैले संयुक्त राष्ट्र संघ वा संयुक्त राष्ट्र संघसँग सम्वद्ध संस्था वा विशिष्टीकृत निकाय वा नेपाल सदस्य रहेको कुनै अन्तरराष्ट्रिय वा क्षेत्रीय संस्थालाई घृणा वा अपमान गर्ने नियतले त्यस्ता संस्थाको झण्डा वा निशान छाप कुनै किसिमले दुरुपयोग गर्न वा त्यस्ता संस्थाको स्वीकृति विना त्यस्तो झण्डा वा त्यस्तो संस्थाको चिह्न,
उपदफा (३) वा (४) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई एक वर्षसम्म कैद वा दश हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ।
राष्ट्रिय विभूतिको अपमान गर्न नहुनेपृ. ६१
कसैले नेपाल सरकारले तोकेका राष्ट्रिय विभूतिलाई जानीजानी घृणा,
तर त्यस्ता विभूतिको जीवनी अध्ययन अनुसन्धान वा मूल्याङ्कनको सन्दर्भमा असल नियतले गरिएको टिका टिप्पणीलाई यस दफा बमोजिमको कसूर मानिने छैन।
उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई छ महिनासम्म कैद वा पाँच हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ।
क्षतिपूर्ति भराई दिनु पर्नेपृ. ६१
दफा १५० बमोजिमको कसूर गरेको कारणबाट भएको हानि, नोक्सानी बापत कसूरदारबाट मनासिब क्षतिपूर्ति भराई दिनु पर्नेछ।
हदम्यादपृ. ६१
यस परिच्छेदको दफा १४७,१४८ र १४९ अन्तर्गतका कसूरमा जहिलेसुकै पनि उजुर गर्न सकिनेछ र अन्य दफा अन्तर्गतको कसूरको हकमा त्यस्तो कसूर भए गरेको मितिले छ महिनापछि उजुर लाग्ने छैन।
परिच्छेद–९धर्म सम्बन्धी कसूर
धार्मिकस्थल वा पवित्र मानिएको स्थानलाई क्षति पुर्याउन नहुनेपृ. ६१
कसैले कुनै जात, जाति,
उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँसम्म जरिबाना हुनेछ।
विदेशीले उपदफा (१) बमोजिमको कसूर गरे वा गराएको रहेछ भने उपदफा (२) बमोजिमको कैद भुक्तान भएको सात दिनभित्र निजलाई नेपालबाट बाहिर पठाउनु पर्नेछ।
धार्मिक भावनामा आघात पुर्याउन नहुनेपृ. ६२
कसैले लेखेर, वचनले वा आकार वा चिह्नद्वारा वा अरु कुनै किसिमबाट कुनै जात,
उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई दुई वर्षसम्म कैद र बीस हजार रुपैयाँसम्म जरिबाना हुनेछ।
धार्मिक रीति-स्थितिमा बाधा पुर्याउन नहुनेपृ. ६२
कसैले सनातनदेखि अपनाउदै वा चली आएको अरुको धार्मिक रीति-स्थितिमा जानीजानी बाधा पुर्याउन हुँदैन।
उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई एक वर्षसम्म कैद वा दश हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ।
धर्म परिवर्तन गराउन नहुनेपृ. ६२
कसैले कसैको धर्म परिवर्तन गराउन वा सो कुराको उद्योग गर्न वा दुरुत्साहन दिन हुँदैन।
कसैले कुनै जात,
उपदफा (१) वा (२) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई पाँच वर्षसम्म कैद र पचास हजार रुपैयाँसम्म जरिबाना हुनेछ।
उपदफा (१) वा (२) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्ति विदेशी रहेछ भने त्यस्तो व्यक्तिलाई यस दफा बमोजिम भएको कैद भुक्तान गरेको सात दिनभित्र नेपाल बाहिर पठाउनु पर्नेछ।
हदम्यादपृ. ६२
दफा १५८ अन्तर्गतको कसूरमा त्यस्तो कसूर भएको थाहा पाएको मितिले छ महिना र यस परिच्छेद अन्तर्गतको अन्य कसूरमा त्यस्तो कसूर भएको मितिले तीन महिना नाघेपछि उजुर लाग्ने छैन।
परिच्छेद–१०भेदभाव तथा अन्य अपमानजन्य व्यवहार सम्बन्धी कसूर
भेदभावपूर्ण व्यवहार गर्न नहुनेपृ. ६३
कानूनमा अन्यथा व्यवस्था भएकोमा बाहेक कानून बमोजिम अधिकार प्रयोग गर्ने अधिकारीले त्यस्तो अधिकार वा सामान्य कानूनको प्रयोग गर्दा उत्पत्ति, धर्म, वर्ण, जात, जाति, लिङ्ग, शारीरिक अवस्था, अपाङ्गता, स्वास्थ्य स्थिति, वैवाहिक स्थिति,
उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई तीन वर्षसम्म कैद वा तीस हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ।
भेदभाव गरी बस्तु वा सेवा खरिद बिक्री वा वितरण गर्न नहुनेपृ. ६३
कसैले कुनै बस्तु वा सेवाको खरिद वा बिक्री वितरण गर्दा गराउँदा कुनै खास जात,
तर आर्थिक,
उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई एक वर्षसम्म कैद वा दश हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ।
जवर्जस्ती काममा लगाउन नहुनेपृ. ६३
कसैले कसैलाई निजको इच्छा विरुद्ध काममा लगाउन हुँदैन।
तर सार्वजनिक कामको लागि कानून बमोजिम श्रममा लगाउन यस दफाले बाधा पुर्याएको मानिने छैन।
उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई तीन महिनासम्म कैद वा पाँच हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ।
दास बनाउन नहुनेपृ. ६३
कसैले कुनै व्यक्तिलाई दास वा कमारा,
उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई पाँचदेखि दश वर्षसम्म कैद र पचास हजारदेखि एक लाख रुपैयाँसम्म जरिबाना हुनेछ।
बन्धक बनाउन वा बाँधा राख्न नहुनेपृ. ६४
कसैले कुनै व्यक्तिलाई कुनै पनि प्रकारको प्रतिफल बापत कमैया राख्न वा बन्धक बनाउन वा बाँधा राख्न वा बाँधाको हैसियतमा काममा लगाउन वा सो सरहको अन्य कुनै पनि प्रकारको व्यवहार गर्न वा गराउन हुँदैन।
उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई तीन वर्षदेखि सात वर्षसम्म कैद र तीस हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्म जरिबाना हुनेछ।
सामाजिक रीति स्थितिमा खलल पार्न नहुनेपृ. ६४
कसैले कसैको सामाजिक रीति स्थितिमा खलल पर्ने वा खलल हुने गरी झुक्याई वा जबर्जस्ती गरी कुनै काम गर्न वा गराउन हुँदैन। स्पष्टीकरणः यस दफाको प्रयोजनको लागि जातीय भेदभाव हुने रीतिस्थितिलाई सामाजिक रीतिस्थिति मानिने छैन।
उपदफा (१) बमोजिमको कसूर गर्ने व्यक्तिलाई एक वर्षसम्म कैद वा दश हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ।
जातिपातिको आधारमा छुवाछुत वा अन्य भेदभावपूर्ण व्यवहार गर्न नहुनेपृ. ६४
कसैले कसैलाई प्रथा, परम्परा, धर्म, संस्कृति, रितिरिवाज, जात, जाति, समुदाय, पेशा, व्यवसाय, शारीरिक अवस्था वा सामाजिक सम्प्रदायको उत्पतिको आधारमा छुवाछुत वा अन्य कुनै किसिमको भेदभाव गर्न वा सार्वजनिक स्थलमा उपस्थित हुन वा कुनै सार्वजनिक प्रकृतिका धार्मिक स्थलमा प्रवेश गर्न रोक्न वा सार्वजनिक प्रयोगमा रहेको पानी,
उदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई तीन वर्षसम्म कैद वा तीस हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ र राष्ट्रसेवकले यस दफामा लेखिएको कसूर गरेमा थप तीन महिनासम्म कैद सजाय हुनेछ।
यातना दिन नहुनेपृ. ६४
प्रचलित कानून बमोजिम कसूरको अनुसन्धान गर्ने,
कुनै विषयमा जानकारी हासिल गर्ने,
कुनै कसूरमा साबित गराउने,
कुनै कार्यको लागि दण्ड दिने,
जोर जुलुम वा त्रास देखाउने,
कानून विपरीतका अन्य कुनै कार्य गर्ने।
उपदफा (१) बमोजिमको कसूर गर्ने व्यक्तिलाई कसूरको गम्भीरता हेरी पाँच वर्षसम्म कैद वा पचास हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ।
उपदफा (१) बमोजिमको कसूर गर्न आदेश दिने व्यक्ति वा यस दफा बमोजिमको कसूर गर्न सहयोग गर्ने मतियारलाई मुख्य कसूरदार सरह सजाय हुनेछ।
उपदफा (१) बमोजिम कसूर गर्ने कुनै व्यक्तिले आफूभन्दा माथिका अधिकारीको आदेश पालना गरी त्यस्तो कसूर गरेको भन्ने दावी लिन पाउने छैन र निजले त्यस्तो आधारमा त्यस्तो कसूर गरे बापत हुने सजायबाट उन्मुक्ति पाउने छैन।
अपमानजनक वा अमानवीय व्यवहार गर्न नहुनेपृ. ६५
कसैले कसैलाई अपमानजनक वा अमानवीय व्यवहार गर्न वा गराउनु हुँदैन।
७....................
बोक्सा बोक्सीको आरोप लगाउने,
बोक्सा बोक्सीको आरोप लगाई बसोबास गरेको ठाँउबाट निकाला गर्ने,
सामाजिक बहिष्कार गर्ने,
अन्य जुनसुकै काम गरी क्रुर,
उपदफा (१) बमोजिमको कसूर गर्ने व्यक्तिलाई पाँच वर्षसम्म कैद र पचास हजार रुपैयाँसम्म जरिबाना हुनेछ।
महिलाको रजस्वला वा सुत्केरीको अवस्थामा छाउपडीमा राख्न वा त्यस्तै अन्य कुनै किसिमका भेदभाव,
उपदफा (३) बमोजिमको कसूर गर्ने व्यति लाई तीन महिनासम्म कैद वा तीन हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ।
राष्ट्रसेवकले यस दफामा लेखिएको कसूर गरेमा निजलाई थप तीन महिनासम्म कैद सजाय हुनेछ।
क्षतिपूर्ति भराई दिनु पर्नेपृ. ६६
यस परिच्छेद बमोजिमको कसूर गर्ने व्यक्तिबाट पीडित व्यक्तिलाई पुगेको क्षति वा पीडा बापत मनासिब क्षतिपूर्ति भराई दिनु पर्नेछ।
हदम्यादपृ. ६६
दफा १६३ र १६४ अन्तर्गतका कसूरमा जहिले सुकै उजुर लाग्नेछ।
दफा १६७ अन्तर्गतको कसूरमा त्यस्तो कसूर भएको वा सम्बन्धित व्यक्ति पक्राउ,
परिच्छेद–११विवाह सम्बन्धी कसूर
मञ्जुरी विना विवाह गर्न नहुनेपृ. ६६
विवाह गर्ने व्यक्तिहरुको मञ्जुरी विना कसैले कसैलाई विवाह गर्न वा गराउन हुँदैन।
उपदफा (१) बमोजिम मञ्जुरी विना भएको विवाह बदर हुनेछ।
उपदफा (१) बमोजिमको कसूर गर्ने व्यक्तिलाई दुई वर्षसम्म कैद र बीस हजार रुपैयाँसम्म जरिबाना हुनेछ। स्पष्टीकरणः यस दफाको प्रयोजनका लागि दफा १७३ बमोजिम विवाह गर्न पूरा हुनु पर्ने उमेर पूरा नभएको व्यक्तिले दिएको मञ्जुरीलाई मञ्जुरी मानिने छैन।
हाडनातामा विवाह गर्न नहुनेपृ. ६६
कसैले परम्परा अनुसार चली आएको अवस्थामा बाहेक हाडनाता करणीमा सजाय हुने नातामा विवाह गर्न वा गराउन हुँदैन।
उपदफा (१) बमोजिमको विवाह थाहा नपाई भएको रहेछ भने त्यस्तो विवाह बदर हुनेछ।
उपदफा (१) बमोजिमको विवाह जानीजानी भएको रहेछ भने त्यस्तो विवाह गर्नेलाई हाडनाता करणीको कसूरमा हुने सजाय र गराउनेलाई तीन महिनासम्म कैद वा तीन हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ र त्यस्तो विवाह स्वतः वदर हुनेछ।
बाल विवाह गर्न नहुनेपृ. ६७
विवाह गर्ने व्यक्तिको उमेर बीस वर्ष नपुगी कसैले विवाह गर्न वा गराउन हुँदैन।
उपदफा (१) विपरीत भएको विवाह स्वतः बदर हुनेछ।
उपदफा (१) बमोजिमको कसूर गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँसम्म जरिबाना हुनेछ।
विवाहमा लेनदेन गर्न नहुनेपृ. ६७
आफ्नो परम्परादेखि चली आएको सामान्य उपहार,
उपदफा (१) बमोजिमको कसूर गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैद वा तीस हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ।
कसैले विवाह गरी सकेपछि उपदफा (१) बमोजिमको चल,
उपदफा (३) बमोजिमको कसूर गर्ने व्यक्तिलाई पाँच वर्षसम्म कैद वा पचास हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ।
उपदफा (१) वा (३) बमोजिम कुनै सम्पत्ति लिएकोमा त्यस्तो सम्पत्ति सम्बन्धित व्यक्तिलाई फिर्ता दिनु पर्नेछ।
वहुविवाह गर्न नहुनेपृ. ६७
विवाहित पुरुषले वैवाहिक सम्बन्ध कायम रहेको अवस्थामा अर्को विवाह गर्नु हुँदैन।
कुनै पुरुष विवाहित हो भन्ने जानीजानी त्यस्तो पुरुषसँग कुनै महिलाले विवाह गर्नु हुँदैन।
उपदफा (१) वा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि पति पत्नीले कानून बमोजिम अंशवण्डा गरी भिन्न भएमा पुरुष वा महिलाले पुनः विवाह गर्न सक्नेछ।
उपदफा (१) वा (२) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई एक वर्षदेखि पाँच वर्षसम्म कैद र दश हजार रुपैयाँदेखि पचास हजार रुपैयाँसम्म जरिबाना हुनेछ।
उपदफा (१) बमोजिमको विवाह स्वतः बदर हुनेछ।
यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि यो संहिता लागू हुनुअघि तत्काल प्रचलित कानून बमोजिम भएको विवाहको हकमा यस दफामा लेखिएको कुनै कुराले असर पारेको मानिने छैन।
हदम्यादपृ. ६८
यस परिच्छेद अन्तर्गतको कसूरमा कसूर भए गरेको कुरा थाहा पाएको मितिले तीन महिना नाघेपछि उजुर लाग्ने छैन।
परिच्छेद–१२ज्यान सम्बन्धी कसूर
ज्यान मार्ने नियतले कुनै काम गर्न नहुनेपृ. ६८
कसैले कसैको नियतपूर्वक ज्यान मार्न वा ज्यान मार्ने कुनै काम गर्न वा गराउन हुँदैन। स्पष्टीकरणः यस दफाको प्रयोजनको लागि कसैले कसैलाई निजको ज्यान मर्न सक्ने गरी नियतपूर्वक गम्भीर शारीरिक चोट वा क्षति पुर्याएकोमा तत्कालै ज्यान नमरी सोही चोटको परिणाम स्वरुपपछि ज्यान मरेमा पनि सोही व्यक्तिले ज्यान मारेको मानिनेछ।
उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई जन्म कैदको सजाय हुनेछ।
ज्यान जान सक्ने काम गर्न नहुनेपृ. ६८
कसैले कुनै काम गर्दा साधारणतया मानिसको ज्यान जान सक्छ भन्ने जानीजानी वा विश्वास गर्नु पर्ने कारण हुँदा हुँदै त्यस्तो काम गर्न हुँदैन।
उपदफा (१) बमोजिमको कारणबाट कसैको ज्यान मरेमा कसूरदारलाई जन्मकैदको सजाय हुनेछ।
गम्भीर उत्तेजना वा रीसको आवेशबाट ज्यान लिन नहुनेपृ. ६८
