नेपाल नागरिकता नियमावली, २०६३
- नेपाल राजपत्रमा प्रकाशित मिति
- २०६३।०८।२९
- संशोधन
- २०८२।०९।२१ सम्मका ४ संशोधनसहित
- स्रोत
- नेपाल कानुन आयोग (आयोगको पाना· सुरक्षित प्रति, २०२६-०७-१७)
यो पढ्न र लिङ्क गर्न सजिलो होस् भनेर राखिएको प्रति हो, अक्षर नबदली। आधिकारिक पाठ नेपाल कानुन आयोगको प्रति नै हो; हरेक नियममा त्यसको पृष्ठ दिइएको छ।
संशोधन भएका ठाउँमा अहिले लागु भएको पाठ देखाइएको छ। चिह्नले कुन ऐनले बदलेको भन्ने जनाउँछ; पुरानो पाठ यहाँ छैन।
विषयसूची (४४)
- १.संक्षिप्त नाम र प्रारम्भ
- २.परिभाषा
- ३.वंशजको नाताले नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गर्ने कार्यविधि
- ४...............
- ५.वैवाहिक सम्बन्धको आधारले अङ्गीकृत नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गर्ने कार्यविधि
- ६.निवेदकलाई जानकारी दिनु पर्ने
- ७.अङ्गीकृत नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गर्ने अन्य कार्यविधि
- ८.नागरिकताको प्रमाणपत्र जारी गर्ने अधिकारी
- ८क.गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्ने कार्यविधि
- ८ख.लैङ्गिक पहिचान खुलाउने
- ९.नेपाली नागरिकता त्याग गर्ने कार्यविधि
- १०.निर्णय गर्ने अधिकारी
- ११.पुनः नेपाली नागरिकता कायम गर्ने कार्यविधि
- १२.नागरिकता प्रमाणपत्र रद्द गर्ने कार्यविधि
- १३.नागरिकताको प्रमाणपत्रको अभिलेख राख्ने
- १४.विवरण सच्याउने कार्यविधि
- १५.नागरिकता टोली खटाउन सक्ने
- १६.कर्मचारीको परिवारले नागरिकताको प्रमाणपत्र प्राप्त गर्ने कार्यविधि
- १६क.नाबालक परिचयपत्र प्राप्त गर्ने
- १७.निर्देशिका र कार्यविधिसम्बन्धी व्यवस्था
- १८.अनुसूचीमा हेरफेर गर्न सक्ने
- १९.खारेजी र बचाउ
अनुसूची
संक्षिप्त नाम र प्रारम्भपृ. १
यी नियमहरूको नाम “नेपाल नागरिकता नियमावली, २०६३” रहेको छ।
यो नियमावली तुरुन्त प्रारम्भ हुनेछ।
परिभाषापृ. १
विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस नियमावलीमा,
“ऐन” भन्नाले नेपाल नागरिकता ऐन, २०६३ सम्झनु पर्छ।
“मन्त्रालय” भन्नाले नेपाल सरकार गृह मन्त्रालय सम्झनु पर्छ।
“स्थानीय तह” भन्नाले १................... गाउँपालिका वा नगरपालिका सम्झनु पर्छ र सो शब्दले उपमहानगरपालिका र महानगरपालिकासमेतलाई जनाउँछ।
वंशजको नाताले नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गर्ने कार्यविधिपृ. १
वंशजको नाताले नेपाली नागरिकताको प्रमाणपत्र लिन चाहने सोह्र वर्ष उमेर पूरा भएको नेपाली नागरिकले सम्बन्धित प्रमुख जिल्ला अधिकारीसमक्ष देहायका कागजात संलग्न राखी अनुसूची–१ बमोजिमको ढाँचामा निवेदन दिनु पर्नेछः-
बाबु वा आमा वा आफ्ना वंशतर्फका तीन पुस्ताभित्रको नातेदारको नेपाली नागरिकताको प्रमाणपत्र,
जन्मस्थान र नाता खुल्ने गरी सम्बन्धित स्थानीय तहले गरिदिएको सिफारिस वा जन्मदर्ता प्रमाणपत्र,
खण्ड (क) बमोजिम तीन पुस्ताभित्रको नातेदारको नागरिकताको प्रमाणपत्र पेश गरेको अवस्थामा उक्त नातेदारसँगको नाता खुल्ने नाता प्रमाणित पत्र,
उपनियम (१) बमोजिमका प्रमाण निवेदनसाथ पेश गर्न नसक्ने नेपाली नागरिकलाई देहायका कागजातका आधारमा नेपाली नागरिकताको प्रमाणपत्र दिन सकिनेछः
निवेदकका बाबु वा आमा नेपाली नागरिक भएकोले निज वंशजको नाताले नेपालको नागरिक भएको र नेपालमा जन्म भई निरन्तर रूपमा २नेपालभित्र स्थायी रूपमा बसोबास गरी आएको व्यहोरा खुल्ने गरी स्थानीय तहका ३पदाधिकारी वा सदस्यको रोहबरमा अनुसूची–३ बमोजिमको ढाँचामा नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त स्थानीय बासिन्दाहरूले गरिदिएको स्थलगत सर्जमिन,
३निवेदकलाई चिन्ने सोही वडामा बसोबास गर्ने कम्तीमा दुई जना नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेका व्यक्ति र सम्बन्धित स्थानीय तहको कम्तीमा एक जना पदाधिकारी वा सदस्यले अनुसूची–४ बमोजिमको ढाँचामा सर्जमिनस्थलमै गरिदिएको सनाखत।
तर नागरिकताको सिफारिस गर्ने वा नागरिकता प्रदान गर्ने अधिकारीलाई सनाखत गर्ने व्यक्तिले शंकास्पद रूपमा सनाखत गरेको लागेमा त्यस्तो अधिकारीले त्यस उपर थप छानबिन गर्न सक्नेछ।
नेपालभित्र फेला परेको पितृत्व र मातृत्वको ठेगान नभएको नेपाली नागरिकताको प्रमाणपत्र लिन चाहने सोह्र वर्ष उमेर पूरा भएको व्यक्तिले ऐनको दफा ८ को उपदफा (१) को खण्ड (ग) बमोजिमका कागजात संलग्न राखी अनुसूची-१ बमोजिमको ढाँचामा सम्बन्धित प्रमुख जिल्ला अधिकारीसमक्ष निवेदन दिनु पर्नेछ।
ऐनको दफा ३ को उपदफा (४) बमोजिम वंशजको आधारमा नेपालको नागरिकता लिन चाहने सोह्र वर्ष उमेर पूरा भएको व्यक्तिले देहायका कागजात संलग्न राखी अनुसूची-१ बमोजिमको ढाँचामा सम्बन्धित प्रमुख जिल्ला अधिकारी समक्ष निवेदन दिनु पर्नेछ:-
जन्मदर्ता प्रमाणपत्र,
बाबु र आमा दुवैको नेपाली नागरिकताको प्रमाणपत्र,
जन्मस्थान र नाता खुल्ने गरी सम्बन्धित स्थानीय तहले गरिदिएको सिफारिस।
५ऐनको दफा ३ को उपदफा (५) र (५क) बमोजिम नेपालको नागरिक आमाबाट नेपालमा जन्म भई नेपालमा नै बसोबास गरेको र बाबुको पहिचान हुन नसकेको सोह्र वर्ष उमेर पूरा भएको व्यक्तिले वंशजको आधारमा नेपालको नागरिकता लिन चाहेमा देहायका कागजात संलग्न राखी अनुसूची-१ बमोजिमको ढाँचामा सम्बन्धित प्रमुख जिल्ला अधिकारी समक्ष निवेदन दिनु पर्नेछ:-
जन्मदर्ता प्रमाणपत्र,
आमाको नेपाली नागरिकताको प्रमाणपत्र,
जन्मस्थान र नाता खुल्ने गरी सम्बन्धित स्थानीय तहले गरिदिएको सिफारिस,
निजको जन्म नेपालमा भई नेपालमा नै बसोबास गर्दै आएको र निजको बाबुको पहिचान हुन नसकेको व्यहोरा खुल्ने गरी सम्बन्धित स्थानीय तहले गरिदिएको सिफारिस,
बाबुको पहिचान हुन नसकेको व्यक्तिले र निजको आमाले अनुसूची-४क. बमोजिमको ढाँचामा प्रमुख जिल्ला अधिकारी वा निजले तोकेको अधिकृतसमक्ष गरेको स्वघोषणा, तर निवेदन दिँदाका बखत त्यस्तो व्यक्तिको आमाको मृत्यु भईसकेकोमा मृत्यु दर्ताको प्रमाणपत्र र होस ठेगानमा नरहेकोमा स्वीकृत चिकित्सकले गरेको सिफारिससहित निवेदकले गरेको अनुसूची-४क. बमोजिमको स्वघोषणा संलग्न गर्नु पर्नेछ।
ऐनको दफा ३ को उपदफा (६) बमोजिम वंशजको आधारमा नेपालको नागरिकता लिन चाहने सोह्र वर्ष उमेर पूरा भएको व्यक्तिले देहायका कागजात संलग्न राखी अनुसूची-१ बमोजिमको ढाँचामा सम्बन्धित प्रमुख जिल्ला अधिकारीसमक्ष निवेदन दिनु पर्नेछ:-
जन्मदर्ता प्रमाणपत्र,
आमाको नेपाली नागरिकताको प्रमाणपत्र वा आमा नेपाली नागरिक रहेको प्रमाण,
बाबुको नेपाली नागरिकताको प्रमाणपत्र,
जन्मस्थान र नाता खुल्ने गरी सम्बन्धित स्थानीय तहले गरिदिएको सिफारिस।
३उपनियम (१), (३), (३क), (३ख) वा (३ग) बमोजिम प्राप्त निवेदनउपर छानविन गर्दा निवेदक वंशजको नाताले नागरिकताको प्रमाणपत्र पाउन योग्य देखिएमा निजलाई वंशजको नाताले नागरिकताको प्रमाणपत्र जारी गर्न सकिनेछ।
पितृत्व र मातृत्वको ठेगान नभएको व्यक्तिको नागरिकताको प्रमाणपत्र जारी गर्दा कार्यालयको अभिलेखमा निजको पितृत्व र मातृत्वको ठेगान नभएको व्यहोरा जनाई निजले प्राप्त गर्ने नागरिकताको प्रमाणपत्रमा बाबु र आमाको नाम उल्लेख गर्नुपर्ने स्थानमा कुनै व्यहोरा उल्लेख नगरी खाली राख्नु पर्नेछ।
तर निजको संरक्षक भएमा नागरिकता प्रमाणपत्रमा संरक्षकको नाम, थर र ठेगाना खुलाउनु पर्नेछ।
उपनियम (३ख) बमोजिम परेको निवेदन बमोजिम बाबुको पहिचान नभएको व्यक्तिलाई नागरिकताको प्रमाणपत्र जारी गर्दा कार्यालयको अभिलेखमा बाबु पहिचान नभएको व्यहोरा उल्लेख गरी नेपाली नागरिकताको प्रमाणपत्रमा बाबुको नाम, थर तथा ठेगाना उल्लेख हुनु पर्ने स्थानमा कुनै व्यहोरा उल्लेख नगरी जारी गर्नु पर्नेछ।
यो नियम प्रारम्भ हुनुभन्दा अघि समयसमयमा खटिएका नागरिकता टोलीले तयार गरेको दर्ता अभिलेख र वितरण गरेको अस्थायी निस्सालाई समेत आधार लिई नागरिकताको प्रमाणपत्र जारी गर्न सकिनेछ।
उपनियम (२) बमोजिम नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गर्न निवेदन दिने व्यक्तिहरूको सूची सोही दिन सार्वजनिक गर्नु पर्नेछ।
ऐनको दफा ८ को उपदफा (३क) को प्रयोजनको लागि प्रमुख जिल्ला अधिकारीले परिवारको सदस्यलाई कार्यालयमा झिकाई सनाखत गर्न लगाउनेछ।
८..............पृ. ५
वैवाहिक सम्बन्धको आधारले अङ्गीकृत नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गर्ने कार्यविधिपृ. ५