१दफा १७७ वा १७८ मा जुनसुकै कुरा लेखिएको भए तापनि देहायको अवस्थामा ज्यान लिने व्यक्तिलाई दशदेखि पन्ध्र वर्षसम्म कैद र एक लाख रुपैयाँदेखि एक लाख पचास हजार रुपैयाँसम्म जरिबाना हुनेछः-
कसैले तत्काल गम्भीर उत्तेजना दिलाउने कुनै काम गरेबाट कसूरदारले आत्मसंयम्को शक्ति गुमाई त्यस्तो उत्तेजना दिलाउने व्यक्तिको ज्यान मारेकोमा, तर देहायको अवस्थामा यो खण्ड लागू हुने छैनः-
कसैले कानूनको पालना गर्दा, निजी रक्षाको अधिकारको प्रयोग गर्दा,
कसैलाई कुनै क्षति पुर्याउने नियतले कसूरदार स्वयंले उत्तेजित गराएको र त्यसरी उत्तेजित भई त्यस्तो व्यक्तिले गरेको कामबाट कसैको ज्यान गएकोमा,
निजी रक्षाको अधिकार असल नियतले प्रयोग गर्दा त्यस्तो अधिकारको सीमा नाघ्न गई जसको विरुद्ध त्यस्तो अधिकार प्रयोग भएको हो सो व्यक्तिको ज्यान मरेकोमा,
एकाएक भएको झगडामा उठेको रीसको आवेशमा तत्काल कसैको ज्यान मरेकोमा, तर यस खण्ड बमोजिमको काम गर्दा कसूरदारले अनुचित लाभ हासिल गरेको वा क्रुर वा अस्वभाविक तवरबाट काम गरेको हुनु हुँदैन।
उपदफा (१) को खण्ड (ख) र (ग) मा जुनसुकै कुरा लेखिएको भए तापनि इवी लिएर वा सोच विचार गरेर ज्यान लिएकोमा सो खण्डहरुमा लेखिएको व्यवस्था लागू हुने छैन।
मार्न चाहेको व्यक्ति नमरी अर्को व्यक्ति मरेमा सजाय हुनेपृ. ६९
दफा १७७,१७८ र १७९ मा जुनसुकै कुरा लेखिएको भए तापनि कसैले कसैलाई मार्ने नियतले वा कुनै व्यक्ति मर्न सक्छ भन्ने जानीजानी वा त्यसको विश्वास गर्नु पर्ने कारण भई कुनै काम गर्दा त्यस्तो व्यक्ति नमरी अर्को व्यक्ति मर्न गएमा निजलाई अवस्था अनुसार दफा १७७,१७८ र १७९ मा लेखिए बमोजिमको सजाय हुनेछ।
लापरवाहीपूर्ण काम गरी ज्यान मार्न नहुनेपृ. ७०
कसैले लापरवाहीपूर्ण काम गरी कसैको ज्यान मार्न हुँदैन।
उपदफा (१) बमोजिमको कसूर गर्ने व्यक्तिलाई दफा १७७,१७८ र १७९ को अवस्थामा बाहेक तीनदेखि दश वर्षसम्म कैद र तीस हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्म जरिबाना हुनेछ।
हेलचक्र्याईं गरी ज्यान मार्न नहुनेपृ. ७०
दफा १७९ को अवस्थामा बाहेक कसैले हेलचक्र्याइपूर्ण कुनै काम गरी कसैको ज्यान मार्न हुँदैन।
उपदफा (१) बमोजिमको कसूर गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँसम्म जरिबाना हुनेछ।
उपदफा (१) मा लेखिएदेखि बाहेक कसैको ज्यान मर्न सक्छ जस्तो नदेखिएको अवस्थामा कसैले कुनै काम गर्दा भवितव्यमा परी कसैको ज्यान गएमा निजलाई छ महिनादेखि दुई वर्षसम्म कैद वा बीस हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ।
ज्यान मार्ने उद्योग गर्न नहुनेपृ. ७०
कसैले कसैको ज्यान मार्ने नियतले त्यसको उद्योग गर्न हुँदैन।
उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई दश वर्षसम्म कैद र एक लाख रुपैयाँसम्म जरिबाना हुनेछ।
आफ्नो संरक्षकत्वमा रहेको व्यक्तिलाई फाल्न वा परित्याग गर्न नहुनेपृ. ७०
कुनै नवजात शिशु,
उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँसम्म जरिबाना हुनेछ।
उपदफा (१) बमोजिमको कसूरबाट त्यस्तो बालबालिका,
तर फालिएको,
आत्महत्या गर्न दुरुत्साहन दिन नहुनेपृ. ७१
कसैले कसैलाई आत्महत्या गर्न दुरुत्साहन दिन वा त्यस्तो काम गर्ने सम्मको परिस्थिति खडा गर्न वा गराउन हुँदैन।
उपदफा (१) बमोजिमको कसूर गर्ने व्यक्तिलाई पाँच वर्षसम्म कैद र पचास हजार रुपैयाँसम्म जरिबाना हुनेछ।
क्षतिपूर्ति भराई दिनु पर्नेपृ. ७१
यस परिच्छेद बमोजिम भएको कसूरबाट कसैको जिउ,
हदम्यादपृ. ७१
दफा १७७,१७८,१७९,१८०,१८१,१८२ र १८४ को उपदफा (३) मा रहेको प्रतिबन्धात्क वाक्यांश अन्तर्गतका १कसूरदार आफैं साबित भई पोलेकोमा जहिलेसुकै पनि उजुर लाग्नेछ। त्यस्तो कसूरमा कर्तव्यको उजुरी परेकोमा अनुसन्धानबाट कर्तव्यवाला यही हो भन्ने पत्ता नलागेकोमा बीस वर्षपछि र कर्तव्यको उजुर नपरेकोमा सो वारदात भएको दुई वर्षपछि उजुरी लाग्ने छैन।
उपदफा (१) मा लेखिएदेखि बाहेकका यस परिच्छेद अन्तर्गतका अन्य कसूरमा त्यस्तो कसूर भएको कुरा थाहा पाएको मितिले छ महिना नाघेपछि उजुर लाग्ने छैन।
परिच्छेद–१३गर्भ संरक्षण विरुद्धको कसूर
गर्भपतन गर्न नहुनेपृ. ७१
दफा १८९ को अवस्थामा बाहेक कसैले गर्भपतन गर्न वा गर्भपतन गराउने नियतले वा गर्भ पतन हुन सक्छ भन्ने जानीजानी वा विश्वास गर्नु पर्ने कुनै काम गरी गर्भपतन गराउनु हुँदैन।
कसैले गर्भवती महिलालाई करकाप गरी वा धम्की दिई वा ललाई फकाई वा प्रलोभनमा पारी गर्भपतन गराउन हुँदैन।
उपदफा (१) वा (२) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई देहाय बमोजिमको सजाय हुनेछः-
बाह्र हप्तासम्मको गर्भ भए एक वर्षसम्म कैद र दश हजार रुपैयाँसम्म जरिबाना,
बाह्र हप्ताभन्दा बढी पच्चीस हप्तासम्मको गर्भ भए तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँसम्म जरिबाना,
पच्चीस हप्ताभन्दा बढीको गर्भ भए पाँच वर्षसम्म कैद र पचास हजार रुपैयाँसम्म जरिबाना।
गर्भपतन गर्ने काम गर्दा तत्काल गर्भपतन नभई बच्चा जिउँदो जन्मी त्यस्तो कामको परिणाम स्वरुप जन्मिएको बच्चा तत्काल मरेमा यस दफाको प्रयोजनका लागि गर्भपतन गराएको मानिने छ।
कसैले कुनै गर्भवती महिलाको ज्यान लिने उद्योग गर्दा त्यस्ती महिला नमरी निजको गर्भमा रहेको पच्चीस हप्ता वा पच्चीस हप्ताभन्दा बढी अवधिको गर्भ पतन हुन गएमा सो काम गर्ने कसूरदारलाई यस संहिता वा अन्य कानून बमोजिमको सजायमा थप पाँच वर्षसम्म कैद हुनेछ।
यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि कसैले कुनै गर्भवती महिला विरुद्ध कुनै रिस इवीले कुनै काम गर्दा गर्भपतन हुन गएमा गर्भपतन गर्ने नियतले त्यस्तो काम गरेको रहेनछ भने पनि देहाय बमोजिमको सजाय हुनेछः-
बाह्र हप्तासम्मको गर्भ भए एक वर्षसम्म कैद,
बाह्र हप्ताभन्दा बढी पच्चीस हप्तासम्मको गर्भ भए तीन वर्षसम्म कैद,
पच्चीस हप्ताभन्दा बढीको गर्भ भए पाँच वर्षसम्म कैद।
कसैले गर्भपतन गराउने उद्देश्यले गर्भमा रहेको भ्रुणको लिङ्ग पहिचान हुने कुनै काम गर्न वा गराउन र त्यसरी लिङ्ग पहिचान भएपछि गर्भपतन गर्न वा गराउनु हुँदैन।
उपदफा (७) बमोजिमको कसूर गर्ने व्यक्तिलाई देहाय बमोजिमको सजाय हुनेछः-
गर्भपतन गराउने उद्देश्यले गर्भमा रहेको भ्रुणको लिङ्ग पहिचान गर्ने वा गराउनेलाई तीन महिनादेखि छ महिनासम्म कैद,
लिङ्ग पहिचान गरी गर्भपतन गर्ने वा गराउनेलाई उपदफा (३) मा लेखिएको सजायमा थप एक वर्षसम्म कैद।
गर्भ पतन गराउन सक्नेपृ. ७२
दफा १८८ मा जुनसुकै कुरा लेखिएको भए तापनि स्वास्थ्यकर्मीले देहायको अवस्थामा गर्भपतन गराएकोमा यस संहिता अन्तर्गतको कसूर भए गरेको मानिने छैनः-
गर्भवती महिलाको मञ्जुरीले बाह्र हप्तासम्मको गर्भपतन गराएकोमा,
गर्भपतन नगराएमा गर्भवती महिलाको ज्यानमा खतरा पुग्न सक्छ वा निजको शारीरिक वा मानसिक स्वास्थ्य खराब हुन सक्छ वा विकलाङ्ग बच्चा जन्मन्छ भनी इजाजत प्राप्त चिकित्सकको राय भई त्यस्ती महिलाको मञ्जुरीले गर्भपतन गराएकोमा,
जवर्जस्ती करणी वा हाडनाता करणीबाट रहन गएको अठार हप्तासम्मको गर्भ गर्भवती महिलाको मञ्जुरीले गर्भपतन गराएकोमा,
रोग प्रतिरोधक क्षमता उन्मुक्ति गर्ने जिवाणु (एच.आई.भी.) वा त्यस्तै प्रकृतिको अन्य निको नहुने रोग शरीरमा भएकी महिलाको मञ्जुरीले गर्भपतन गराएकोमा। स्पष्टीकरणः यस दफाको प्रयोजनको लागि “स्वास्थ्यकर्मी” भन्नाले निर्धारित योग्यता पुगी गर्भपतन गराउन इजाजत प्राप्त गरेको चिकित्सक वा स्वास्थ्यकर्मी सम्झनु पर्छ।
हदम्यादपृ. ७३
यस परिच्छेद अन्तर्गतको कसूरमा त्यस्तो कसूर भएको कुरा थाहा पाएको मितिले छ महिना नाघेपछि उजुर लाग्ने छैन।
परिच्छेद–१४कुटपिट वा अङ्गभङ्ग सम्बन्धी कसूर
कुटपिट गर्न नहुनेपृ. ७३
कसैले कसैलाई कुटपिट गर्न हुँदैन।
कसैले कसैलाई देहायको कुनै कार्य गरेमा निजले कुटपिट गरेको मानिनेछः-
कुनै किसिमको शारीरिक पीडा पुर्याएमा,
कुनै काम गरी ४दफा १०४ र १०५ मा उल्लिखित रोग बाहेकको अन्य कुनै रोग सारेमा,
अन्य कुनै कार्य गरी अशक्त बनाएमा । स्पष्टीकरणः यस दफाको प्रयोजनको लागि “अशक्त” भन्नाले शरीरको कुनै अङ्ग सामान्य रुपमा काम गर्न नसक्ने गरी अशक्त भएको अवस्था सम्झनु पर्छ र सो शब्दले मानसिक अशक्ततालाई समेत जनाउँछ।
उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई तीन वर्षसम्म कैद वा तीस हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ।
अङ्गभङ्ग गर्न नहुनेपृ. ७३
कसैले कसैको अङ्गभङ्ग गर्न वा गराउन हुँदैन।
कसैले कसैलाई जानीजानी कुटपिट गर्दा देहाय बमोजिमको परिणाम भएमा अङ्गभङ्गको कसूर गरेको मानिनेछः-
आँखाको हेर्ने शक्ति हीन गरी वा आँखा फोरी दृष्टिविहीन बनाइदिएमा,
नाकको सुँघ्ने शक्ति नाश गरिदिएमा,
कानको सुन्ने शक्ति नाश गरिदिएमा,
जिब्रोको बोल्ने शक्ति नाश गरिदिएमा,
महिलाको स्तन काटिदिएमा,
महिलालाई बाँझोपन वा पुरुषलाई पुरुषत्वहीन बनाएमा,
मेरुदण्ड,
कुटपिटको कारणबाट आफ्नो पेशाको काम गर्न नसक्ने गरी असक्षम बनाइदिएमा।
कुटपिटबाट तत्काल अङ्गभङ्ग नभए तापनि सोही कामको परिणाम स्वरुप पछि उपदफा (२) बमोजिमको परिणाम निस्केमा पनि अङ्गभङ्ग भएको मानिनेछ।
उपदफा (१) बमोजिमको कसूर गर्ने व्यक्तिलाई दश वर्षसम्म कैद र एक लाख रुपैयाँसम्म जरिबाना हुनेछ।
उपदफा (४) मा जुनसुकै कुरा लेखिएको भए तापनि एउटै किसिमको काम दिने एउटाभन्दा बढी अङ्ग हुनेमा त्यसमध्ये एउटा अङ्गमात्र बेकम्मा पारी दिएको भए सो उपदफामा लेखिएको सजायको आधा सजाय हुनेछ र अङ्गभङ्ग भएको खत निको भई कामलाग्ने भएमा तीनवर्षसम्म कैद र तीस हजार रुपैयाँसम्म जरिबाना हुनेछ।
५ तेजाब प्रयोग गरी अङ्गभङ्ग गर्न नहुनेपृ. ७४
कसैले कसैलाई तेजाब फ्याँकी,
स्पष्टीकरण: यस संहिताको प्रयोजनका लागि “तेजाब” भन्नाले मानव अङ्ग, जीवजन्तु वा अन्य जैविक वा गैरजैविक वस्तुलाई जलाउने (बर्न),
उपदफा (१) बमोजिमको कुनै कार्य गर्दा वा त्यस्तो कार्यको परिणाम स्वरुप कसैको दुवै आँखा जली वा क्षति भई पूर्णरूपमा दृष्टि नष्ट भएमा,
उपदफा (२) मा लेखिएकोमा बाहेक उपदफा (१) बमोजिमको कुनै कार्य गरी वा त्यसको परिणाम स्वरूप कसैको एउटा आँखा,
उपदफा (२) वा (३) मा लेखिएकोमा बाहेक उपदफा (१) बमोजिमको कुनै कार्य गर्दा वा त्यसको परिणाम स्वरूप कसैको शरीरको अन्य कुनै अङ्गभङ्ग वा शारीरिक क्षति भएमा कसूरको प्रकृति बमोजिम सात वर्षदेखि दश वर्षसम्म कैद र पाँच लाख रुपैयाँदेखि सात लाख रुपैयाँसम्म जरिबाना हुनेछ।
उपदफा (१) बमोजिम भएको कसूरबाट पीडित व्यक्तिको तत्काल मृत्यु नभई सोही कार्यको परिणाम स्वरूप त्यस्तो कसूर भएको मितिले एक वर्षभित्र मृत्यु भएमा ज्यान मारेको कसूर र उपदफा (२), ९३) वा (४) बमोजिमको परिणाम निस्केमा सोही उपदफा बमोजिमको कसूर भएको मानिनेछ।
कसैले उपदफा (१) बमोजिमको कार्य गर्न खोज्दा सम्बन्धित व्यक्तिलाई नलागेमा वा कोही त्यसबाट छलिएमा वा उम्किएमा त्यस्तो कार्य गर्न खोज्ने व्यक्तिले यस दफा बमोजिम कसूर गर्न उद्योग गरेको मानिनेछ र सो वापत पाँच वर्षदेखि सात वर्षसम्म कैद र एक लाख रुपैयाँदेखि तीन लाख रुपैयाँसम्म जरिबाना हुनेछ।
उपदफा (२), (३) वा (४) बमोजिम जरिबाना बापत प्राप्त पूरै रकम पीडितलाई क्षतिपूर्ति बापत दिनु पर्नेछ।
यस दफा बमोजिम भएको कसूरबाट पीडित व्यक्तिलाई भएको शारीरिक र मानसिक पीडा र अङ्गभङ्गको गम्भीरता तथा जरिबाना रकम समेत विचार गरी सजाय निर्धारण गर्दा मनासिब क्षतिपूर्ति भराउनु पर्नेछ।
८ज्वलनशील जैविक वा विषालु पदार्थ प्रयोग गरी कुरुप पार्न नहुनेपृ. ७६
कसैले कसैलाई तेजाब वा त्यस्तै प्रकारका अन्य रासायनिक पदार्थ बाहेकका अन्य ज्वलनशील, जैविक वा विषालु पदार्थ प्रयोग गरी वा फ्याँकी, छर्किई, खन्याई वा त्यस्तो पदार्थले पोली, डामी, दली, घसी जीउमा पीडा गराउने वा अनुहार वा शरीरको कुनै अङ्ग कुरुप पार्ने काम गर्नु वा गराउनु हुँदैन।
उपदफा (१) बमोजिमको कसूर गर्ने व्यक्तिलाई कसूरको प्रकृति हेरी अनुहार कुरुप पारेमा पाँच वर्षदेखि आठ वर्षसम्म कैद र एक लाख रुपैयाँदेखि पाँच लाख रुपैयाँसम्म जरिबाना र शरीरको अन्य अङ्ग कुरुप पारेमा वा शरीरमा पीडा पुर्याएमा तीन वर्षदेखि पाँच वर्षसम्म कैद र पचास हजार रुपैयाँदेखि तीन लाख रुपैयाँसम्म जरिबाना हुनेछ।
उपदफा (२) बमोजिम जरिबाना बापत प्राप्त पूरै रकम पीडितलाई क्षतिपूर्ति बापत दिनु पर्नेछ।