नेपाली नागरिकसँग वैवाहिक सम्बन्ध भएकी विदेशी महिलाले नेपालको नागरिकता प्राप्त गर्न चाहेमा देहायका कागजात संलग्न गरी सम्बन्धित प्रमुख जिल्ला अधिकारीसमक्ष अनुसूची–७ बमोजिमको ढाँचामा निवेदन दिनु पर्नेछः–
नेपाली नागरिकसँग भएको वैवाहिक सम्बन्ध खुल्ने गरी सम्बन्धित स्थानीय तहले गरिदिएको सिफारिस,
नेपालको भिसा आवश्यक पर्ने विदेशी मुलुकको नागरिक भए त्यस्तो भिसाको म्याद कायम रहेको निस्सा,
निजले विदेशी नागरिकता त्याग्ने कारबाही चलाएको निस्सा।
उपनियम (१) बमोजिम प्राप्त निवेदनउपर छानविन गर्दा निवेदक अङ्गीकृत नेपाली नागरिकताको प्रमाणपत्र पाउन योग्य देखिएमा निजलाई ९वैवाहिक अङ्गीकृत नेपाली नागरिकताको प्रमाणपत्र जारी गर्न सकिनेछ।
निवेदकलाई जानकारी दिनु पर्नेपृ. ६
नियम ३ ७……. बमोजिम प्राप्त निवेदनउपर छानबिन गर्दा कुनै निवेदक नेपाली नागरिकताको प्रमाणपत्र पाउन योग्य नदेखिएमा सात दिनभित्र निर्णय गरी निजलाई सोको जानकारी दिनु पर्नेछ।
अङ्गीकृत नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गर्ने अन्य कार्यविधिपृ. ६
विदेशी नागरिकसँग विवाह गरेकी नेपाली नागरिक महिलाबाट जन्मिएका सन्तानको हकमा देहायका कागजातसहित अनुसूची–७ बमोजिमको ढाँचामा प्रमुख जिल्ला अधिकरीसमक्ष निवेदन दिनु पर्नेछः–
आमाको नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि,
नेपालमा ७………….. स्थायी बसोबास गरेको व्यहोरा खुल्ने सम्बन्धित स्थानीय तहको सिफारिस,
बाबुको नागरिकताको आधारमा कुनै विदेशी मुलुकको नागरिकता नलिएको भनी निजले र निजको आमाले अनुसूची-७क. बमोजिम गरेको स्वघोषणा।
तर निवेदन दिँदाका बखत आमाको मृत्यु भइसकेकोमा मृत्यु दर्ता प्रमाणपत्र वा होस ठेगानमा नरहेकोमा सोही व्यहोरा खुलाई स्वीकृत चिकित्सकले गरेको सिफारिस सहित निवेदकले गरेको अनुसूची-७क. बमोजिमको स्वघोषणा संलग्न गर्नु पर्नेछ।
ऐनको दफा ३ को उपदफा (४क) बमोजिम बाबु वा आमामध्ये कुनै एकले जन्मको आधारमा नेपाली नागरिकता प्राप्त गरेको र अर्काको नेपाली नागरिकता प्राप्त गर्नु अगावै मृत्यु भएको वा सम्पर्कविहीन भएका व्यक्तिको सन्तानको हकमा त्यस्तो सन्तानले सोह्र वर्ष उमेर पूरा भई ऐनको दफा ५ को उपदफा (५क) बमोजिम अङ्गीकृत नागरिकता लिन चाहेमा देहायका कागजात संलग्न राखी अनुसूची-७ बमोजिमको ढाँचामा प्रमुख जिल्ला अधिकारीसमक्ष निवेदन दिनु पर्नेछ :-
जन्म दर्ता प्रमाणपत्र,
बाबु वा आमामध्ये कुनै एकले जन्मको आधारमा प्राप्त गरेको नेपाली नागरिकताको प्रमाणपत्र,
बाबु वा आमाको मृत्यु भएको भए मृत्यु दर्ता प्रमाणपत्र,
जन्मस्थान, नाता र निज नेपालमा स्थायी बसोबास गरेको व्यहोरा खुल्ने गरी सम्बन्धित स्थानीय तहले गरिदिएको सिफारिस,
बाबु वा आमा सम्पर्कविहीन भएको भए सोको व्यहोरा खुल्ने गरी सम्बन्धित स्थानीय तहले गरिदिएको सिफारिस,
बाबु वा आमाको मृत्यु भएको वा सम्पर्कविहीन भएको भए अनुसूची-७ख. बमोजिमको ढाँचामा निजले प्रमुख जिल्ला अधिकारीसमक्ष गरेको स्वघोषणा।
ऐनको दफा ५ को उपदफा (५ख) बमोजिम नेपालको नागरिक आमाबाट विदेशमा जन्म भई नेपालमा स्थायी बसोबास गरेको, विदेशको नागरिकता वा राहदानी नलिएको र बाबुको पहिचान नभएको सोह्र वर्ष उमेर पूरा भएको व्यक्तिले अङ्गीकृत नेपाली नागरिकता लिन चाहेमा देहायका कागजात संलग्न राखी अनुसूची-७ बमोजिमको ढाँचामा प्रमुख जिल्ला अधिकारी समक्ष निवेदन दिनु पर्नेछ:-
जन्म दर्ता प्रमाणपत्र,
आमाको नेपाली नागरिकताको प्रमाणपत्र,
निजको जन्म भएको मुलुक, स्थान र जन्म सम्बन्धी विवरण खुल्ने कागजात,
नेपालमा स्थायी बसोबास गरेको र निजको बाबुको पहिचान नभएको व्यहोरा खुल्ने गरी सम्बन्धित स्थानीय तहले गरिदिएको सिफारिस,
विदेशी मुलुकको नागरिकता वा राहदानी नलिएको भनी निजले र निजको आमाले अनुसूची-७क. बमोजिमको ढाँचामा प्रमुख जिल्ला अधिकारीसमक्ष गरेको स्वघोषणा।
उपनियम (१), (१क) र (१ख) बमोजिमको निवेदन उपर प्रमुख जिल्ला अधिकारीले आवश्यक छानबिन गरी त्यस्तो व्यहोरा यकिन भएमा अनुसूची-८ बमोजिमको ढाँचामा अङ्गीकृत नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गर्न सक्नेछ।
ऐनको दफा ५ को उपदफा (४) मा उल्लिखित शर्त र अवस्था पूरा गरेको कुनै विदेशी नागरिकले नेपालको नागरिकता प्राप्त गर्न चाहेमा आफू बसोबास गरी आएको वासस्थानसँग सम्बन्धित स्थानीय तहको सिफारिससाथ सम्बन्धित प्रमुख जिल्ला अधिकारीसमक्ष अनुसूची–७ बमोजिमको ढाँचामा निवेदन दिनु पर्नेछ।
उपनियम १०......... (२) बमोजिम निवेदन प्राप्त भएपछि प्रमुख जिल्ला अधिकारीले आवश्यक देखेमा सम्बन्धित नगरपालिकाको प्रमुख वा गाउँपालिकाको अध्यक्षसँग आवश्यक कुराहरू बुझी निवेदकले ऐनको दफा ५ को उपदफा (४) मा उल्लिखित शर्त तथा अवस्था पूरा गरेको देखिएमा आफ्नो रायसहित निवेदन मन्त्रालयसमक्ष पठाउनु पर्नेछ।
उपनियम (३) बमोजिम प्राप्त निवेदनउपर छानविन गरी मन्त्रालयले अनुसूची–८ बमोजिमको ढाँचामा अङ्गीकृत नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गर्न सक्नेछ।
ऐनको दफा ५ को उपदफा (५) बमोजिम अङ्गीकृत नेपाली नागरिकता प्राप्त गरेको व्यक्तिको सन्तानमध्ये निजले सो नागरिकता प्राप्त गर्नुभन्दा पहिले जन्मेका सन्तानले अङ्गीकृत नेपाली नागरिकता प्राप्त गर्न चाहेमा अनुसूची–७ बमोजिम सम्बन्धित प्रमुख जिल्ला अधिकारीसमक्ष निवेदन दिन सक्नेछ। निवेदनसाथ नाता प्रमाणित पत्र, बाबु वा आमाको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि र निज नेपालमा बसोबास गरिरहेको व्यहोराको स्थानीय तहले गरिदिएको सिफारिस संलग्न गर्नु पर्नेछ।
उपनियम (५) बमोजिम प्राप्त निवेदनउपर छानविन गर्दा निवेदक अङ्गीकृत नेपाली नागरिकताको प्रमाणपत्र पाउन योग्य देखिएमा निजलाई अङ्गीकृत नेपाली नागरिकताको प्रमाणपत्र जारी गर्न सकिनेछ।
५ऐनको दफा ३ को उपदफा (५) र (५क) बमोजिम वंशजको आधारमा नेपाली नागरिकता प्राप्त गरेको कुनै व्यक्तिको बाबु विदेशी रहेको ठहरेमा र निजले बाबुको नामबाट विदेशको नागरिकता नलिएको भएमा वंशजको आधारमा प्राप्त गरेको नागरिकतालाई अङ्गीकृत नेपाली नागरिकतामा परिणत गर्न बाबु विदेशी ठहरेको पैंतीस दिनभित्र देहायका कागजात संलग्न गरी अनुसूची-८क. बमोजिमको ढाँचामा सम्बन्धित प्रमुख जिल्ला अधिकारी समक्ष निवेदन दिनु पर्नेछः-
आमाको नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि,
वंशजको नाताले प्राप्त गरेको नागरिकताको प्रमाणपत्रको सक्कल,
निज नेपालमा बसोबास गर्दै आएको व्यहोरा खुल्ने गरी स्थानीय तहले गरिदिएको सिफारिस,
बाबु विदेशी रहेको व्यहोरा खुल्ने कागजात,
बाबुको नामबाट विदेशको नागरिकता नलिएको भनी अनुसूची- ८ख. बमोजिमको ढाँचामा प्रमुख जिल्ला अधिकारी वा निजले तोकेको अधिकृत समक्ष गरेको स्वघोषणा।
उपनियम (७) बमोजिम प्राप्त निवेदन उपर छानबिन गरी निवेदकले वंशजको नाताले प्राप्त गरेको नागरिकताको प्रमाणपत्र खिची निजलाई अङ्गीकृत नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गरिनेछ।
उपनियम (८) बमोजिम अङ्गीकृत नेपाली नागरिकता प्रदान गर्दा नागरिकताको प्रमाणपत्र तथा सोको अभिलेखमा पहिले वंशजको आधारमा नेपाली नागरिकता पाएको मिति तथा नागरिकता नम्बर र अङ्गीकृत नेपाली नागरिकतामा परिणत भएको व्यहोरा समेत खुलाउनु पर्नेछ।
नागरिकताको प्रमाणपत्र जारी गर्ने अधिकारीपृ. १०
ऐन र यो नियमावली बमोजिम जारी हुने देहाय बमोजिमका नेपाली नागरिकताको प्रमाणपत्र सम्बन्धित जिल्लाको प्रमुख जिल्ला अधिकारीले जारी गर्नेछ :-
वंशजको नाताले नेपाली नागरिकताको प्रमाणपत्र,
ऐनको दफा ५ को उपदफा (१) बमोजिमको वैवाहिक अङ्गीकृत नेपाली नागरिकताको प्रमाणपत्र,
ऐनको दफा ५ को उपदफा (२), (५), (५क) र (५ख) बमोजिमको अङ्गीकृत नेपाली नागरिकताको प्रमाणपत्र।
प्रमुख जिल्ला अधिकारीले ऐनको दफा ३ को उपदफा (५) र (५क) बमोजिमको वंशजको नाताले नागरिकता जारी गर्ने अधिकार बाहेक उपनियम (१) को खण्ड (क) र (ख) बमोजिम प्राप्त अधिकार निजले आफ्नो मातहतको अधिकृत कर्मचारी वा मातहत कार्यालयको कार्यालय प्रमुख भई काम गर्ने कम्तीमा राजपत्र अनङ्कित प्रथम श्रेणीको कर्मचारी वा समय समयमा नेपाल सरकारले नागरिकता वितरण गर्न खटाएको टोली प्रमुखलाई प्रत्यायोजन गर्न सक्नेछ।
...............