गम्भीर उत्तेजना वा रीसको आवेशबाट कुटपिट वा अङ्गभङ्ग भएकोमा सजायपृ. ७६
दफा १९१ वा १९२ मा जुनसुकै कुरा लेखिएको भए तापनि देहायको अवस्थामा कुटपिट गर्ने व्यक्तिलाई कुटपिट गरी अङ्गभङ्ग गरेको रहेछ भने दुई वर्षसम्म कैद वा बीस हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय र अन्य कुनै किसिमले चोट पुर्याएको रहेछ भने एक वर्षसम्म कैद वा दश हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनेछः-
कसैले तत्काल गम्भीर उत्तेजना दिलाउने कुनै काम गरेबाट कसूरदारले आत्मसंयम्को शक्ति गुमाई त्यस्तो उत्तेजना दिलाउने व्यक्तिलाई वा भ्रमवस अरु कसैलाई कुटपिट गरेमा वा संयोगवश अरु कसैलाई चोट पुग्न गएकोमा।
तर देहायको अवस्थामा यो खण्ड लागू हुने छैनः-
कसैले कानूनको पालन गर्दा, निजी रक्षाको अधिकारको प्रयोग गर्दा,
कसैलाई कुनै क्षति पुर्याउने नियतले कसूरदार स्वयंले कसैलाई उत्तेजित गराएको र त्यसरी उत्तेजित भई त्यस्तो व्यक्तिले गरेको कामबाट कसूरदार आफैँ उत्तेजनामा परी कुटपिट गरी चोट पुर्याएकोमा ।
निजी रक्षाको लागि आवश्यक पर्ने बलभन्दा बढी बल प्रयोग गरी कसैलाई क्षति पुर्याएकोमा,
एकाएक उठेको झगडाको रीसको आवेशमा तत्काल कसैलाई चोट पुर्याएकोमा।
तर यस खण्ड बमोजिमको काम गर्दा कसूरदारले अनुचित लाभ हासिल गरेको वा क्रुर वा अस्वभाविक तवरबाट काम गरेको हुनु हुँदैन।
उपदफा (१) को खण्ड (ख) र (ग) मा जुनसुकै कुरा लेखिएको भए तापनि इवी लिएर वा सोच विचार गरेर कुटपिट वा अङ्गभङ्ग गरेकोमा सो खण्डहरुमा लेखिएको व्यवस्था लागू हुने छैन।
लापरवाहीपूर्ण काम गरी वा हेलचत्र् याई गरी कुटपिट गर्न वा अङ्गभङ्ग वा अन्य चोट पुर्याउन नहुनेपृ. ७७
कसैले लापरवाहीपूर्ण काम गरी वा हेलचेक्र्याइँ गरी कसैलाई कुटपिट गर्न,
उपदफा (१) बमोजिमको कसूर गर्ने व्यक्तिलाई देहाय बमोजिमको सजाय हुनेछः-
लापरवाहीपूर्ण काम गरी अङ्गभङ्ग भएकोमा दुई वर्षसम्म कैद वा बीस हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय र अन्य किसिमको चोट पुगेको रहेछ भने एक वर्षसम्म कैद वा दश हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय,
हेलचेक्र्याइँ गरी त्यस्तो कसूर गरेको रहेछ भने छ महिनासम्म कैद वा पाँच हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय ।
आपराधिक बल प्रयोग गर्न नहुनेपृ. ७७
कसैले कसै उपर आपराधिक बल प्रयोग गर्न हुँदैन।
कसैले कसैलाई देहाय बमोजिमको कार्य गरेमा निजले आपराधिक बल प्रयोग गरेको मानिनेछः-
कुनै कसूर गर्ने नियतले कुनै व्यक्ति उपर कुनै किसिमको बल प्रयोग गरेमा,
कुनै व्यक्ति वा निजको परिवार वा सम्पत्तिलाई क्षति पुर्याउने डर, त्रास उत्पन्न गराउने वा झिझ्याउने नियतले वा त्यस्तो हुन सक्छ भन्ने जानीजानी निज उपर बल प्रयोग गरेमा,
कसैलाई आफू उपर बल प्रयोग हुन लागेको भन्ने त्रसित पारेमा वा धम्की दिएमा वा जोर जुलुम गरेमा वा अरु कुनै किसिमले त्यसको उद्योग गरेमा।
यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि सम्बन्धित विषयको शिक्षण,
आपराधिक बल प्रयोग गर्ने वा गराउने व्यक्तिलाई हतियार लिई गरेको भए तीन वर्षसम्म कैद वा तीस हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय र हतियार नलिई गरेको भए एक वर्षसम्म कैद वा दश हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ।
कसूर गर्ने नियतले वेहोस पार्न नहुनेपृ. ७८
कसैले कुनै कसूर गर्न सजिलो पार्ने नियतले अरुलाई वेहोस तुल्याउने, लठ्याउने वा अस्वस्थ पार्ने पदार्थ खुवाउन वा अन्य कुनै प्रकारले सेवन गराउन वा कुनै प्रकारले वेहोस गराउन हुँदैन।
उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई एक वर्षसम्म कैद र दश हजार रुपैयाँसम्म जरिबाना हुनेछ।
उपदफा (१) बमोजिमको काम गरी त्यस्तो कसूर भइसकेको रहेछ भने त्यस्तो कसूर बापत हुने सजायमा यस दफा बमोजिमको सजाय थप हुनेछ।
क्षतिपूर्तिपृ. ७८
यस परिच्छेदमा उल्लिखित कसूरबाट कसैको जीउ वा ज्यानमा चोटपटक वा हानि,
हदम्यादपृ. ७९
दफा १९६ अन्तर्गतको कसूरमा त्यस्तो कसूर भए गरेको मितिले तीन महिना नाघेपछि, दफा १९७ अन्तर्गतको कसूरमा त्यस्तो व्यक्तिको होस आएको मितिले छ महिना नाघेपछि र यस परिच्छेद अन्तर्गतको अन्य कसूरमा त्यस्तो कसूर भएको मितिले एक वर्ष नाघेपछि उजुर लाग्ने छैन।
परिच्छेद–१५गैरकानूनी थुना सम्बन्धी कसूर
बदनियतपूर्वक थुनछेक गर्न नहुनेपृ. ७९
कसैले कुनै व्यक्तिलाई कानून बमोजिम बाहेक बदनियतपूर्वक अन्य कुनै किसिमले थुनामा राख्न वा राख्न लगाउन हुँदैन।
उपदफा (१) बमोजिमको कसूर गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँसम्म जरिबाना हुनेछ।
अधिकार प्राप्त व्यक्तिले बाहेक अरु कसैले कसैको आवागमनमा अवरोध गर्न वा गराउन हुँदैन।
उपदफा (३) बमोजिमको कसूर गर्ने व्यक्तिलाई छ महिनासम्म कैद वा पाँच हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ।
मानवोचित न्यूनतम सुविधा नदिई थुनामा राख्न नहुनेपृ. ७९
कानून बमोजिम थुनामा राख्ने अधिकार प्राप्त अधिकारीले कसैलाई पनि कानून बमोजिम उपलब्ध गराउनु पर्ने सुविधा नदिई वा थुनामा राखिएको ठाउँमा उपलब्ध न्यूनतम मानवोचित सुविधा नदिई थुनामा राख्न वा राख्न लगाउन हुँदैन।
उपदफा (१) बमोजिमको कसूर गर्ने व्यक्तिलाई डेढ वर्षसम्म कैद र पन्ध्र हजार रुपैयाँसम्म जरिबाना हुनेछ।
छाड्ने आदेश भएकोमा थुनी राख्न नहुनेपृ. ७९
कानून बमोजिम थुनामा रहेको कुनै व्यक्तिलाई थुनाबाट छाड्न कानून बमोजिम अधिकार प्राप्त अधिकारीबाट आदेश प्राप्त भएपछि त्यस्तो व्यक्तिलाई थुनाबाट नछाडी थुनी राख्न हुँदैन।
उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई एक वर्षसम्म कैद र दश हजार रुपैयाँसम्म हुनेछ।
गोप्य तरिकाले थुनामा राख्न नहुनेपृ. ७९
अधिकार प्राप्त अधिकारीले कुनै व्यक्तिलाई थुनामा राख्दा निज थुनिएको कुरा वा थुनिएको ठाउँको जानकारी नहुने वा पत्ता नलाग्ने गरी गोप्य रुपमा थुनामा राख्नु हुँदैन।
उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई चार वर्षसम्म कैद र चालीस हजार रुपैयाँसम्म जरिबाना हुनेछ।
क्षतिपूर्ति भराई दिनु पर्नेपृ. ८०
यस परिच्छेद बमोजिमको कसूर गर्ने वा गराउने कसूरदारबाट पीडित व्यक्तिलाई मनासिब क्षतिपूर्ति भराई दिनु पर्नेछ।
हदम्यादपृ. ८०
दफा २०० को उपदफा (३) अन्तर्गतको कसूरमा त्यस्तो कसूर भएको मितिले र यस परिच्छेद अन्तर्गतका अन्य कसूरमा थुनामा परेको व्यक्ति थुनाबाट मुक्त भएको मितिले तीन महिना नाघेपछि उजुर लाग्ने छैन।
परिच्छेद–१६व्यक्ति बेपत्ता पार्ने सम्बन्धी कसूर
व्यक्ति बेपत्ता पार्ने काम गर्न गराउन नहुनेपृ. ८०
कसैले कसैलाई बेपत्ता पार्ने कार्य गर्न वा गराउन हुँदैन।
उपदफा (१) को प्रयोजनको लागि “व्यक्ति बेपत्ता पार्ने कार्य” भन्नाले देहायको कार्य सम्झनु पर्छः-
कानून बमोजिम पक्राउ गर्न, अनुसन्धान गर्न वा कानून कार्यान्वयन गर्न अख्तियारी पाएको व्यक्ति वा सुरक्षाकर्मीले पक्राउ गरेको, हिरासतमा राखेको वा अन्य कुनै किसिमले नियन्त्रणमा लिएको व्यक्तिलाई मुद्दा हेर्ने अधिकारी समक्ष त्यसरी पक्राउ गरेको वा नियन्त्रणमा लिएको मितिले बाटोको म्याद बाहेक चौबीस घण्टाभित्र उपस्थित नगराई वा सरोकारवालालाई भेटघाट गर्न नदिई निजलाई कहाँ,
कुनै व्यक्ति,
कुनै व्यक्तिलाई जुन व्यक्तिको आदेशले पक्राउ गरी, थुनामा राखी वा नियन्त्रणमा लिई वेपत्ता पारेको हो त्यस्तो आदेश दिने र त्यस्तो आदेशको कार्यान्वयन गर्ने व्यक्ति बेपत्ता पार्ने मुख्य कसूरदार मानिनेछ।
व्यक्ति बेपत्ता पार्ने कार्य कुनै सार्वजनिक पद धारण गरेको व्यक्ति वा सङ्गठन वा सङ्गठित वा असङ्गठित समूहको जिम्मेबार व्यक्तिको आदेश वा निर्देशन बमोजिम भए गरेको रहेछ भने त्यस्तो आदेश वा निर्देशन दिने व्यक्ति बेपत्ता पार्ने मुख्य कसूरदार मानिनेछ।
कसैले आफू मातहतको पदाधिकारी,
कुनै व्यक्तिलाई एकभन्दा बढी व्यक्तिले सामूहिक रुपमा बेपत्ता पारेमा त्यस्तो कार्यमा संलग्न प्रत्येक व्यक्ति समान रुपमा कसूरदार मानिनेछ।
उपदफा (१) बमोजिमको कसूर गर्ने व्यक्तिलाई देहाय बमोजिमको सजाय हुनेछः-
व्यक्ति बेपत्ता पार्नेलाई बेपत्ता पारेको अवधि र अवस्थालाई समेत विचार गरी त्यस्तो काम गर्ने मुख्य कसूरदारलाई पन्ध्र वर्षसम्म कैद र पाँच लाख रुपैयाँसम्म जरिबाना,
व्यक्ति बेपत्ता पार्न मतियार बन्ने वा षड्यन्त्र गर्नेलाई व्यक्ति बेपत्ता पार्ने मुख्य कसूरदार सरह र सोको उद्योग गर्ने वा परिपञ्च मिलाउने व्यक्तिलाई मुख्य कसूरदारलाई हुने सजायको आधा सजाय।
महिला वा बालबालिका विरुद्ध उपदफा (१) बमोजिमको कसूर मानिने कार्य गर्नेलाई उपदफा (७) बमोजिम हुने सजायमा थप दुई वर्ष कैद सजाय हुनेछ।
कसैले कुनै व्यक्तिलाई बेपत्ता पारिएको अवस्थामा वेपत्ता पारिएको व्यक्तिको विरुद्ध कानून बमोजिम सजाय हुने अन्य कुनै कसूर गरेको रहेछ भने निजलाई त्यस्तो कसूर बापत कानून बमोजिम हुने सजायमा यस दफा बमोजिम थप सजाय हुनेछ।
सरकारी साधन,
कसूरसँग सम्बन्धित मालसामान जफत हुनेपृ. ८१
यस परिच्छेद अन्तर्गत सजाय हुने कसूर गर्दा सम्बन्धित धनीले जानीजानी प्रयोग गर्न दिएको वा धनीको सहमतिले प्रयोग गरिएका घर जग्गा,
तर सरकारी भवन,
क्षतिपूर्ति भराई लिन पाउनेपृ. ८१
बेपत्ता पारिएको व्यक्ति पछि सार्वजनिक भएमा वा गरिएमा निजले बेपत्ता पार्ने व्यक्तिबाट मनासिब क्षतिपूर्ति भराई लिन पाउनेछ।
बेपत्ता पारिएको व्यक्तिको मृत्यु भइसकेको भए उपदफा (१) बमोजिमको क्षतिपूर्ति निजको नजिकको हकवालाले भराई लिन पाउनेछ।
धनमाल फिर्ता गर्नु पर्नेपृ. ८२
यस परिच्छेद बमोजिम कसैले कुनै व्यक्तिलाई बेपत्ता पार्दा त्यस्तो व्यक्तिको धनमाल समेत लिएको रहेछ भने त्यसरी बेपत्ता पार्ने व्यक्तिबाट बेपत्ता पारिएको वा निजको नजिकको हकवालालाई त्यस्तो धनमाल भए फिर्ता गर्नु पर्नेछ र नभएमा त्यस्तो धनमाल बापतको मनासिब क्षतिपूर्ति तिर्नु पर्नेछ।
हदम्यादपृ. ८२
यस परिच्छेद अन्तर्गतको कसूर भएको थाहा भएको वा बेपत्ता पारिएको व्यक्ति सार्वजनिक भएको वा गरिएको मितिले छ महिना नाघेपछि उजुर लाग्ने छैन।
तर उजुर गर्न सकिने परिस्थिति नभएको कारण खुलाई अदालतको अनुमति लिई प्रमाण सहित उजुर गरेमा जहिलेसुकै उजुर लाग्नेछ।
परिच्छेद–१७अपहरण वा शरीर बन्धक सम्बन्धी कसूर
अपहरण गर्न नहुनेपृ. ८२
कसैले कुनै व्यक्तिलाई अपहरण गर्न वा गराउन हुँदैन।
उपदफा (१) को प्रयोजनको लागि कसैले देहायको कुनै काम गरेमा निजले अपहरण गरेको मानिनेछः-
कुनै व्यक्तिलाई बल प्रयोग गरी वा सो प्रयोग गर्ने धम्की दिई, छलकपट गरी वा डरत्रासमा पारी,
कुनै व्यक्तिलाई निजको मञ्जुरी विना वा बालबालिका वा शारीरिक अशक्तताको कारणले अरुको आश्रयमा बसेको वा मानसिक अस्वस्थताको कारणले होस ठेगानमा नरहेको व्यक्तिलाई निजको बाबु आमा वा संरक्षकको मञ्जुरी विना वा झुक्यानमा पारी जवर्जस्ती कुनै ठाउँमा लगेमा।
शरीर बन्धक लिन नहुनेपृ. ८२
कसैले कसैको शरीर बन्धक लिन हुँदैन।
उपदफा (१) को प्रयोजनको लागि कसैले कुनै व्यक्तिलाई निजको मञ्जुरी विना वा बालबालिका र होस ठेगान नभएको व्यक्ति भए निजको आमा बाबु वा संरक्षकको मञ्जुरी विना बल प्रयोग गरी वा सोको धम्की दिई,
उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि मानसिक रुपमा अस्वस्थ व्यक्तिलाई निजको बाबु,
अपहरण वा शरीर बन्धक लिएमा हुने सजायपृ. ८३
कसैले ज्यान लिने,
थप सजाय हुनेपृ. ८३
दफा २११ बमोजिम अपहरण गरी दफा २१२ बमोजिम शरीर बन्धक लिने व्यक्तिलाई दश वर्षदेखि पन्ध्र वर्षसम्म कैद र एक लाखदेखि एक लाख पचास हजार रुपैयाँसम्म जरिबाना हुनेछ।
कसैले अपहरण गरी वा शरीर बन्धक लिई यस संहिता वा कानून बमोजिम कसूर मानिने अन्य कुनै काम गरेको रहेछ भने निजलाई त्यस्तो कसूर बापतको सजायमा उपदफा (१) बमोजिमको सजाय थप हुनेछ।
दफा २११ र २१२ को कसूर सङ्गठित रुपमा गरे गराएको रहेछ भने त्यस्तो गराउने व्यक्तिलाई थप दुई वर्ष कैद सजाय हुनेछ।
दुरुत्साहन दिने वा आदेश दिने वा उद्योग गर्ने वा षडयन्त्र गर्ने व्यक्ति वा मतियारलाई सजाय हुनेपृ. ८३
यस परिच्छेदमा लेखिएको कसूर गर्न दुरुत्साहन दिने वा आदेश दिने व्यक्तिलाई मुख्य कसूरदारलाई भए सरह सजाय हुनेछ।
उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि सो कुराको उद्योग वा षड्यन्त्र गर्ने वा मतियार हुने व्यक्तिलाई सो कसूरमा हुने सजायको आधा सजाय हुनेछ।