उपनियम (१) मा उल्लेख भएदेखि बाहेक अन्य प्रकारको अङ्गीकृत नेपाली नागरिकताको प्रमाणपत्र जारी गर्ने अधिकार मन्त्रालयलाई हुनेछ।
ऐनको दफा ६ बमोजिम प्रदान गरिने सम्मानार्थ नेपालको नागरिकता प्रदान गर्ने अधिकार नेपाल सरकार, मन्त्रिपरिषद्लाई हुनेछ।
उपनियम (५) बमोजिम नागरिकता प्रदान गर्ने निर्णय भएपछि मन्त्रालयले सम्मानार्थ नेपाली नागरिकताको प्रमाणपत्र जारी गर्नेछ।
यस नियमावली बमोजिम नागरिकताको प्रमाणपत्र जारी गर्ने अधिकारीले वंशजको नाताले ७……….. नेपाली नागरिकताको प्रमाणपत्र जारी गर्दा अनुसूची–२ बमोजिम र अङ्गीकृत नेपाली नागरिकता जारी गर्दा ५अनुसूची-८ को खण्ड (क) बमोजिम र वैवाहिक अङ्गीकृत नेपाली नागरिकता जारी गर्दा अनुसूची-८ को खण्ड (ख) बमोजिमको ढाँचामा जारी गर्नु पर्नेछ।
६ गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्ने कार्यविधिपृ. ११
ऐनको दफा ७क. को उपदफा (१) बमोजिम गैरआवासीय नेपाली नागरिकताको प्रमाणपत्र लिन चाहने व्यक्तिले देहायका कागजात संलग्न राखी अनुसूची-८ग. बमोजिमको ढाँचामा आफू वा आफ्नो बाबु, आमा, बाजे वा बज्यैमध्ये जसको नेपाली नागरिकताको प्रमाणपत्रको आधारमा गैरआवासीय नेपाली नागरिकताको प्रमाणपत्र लिने हो सो नागरिकताको प्रमाणपत्र जारी भएको जिल्लाको प्रमुख जिल्ला अधिकारीसमक्ष वा आफू नागरिक रहेको मुलुकस्थित वा त्यस्तो मुलुक समेत हेर्ने कार्यक्षेत्र तोकिएको नेपाली राजदूतावास वा महावाणिज्य दूतावासमा निवेदन दिन सक्नेछः-
ऐनको दफा ७क. को उपदफा (२) बमोजिमका कागजात,
हाल नागरिक रहेको मुलुकबाट लिएको राहदानीको प्रतिलिपि,
अनुसूची-८घ. बमोजिमको प्रतिबद्धतापत्र।
उपनियम (१) बमोजिम नेपाली राजदूतावास वा महावाणिज्य दूतावासमा निवेदन प्राप्त भएमा सम्बन्धित दूतावासमा कार्यरत कम्तीमा अधिकृतस्तरको कर्मचारीले आवश्यक कुरा बुझी निवेदन प्राप्त भएको पन्ध्र दिनभित्र अनिवार्य रुपमा राय सहित परराष्ट्र मन्त्रालय मार्फत सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा पठाउनु पर्नेछ।
उपनियम (१) वा (२) बमोजिम प्राप्त निवेदनमा निवेदकको नाताभित्रको नेपाली नागरिकले र त्यस्तो नाताको व्यक्ति नभएमा सम्बन्धित व्यक्तिलाई चिन्ने नेपाली नागरिकले सम्बन्धित प्रमुख जिल्ला अधिकारी वा निजले तोकेको अधिकृत कर्मचारीसमक्ष उपस्थित भई सनाखत गरिदिनु पर्नेछ।
उपनियम (१) वा (२) बमोजिम प्राप्त निवेदनका सम्बन्धमा प्रमुख जिल्ला अधिकारीले छानबिन गरी त्यस्तो व्यक्ति गैरआवासीय नेपाली नागरिकता पाउन योग्य देखिएमा अनुसूची-८ङ. बमोजिमको ढाँचामा गैरआवासीय नेपाली नागरिकताको प्रमाणपत्र जारी गर्नेछ।
उपनियम (४) बमोजिम छानबिन गर्दा प्रमुख जिल्ला अधिकारीले आवश्यकता अनुसार निवेदकको विदेशी मुलुकको नागरिकता वा राहदानीको वैधताको विषयमा निज नागरिक रहेको मुलुकस्थित वा त्यस्तो मुलुक समेत हेर्ने कार्यक्षेत्र तोकिएको नेपाली कूटनीतिक नियोगसँग समेत बुझ्न सक्नेछ।
उपनियम (५) बमोजिम निवेदकको नागरिकता वा राहदानीको वैधताको विषयमा बुझ्न पठाएकोमा सम्बन्धित नेपाली कूटनीतिक नियोगले पन्ध्र दिनभित्र त्यस्तो नागरिकता वा राहदानीको वैधताको विषयमा बुझी जानकारी गराउनु पर्नेछ।
उपनियम (४) बमोजिम गैरआवासीय नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गर्नुअघि प्रमुख जिल्ला अधिकारीले गैरआवासीय नेपाली नागरिकताको प्रमाणपत्र पाउने व्यक्तिलाई अनुसूची-८च. बमोजिम शपथ गराउनु पर्नेछ।
यस नियमावली बमोजिम गैरआवासीय नेपाली नागरिकताको प्रमाणपत्र पाउन विद्युतीय माध्यमबाट समेत निवेदन दिन सक्ने व्यवस्थाको लागि मन्त्रालयले आवश्यक प्रविधिको विकास गरी त्यस्तो निवेदन विद्युतीय माध्यमबाट समेत दिन सक्ने प्रबन्ध मिलाउन सक्नेछ।
६ लैङ्गिक पहिचान खुलाउनेपृ. १३
ऐन तथा यस नियमावली बमोजिम जारी गरिने नेपाली नागरिकताको प्रमाणपत्र वा गैरआवासीय नेपाली नागरिकताको प्रमाणपत्रमा महिला, पुरुष वा अन्य मध्ये कुनै एक लैङ्गिक पहिचान खुलाउनु पर्नेछ।
नेपाली नागरिकता त्याग गर्ने कार्यविधिपृ. १३
कुनै नेपाली नागरिकले नेपालको नागरिकता त्याग्न चाहेमा ५निज नेपालभित्र बसेको भए निजको स्थायी बसोबास भएको जिल्लाको प्रमुख जिल्ला अधिकारीसमक्ष र विदेशमा बसेको भए सम्बन्धित नेपाली राजदूत वा नेपाली नियोग प्रमुख वा महावाणिज्यदूत वा वाणिज्यदूतसमक्ष आफूले प्राप्त गरेको नेपाली नागरिकताको प्रमाणपत्रको सक्कलप्रति संलग्न गरी अनुसूची–९ बमोजिमको ढाँचामा सूचना दिनु पर्नेछ।
उपनियम (१) बमोजिम प्रमुख जिल्ला अधिकारीलाई नागरिकता त्यागको जानकारी प्राप्त भएमा त्यस्तो नागरिकता त्यागको जानकारी नागरिकता जारी भएका जिल्लाको जिल्ला प्रशासन कार्यालयलाई दिनु पर्नेछ।
उपनियम (१) बमोजिम ९कसैले नेपालको नागरिकता त्याग्न विदेशमा सूचना दिएको भए सात दिनभित्र पूरा विवरण खोली नेपाली राजदूत वा नेपाली नियोग प्रमुख वा महावाणिज्यदूत वा वाणिज्यदूतले परराष्ट्र मन्त्रालयमार्फत मन्त्रालयमा लेखी पठाउनु पर्नेछ।
उपनियम (२) बमोजिम प्राप्त भएको सूचना मन्त्रालयले सम्बन्धित प्रमुख जिल्ला अधिकारीसमक्ष पठाउनु पर्नेछ।
५ उपनियम (१), (१क) वा ३ बमोजिम सूचना प्राप्त भएपछि प्रमुख जिल्ला अधिकारीले त्यस्तो सूचना अनुसूची–१० बमोजिमको ढाँचाको दर्ता किताबमा दर्ता गर्नु पर्नेछ र त्यसरी दर्ता भएको मितिदेखि त्यस्तो व्यक्तिको नेपाली नागरिकता समाप्त हुनेछ।
निर्णय गर्ने अधिकारीपृ. १४
ऐनको दफा १० को उपदफा (५) बमोजिम नेपालको नागरिकले विदेशी मुलुकको नागरिकता प्राप्त गरेको छ, छैन भन्ने प्रश्न उठेमा सो को निर्णय मन्त्रालयले गर्नेछ।
पुनः नेपाली नागरिकता कायम गर्ने कार्यविधिपृ. १४
ऐनको दफा ११ बमोजिम नेपालको नागरिकता त्यागी विदेश गएको कुनै व्यक्तिले पुनः नेपाली नागरिकता प्राप्त गर्न चाहेमा विदेशको नागरिकता त्यागेको निस्सासहित निजलाई पहिले नागरिकताको प्रमाणपत्र प्रदान गर्ने मन्त्रालय वा सम्बन्धित जिल्ला प्रशासन कार्यालयसमक्ष अनुसूची– ११ बमोजिमको ढाँचामा निवेदन दिनु पर्नेछ।
उपनियम (१) बमोजिमको सूचनाको निवेदन प्राप्त भएपछि अनुसूची–१२ बमोजिमको ढाँचामा सूचना दर्ताको जानकारी दिई नियम ८ बमोजिमको अधिकारीले ६पुनः नेपाली नागरिकता कायम गरेको व्यहोरा उल्लेख गरी नेपाली नागरिकताको प्रमाणपत्र जारी गर्नेछ।
नागरिकता प्रमाणपत्र रद्द गर्ने कार्यविधिपृ. १४
ऐनको दफा १२ बमोजिम कसैले झुट्टो विवरण दिई नेपाली नागरिकताको प्रमाणपत्र लिएको प्रमाणित हुन आएमा देहायबमोजिमका निकायले त्यस्तो नेपाली नागरिकताको प्रमाणपत्र रद्द गर्नु पर्नेछः-
मन्त्रालयबाट जारी भएको भए सो मन्त्रालयले,
जिल्ला प्रशासन कार्यालय वा अन्य निकायबाट जारी भएको भए सम्बन्धित प्रमुख जिल्ला अधिकारीले,
खण्ड (ख) बमोजिम प्रमुख जिल्ला अधिकारीले रद्द गरेको नेपाली नागरिकता प्रमाणपत्रको विवरण सहितको जानकारी १.......... मन्त्रालयमा पठाउनु पर्नेछ।
नागरिकताको प्रमाणपत्रको अभिलेख राख्नेपृ. १४
ऐनको दफा १५ बमोजिम नागरिकताको प्रमाणपत्रको अभिलेख देहाय बमोजिम राखिनेछः-
नागरिकता सम्बन्धी विवरणलाई व्यवस्थित रूपमा अभिलेखीकरण गरी राख्नु पर्नेछ र यो विवरण विद्युतीय माध्यममा समेत राख्न सकिनेछ।
जिल्ला प्रशासन कार्यालयहरूले नागरिकता प्रमाणपत्र वितरणको मासिक विवरण १.......... मन्त्रालयमा पठाउनु पर्नेछ।
विवरण सच्याउने कार्यविधिपृ. १५
ऐनको दफा १७ को उपदफा (१) र (३) बमोजिम नेपाली नागरिकताको प्रमाणपत्रको विवरणमा उल्लिखित कुनै कुरा सच्याउन चाहने व्यक्तिले ५मन्त्रालयबाट जारी भएको नागरिकता भए मन्त्रालयसमक्ष र जिल्ला प्रशासन कार्यालयबाट जारी भएको नागरिकता भए सम्बन्धित जिल्लाको प्रमुख जिल्ला अधिकारीसमक्ष निवेदन दिनु पर्नेछ।
उपनियम (१) बमोजिम विवरण सच्याउन वा संशोधन गर्न निवेदन दिएमा मन्त्रालय वा प्रमुख जिल्ला अधिकारीले ऐनको दफा १७ को उपदफा (२) बमोजिम आवश्यक कुरा बुझी पहिले लिएको नागरिकताको प्रमाणपत्र खिची संशोधनसहित अर्को नागरिकताको प्रमाणपत्र दिन सक्नेछ।
नागरिकता टोली खटाउन सक्नेपृ. १५
ऐनको दफा २२ को उपदफा (१) बमोजिम नेपाल सरकारले नागरिकताको प्रमाणपत्र वितरण गर्न टोली खटाउन सक्नेछ।
उपनियम (१) बमोजिम टोली खटाउँदा कम्तीमा राजपत्राङ्कित तृतीय श्रेणीको कर्मचारी प्रमुख हुने गरी सो टोलीमा निजामती सेवाकै अन्य कर्मचारीहरूलाई खटाउनु पर्नेछ।
उपनियम (१) बमोजिम खटाइएको टोलीले ऐनको दफा २२ को उपदफा (२) बमोजिम नेपाल सरकारले दिएको निर्देशनको अधीनमा रही नेपाली नागरिकताको प्रमाणपत्र वितरण गर्नेछ।
उपनियम (१) बमोजिम खटाइएको टोलीले नेपाली नागरिकताको प्रमाणपत्र नदिने गरी गरेको निर्णयमा चित्त नबुझ्ने व्यक्तिले तीस दिनभित्र सम्बन्धित प्रमुख जिल्ला अधिकारीसमक्ष निवेदन दिन सक्नेछ। यस सम्बन्धमा प्रमुख जिल्ला अधिकारीले दिएको निर्णय अन्तिम हुनेछ।