आत्मसमर्पण गरेमा सजाय कम हुनेपृ. ८४
यस परिच्छेद अन्तर्गतको कसूर गर्ने व्यक्तिले कसूर गर्दा गर्दैको बखत सुरक्षाकर्मी समक्ष आत्मसमर्पण गरेमा वा अन्य कसूरदार वा सो कसूर गर्ने गिरोहका सदस्यलाई पक्राउ गर्न सहयोग पुर्याएमा अवस्था हेरी अदालतले निजलाई सजाय कम गर्न सक्नेछ।
क्षतिपूर्ति भराई दिनु पर्नेपृ. ८४
यस परिच्छेद अन्तर्गतको कसूर गरे वा गराएको ठहरेमा कसूर गर्ने वा गराउने व्यक्तिबाट पीडित व्यक्तिलाई मनासिब क्षतिपूर्ति भराई दिनु पर्नेछ।
उपदफा (१) बमोजिमको क्षतिपूर्ति पीडित व्यक्ति मरी सकेको भए निजको नजिकको हकदारलाई भराई दिनु पर्नेछ।
हदम्यादपृ. ८४
यस परिच्छेद अन्तर्गतका कुनै कसूर गरी कसैको ज्यान लिएकोमा जहिले सुकै पनि उजुर गर्न सकिने छ।
उपदफा (१) मा लेखिए बाहेक यस परिच्छेद अन्तर्गतको कुनै कसूर भए गरेको मितिले दुई वर्ष र दफा २११ र २१२ अन्तर्गतको कसूर भएकोमा सम्बन्धित व्यक्ति त्यस्तो कसूरबाट मुक्त भएको मितिले छ महिना नाघेपछि उजुर लाग्ने छैन।
परिच्छेद–१८करणी सम्बन्धी कसूर
जवर्जस्ती करणी गर्न नहुनेपृ. ८४
कसैले जवर्जस्ती करणी गर्न हुँदैन।
कसैले कुनै महिलालाई निजको मञ्जुरी नलिई करणी गरेमा वा मञ्जुरी लिएर भए पनि अठार वर्षभन्दा कम उमेरको कुनै बालिकालाई करणी गरेमा निजले त्यस्तो महिला वा बालिकालाई जवर्जस्ती करणी गरेको मानिनेछ। स्पष्टीकरणः यस परिच्छेदको प्रयोजनको लागिः
करकाप,
होस ठेगानमा नरहेको अवस्थामा लिएको मञ्जुरीलाई मञ्जुरी मानिने छैन,
गुदद्वार वा मुखमा लिङ्ग पसाएमा,
जवर्जस्ती करणी गर्ने व्यक्तिलाई त्यसरी करणी गर्दाको परिस्थिति र महिलाको उमेर हेरी देहाय बमोजिम कैद हुनेछः-
दश वर्षभन्दा कम उमेरकी बालिका,
दश वर्ष वा दश वर्षभन्दा बढी चौध वर्षभन्दा कम उमेरकी बालिका भए १अठार वर्षदेखि बीस वर्षसम्म,
चौध वर्ष वा चौध वर्षभन्दा बढी सोह्र वर्षभन्दा कम उमेरकी बालिका भए बाह्र वर्षदेखि चौध वर्षसम्म,
सोह्र वर्ष वा सोह्र वर्षभन्दा बढी अठार वर्षभन्दा कम उमेरकी महिला भए दश वर्षदेखि बाह्र वर्षसम्म,
अठार वर्ष वा अठार वर्षभन्दा बढी उमेरकी महिला भए सात वर्षदेखि दश वर्षसम्म।
जवर्जस्ती करणी गर्ने व्यक्तिलाई उपदफा (३) बमोजिमको कैद सजायको अतिरिक्त देहाय बमोजिमको जरिबाना समेत हुनेछ र त्यस्तो जरिबाना बापत प्राप्त सबै रकम प्रचलित कानून बमोजिम स्थापना भएको पीडित राहत कोषमा जम्मा गरिनेछ:-
उपदफा (३) को खण्ड (क) वा (ख) बमोजिम कैद सजाय हुने कसूरदारलाई सात लाख रुपैयाँ जरिबाना,
उपदफा (३) को खण्ड (ग) वा (घ) बमोजिम कैद सजाय हुने कसूरदारलाई पाँच लाख रुपैयाँ जरिबाना,
उपदफा (३) को खण्ड (ङ) बमोजिम कैद सजाय हुने कसूरदारलाई तीन लाख रुपैयाँ जरिबाना।
उपदफा (३) मा जुनसुकै कुरा लेखिएको भए तापनि बैबाहिक सम्बन्ध कायम रहेको अवस्थामा पतिले पत्नीलाई जवरजस्ती करणी गरेमा पाँच वर्ष सम्म कैद हुनेछ।
तर देहायको अवस्थालाई वैवाहिक सम्बन्ध कायम रहेको मानिने छैनः-
पतिसँग मानो छुट्टिई अंश मुद्दा चलेको,
पतिसँग अङ्श लिई छुट्टै बसेको,
पतिसँग सम्बन्ध विच्छेद मुद्दा चलेको।
उपदफा (४) बमोजिमको अवस्थामा पीडितको निवेदन माग बमोजिम आवश्यक भएमा अदालतले पतिको नाममा देहाय बमोजिमको आदेश जारी गर्न सक्नेछः-
पत्नीलाई निज बसी आएको घरमा नै बसोबास गर्न दिन,
पत्नीलाई आवश्यक उपचार गराउन वा उपचारका लागि उपयुक्त रकम दिन लगाउन,
दुवैलाई एकै ठाउँमा बसोबास गर्न उपयुक्त हुने नदेखिएमा पतिलाई अलग बस्ने व्यवस्था गर्न तथा त्यसरी अलग बस्दा पत्नीको भरणपोषणको लागि आवश्यक व्यवस्था गर्न लगाउन,
पत्नीलाई कुनै प्रकारले दुःख दिने वा सताउने कार्य नगर्न र पत्नीको हित र सुरक्षाको निमित्त आवश्यक र उपयुक्त कुरा गर्न गराउन।
उपदफा (३) मा जुनसुकै कुरा लेखिएको भए तापनि आफूलाई मानवरोग ११प्रतिरोधक क्षमता ह्रास गर्ने जिवाणु (एच.आई.भी.पोजिटिभ) वा सरुवा यौनरोग (सेक्सुअली ट्रान्समिटेड डिजिज) भएको थाहा पाउँदा पाउँदै कसैले जवर्जस्ती करणी गरेको रहेछ भने त्यस्तो कसूरदारलाई उपदफा (३) मा लेखिएको सजायमा देहाय बमोजिमको थप सजाय समेत हुनेछः-
मानवरोग ११प्रतिरोधक क्षमता ह्रास गर्ने जिवाणु (एच.आई.भी. पोजिटिभ) भएको थाहा पाउँदा पाउँदै जवर्जस्ती करणी भएको भए दफा १०५ बमोजिमको सजाय,
अन्य सरुवा यौनरोग (सेक्सुअली ट्रान्समिटेड डिजिज) भएको थाहा पाउँदा पाउँदै जवर्जस्ती करणी भएको भए तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँसम्म जरिबाना।
सामूहिक रुपमा जवर्जस्ती करणी गरेमा वा छ महिनाभन्दा बढीको गर्भवती, अशक्त वा अपाङ्ग वा शारीरिक वा मानसिक रुपमा अस्वस्थ महिलालाई वा हातहतियार देखाई जवर्जस्ती करणी गरेमा उपदफा (३) मा लेखिएको सजायमा थप पाँच वर्षसम्म कैद सजाय हुनेछ।
४तर पूर्ण अशक्त अपाङ्गता भएकी महिला भएमा उपदफा (३) को खण्ड (क) बमोजिमको सजाय हुनेछ।
कसैले हाडनाताकी महिलालाई जवर्जस्ती करणी गरेकोमा निजलाई हाडनाता करणीमा सजाय हुने रहेछ भने यस परिच्छेद बमोजिमको सजायमा हाडनाताको करणीमा हुने सजाय समेत थप हुनेछ।
हाडनातामा करणी गर्न नहुनेपृ. ८७
कसैले आफ्नो जात वा कुलमा चली आएको चलन, परम्परा वा मान्यता अनुसार विवाह गर्न नहुने नाताको व्यक्ति हो भन्ने जानीजानी त्यस्तो व्यक्तिसँग करणी लिनु दिनु हुँदैन।
देहायका नातामा उपदफा (१) बमोजिमको कसूर गर्नेलाई देहाय बमोजिम सजाय हुनेछः-
जन्माउने आमा छोराको वा बाबु छोरीको करणी भएमा जन्मकैद,
सौतेनी आमा छोरा वा बाबु छोरी,
एकै हाँगाको तीन पुस्तासम्मको बज्यै, नाति वा पनाति, एकै हाँगाको ठूलो बाबु वा काका भतिजी,
खण्ड (क), ९ख) वा (ग) मा लेखिएदेखि बाहेक आफ्नो वंशका सात पुस्तासम्मका अन्य नातामा करणी भएमा हाँगो,
थुनामा रहेको व्यक्तिसँग करणी गर्न नहुनेपृ. ८८
कैद वा थुनामा रहेको कुनै व्यक्तिसँग सरकारी कर्मचारीले करणी गर्न वा करणी गर्न अरु कसैलाई संयोग पारी मिलाई दिई करणी गराउन हुँदैन।
उपदफा (१) बमोजिम करणी गर्ने वा गराउने व्यक्तिलाई तीन वर्षसम्म कैद सजाय हुनेछ र त्यस्तो करणी यस संहिता वा अन्य कानून अनुसार पनि कसूर हुने रहेछ भने सो बमोजिमको सजायमा यस दफा बमोजिमको सजाय थप हुनेछ।
आफ्नो संरक्षण वा सुरक्षामा रहेको व्यक्तिसँग करणी गर्न नहुनेपृ. ८८
कसैले आफूले संरक्षण वा सुरक्षा दिएको वा आफ्नो हेरविचारमा रहेको कुनै व्यक्तिसँग करणी गर्न वा करणी गर्न अरुलाई सहयोग गर्न वा होस ठेगानमा नरहेको वा शारीरिक वा मानसिक रोग लागी उपचार वा पुनर्स्थापना गर्ने कुनै संस्थामा राखिएको कुनै व्यक्तिसँग त्यस्तो संस्थाका पदाधिकारी वा कर्मचारीले करणी गर्न हुँदैन।
उपदफा (१) बमोजिमको कसूर गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैद हुनेछ र त्यस्तो करणी यस संहिता वा अन्य कानून अनुसार पनि कसूर हुने रहेछ भने सो बमोजिम हुने सजायमा यस दफाको सजाय थप हुनेछ।
कार्यालय वा पेशागत सेवा प्राप्त गर्ने व्यक्तिसँग करणी गर्न नहुनेपृ. ८८
सरकारी वा निजी कार्यालयमा कार्यरत वा कुनै पेशागत सेवा वा व्यावसायिक कामको लागि सम्पर्कमा आएको वा रहेको कुनै व्यक्तिसँग त्यस्तो कार्यालयमा काम गर्ने कर्मचारी वा त्यस्तो सेवा उपलब्ध गराउने व्यक्तिले कार्यालयको काम गर्दा वा त्यस्तो सेवा उपलब्ध गराउँदा वा गराउने स्थानमा करणी गर्न वा करणी गर्न अरुलाई सहयोग गर्न हुँदैन।
उपदफा (१) बमोजिमको कसूर गर्ने व्यक्तिलाई चार वर्षसम्म कैद र चालीस हजार रुपैयाँसम्म जरिबाना हुनेछ र त्यस्तो करणी यस संहिता वा अन्य कानून अनुसार पनि कसूर हुने रहेछ भने सो बमोजिम हुने सजायमा यस दफाको सजाय थप हुनेछ।
यौन दुर्व्यवहार गर्न नहुनेपृ. ८८
कसैले कसैलाई यौन दुर्व्यवहार गर्न वा गराउनु हुँदैन।
कसैले आफ्नो पति वा पत्नी बाहेक अन्य व्यक्तिलाई निजको मञ्जुरी विना करणीका आशयले समातेमा वा निजको संवेदनशील अङ्ग छोएमा वा छुन प्रयास गरेमा, निजको भित्री पोशाक खोलेमा वा खोल्ने प्रयास गरेमा,
उपदफा (१) बमोजिमको कसूर गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँसम्म जरिबाना हुनेछ।
बालयौन दुरुपयोग गर्न नहुनेपृ. ८९
कसैले बालयौन दुरुपयोग गर्न वा गराउन हुँदैन।
कसैले करणीका आशयले बालबालिकालाई अस्वाभाविक रुपमा एकान्तमा लगेमा, यौन सम्बन्धी निजको अङ्ग छोएमा वा समातेमा, यौन सम्बन्धी आफ्नो अङ्ग निजलाई छुन वा समाउन लगाएमा वा निजसँग अन्य कुनै किसिमको यौनजन्य अस्वाभाविक व्यवहार गरेमा बालयौन दुरुपयोग गरेको मानिनेछ।
उपदफा (१) बमोजिमको कसूर गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँसम्म जरिबाना हुनेछ।
अप्राकृतिक मैथुन गर्न नहुनेपृ. ८९
कसैले कसैको मञ्जुरी विना अप्राकृतिक मैथुन गर्नु वा गराउनु हुँदैन। स्पष्टीकरणः यस उपदफाको प्रयोजनको लागि बालबालिकाले दिएको मञ्जुरीलाई मञ्जुरी मानिने छैन।
उपदफा (१) बमोजिमको कसूर गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँसम्म जरिबाना हुनेछ।
बालबालिका विरुद्ध उपदफा (१) बमोजिमको कसूर गर्ने व्यक्तिलाई दफा २१९ बमोजिम सजाय हुनेछ।
पशु करणी गर्न नहुनेपृ. ८९
कसैले पनि पशु करणी गर्नु वा गराउनु हुँदैन।
उपदफा (१) बमोजिमको कसूर गर्ने व्यक्तिलाई गाईको करणी गरे वा गराएको भए दुई वर्षसम्म कैद र बीस हजार रुपैयाँसम्म जरिबाना र अन्य पशु करणी गरे वा गराएको भए एक वर्षसम्म कैद र दश हजार रुपैंयाँसम्म जरिबाना हुनेछ।
१० मिलापत्र गर्न वा गराउन नहुनेपृ. ८९
यस परिच्छेद बमोजिम करणी सम्बन्धी कसूर भएपछि पीडित वा पीडितको परिवारलाई कुनै प्रकारको डर, धाक, धम्की दिई वा करकापमा पारी कुनै किसिमको लेनदेन गरी वा नगरी त्यस्तो कसूरमा उजुरी नगर्न, जाहेरी नदिन वा अदालतमा उपस्थित नहुन मञ्जुर गराउन वा कसूर गर्ने व्यक्ति र पीडित वा पीडितको परिवारको सदस्यबीच मेलमिलाप वा मिलापत्र गराउन वा त्यसको लागि दबाब दिन वा प्रभावमा पार्न हुँदैन।
उपदफा (१) बमोजिमको कसूर गर्ने गराउने व्यक्तिलाई तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँसम्म जरिबाना हुनेछ।
उपदफा (१) बमोजिमको कसूर सार्वजनिक पद धारण गरेको व्यक्तिले गरे वा गराएमा निजलाई उपदफा (२) बमोजिम हुने सजायमा थप छ महिना कैद सजाय हुनेछ।
यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि कानून बमोजिम मतियार वा दुरुत्साहन मानिने कसूरमा सोही बमोजिम मुद्दा चलाई सजाय हुनेछ।
क्षतिपूर्ति भराई दिनु पर्नेपृ. ९०
१दफा २२० र २२७ अन्तर्गतको कसूर बाहेक यस परिच्छेद बमोजिमको अन्य कसूरबाट पीडित व्यक्तिलाई ११जरिबानाबाट प्राप्त हुने रकम समेत विचार गरी कसूरदारलाई सजाय निर्धारण गर्दा निजबाट मनासिब क्षतिपूर्ति भराई दिनु पर्नेछ र कसूरदारले जरिबाना बापत पीडित राहत कोषमा बुझाएको रकम समेत पीडितलाई दिनु पर्नेछ।
४तर कसूरदारको कुनै सम्पत्ति नभई जबरजस्ती करणीको कसूरबाट पीडितले क्षतिपूर्ति नपाउने देखिएमा र प्रचलित कानून बमोजिमको पीडित राहत कोष स्थापना भइनसकेको अवस्थामा अदालतले नेपाल सरकारको महिला तथा बालबालिका विषय हेर्ने निकायको नाममा क्षतिपूर्ति स्वरुप उचित रकम पीडितलाई भराइदिने गरी आदेश गर्न सक्नेछ र त्यसरी आदेश भएमा सो कार्यालयबाट क्षतिपूर्ति बापतको रकम तत्काल पीडितलाई उपलब्ध गराउनु पर्नेछ।
हदम्यादपृ. ९०
दफा २२० अन्तर्गतको कसूरमा जहिले सुकै पनि उजुर गर्न सकिनेछ।
दफा २१९,२२१,२२२,२२३,२२४,२२५ र ११२२६ को उपदफा (३) र दफा २२७क. को उपदफा (१) अन्तर्गतको कसूर बालबालिकाको विरुद्ध भएकोमा त्यस्तो बालबालिका अठार वर्ष पूरा भएको मितिले तीन वर्षभित्र, त्यस्तो कसूर पूर्ण अशक्त अपाङ्गता भएका, सुस्त मनस्थिति भएका वा सत्तरी वर्षभन्दा बढी उमेर भएका व्यक्तिका विरुद्ध भएमा कसूर भएको मितिले तीन वर्षभित्र र अन्यको हकमा त्यस्तो कसूर भएको मितिले दुई वर्षभित्र र यस परिच्छेद अन्तर्गतको अन्य कसूरमा त्यस्तो कसूर भएको कुरा थाहा पाएको मितिले तीन महिना नाघेपछि उजुर लाग्ने छैन।
तर थुनामा रहेको वा नियन्त्रणमा लिएको वा अपहरण गरेको वा शरीर बन्धक लिएको व्यक्ति विरुद्ध कसूर भएकोमा थुना,
परिच्छेद–१९इलाज सम्बन्धी कसूर
इजाजत प्राप्त नगरेको व्यक्तिले इलाज गर्न नहुनेपृ. ९१
चिकित्सा सम्बन्धी विषयमा निर्धारित शैक्षिक योग्यता प्राप्त गरेपछि कानून बमोजिम अधिकार प्राप्त अधिकारीबाट इलाज गर्नको लागि इजाजत प्राप्त गरेको व्यक्तिले बाहेक कसैले कसैलाई चिकित्सा सेवा दिन,
उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि लामो अनुभवबाट इलाज सम्बन्धमा जानकारी राख्ने व्यक्तिले उचित होसियारी अपनाई सानो तिनो रोग लागेको विरामीको मानव अङ्गलाई कुनै खास प्रतिकूल असर नपर्ने मामुली प्रकृतिको औषधि खुवाउन वा सानोतिनो घाउ,
उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँसम्म जरिबाना हुनेछ।
उपदफा (१) विपरीत हुने गरी चिकित्सा सेवा दिँदा,
बद्नियत चिताई इलाज गर्न नहुनेपृ. ९१
कसैले कसैको ज्यान मार्ने वा अङ्गभङ्ग गर्ने नियतले उपचार गर्न,
लापरबाही वा हेलचेक्र्याइँ गरी इलाज गर्न नहुनेपृ. ९२
कानून बमोजिम इलाज गर्न पाउने व्यक्तिले कसैको इलाज गर्दा १ गम्भीर लापरबाही वा हेलचेक्र्याइँ गरी इलाज गर्न,
उपदफा (१) बमोजिमको कामबाट कसैको ज्यान मर्न गएमा वा अङ्गभङ्ग भएमा लापरवाहीपूर्ण काम गरेको कारणबाट ज्यान मरेमा वा अङ्गभङ्ग भएमा पाँच वर्षसम्म कैद र पचास हजार रुपैयाँसम्म जरिबाना र हेलचत्र् याई गरेको कारणबाट मरेकोमा वा अङ्गभङ्ग भएकोमा तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँसम्म जरिबाना हुनेछ।
मञ्जुरी विना मानव शरीरमा परीक्षण गर्न नहुनेपृ. ९२
कानून बमोजिम इलाज गर्न पाउने व्यक्तिले मानव शरीरमा कुनै इलाज सम्बन्धी विधि,
४तर विपद् वा सडक दुर्घटना भएको वा सम्बन्धित व्यक्तिको बाबु,
उपदफा (१) बमोजिम परीक्षण गर्दा त्यस्तो विधि,
कसैले अनुचित आर्थिक लाभ लिने वा महिलाको गोपनियता भङ्ग गर्ने वा अन्य कुनै नियतले कसैको शारीरिक परीक्षण गर्नु वा अङ्ग परिवर्तन गर्नु वा गराउनु हुँदैन।
उपदफा (१),
उपदफा (१),
जोखिमपूर्ण औषधि बिक्री वितरण गर्न नहुनेपृ. ९३
कानून बमोजिम औषधि बिक्री वितरण गर्न पाउने व्यक्तिले इलाज गर्न पाउने इजाजत प्राप्त व्यक्तिको सिफारिस विना कसैलाई मानव शरीरमा गम्भीर असर हुने कुनै लागू औषध,
उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई दुई वर्षसम्म कैद वा बीस हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ।
औषधिमा मिसावट गर्न वा मिसावट गरेको औषधि बिक्री गर्न नहुनेपृ. ९३
कसैले जानीजानी औषधिको असर शुन्य वा घटी वा बदलिने वा हानिकारक हुने गरी कुनै औषधिमा मिसावट गर्न वा त्यसरी मिसावट भएको औषधि वा अन्य कुनै बस्तुलाई औषधि भनी बिक्री गर्न वा उपचारको निमित्त कसैलाई दिन वा कुनै व्यक्तिलाई त्यस्तो औषधि सेवन गर्न वा गराउन लगाउन हुँदैन।
उपदफा (१) बमोजिमको कसूर गर्ने व्यक्तिलाई देहाय बमोजिम सजाय हुनेछः-
त्यस्तो औषधि सेवन गरेको कारणले ज्यान मरिसकेकोमा ज्यान मारेको सरह,
त्यस्तो औषधि सेवन गरेको कारणले ज्यान मर्न सक्ने गरी खतरा पुगेको वा पुग्ने सम्भावना भएकोमा ज्यान मार्ने उद्योग गरे सरह,
त्यस्तो औषधि सेवन गरेको कारणले शरीरको कुनै अङ्गभङ्ग हुने वा सोको शक्ति क्षीण वा हरण हुन सक्ने भएमा दश वर्षसम्म कैद र एक लाख रुपैयाँसम्म जरिबाना,
खण्ड (क),
म्याद नाघेको वा पूर्व सावधानी नलिई औषधि बिक्री,वितरण गर्न नहुने पृ. ९३
कसैले कुनै निश्चित समयावधिभित्र प्रयोग गरिसक्नु पर्ने औषधि सो म्याद नाघेपछि बिक्री गर्न वा कुनै औषधि बिक्री वितरण गर्दा कुनै खास पूर्व सावधानी लिनु पर्नेमा त्यस्तो नलिई बिक्री वितरण गर्न हुँदैन।
उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई एक वर्षसम्म कैद र दश हजार रुपैयाँसम्म जरिबाना हुनेछ।
एक औषधिलाई अर्को औषधि भनी बिक्री वितरण गर्न नहुनेपृ. ९४
कानून बमोजिम औषधि बिक्री गर्न पाउने व्यक्तिले औषधि बिक्री वितरण गर्दा एक किसिमको औषधिलाई तात्विक रुपमा भिन्न अर्को किसिमको औषधि हो भन्ने जानीजानी वा थाहा पाउँनु पर्ने मनासिब कारण भई बिक्री वितरण गर्न हुँदैन।
उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई दुई वर्षसम्म कैद वा बीस हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ।
झुठ्ठा प्रतिवेदन दिन नहुनेपृ. ९४
कानून बमोजिम मानव रगत, मूत्र वा खकार आदि प्रयोगशाला परीक्षण (प्याथोलोजिकल टेष्ट) गर्न इजाजतपत्र प्राप्त व्यक्तिले त्यसरी परीक्षण गर्दा झुठ्ठा वा गलत प्रतिवेदन दिन वा परीक्षणबाट प्राप्त तथ्यभन्दा फरक तथ्य उल्लेख गरी प्रतिवेदन दिन हुँदैन।
उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँसम्म जरिबाना हुनेछ।
उपदफा (१) बमोजिमको प्रतिवेदनको आधारमा कसैलाई औषधि सिफारिस गरी सेवन गर्दा,
उपदफा (३) बमोजिम कसूर गर्ने वा गराउने व्यक्तिलाई ज्यान मरिसकेको भए ज्यान मारे सरह र अङ्गभङ्ग भएको भए अङ्गभङ्ग गरे सरह सजाय हुनेछ।
क्षतिपूर्ति भराई दिनु पर्नेपृ. ९४
यस परिच्छेद बमोजिमको कसूर गरेको कारणबाट कसैको ज्यान मरेमा वा अङ्गभङ्ग भएमा वा अन्य हानि, नोक्सानी वा क्षति पुगेकोमा कसूरदारबाट सम्बन्धित पीडितलाई र पीडितको मृत्यु भएकोमा निजको हकवालालाई मनासिब क्षतिपूर्ति भराई दिनु पर्नेछ।
हदम्यादपृ. ९४
दफा २३० को उपदफा (४),२३१,२३२,२३३ को उपदफा (४), २३५ र २३८ को उपदफा (४) बमोजिमको कामबाट ज्यान मरेकोमा १दफा १८७ को उपदफा (१) मा उल्लिखित हदम्याद लाग्नेछ।
दफा २३० को उपदफा (१) अन्तर्गतको कसूरमा त्यस्तो कसूर भएको कुरा थाहा पाएको मितिले एक वर्ष र यस परिच्छेद अन्तर्गतको अन्य कसूरको हकमा त्यस्तो कसूर भए गरेको मितिले छ महिना नाघेपछि उजुर लाग्ने छैन।
परिच्छेद–२०चोरी तथा डाँका सम्बन्धी कसूर
चोरी गर्न नहुनेपृ. ९५
कसैले चोरी गर्न वा गराउन हुँदैन।
उपदफा (१) को प्रयोजनको लागि कसैले अन्य व्यक्तिको स्वामित्व,
“मञ्जुरी” भन्नाले लिखित वा मौखिक रुपमा दिइएको वा आचरणद्वारा व्यक्त भएको मञ्जुरी सम्झनु पर्छ।
अठार वर्ष नपुगेका बालबालिकाको वा होस ठेगानमा नभएको व्यक्तिको मञ्जुरीलाई मञ्जुरी मानिने छैन।
चोरी गरेमा हुने सजायपृ. ९५
देहाय बमोजिमको अवस्थामा चोरी गर्ने वा गराउने व्यक्तिलाई दुई वर्षदेखि सात वर्षसम्म कैद र बीस हजार रुपैयाँदेखि सत्तरी हजार रुपैयाँसम्म जरिबाना हुनेछः-
कुनै सरकारी वा सार्वजनिक सम्पत्ति वा कुनै धार्मिक स्थान वा देवालयको सम्पत्ति चोरी गरेमा,
कुनै व्यक्तिलाई मादक पदार्थ खुवाई वा लागू पदार्थ सेवन गराई वा अरु किसिमले वेहोस गराई कुनै सम्पत्ति चोरी गरेमा,
भूकम्प, आगलागी, बाढी, हूलदङ्गा वा यस्तै प्रकृतिको अरु कुनै सङ्कटापन्न स्थिति वा कुनै दुर्घटनाको मौका छोपी कुनै सम्पत्ति चोरी गरेमा,
आफू जुन कार्यालय वा व्यक्तिको सेवामा रहेको छ त्यस्तो कार्यालय वा व्यक्तिको सम्पत्ति चोरी गरेमा,
मानिस वा वस्तु परिवहनको लागि उपयोग भएको कुनै सवारीमा चोरी गरेमा।
उपदफा (१) मा लेखिएदेखि बाहेक अन्य अवस्थामा चोरी गर्ने वा गराउने व्यक्तिलाई तीन वर्षसम्म कैद र तीस हजार रुपैयााँसम्म जरिबाना हुनेछ।
नकवजनी चोरी गर्न नहुनेपृ. ९५
कसैले नकवजनी चोरी गर्न वा गराउन हुँदैन।
उपदफा (१) को प्रयोजनको लागि कुनै घरमा सो घरको मूल ढोका फोरी वा मूल ढोका बाहेक अन्य कुनै बाटो,
उपदफा (१) बमोजिमको कसूर गर्ने व्यक्तिलाई तीन वर्षदेखि पाँच वर्षसम्म कैद र तीस हजार रुपैयाँदेखि पचास हजार रुपैयाँसम्म जरिबाना हुनेछ।
डाँका गर्न नहुनेपृ. ९६
कसैले डाँका गर्न वा गराउन हुँदैन।
कसैले देहाय बमोजिमको चोरी गरेमा निजले डाँका गरेको मानिनेछः-
चोरी गर्नाका लागि वा चोरी गर्दा वा चोरी गरेको सम्पत्ति लैजान वा चोरी गरेपछि पक्राउबाट बच्नका लागि कुनै व्यक्तिको ज्यान लिएमा वा निजलाई १गम्भीर चोट पुर्याएमा वा बाँधछाँद वा थुनछेक गरेमा वा सो कुराको उद्योग गरेमा वा तत्कालै कुनै व्यक्तिको ज्यान लिने वा निजलाई १गम्भीर चोट पुर्याउने डरत्रास देखाएमा वा जोखिमी हातहतियार साथमा लिई चोरी गरेमा,
तत्कालै कसैको ज्यान लिने वा कसैलाई चोट पुर्याउने वा नियन्त्रणमा लिने डरत्रास देखाई वा आपराधिक लाभ लिई कुनै रकम वा आर्थिक लाभ प्राप्त गरेमा,
बाटो घाटो, एकान्त स्थल वा जङ्गलमा ढुकी डर, त्रास देखाई जोखिमी हातहतियार प्रयोग गरी वा सो प्रयोग गर्ने धम्की दिई वा चोरी गरेमा।
तीन जना वा तीन जनाभन्दा बढीको जमात भई चोरी गरेमा।
उपदफा (१) बमोजिमको कसूर गर्ने व्यक्तिलाई देहाय बमोजिम सजाय हुनेछः-
उपदफा (२) को खण्ड (क) वा (ख) बमोजिमको कसूर भए सात वर्षदेखि चौध वर्षसम्म कैद र सत्तरी हजार रुपैयाँदेखि एक लाख चालीस हजार रुपैयाँसम्म जरिबाना,
उपदफा (२) को खण्ड (ग) वा (घ) बमोजिमको कसूर भए पाँच वर्षदेखि दश वर्षसम्म कैद र पचास हजारदेखि एक लाख रुपैयाँसम्म जरिबाना।
चोरीमा प्रयोग हुने औजार लिई हिड्न नहुनेपृ. ९७
कसैले चोरी गर्ने वा डाँका गर्ने नियतले चोरी वा डाँकामा प्रयोग हुन सक्ने औजार,
उपदफा (१) बमोजिम हिँडने,
उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई एक वर्षसम्म कैद वा दश हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ।
बगली मार्न नहुनेपृ. ९७
कसैले बगली मार्न वा मार्न लगाउन हुँदैन।
उपदफा (१) को प्रयोजनको लागि कसैले पैदल हिँडिरहेको,
तर दश हजार रुपैयाँ नगद वा दश हजार रुपैयाँभन्दा बढी मूल्य भएको धनमाल बगली मारेको भए दफा २४१ बमोजिमको कसूर गरेको मानिनेछ।
उपदफा (१) बमोजिमको कसूर गर्ने व्यक्तिलाई देहाय बमोजिमको सजाय हुनेछः
पहिलो पटक बगली मारेको भए एक महिनासम्म कैद वा विगो बमोजिम जरिबाना वा दुवै सजाय,
दोस्रो पटकदेखि पटक्कै पिच्छे दुई महिनासम्म कैद वा बिगो बमोजिम जरिबाना कैद वा दुवै सजाय।
४ थप सजाय गरी क्षतिपूर्ति भराईनेपृ. ९७
कानून बमोजिम आवश्यक वस्तु मानिने कुनै सरकारी,
उपदफा (१) बमोजिमको वस्तु वा सम्पत्तिको हानि,
उपदफा (१) बमोजिमको कसूर गर्ने व्यक्ति यकिन भएकोमा सोही व्यक्ति र त्यस्तो व्यक्ति यकिन नभएकोमा त्यस्तो काम गर्न उक्साउने वा आदेश दिने व्यक्तिले कसूर गरेको मानिनेछ।
बिगो भराउनु पर्नेपृ. ९८
यस परिच्छेद बमोजिमको कसूर गर्ने कसूरदारबाट त्यस्तो कसूरको बिगो भएमा बिगो जफत गरी सम्पत्ति धनीलाई भराई दिनु पर्नेछ। कसूरदारले बिगोको सम्पत्ति मासिसकेको भए त्यस्तो बिगोको मूल्य बराबरको सम्पत्ति धनीलाई भराई दिनु पर्नेछ।
उपदफा (१) बमोजिम बिगो भराउँदा बरामद भई आएको मालमध्ये चिन्हले वा प्रमाणबाट यसको भन्ने ठहरेको जति जसको हो उसैलाई भराई दिई अरु धनी पत्ता नलागेको माल धरौट राखी तीन महिनाको अवधि दिई सूचना जारी गर्नु पर्नेछ र सो अवधिमा कसैले लिन आयो र चोरीको दरखास्तमा लेखिएको मालसँग मिल्न आयो भने सम्बन्धित मालधनीलाई फिर्ता दिनु पर्नेछ। त्यसरी मालवस्तु लिन आएन वा दरखास्तको मालमा मिलेन भने पहिले पक्री ल्याउने धनीलाई साबूत भराई बढ्ता भए अरु कायम गराइसकेको धनीलाई दामासाहीको हिसाबले भराई दिई बढी भए लिलाम गरी सरकारी कोषमा दाखिला गर्नु पर्नेछ।
हदम्यादपृ. ९८
दफा २४५ र २४६ अन्तर्गतको कसूरमा त्यस्तो कसूर भए गरेको मितिले तीन महिनाभित्र र यस परिच्छेद अन्तर्गतको अन्य कसूरमा त्यस्तो कसूर भएको कुरा थाहा पाएको मितिले छ महिना नाघेपछि उजुर लाग्ने छैन।
परिच्छेद–२१ठगी,आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी कसूर
ठगी गर्न नहुनेपृ. ९८
कसैले ठगी गर्न वा गराउन हुँदैन।
उपदफा (१) को प्रयोजनको लागि कसैले कसैलाई कुनै कुराको विश्वास दिलाएकोमा सो बमोजिम नगरी वा फकाई,
उपदफा (१) बमोजिमको कसूर गर्ने व्यक्तिलाई देहाय बमोजिमको सजाय हुनेछः-
भ्रष्टाचार हुनेमा बाहेक नेपाल सरकार वा नेपाल सरकारको पूर्ण वा अधिकांश स्वामित्व वा नियन्त्रणमा भएको कुनै संस्थालाई ठगी गरेमा दश वर्षसम्म कैद र एक लाख रुपैयाँसम्म जरिबाना,
आफनो नाम,
खण्ड (क) वा (ख) मा लेखिएदेखि बाहेक अन्य कुनै किसिमले ठगी गरेमा सात वर्षसम्म कैद र सत्तरी हजार रुपैयाँसम्म जरिबाना।
बालबालिका,
१२ अनुचित लेनदेन गर्न नहुनेपृ. ९९
कसैले अनुचित लेनदेन गर्न वा गराउन हुँदैन।
उपदफा (१) को प्रयोजनको लागि घरसारमा कसैले देहायका काम गरेमा अनुचित लेनदेन गरेको वा गराएको मानिनेछः-
लेनदेन नभएको वा नगरेको रकम दिएको भनी लिखत तयार गर्ने,
लेनदेन गरेको वास्तविक रकमभन्दा बढी रकमको लिखत तयार गर्ने,
लेनदेन गर्दाकै बखत ब्याज रकम समेत सावाँमा जोडी लिखत तयार गर्ने,
ब्याजलाई सावाँमा जोडी नयाँ लिखत तयार गर्ने,
ऋणीले तिरे बुझाएको रकमको भरपाई नदिने वा लिखत नबनाउने,
ऋणको सावाँभन्दा बढी ब्याज लिने,
ऋण असुलीको लागि कुनै प्रकारको शारीरिक वा मानसिक हानि हुने गरी धम्की दिने वा हिंसा वा शोषण गर्ने, वा
अनुचित लेनदेनको आधारमा ऋणीको अचल सम्पत्तिको हक हस्तान्तरण गरी लिने।
यो दफा प्रारम्भ हुनुअघि भएको लेनदेनको कारोबारको आधारमा कसैले उपदफा (२) बमोजिमको काम गर्न, गराउन वा अनुचित लेनदेनको रकम असुल उपर गर्न ऋणीलाई हैरानी पुर्याउनु हुँदैन।
उपदफा (१) वा (३) बमोजिमको कसुर गर्ने वा गराउने व्यक्तिलाई कसुरको गम्भीरता हेरी सात वर्षसम्म कैद र सत्तरी हजार रूपैयाँसम्म जरिबाना हुनेछ।
अनुचित लेनदेनको कसुर गर्ने कसुरदारले त्यस्तो लेनदेनको आधारमा ऋणीबाट रकम वा अन्य कुनै चल सम्पत्ति लिएको रहेछ भने कारोबार भएको वास्तविक रकम र कानून बमोजिमको ब्याज निजलाई दिलाई बाँकी रकम वा अन्य चल सम्पत्ति सम्बन्धित ऋणीलाई कसुरदारबाट भराइदिनु पर्नेछ।
अनुचित लेनदेनको आधारमा ऋणीको अचल सम्पत्तिको हक हस्तान्तरण भएको ठहर भएमा त्यस्तो हक हस्तान्तरण बदर हुनेछ।
ठेक्का वा करारको काममा फरक पार्न नहुनेपृ. १००
निर्माण सम्बन्धी काम वा अन्य कुनै काम गर्ने जिम्मेवारी लिएको व्यक्तिले वा निजको तर्फबाट काम गर्ने कुनै व्यक्तिले बेइमानीका नियतले निर्धारित मापदण्ड वा गुणस्तरको माल प्रयोग नगरी वा प्रयोग हुने मालको परिमाण घटीबढी पारी वा अन्य कुनै किसिमबाट निर्धारित गुणस्तरभन्दा फरक पारी निर्माण कार्य वा अन्य काम गर्न वा गराउन हुँदैन।
उपदफा (१) बमोजिमको कसूर गर्ने व्यक्तिलाई दश वर्षसम्म कैद र एक लाख रुपैयाँसम्म जरिबाना हुनेछ।
कुनै माल,
उपदफा (३) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई पाँच वर्षसम्म कैद र पचास हजार रुपैयाँसम्म जरिबाना हुनेछ।
सम्पत्तिको आपराधिक उपयोग गर्न नहुनेपृ. १०१
कसैले सम्पत्तिको आपराधिक उपयोग गर्न वा गराउन हुँदैन।
उपदफा (१) को प्रयोजनका लागि कसैले देहायको काम गरेमा निजले सम्पत्तिको आपराधिक उपयोग गरेको मानिनेछः-
अर्काको सम्पत्ति बेइमानीको नियतले कब्जा गरी उपयोग गरेमा, हानि, नोक्सानी वा हिनामिना गरेमा वा सम्बन्धित व्यक्तिको मञ्जुरी विना भाडामा लगाएमा वा बेचबिखन गरेमा, तर कुनै जग्गाको वास्तविक सँधियारले भुलवस सामान्य रुपमा साँध सीमाना मिच्ने गरी कसैको सम्पत्ति उपयोग गरेकोमा यस खण्ड बमोजिमको कसूर मानिने छैन।
वेवारिसी सम्पत्ति पाउने व्यक्तिले त्यस्तो सम्पत्तिको धनी थाहा भएर वा त्यस्तो सम्पत्तिको धनी थाहा हुँदा हुँदै वा थाहा पाएपछि पनि मनासिब समयभित्र त्यस्तो धनीलाई त्यस्तो सम्पत्ति फिर्ता नगरी वा सम्पत्ति फिर्ता लिन सूचना नदिई वा त्यस्तो सम्पत्तिको धनीलाई उचित म्यादसम्म नपर्खी बेइमानीपूर्वक त्यस्तो सम्पत्ति आफ्नो निमित्त उपयोग गरेमा वा कुनै प्रकारले रुपान्तरण गरेमा।
तर उचित प्रयास गर्दा पनि सम्पत्तिको धनी पत्ता नलागेमा वा सूचना दिएको उचित म्यादभित्र सम्पत्ति धनी सम्पत्ति फिर्ता लिन नआएमा सम्पत्ति पाउने व्यक्तिले सो सम्पत्ति आफ्नो निमित्त असल नियतले उपयोग गरेमा यस दफा बमोजिमको कसूर गरेको मानिने छैन।
उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई देहाय बमोजिम सजाय हुनेछः-
कुनै व्यक्तिको मृत्यु हुँदाको बखत निजको कव्जामा रहेको सम्पत्ति निजको कानून बमोजिमको हकवालाको कव्जामा नपर्दै त्यस्तो सम्पत्तिको आपराधिक उपयोग गरेमा वा बालबालिका, मानसिक वा शारीरिक अस्वस्थताले होस ठेगानमा नरहेको व्यक्ति वा पचहत्तर वर्ष माथिका व्यक्तिको सम्पत्तिको आपराधिक उपयोग गरेमा तीन वर्षसम्म कैद वा तीस हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय,
खण्ड (क) मा लेखिएदेखि बाहेक अन्य अवस्थामा सम्पत्तिको आपराधिक उपयोग गरेको भए एक वर्षसम्म कैद वा दश हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय।
यस दफा बमोजिम आपराधिक उपयोग गरेको सम्पत्ति फिर्ता गर्न सकिने अवस्थामा रहेछ भने त्यसरी उपयोग गर्ने व्यक्तिले त्यस्तो सम्पत्तिको धनी वा निजको मृत्यु भइसकेको भए निजको नजिकको हकवालालाई फिर्ता गर्नु पर्नेछ।
आपराधिक विश्वासघात गर्न नहुनेपृ. १०२
कसैले आपराधिक विश्वासघात गर्न वा गराउन हुँदैन।
उपदफा (१) को प्रयोजनको लागि कसैले देहायको कुनै काम गरेमा निजले आपराधिक विश्वासघात गरे वा गराएको मानिनेछः-
आफ्नो जिम्मा वा संरक्षणमा रहेको अर्काको सम्पत्ति बेइमानीपूर्वक आफ्नो निमित्त प्रयोग गरेमा वा कुनै प्रकारले रुपान्तरण गरेमा वा त्यस्तो सम्पत्तिको उपयोग तत्सम्बन्धी करार वा शर्तनामा वा कानून विपरीत बेइमानीपूर्वक आफ्नो निमित्त उपयोग गरेमा वा अरु कसैलाई उपयोग गर्न दिएमा वा हक टुटाई अरुलाई दिएमा वा दिलाएमा,
अर्काको कुनै काम कारोवार गर्ने जिम्मा लिएको वा कानूनी कर्तव्य पालन गर्नु पर्ने जिम्मेवारी भएको व्यक्तिले वा कुनै काम कारोवारका सम्बन्धमा अर्काको प्रतिनिधिको रुपमा काम गर्ने व्यक्तिले आफू वा अरु कसैलाई फाइदा पुर्याउनको लागि आफ्नो कर्तव्यको विपरीत कुनै काम गरी त्यस्तो व्यक्तिलाई कुनै हानि, नोक्सानी वा क्षति पुर्याएमा।
उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई देहाय बमोजिमको सजाय हुनेछः-
कुनै संस्थाको व्यवस्थापक, प्रबन्धक, कर्मचारी वा प्रतिनिधिको हैसियतले कुनै व्यक्तिले वा कुनै सम्पत्ति एक ठाउँबाट अर्को ठाउँमा पुर्याइदिने वा गोदाम वा अन्य कुनै ठाउँमा सुरक्षित साथ राख्ने जिम्मा लिएको वा त्यस्तो गर्ने कानूनी कर्तव्य भएको व्यक्तिले आपराधिक विश्वासघात गरेमा पाँच वर्षसम्म कैद र पचास हजार रुपैयाँसम्म जरिबाना,
खण्ड (क) मा लेखिएदेखि बाहेक अरु कसैले आपराधिक विश्वासघात गरेमा तीन वर्षसम्म कैद वा तीस हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय।
आपराधिक लाभ (एक्सटर्सन) लिन नहुनेपृ. १०३
कसैले आपराधिक लाभ (एक्सटर्सन) लिन वा लिन लगाउन हुँदैन।
उपदफा (१) को प्रयोजनको लागि कसैले कुनै व्यक्तिलाई निजको वा अरु कसैको कुनै क्षति पुर्याउने डर त्रासमा पारी निजबाट बेइमानीपूर्वक आफ्नो वा अरु कसैको लागि कुनै लाभ उठाएमा वा त्यस्तो लाभ उठाउने नियतले कुनै काम गराएमा वा निजलाई कुनै काम गर्नबाट रोकेमा आपराधिक लाभ लिएको मानिनेछ।
उपदफा (१) बमोजिमको कसूर गर्ने व्यक्तिलाई देहाय बमोजिम सजाय हुनेछः-
आपराधिक लाभ लिने नियतले कसैको ज्यान लिने,
कसैको व्यवसायमा गैर कानूनी तरिकाले कुनै क्षति पुर्याउने वा चरित्रमा झुठो दोष लगाउने नियतले डर,
खण्ड (क) वा (ख) मा लेखिएदेखि बाहेक अन्य अवस्थामा आपराधिक लाभ लिएमा एक वर्षसम्म कैद र दश हजार रुपैयाँसम्म जरिबाना।
क्षतिपूर्तिपृ. १०३
यस परिच्छेद बमोजिमको कसूरबाट कसैलाई हानि,
हदम्यादपृ. १०३
यस परिच्छेद अन्तर्गतका कसूरमा त्यस्तो कसूर भएको कुरा थाहा पाएको मितिले एक वर्ष नाघे पछि उजुर लाग्ने छैन।
परिच्छेद–२२मुद्रा सम्बन्धी कसूर
खोटा मुद्रा बनाउन नहुनेपृ. १०४
कसैले खोटा मुद्रा बनाउन वा बनाउने उद्योग गर्न हुँदैन।
उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई मुद्राको परिमाण र मूल्य विचार गरी पाँच वर्षदेखि दश वर्षसम्म कैद र पचास हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्म जरिबाना हुनेछ। स्पष्टीकरणः यस परिच्छेदको प्रयोजनका लागि,
“मुद्रा” भन्नाले सबै किसिमको करेन्सी नोट,
“खोटा मुद्रा” भन्नाले नेपाल सरकार वा नेपाल राष्ट्र बैङ्क वा विदेशी सरकार वा अधिकार प्राप्त विदेशी संस्थाले निकालेको हो भन्ने भान पार्ने वा विश्वास हुने गरी अनधिकृत रुपमा बनाएको वा नक्कली मुद्रा सम्झनु पर्छ।
खोटा मुद्रा चलन गर्न नहुनेपृ. १०४
कसैले खोटो मुद्रा हो भन्ने जानीजानी सद्दे सरह चलन गर्ने नियतले त्यस्तो मुद्रा खरिद वा बिक्री गर्न,
उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई सात वर्षसम्म कैद र सत्तरी हजार रुपैयाँसम्म जरिबाना हुनेछ।
खोटा मुद्रा बनाउने सामान बनाउन,राख्न वा मर्मत गर्न नहुने पृ. १०४
खोटा मुद्रा बनाउन वा बनाउने काममा प्रयोग हुन्छ भन्ने जानीजानी वा विश्वास गर्ने मनासिब कारण भई कसैले कुनै औजार वा अन्य कुनै सामान बनाउन,
उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई सात वर्षसम्म कैद र सत्तरी हजार रुपैयाँसम्म जरिबाना हुनेछ।
मापदण्ड विपरीत मुद्रा बनाउन नहुनेपृ. १०५
प्रचलित कानून बमोजिम मुद्रा बनाउने अधिकार पाएको कुनै अधिकारी वा व्यक्तिले जानीजानी कानूनद्वारा निर्धारित मापदण्ड विपरीत हुने गरी मुद्रा बनाउन,
उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई सात वर्षसम्म कैद र सत्तरी हजार रुपैयाँसम्म जरिबाना हुनेछ।
मुद्रा बनाउने औजार बाहिर लैजान नहुनेपृ. १०५
कानून बमोजिम अधिकार प्राप्त अधिकारीको आदेशले बाहेक कसैले मुद्रा बनाउने यन्त्र वा उपकरण वा अन्य सामग्री मुद्रा बनाउने ठाउँबाट बाहिर लैजान हुँदैन।
उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई पाँच वर्षसम्म कैद र पचास हजार रुपैयाँसम्म जरिबाना हुनेछ।
मुद्राको तौल घटाउन वा रुप वदल्न नहुनेपृ. १०५
सद्दे सरह व्यवहारमा चलाउने नियतले वा सो हुन सक्छ भन्ने जानीजानी कसैले धातुबाट बनेको मुद्राको तौल घटाउन वा धातुको अंश फरक पार्न वा एक किसिमको मुद्रालाई अर्को किसिमको मुद्रा हो भन्ने भान पार्ने गरी निकासी वा पैठारी गर्न वा आफूसँग राख्न हुँदैन।
उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई पाँच वर्षसम्म कैद र पचास हजार रुपैयाँसम्म जरिबाना हुनेछ।
रोक लगाइएको मुद्रा चलन चल्तीमा ल्याउन नहुनेपृ. १०५
चलन चल्तीमा रहेको मुद्रालाई चलन चल्तीमा ल्याउन रोक लगाउने गरी कानून बमोजिम अधिकार प्राप्त अधिकारीको आदेश भएकोमा त्यस्तो आदेश प्रतिकूल हुने गरी त्यसरी रोक लगाइएको मुद्रा चलन चल्तीमा ल्याउन,
उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई एक वर्षसम्म कैद वा दश हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ र त्यसरी चलन चलाएको, लेनदेन गरेको वा राखेको मुद्रा समेत जफत हुनेछ।
६ भौतिक मुद्राको प्रयोग गर्न नहुनेपृ. १०५
नेपाल राष्ट्र बैङ्कले जारी गर्ने मुद्रा बाहेक कसैले पनि नेपालमा प्रयोग गर्ने, गराउने वा नेपालभित्र वा बाहिरको व्यावसायिक कारोबारको भुक्तानी लिने, दिने वा हिसाब मिलान गर्ने वा अन्य कुनै प्रयोजनको लागि मुद्राको नाम लिई वा नलिई अभौतिक (भर्चुअल) मुद्राको उत्पादन, बिक्री, कारोबार, सटही वा स्थानान्तरण गर्न, राख्न (होल्ड गर्न) वा त्यस्तो मुद्रा जारी वा हस्तान्तरण गर्न वा गराउन हुँदैन। स्पष्टीकरणः यस दफाको प्रयोजनको लागि “अभौतिक (भर्चुअल) मुद्रा” भन्नाले क्रिप्टोग्राफी वा अन्य कुनै तरिकाले सिर्जना वा उत्पादन गरिएको विद्युतीय माध्यमबाट मूल्य दर्शाउने वा मूल्यको प्रतिनिधित्व गर्ने व्यापारिक क्रियाकलापमा महत्व वा उपादेयता रहेको वा मूल्य वा खाताको एकाइमा सञ्चित वा भण्डारण गर्न सकिने सूचना,
उपदफा (१) विपरीत कसैले कुनै व्यावसायिक कारोबारको वास्तविक हिसाब किताब नदेखिने गरी सो सम्बन्धी रकम कुनै पनि माध्यमबाट भुक्तानी लिने दिने गर्नु हुँदैन।
कसैले उपदफा (१) वा (२) बमोजिमको कसूर गरेमा बिगो र सोबाट बढे वा बढाएको सम्पत्ति समेत जफत गरी पाँच वर्षसम्म कैद र बिगो बमोजिम जरिबाना हुनेछ।
बैङ्क नोट वा सिक्का जलाउन,गाल्न,च्यात्न वा बैङ्क नोटमा लेख्न नहुने पृ. १०६
अधिकार प्राप्त अधिकारीको आदेश विना कसैले मुद्राको रुपमा ग्राह्य भएको बैङ्क नोट वा सिक्कालाई जलाउन वा त्यसलाई काम नलाग्ने गरी गाल्न वा च्यात्न हुँदैन।
कसैले बैङ्क नोटमा लेख्न वा कोर्न हुँदैन।
उपदफा (१) वा (२) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई तीन महिनासम्म कैद र पाँच हजार रुपैयाँसम्म जरिबाना हुनेछ।
झुत्रो बैङ्क नोट दुरुपयोग गर्न नहुनेपृ. १०६
मुद्राको रुपमा ग्राह्य भएको बैङ्क नोट झुत्रो भई वा अक्षर,
उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँसम्म जरिबाना हुनेछ।
जफत हुनेपृ. १०७
यस परिच्छेद बमोजिमको कसूर गर्न प्रयोग भएको मुद्रा,
हदम्यादपृ. १०७
यस परिच्छेद अन्तर्गतको कसूरमा त्यस्तो कसूर भएको कुरा थाहा पाएको मितिले एक वर्ष नाघेपछि उजुर लाग्ने छैन।
परिच्छेद–२३टिकट सम्बन्धी कसूर
खोटा टिकट बनाउन वा चलन गर्न नहुनेपृ. १०७
कसैले सद्दे सरह चलन गर्ने नियतले खोटा टिकट बनाउन वा बनाउने उद्योग गर्न,
“टिकट” भन्नाले हुलाक टिकट वा लिखतमा टाँसिने राजस्व सम्बन्धी अन्य टिकट सम्झनु पर्छ र सो शब्दले खाम,