नागरिकता प्रमाणपत्र वितरण टोलीले नागरिकता प्रमाणपत्र नलिएका नाबालक र टोली खटिएको समयमा छुट भएका उमेर पुगेका नागरिकता प्राप्त गर्न योग्य व्यक्तिहरूको विवरण लिई अभिलेख राख्नु पर्नेछ।
कर्मचारीको परिवारले नागरिकताको प्रमाणपत्र प्राप्त गर्ने कार्यविधिपृ. १६
कुनै कर्मचारीका परिवारले त्यस्तो कर्मचारी कार्यरत रहेको जिल्लाको जिल्ला प्रशासन कार्यालयबाट नेपाली नागरिकताको प्रमाणपत्र लिन चाहेमा देहायका कागजात संलग्न गरी प्रमुख जिल्ला अधिकारीसमक्ष अनुसूची–१ बमोजिमको ढाँचामा निवेदन दिनु पर्नेछः-
बाबु वा आमाको नेपाली नागरिकताको प्रमाणपत्र,
कर्मचारी वहाल रहेको कार्यालयको सिफारिस,
विवाहित महिलाको हकमा पतिको नागरिकता र विवाह दर्ता प्रमाण।
उपनियम (१) बमोजिम प्राप्त कागजातका आधारमा नागरिकताको प्रमाणपत्र प्रदान गरी त्यसरी प्रदान गरिएको नागरिकता प्रमाणपत्रको अभिलेख उक्त नागरिकता जारी गर्ने कार्यालयमा राखी सम्बन्धित कर्मचारीको स्थायी ठेगाना भएको जिल्ला प्रशासन कार्यालयलाई समेत जानकारी दिनु पर्नेछ।
स्पष्टीकरणः यस नियमको प्रयोजनको लागिः –
“कर्मचारी” भन्नाले नेपाल सरकारको कोषबाट तलब भत्ता खाने कर्मचारी वा संस्थानका कर्मचारी वा शिक्षक वा प्राध्यापक सम्झनु पर्छ।
“परिवार” भन्नाले खण्ड (१) मा उल्लिखित कर्मचारीसँग बस्ने तथा निज आफैले पालनपोषण गर्नुपर्ने पति, पत्नी, छोरा, अविवाहिता छोरी, धर्मपुत्र, अविवाहिता धर्मपुत्री, बाबु, आमा, वा सौतेनी आमा सम्झनु पर्छ र सो शब्दले पुरुष र अविवाहिता महिला कर्मचारीको हकमा निजको बाजे, बज्यै तथा विवाहिता महिला कर्मचारीको हकमा निजको सासु, ससुरासमेतलाई जनाउँछ।
९ नाबालक परिचयपत्र प्राप्त गर्नेपृ. १७
नाबालक परिचयपत्र प्राप्त गर्न देहायका कागजातसहित अनुसूची-१३ बमोजिमको ढाँचामा सम्बन्धित जिल्लाको प्रमुख जिल्ला अधिकारीसमक्ष निवेदन दिनु पर्नेछ :-
नाबालकको जन्म दर्ता प्रमाणपत्र,
बाबु वा आमाको नेपाली नागरिकताको प्रमाणपत्र,
जन्मस्थान र नाता खुल्ने गरी सम्बन्धित स्थानीय तहले गरिदिएको सिफारिस।
उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि ऐनको दफा ८ को उपदफा (१) को खण्ड (ग) बमोजिमका नाबालकको नाबालक परिचयपत्र प्राप्त गर्न देहायका कागजातसहित अनुसूची-१३ बमोजिमको ढाँचामा सम्बन्धित प्रमुख जिल्ला अधिकारीसमक्ष निवेदन दिनु पर्नेछ :-
नाबालकको जन्म दर्ता प्रमाणपत्र,
बालमन्दिर, अनाथालय जस्ता नेपाल सरकारद्वारा मान्यता प्राप्त संस्थामा हुर्केको भए त्यस्तो संस्थाको सिफारिस र सोको आधारमा सम्बन्धित स्थानीय तहले गरेको सिफारिस,
कानूनी संरक्षकद्वारा हुर्काइएको भए त्यस्तो संरक्षकले गरेको सनाखतसहित निजको नागरिकताको प्रमाणपत्र र सम्बन्धित स्थानीय तहको सिफारिस,
अन्य तरिकाले हुर्केको भए सो व्यहोरा खुल्ने गरी सम्बन्धित स्थानीय तहको सिफारिस।
उपनियम (१) वा (२) बमोजिम प्राप्त हुन आएको निवेदन उपर प्रमुख जिल्ला अधिकारीले आवश्यक विवरण यकिन गरी व्यहोरा मनासिब भएमा अनुसूची-१४ बमोजिमको ढाँचामा नाबालक परिचयपत्र जारी गर्नेछ।
पितृत्व र मातृत्वको ठेगान नभएको नाबालकको नाबालक परिचयपत्र जारी गर्दा कार्यालयको अभिलेखमा निजको पितृत्व र मातृत्वको ठेगान नभएको व्यहोरा जनाई निजले प्राप्त गर्ने नाबालक परिचयपत्रमा बाबु र आमाको नाम उल्लेख गर्नुपर्ने स्थानमा कुनै व्यहोरा उल्लेख नगरी खाली राख्नु पर्नेछ।
तर निजको संरक्षक भएमा नाबालक परिचयपत्रमा संरक्षकको नाम, थर र ठेगाना खुलाउनु पर्नेछ।
ऐन तथा यो नियमावली बमोजिम जारी भएको नाबालक परिचयपत्र देहायको अवस्थामा कायम रहने छैन :-
नाबालक परिचयपत्र प्राप्त गरेको व्यक्तिको उमेर सोह्र वर्ष पूरा भएमा,
झुट्टा विवरण पेस गरी नाबालक परिचयपत्र प्राप्त गरेको पाइएमा,
नाबालक परिचयपत्र प्राप्त गरेको व्यक्तिले कुनै विदेशी मुलुकको नागरिकता वा राहदानी वा राष्ट्रियता जनिने कुनै प्रमाणपत्र प्राप्त गरेको भएमा।
ऐन तथा यो नियमावली विपरीत कसैले झुट्टा विवरण पेस गरी नाबालक परिचयपत्र बनाएको पाइएमा सम्बन्धित जिल्लाको प्रमुख जिल्ला अधिकारीले त्यस्तो नाबालक परिचयपत्र रद्द गर्नेछ।
निर्देशिका र कार्यविधिसम्बन्धी व्यवस्थापृ. १८