“खोटा टिकट” भन्नाले खण्ड (क) मा उल्लेख गरिए बमोजिमको टिकट हो भन्ने भान पार्ने गरी अनधिकृत रुपमा बनाएको नक्कली टिकट सम्झनु पर्छ र सो शब्दले एकपटक प्रयोग भइसकेको टिकट समेतलाई जनाउँछ।
उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई पाँच वर्षसम्म कैद र पचास हजार रुपैयाँसम्म जरिबाना हुनेछ।
खोटा टिकट बनाउने औजार खरिद, बिक्री, मर्मत इत्यादी गर्न नहुनेपृ. १०७
खोटा टिकट बनाउने काममा प्रयोग हुन्छ भन्ने जानीजानी वा विश्वास गर्नु पर्ने मनासिब कारण भई कसैले कुनै औजार वा अन्य कुनै सामान बनाउन,
उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई पाँच वर्षसम्म कैद र पचास हजार रुपैयाँसम्म जरिबाना हुनेछ।
प्रयोग भएको टिकट पुनः प्रयोगमा ल्याउन नहुनेपृ. १०७
एक पटक प्रयोग भइसकेको टिकट हो भन्ने जानीजानी त्यस्तो टिकट कसैले पुनः सद्दे सरह प्रयोग गर्न,
उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई एक वर्षसम्म कैद वा दश हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ।
सार्वजनिक लिखतमा प्रयोग भएको टिकट उप्काउन नहुनेपृ. १०८
कसैले कुनै सार्वजनिक लिखतमा प्रयोग भएको कुनै टिकट उप्काउन वा उप्काउने उद्योग गर्न हुँदैन।
उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई छ महिनासम्म कैद वा पाँच हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ।
जफत हुनेपृ. १०८
यस परिच्छेद बमोजिमको कसूर गर्न प्रयोग भएको टिकट,
हदम्यादपृ. १०८
यस परिच्छेद अन्तर्गतको कसूरमा त्यस्तो कसूर भएको कुरा थाहा पाएको मितिले एक वर्ष नाघेपछि उजुर लाग्ने छैन।
परिच्छेद–२४नापतौल सम्बन्धी कसूर
नाप्ने वा तौलने साधन नक्कली बनाउन वा चलन गर्न नहुनेपृ. १०८
कसैले नाप्ने,
उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँसम्म जरिबाना हुनेछ।
उपदफा (१) बमोजिम बनाएको,
नाप्ने, तौलने वा गुणस्तर निर्धारण गर्ने साधन कपटपूर्ण प्रयोग गर्न नहुनेपृ. १०९
कसैले कुनै व्यवसाय,
उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँसम्म जरिबाना हुनेछ।
हदम्यादपृ. १०९
यस परिच्छेद अन्तर्गतको कसूरमा त्यस्तो कसूर भएको कुरा थाहा पाएको मितिले तीन महिना नाघेपछि उजुर लाग्ने छैन।
परिच्छेद–२५लिखत सम्बन्धी कसूर
कीर्ते गर्न नहुनेपृ. १०९
कसैले कीर्ते गर्न वा गराउन हुँदैन।
उपदफा (१) को प्रयोजनको लागि कसैले सर्वसाधारण वा कसैलाई कुनै हानि,
“लिखत” भन्नाले लिखतमा लागेको सही,
“झुठ्ठा लिखत बनाउने काम” भन्नाले देहायको कुनै काम सम्झनु पर्छः-
जुन अधिकारी वा व्यक्तिले लिखत बनाएको,
विना अधिकार वा वेइमानीपूर्वक कुनै लिखत वा विद्युतीय अभिलेखमा कुनै कुरा थपी,
मानसिक अस्वस्थताको कारणबाट होस ठेगानमा नभएको,
एक कामको लागि सहीछाप गरी लिफा,
उपदफा (१) बमोजिमको कसूर गर्ने व्यक्तिलाई देहाय बमोजिमको सजाय हुनेछः-
राष्ट्रपतिबाट प्रमाणीकरण भएको लिखत कीर्ते गर्नेलाई दश वर्षसम्म कैद र एक लाख रुपैयाँसम्म जरिबाना,
प्रदेश प्रमुखबाट प्रमाणीकरण भएको लिखत कीर्ते गर्नेलाई खण्ड (क) बमोजिमको कैद र जरिबाना,
अदालतको फैसला वा आदेश कीर्ते गर्नेलाई आठ वर्षसम्म कैद र असी हजार रुपैयाँसम्म जरिबाना,
खण्ड (क) र (ख) मा लेखिएदेखि बाहेक अन्य सरकारी वा सार्वजनिक लिखत कीर्ते गर्नेलाई सात वर्षसम्म कैद र सत्तरी हजार रुपैयाँसम्म जरिबाना,
खण्ड (क),
कसैले कीर्ते गरी प्राप्त गरेको सम्पत्ति लिई मासिसकेको रहेछ भने निजलाई उपदफा (३) बमोजिमको सजायको अतिरिक्त विगो बमोजिमको थप जरिबाना समेत हुनेछ।
कसैले कीर्ते गरी कुनै सम्पत्ति प्राप्त गरेको रहेछ भने निजले त्यस्तो सम्पत्ति सम्बन्धित धनीलाई फिर्ता गर्नु पर्नेछ र त्यस्तो सम्पत्ति मासिसकेको रहेछ भने कसूरदारको अन्य जायजातबाट त्यसको बिगो धनीलाई भराई दिनु पर्नेछ।
कीर्ते लिखत सद्दे सरह राख्न वा व्यवहारमा ल्याउन नहुनेपृ. १११
कीर्ते लिखत हो भन्ने जानीजानी वा विश्वास गर्नु पर्ने मनासिब कारण भई कसैले बेइमानीपूर्वक त्यस्तो लिखत सद्दे सरह व्यवहार गर्ने नियतले साथमा राख्नु हुँदैन।
उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँसम्म जरिबाना हुनेछ।
कीर्ते लिखत हो भन्ने जानीजानी वा विश्वास गर्नु पर्ने मनासिब कारण भई कसैले त्यस्तो लिखत सद्दे सरह व्यवहारमा ल्याएमा निजलाई त्यस्तो लिखत कीर्ते गरे सरहको सजाय हुनेछ।
कीर्ते लिखत बनाउने औजार बनाउन नहुनेपृ. १११
कसैले कीर्ते लिखत खडा गर्ने वा बनाउने काममा प्रयोग गर्ने नियतले वा त्यस्तो काममा प्रयोग हुन सक्छ भन्ने जानीजानी वा विश्वास गर्नु पर्ने मनासिब कारण भई कीर्ते लिखत बनाउने छाप वा अन्य कुनै औजार बनाउन,
उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई चार वर्षसम्म कैद र चालीस हजार रुपैयाँसम्म जरिबाना हुनेछ।
जालसाजी गर्न नहुनेपृ. १११
कसैले जालसाजी गर्न वा गराउन हुँदैन।
उपदफा (१) को प्रयोजनको लागि कीर्ते मानिने कसूर बाहेक कसैको हक मेट्ने,
उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई तीन वर्षसम्म कैद वा तीस हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ।
कसैले जालसाजी गरी प्राप्त गरेको सम्पत्ति लिई मासिसकेको रहेछ भने निजलाई उपदफा (३) बमोजिमको सजायको अतिरिक्त विगो बमोजिमको थप जरिबाना समेत हुनेछ।
कसैले जालसाजी गरी कुनै सम्पत्ति प्राप्त गरेको रहेछ भने निजले त्यस्तो सम्पत्ति सम्बन्धित धनीलाई फिर्ता गर्नु पर्नेछ र त्यस्तो सम्पत्ति मासिसकेको रहेछ भने कसूरदारको अन्य जायजातबाट त्यसको बिगो धनीलाई भराई दिनु पर्नेछ।
जालसाजी लिखत सद्दे सरह व्यवहारमा ल्याउन नहुनेपृ. ११२
कसैले जालसाजी लिखत हो भन्ने थाहा पाई वा थाहा पाउनु पर्ने मनासिब कारण भई त्यस्तो लिखत सद्दे सरह व्यवहारमा ल्याउन हुँदैन।
उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई जालसाजी गरे सरहको सजाय हुनेछ।
मतियार मानी सजाय हुनेपृ. ११२
कीर्ते कागज हो भनी जानीजानी साक्षी बस्ने वा लिखत लेख्ने व्यक्तिलाई कीर्ते कसूरको मतियार मानिनेछ।
उपदफा (१) बमोजिमको मतियारलाई १दफा २७६ को उपदफा (३) मा उल्लिखित सजायको आधा सजाय हुनेछ।
क्षतिपूर्ति भराई दिनु पर्नेपृ. ११२
यस परिच्छेद बमोजिमको कसूरबाट कसैलाई हानि,
हदम्यादपृ. ११२
सार्वजनिक लिखत कीर्ते गरेकोमा थाहा पाएको मितिले दुई वर्ष र यस परिच्छेद अन्तर्गतको अन्य कसूरमा त्यस्तो कसूर भएको कुरा थाहा पाएको मितिले छ महिना नाघेपछि उजुर लाग्ने छैन।
परिच्छेद–२६आपराधिक प्रवेश तथा आपराधिक उपद्रव सम्बन्धी कसूर
आपराधिक प्रवेश गर्न नहुनेपृ. ११२
कसैले कसैको सम्पत्तिमा आपराधिक प्रवेश गर्न वा गराउन हुँदैन।
उपदफा (१) को प्रयोजनको लागि कसैले देहायको कुनै काम गर्ने नियतले हूल हुज्जत गरी वा नगरी अनधिकृत रुपमा अर्काको स्वामित्व वा कब्जामा रहेको कुनै सम्पत्तिमा त्यस्तो व्यक्तिको अनुमति नलिई प्रवेश गरेमा वा अनुमति लिई प्रवेश गरेकोमा त्यस्तो कुनै काम गर्ने नियतले सो सम्पत्तिमा बसिरहेमा, ओगटेमा वा सम्पत्ति उपभोग गरी रहेमा निजले आपराधिक प्रवेश गरेको मानिनेछः-
कुनै कसूर गर्ने,
जुन व्यक्तिको स्वामित्व वा कव्जामा सम्पत्ति रहेको छ त्यस्तो व्यक्तिलाई डरत्रास देखाउने,
उपदफा (१) बमोजिमको कसूर गर्ने व्यक्तिलाई देहाय बमोजिमको सजाय हुनेछः-
उपदफा (२) को खण्ड (क) को प्रयोजनका लागि आपराधिक प्रवेश गर्नेलाई त्यस्तो कसूरको उद्योग गरे सरहको सजाय,
उपदफा (२) को खण्ड (ख) को उद्देश्यले कुनै सरकारी कार्यालय वा मानिस बसोबास गरेको घरमा प्रवेश गरेको भए छ महिनासम्म कैद वा पाँच हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय। स्पष्टीकरणः यस दफाको प्रयोजनको लागिः
अस्थायी बसोबास गरेको ठाउँलाई पनि घर मानिनेछ।
सनातनदेखि प्रयोग गर्दै आएको बाटो,
आपराधिक उपद्रव गर्न नहुनेपृ. ११३
कसैले आपराधिक उपद्रव गर्न वा गराउन हुँदैन।
उपदफा (१) को प्रयोजनको लागि कसैले देहायको कुनै काम गरेमा निजले आपराधिक उपद्रव गरेको मानिनेछः-
नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तह, नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको पूर्ण वा अधिकांश स्वामित्व वा नियन्त्रण रहेको सङ्गठित संस्था,
सार्वजनिक वा निजी ढल,
अधिकार प्राप्त अधिकारीको आदेशले बाहेक सार्वजनिक सुविधाको लागि राखिएको कुनै सङ्केत वा चिह्न नासेमा,
झुटो अफवाह फैलाएर वा अरुलाई धोका हुने कुनै साधनको प्रयोग गरेर अर्काको काम कारोबार वा व्यवसायमा बाधा पुर्याएमा वा अर्काको व्यापारको ख्यातिलाई क्षति पुर्याएमा,
अर्काको चिठ्ठी,
उपदफा (१) बमोजिमको कसूर गर्ने व्यक्तिलाई देहाय बमोजिमको सजाय हुनेछः-
नेपाल सरकारले संरक्षण गरेको वा कानून बमोजिम संरक्षित कुनै वन्यजन्तु वा वनस्पतिको प्रजातिको अस्तित्व नै विनाश गर्ने उद्देश्यले राष्ट्रिय निकुञ्ज वा आरक्ष वा संरक्षित क्षेत्र,
खण्ड (क) मा लेखिए बाहेकका ऐतिहासिक, पुरातात्विक वा धार्मिक स्मारक वा स्तम्भ, सार्वजनिक वा सरकारी महत्वका कागजात रहेको भवन वा तहविल रहेको अदालत, संवैधानिक निकाय,
खण्ड (क) वा (ख) मा लेखिएदेखि बाहेक अन्य कुनै काम गरी कुनै सार्वजनिक सम्पत्तिमा क्षति पुर्याई आपराधिक उपद्रव गरेको भए चार वर्षसम्म कैद र चालीस हजार रुपैयाँसम्म जरिबाना,
कसैको घर, कार्यालय वा कुनै सम्पतिमा आगो लगाई वा विष्फोटक पदार्थ प्रयोग गरी आपराधिक उपद्रव गरेकोमा दुई वर्षदेखि पाँच वर्षसम्म कैद र बीस हजारदेखि पचास हजार रुपैयाँसम्म जरिबाना,
खण्ड (क),
यस दफा बमोजिमको कसूरबाट कसैलाई हानि, नोक्सानी भएमा हानि, नोक्सानी भएको विगो बराबरको क्षतिपूर्ति कसूरदारबाट पीडितलाई भराई दिनु पर्नेछ।
लुटपिट गर्न नहुनेपृ. ११५
कसैले लुटपिट गर्नु वा गराउनु हुँदैन।
उपदफा (१) को प्रयोजनका लागि कसैले आफ्नो हक नपुग्ने वा अन्य कसैको स्वामित्व,
उपदफा (१) बमोजिमको कसूर गर्ने व्यक्तिलाई तीन महिनासम्म कैद वा लुटपिट गरेको विगोको पच्चीस प्रतिशतसम्म जरिबाना वा दुवै सजाय हुनेछ र लुटपिट भएको सम्पतिको विगो कसूरदारबाट पीडितलाई भराई दिनु पर्नेछ।
कसूर गरी प्राप्त गरेको सम्पत्ति लिन नहुनेपृ. ११५
कुनै कसूर गरी प्राप्त गरेको सम्पत्ति हो भन्ने जानीजानी वा विश्वास हुने कुनै मनासिब कारण भई कसैले कुनै सम्पत्ति लिन,
उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई पाँच वर्ष कैद वा पचास हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ ।
उपदफा (१) बमोजिम लिए राखेको वा खरिद बिक्री गरेको सम्पत्ति सो सम्पत्तिको धनीलाई फिर्ता गर्नु पर्नेछ।
हदम्यादपृ. ११६
दफा २८४ र २८५ अन्तर्गतको कसूर त्यस्तो कसूर भएको मितिले छ महिनाभित्र र दफा २८६ को अन्तर्गतको कसूरमा सो भए गरेको मितिले तीन महिनाभित्र र यस परिच्छेद अन्तर्गतको अन्य कसूर त्यस्तो कसूर भएको कुरा थाहा पाएको मितिले तीन महिना नाघेपछि उजुर लाग्ने छैन।
परिच्छेद–२७पशुपक्षी सम्बन्धी कसूर
गाई, गोरु मार्न वा कुट्न नहुनेपृ. ११६
कसैले गाई वा गोरु मार्ने वा कुनै चोट पुर्याउने नियतले कुनै काम गर्नु वा गराउनु हुँदैन।
उपदफा (१) बमोजिमको कामबाट कुनै गाई वा गोरु मर्न गएमा त्यस्तो कसूर गर्ने व्यक्तिलाई तीन वर्ष सम्म कैद हुनेछ।
कसैले गाई वा गोरुलाई कुटी अङ्गभङ्ग पारेमा निजलाई छ महिनासम्म कैद र अन्य चोट पुर्याएमा पचास हजार रुपैयाँसम्म जरिबाना हुनेछ।
उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि कसैले कुनै गाई वा गोरुले आफ्नो वा अरुको जिउ वा ज्यानमा पुर्याउन लागेको क्षति बचाउन आवश्यक परेको कुनै काम गर्दा त्यस्तो गाई वा गोरु मर्न गएमा वा त्यस्तो गाई वा गोरुलाई कुनै चोट पुग्न गएको रहेछ भने यस दफा बमोजिम कसूर गरेको मानिने छैन।
पशुपक्षी प्रति निर्दयी व्यवहार गर्न नहुनेपृ. ११६
कसैले कुनै पशुपक्षीलाई कुटी,
तर पशुपक्षीलाई कुनै काम गर्न सिकाउने,
उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई तीन महिनासम्म कैद वा पाँच हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ।
सार्वजानिक स्थलमा पशु वा पक्षी मार्न नहुनेपृ. ११७
यस संहितामा अन्यथा व्यवस्था भएकोमा बाहेक कसैले पनि कुनै पशु वा पक्षीलाई परम्परादेखि बली दिँदै आएको धार्मिक स्थल बाहेक अन्य कुनै पनि सार्वजनिक स्थलमा मार्नु हुँदैन।
तर परम्परादेखि नै पशु वा पक्षीको बध गर्न चली आएको मेला,
उपदफा (१) बमोजिम बली दिनुपर्दा परम्परादेखि बली दिदै आएको धार्मिकस्थल बाहेक अन्य सार्वजनिक वा धार्मिकस्थलमा पशु वा पक्षीको बली दिन सकिने छैन।
उपदफा (१) बमोजिम पशु वा पछीको बली दिनुपर्दा पशु वा पक्षीको बलीको विकल्पमा हुन सक्ने अन्य उपाय भएमा त्यस्तो उपाय अवलम्बन गर्नु पर्नेछ।
उपदफा (३) बमोजिमको उपाय अपनाउन सम्भव नभई पशु वा पक्षीको बली दिनु परेमा त्यस प्रयोजनका लागि सम्बन्धित धार्मिक स्थलका व्यवस्थापकले निर्धारण गरेको ठाँउमा र निर्धारण गरेको विधि बमोजिम बली दिने काम गर्नु पर्नेछ।
यस दफा बमोजिम कसूर गर्ने वा गराउने व्यक्तिलाई एक महिनासम्म कैद वा पाँच हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ।
हदम्यादपृ. ११७
दफा २९० अन्तर्गतको कसूरमा त्यस्तो कसूर भएको मितिले र यस परिच्छेद अन्तर्गतको अन्य कसूरमा त्यस्तो कसूर भएको कुरा थाहा पाएको मितिले तीन महिना नाघेपछि उजुर लाग्ने छैन।
भाग–३वैयक्तिक गोपनीयता तथा प्रतिष्ठा विरुद्वको कसूर
परिच्छेद–१गोपनीयता विरुद्धका कसूर
अर्काको कुरा सुन्न वा ध्वनी अङ्कन गर्न नहुनेपृ. ११७
कसैले दुई वा दुईभन्दा बढी व्यक्तिहरुका बिचमा भएका कुनै कुरा अधिकार प्राप्त अधिकारीको अनुमतिले वा त्यसरी कुरा गर्ने व्यक्तिहरुको मञ्जुरी विना कुनै यान्त्रिक उपकरणको प्रयोग गरेर सुन्न वा त्यस्तो कुराको ध्वनी अङ्कन गर्न हुँदैन।
उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई दुई वर्षसम्म कैद वा बीस हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ।
तर सार्वजनिक रुपमा गरिएको भाषण वा वक्तव्यको हकमा यो दफा लागू हुने छैन।
गोप्य कुरा प्रकट गर्न नहुनेपृ. ११८
कसैले आफ्नो व्यावसायिक कामको सिलसिलामा कुनै व्यक्तिबाट थाहा पाएको निजको कुनै गोप्य कुरा कानूनले वाध्य गराएको वा त्यस्तो व्यक्तिले अनुमति दिएको अवस्थामा बाहेक कसैलाई पनि प्रकट गर्न हुँदैन।
उपदफा (१) बमोजिमको कसूर गर्ने व्यक्तिलाई एक वर्षसम्म कैद वा दश हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ।
अनुमति विना कुनै व्यक्तिको तस्वीर खिच्न वा तस्वीरको स्वरुप बिगार्न नहुनेपृ. ११८
कसैले कुनै व्यक्तिको अनुमति विना निजको तस्वीर खिच्न वा निजको तस्वीरसँग अरु कसैको तस्वीर राखी अर्को तस्वीर बनाउन हुँदैन।
तर कसैले कुनै सार्वजनिक स्थानको तस्वीर खिच्दा त्यस्तो स्थानमा रहेको कुनै व्यक्ति समेतको तस्वीर खिचिन गएको रहेछ भने यस दफा बमोजिम कसूर गरेको मानिने छैन।
उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई एक वर्षसम्म कैद वा दश हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ।
कसैले एकको तस्वीरको केही भाग अर्को व्यक्तिको अर्को भागसँग राखी वा अन्य कुनै किसिमले विकृत रुपको तस्वीर बनाउन वा प्रकाशन गर्न हुँदैन।
उपदफा (३) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई दुई वर्षसम्म कैद वा बीस हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ।
अनुमति विना एकको तस्वीर अरुलाई दिन वा बिक्री गर्न नहुनेपृ. ११८
कसैले कुनै व्यक्तिको तस्वीर निजको अनुमति विना अरुलाई दिन वा बिक्री गर्न वा निजलाई झिझ्याउन वा सताउने,
उपदफा (१) बमोजिको कसूर गर्ने वा गराउने व्यक्तिलाई तीन वर्षसम्म कैद वा तीस हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ।
चिठ्ठी खोल्न वा टेलिफोनमा गरेको कुरा सुन्न नहुनेपृ. ११८
अधिकार प्राप्त अधिकारी वा सम्बन्धित व्यक्तिको अनुमति विना कसैको चिठ्ठी खोल्न वा अरुले टेलिफोनमा गरेको कुरा कुनै यान्त्रिक उपकरणको प्रयोग गरेर बिचमा सुन्न वा ध्वनी अङ्कन गर्न हुँदैन।
उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई दुई वर्षसम्म कैद वा बीस हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ।
विद्युतीय माध्यमद्वारा गोपनीयता भङ्ग गर्न नहुनेपृ. ११९
कसैले विद्युतीय माध्यममा रहेको वा प्रवाह हुने सूचना,
उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई दुई वर्षसम्म कैद वा बीस हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ।
छलकपटपूर्ण टेलिफोन वा सन्देश प्रवाह गर्न नहुनेपृ. ११९
कसैले आफ्नो परिचय दिई वा नदिई कसैलाई छल्ने,
उपदफा (१) बमोजिमको कसूर गर्ने व्यक्तिलाई दुई वर्षसम्म कैद वा बीस हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ।
हैरान पार्ने बद्नियतले चिठ्ठी पत्र लेख्न नहुनेपृ. ११९
कसैलाई डर,
उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई एक वर्षसम्म कैद वा दश हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ।
अरुको शरीर खानतलासी गर्न नहुनेपृ. ११९
कानून बमोजिम अधिकार प्राप्त अधिकारी वा निजको आदेश वा सुरक्षाको प्रयोजनका लागि खटिएको व्यक्तिले अधिकार प्राप्त अधिकारीको अनुमतिले बाहेक कसैले सम्बन्धित व्यक्तिको स्वीकृति विना अरुको शरीर, सवारी साधन वा निजी प्रयोगका वस्तुहरुको खानतलासी गर्न वा गराउन हुँदैन।
उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई एक वर्षसम्म कैद वा दश हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ।
अरुको आवासमा अनाधिकृत प्रवेश गर्न नहुनेपृ. ११९
कानून बमोजिम अधिकार प्राप्त अधिकारी वा निजको आदेशले बाहेक कसैले अरुको घरमा सम्बन्धित घर धनीको स्वीकृति विना अनधिकृत रुपमा प्रवेश गर्न,
उपदफा (१) बमोजिमको कसूर गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैद वा तीस हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ।
क्षतिपूर्ति भराई दिनु पर्नेपृ. १२०
यस परिच्छेद बमोजिमको कसूर गरी कसैले कुनै लाभ प्राप्त गरेको वा कसैलाई कुनै किसिमको हानि,
हदम्यादपृ. १२०
यस परिच्छेद अन्तर्गतको कसूरमा कसूर भए गरेको मितिले तीन महिना नाघेपछि उजुर लाग्ने छैन।
परिच्छेद–२गाली बेइज्जती सम्बन्धी कसूर
गाली गर्न नहुनेपृ. १२०
कसैले कसैलाई गाली गर्न हुँदैन।
उपदफा (१) को प्रयोजनको लागि कसैले कसैलाई होच्याउने नियतले बोली वा वचनले अपमानजनक शब्द प्रयोग गरेमा निजले गाली गरेको मानिनेछ।
उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई एक वर्षसम्म कैद वा दश हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ।
बेइज्जती गर्न नहुनेपृ. १२०
कसैले कसैको बेइज्जती गर्न हुँदैन।
उपदफा (१) को प्रयोजनको लागि कसैले देहाय बमोजिमको काम गरेमा निजले बेइज्जती गरेको मानिनेछः-
अरुको इज्जतमा धक्का पुर्याउने नियतले वा धक्का पुग्न सक्छ भन्ने जानीजानी वा विश्वास गर्ने मनासिब कारण भई लेखेर,
मृतकलाई कुनै आक्षेप लगाइएकोमा त्यस्तो आक्षेप लगाउँदाका बखत निज जीवित रहेको भए निजको इज्जतमा धक्का पुग्ने रहेछ भन्ने जानीजानी निजको परिवार वा नजिकको अन्य नातेदारहरुको भावनामा चोट पुर्याउने नियतले कुनै आक्षेप लगाएकोमा,
...............
उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि देहायको कामलाई बेइज्जती मानिने छैनः-
सर्वसाधारणको हितको लागि प्रमाण र आधार सहित कुनै व्यक्तिसँग सम्बन्धित साँचो कुरा प्रकाशन वा प्रशारण गर्नु,
कुनै राष्ट्रसेवकले आफ्नो ओहदाको कर्तव्य पालना गर्दा निजको आचरणलाई लिएर वा त्यस्तो आचरणबाट बुझिनेसम्मको मात्र निजको चरित्रलाई लिएर असल नियतले मर्यादित ढङ्गबाट कुनै कुरा प्रकाशन गर्नु,
कुनै व्यक्तिको सार्वजनिक पद वा ओहोदाको महत्वसँग सम्बन्ध राख्ने आचरण र त्यस्तो आचरणबाट बुझिनेसम्मको निजको चरित्रलाई लिएर असल नियतले कुनै विचार प्रकट गर्नु,
कुनै कुरा गर्ने व्यक्तिले सर्वसाधारणको रायको लागि कुनै कुरा पेश गरेकोमा त्यस्तो कुराको गुण वा दोषलाई लिएर वा सो हदसम्म मात्र त्यस्तो कुरा गर्ने व्यक्तिको चरित्रलाई लिएर असल नियतले मर्यादित ढङ्गबाट कुनै विचार प्रकट गर्नु,
कुनै व्यक्तिको अर्को कुनै व्यक्ति उपर कानूनद्वारा वा निजसँग भएको करारद्वारा कुनै अधिकार भएकोमा निजले सो अधिकार सम्बन्धी काम कुरामा त्यस्तो व्यक्तिको आचरणमा असल नियतले कुनै खोट लगाउनु,
कानून बमोजिम कुनै कसूरको अनुसन्धान गर्नु वा त्यस्तो आधारमा निजलाई कानून बमोजिम अभियोग लगाउनु,
कसैलाई निजको हितको लागि,
सार्वजनिक हित, सदाचार वा नैतिकताको लागि असल नियतले कसैको कुनै कार्य,
बेइज्जती गरेमा हुने सजायपृ. १२२
कसैले कसैको बेइज्जती गरे वा गराएमा निजलाई दुई वर्षसम्म कैद वा बीस हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ।
तर विद्युतीय वा अन्य आम सञ्चारका माध्यमबाट बेइज्जती गरे वा गराएमा त्यस्तो सजायमा थप एक वर्षसम्म कैद र दश हजार रुपैयाँसम्म जरिबाना हुनेछ।
कसैले कसैलाई बेइज्जती गरे वा गराएको ठहरिएमा बेइज्जती गरिएको व्यक्तिलाई कसूरको गम्भीरता,
मरिसकेको कुनै व्यक्तिलाई यस परिच्छेद बमोजिम बेइज्जती गरेको ठहरिएमा कसूरदारबाट त्यस्तो बेइज्जतीबाट भावनामा चोट लागेको निजको नजिकको हकवालालाई त्यस्तो क्षतिपूर्ति र मुद्दामा लागेको खर्चको रकम भराई दिनु पर्नेछ।
हदम्यादपृ. १२२
यस परिच्छेद अन्तर्गतको कसूर भएको कुरा थाहा पाएको मितिले तीन महिना नाघेपछि उजुर लाग्ने छैन।
संशोधन टिप्पणी
मूल प्रतिमा चिह्न लगाइएका शब्द यस प्रतिमा यसरी देखाइएका छन्; टिप्पणी मूल प्रतिकै हुन्।
- १. मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने ऐन, २०७५ द्वारा संशोधित।
- २. सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्ने ऐन, २०८० द्वारा संशोधित।
- ३. फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने ऐन, २०७९ द्वारा थपिएको।
- ४. मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने ऐन, २०७५ द्वारा थप।
- ५. फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने ऐन, २०७९ द्वारा थप।
- ६. सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्ने ऐन, २०८० द्वारा थप।
- ७. मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने ऐन, २०७५ द्वारा झिकिएको।
- ८. फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने ऐन, २०७९ द्वारा झिकिएको।
- ९. फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने ऐन, २०७९ द्वारा संशोधित।
- १०. यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्न बनेको ऐन, २०७९ द्वारा थप।
- ११. यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्न बनेको ऐन, २०७९ द्वारा संशोधित।
- १२. मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने ऐन, २०८० द्वारा थप।
स्रोत
- नेपाल कानुन आयोग, मुलुकी अपराध संहिता, २०७४ (आयोगको पाना)।
- आयोगको PDF प्रति; इन्टरनेट आर्काइभमा सुरक्षित प्रति, मिति २०२६-०९-२९। हरेक दफाको शीर्षकको दायाँपट्टिको “पृ.” आयोगको PDF प्रतिकै पृष्ठ हो; त्यसले सुरक्षित प्रतिको त्यही पृष्ठ खोल्छ (सरकारी साइट धेरैजसो खुल्दैन)।
- पाठ लिइएको मिति: २०२६-११-२१। PDF का अक्षर फन्टबाटै पढिएका हुन्, र हरेक शब्द सोही फन्टमा फेरि लेखेर मूलसँग मिलाइएको छ (३२९४४/३२९८२ शब्द मिले)।
- मूल प्रतिको पाठमा फन्टका कारण गलत अक्षर परेका वा छपाइमा केही छुटेका यी ठाउँ पानाकै छविसँग हेरेर सच्याइएका छन्:
- पृष्ठ १३: ३७. हदम्याद लागू हुनेः
- पृष्ठ ७: त्यस्तो
- पृष्ठ १७: वर्ष
- पृष्ठ १८: सोर्ह
- पृष्ठ १९: गर्दा
- पृष्ठ २५: रुपैयाँसम्म
- पृष्ठ २८: हूलदंगा
- पृष्ठ ३९: र्याल
- पृष्ठ ३९: हेलचेक्र्याइँबाट
- पृष्ठ ४३: व्यक्तिलाई
- पृष्ठ ४४: ज्ञानवर्द्धक
- पृष्ठ ४७: त्यस्तो
- पृष्ठ ४८: त्यसको
- पृष्ठ ४८: रुपैयाँसम्म
- पृष्ठ ५१: त्यसको
- पृष्ठ ६०: रुपैयाँसम्म
- पृष्ठ ६२: व्यक्तिलाई
- पृष्ठ ६२: भएको
- पृष्ठ ६४: रुपैयाँदेखि
- पृष्ठ ६५: पुर्याएमा
- पृष्ठ ६५: गर्ने
- पृष्ठ ६६: व्यक्तिलाई
- पृष्ठ ६८: रुपैयाँसम्म
- पृष्ठ ७०: हेलचक्र्याईं
- पृष्ठ ७०: हेलचक्र्याइपूर्ण
- पृष्ठ ७३: पुर्याएमा
- पृष्ठ ७६: पुर्याएमा
- पृष्ठ ७७: हेलचेक्र्याइँ
- पृष्ठ ८४: पुर्याएमा
- पृष्ठ ८८: पुनर्स्थापना
- पृष्ठ ८८: दुर्व्यवहार
- पृष्ठ ८९: दुर्व्यवहार
- पृष्ठ ९२: हेलचेक्र्याइँ
- पृष्ठ ९९: पुर्याएमा
- पृष्ठ १००: व्यक्तिलाई
- पृष्ठ १०१: व्यक्तिलाई
- पृष्ठ १०२: पुर्याएमा
- पृष्ठ १०२: पुर्याइदिने
- पृष्ठ १११: रुपैयाँसम्म
- पृष्ठ ११३: गर्नेलाई
- पृष्ठ ११३: हेलचेक्र्याइँ
- पृष्ठ ११३: पुर्याएमा
- पृष्ठ ११४: पुर्याएमा
- पृष्ठ ११६: सामर्थ्यभन्दा
- पृष्ठ १२१: साँचो
- पृष्ठ १२१: त्यस्तो
- पृष्ठ ९८: (१) यस परिच्छेद बमोजिमको कसूर