मन्त्रालयले ऐन र यस नियमको परिधिभित्र रही आवश्यक निर्देशिका जारी गर्न र आवश्यकता अनुसार कार्यविधि बनाई लागू गर्न सक्नेछ।
अनुसूचीमा हेरफेर गर्न सक्नेपृ. १८
नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी आवश्यकता अनुसार अनुसूचीमा हेरफेर वा थपघट गर्न सक्नेछ।
खारेजी र बचाउपृ. १९
नेपाल नागरिकता नियमावली, २०४९ खारेज गरिएको छ।
नेपाल नागरिकता नियमावली, २०४९ बमोजिम भए गरेका काम कारबाही यसै नियमावली बमोजिम भए गरेको मानिनेछ।
द्रष्टव्यः-
१. मिति २०६९।०३।०४ को राजपत्रमा प्रकाशित सूचना अनुसार अनुसूचीहरुको ठाउँ ठाउँमा रहेका “छोरा/छोरी/पत्नी” भन्ने शब्दहरुको सट्टा “पत्नी/छोरा/छोरी/अन्य” र “छोरा/छोरी/श्रीमती” भन्ने शब्दहरुको सट्टा “पत्नी/छोरा/छोरी/अन्य” भन्ने शब्दहरु राखिएका छन्।
२. नेपाल नागरिकता (दोस्रो संशोधन) नियमावली, २०७८ द्वारा ठाउँ ठाउँमा रहेका देहायका शब्दहरुको सट्टा देहायका शब्दहरु राखी रुपान्तर गरिएको छः-
(क) “गाउँ विकास समिति” भन्ने शब्दहरुको सट्टा “गाउँपालिका” भन्ने शब्द,
(ख) “स्थानीय निकाय” भन्ने शब्दहरुको सट्टा “स्थानीय तह” भन्ने शब्दहरु,
(ग) “गा.वि.स.” भन्ने शब्दको सट्टा “गा.पा.” भन्ने शब्द।
३. नेपाल नागरिकता (तेस्रो संशोधन) नियमावली, २०८० द्वारा ठाउँ ठाउँमा रहेका देहायका शब्दहरुको सट्टा देहायका शब्दहरु राखी रुपान्तर गरिएको छः-
(क) “VDC” भन्ने शब्दहरुको सट्टा “Rural Municipality” भन्ने शब्द,
(ख) “रु. ५।- को टिकट टाँसी” भन्ने शब्दहरुको सट्टा “रु. १०।- को टिकट टाँसी” भन्ने शब्दहरु।
११पृ. २०
(नियम ३ को १२उपनियम (१), (३), (३क) र (३ख) ७ ………… र नियम १६ को उपनियम (१) सँग सम्बन्धित)
श्री प्रमुख जिल्ला अधिकारीज्यू,
फारामको ढाँचा यहाँ सारिएको छैन; मूल प्रतिको पृष्ठ २०–२३ मा हेर्नुहोस्।
११पृ. २४
(नियम ८ को उपनियम (७) सँग सम्बन्धित)
नेपाल सरकार
फारामको ढाँचा यहाँ सारिएको छैन; मूल प्रतिको पृष्ठ २४–२५ मा हेर्नुहोस्।
पृ. २६
(नियम ३ को उपनियम (२) को खण्ड (क) सँग सम्बन्धित)
स्थलगत सर्जमिन मुचुल्काको ढाँचा
फारामको ढाँचा यहाँ सारिएको छैन; मूल प्रतिको पृष्ठ २६–२७ मा हेर्नुहोस्।
३पृ. २८
(नियम ३ को उपनियम (२) को खण्ड (ख) सँग सम्बन्धित)
सनाखतको ढाँचा
फारामको ढाँचा यहाँ सारिएको छैन; मूल प्रतिको पृष्ठ २८–२९ मा हेर्नुहोस्।
५पृ. ३०
(नियम ३ को उपनियम (३ख) को खण्ड (ङ) सँग सम्बन्धित)
स्वघोषणा
फारामको ढाँचा यहाँ सारिएको छैन; मूल प्रतिको पृष्ठ ३०–३२ मा हेर्नुहोस्।
१०पृ. ३३
......................................
फारामको ढाँचा यहाँ सारिएको छैन; मूल प्रतिको पृष्ठ ३३ मा हेर्नुहोस्।
७पृ. ३४
...................……………
फारामको ढाँचा यहाँ सारिएको छैन; मूल प्रतिको पृष्ठ ३४–३५ मा हेर्नुहोस्।
११पृ. ३६
५(नियम ५ को उपनियम (१) र नियम ७ को उपनियम (१), (१क), (१ख), (२) र (५) सँग सम्बन्धित)
श्री प्रमुख जिल्ला अधिकारी,
फारामको ढाँचा यहाँ सारिएको छैन; मूल प्रतिको पृष्ठ ३६–४० मा हेर्नुहोस्।
५पृ. ४१
(नियम ७ को उपनियम (१) को खण्ड (ग) र उपनियम (१ख) को खण्ड (ङ) सँग सम्बन्धित)
स्वघोषणा
फारामको ढाँचा यहाँ सारिएको छैन; मूल प्रतिको पृष्ठ ४१–४७ मा हेर्नुहोस्।
११पृ. ४८
५(नियम ७ को उपनियम (१ग), (४) र नियम ८ को उपनियम (७) सँग सम्बन्धित)
खण्ड (क)
फारामको ढाँचा यहाँ सारिएको छैन; मूल प्रतिको पृष्ठ ४८–५१ मा हेर्नुहोस्।
४पृ. ५२
(नियम ७ को उपनियम) ७ (सँग सम्बन्धित)
अङ्गीकृत नेपाली नागरिकतामा परिणत गर्न दिइने निवेदन
फारामको ढाँचा यहाँ सारिएको छैन; मूल प्रतिको पृष्ठ ५२–५५ मा हेर्नुहोस्।
४पृ. ५६
(नियम ७ को उपनियम (७) को खण्ड (ङ) सँग सम्बन्धित)
स्वघोषणा
फारामको ढाँचा यहाँ सारिएको छैन; मूल प्रतिको पृष्ठ ५६–५८ मा हेर्नुहोस्।
६पृ. ५८
(नियम ८क. को उपनियम (१) सँग सम्बन्धित)
गैरआवासीय नेपाली नागरिकताको प्रमाणपत्र पाउँ भन्ने निवेदन
फारामको ढाँचा यहाँ सारिएको छैन; मूल प्रतिको पृष्ठ ५८–६२ मा हेर्नुहोस्।
६पृ. ६३
(नियम ८क. को उपनियम (१) को खण्ड (ग) सँग सम्बन्धित)
प्रतिबद्धतापत्र
फारामको ढाँचा यहाँ सारिएको छैन; मूल प्रतिको पृष्ठ ६३ मा हेर्नुहोस्।
६पृ. ६४
(नियम ८क. को उपनियम (४) सँग सम्बन्धित)
गैरआवासीय नेपाली नागरिकताको प्रमाणपत्र
फारामको ढाँचा यहाँ सारिएको छैन; मूल प्रतिको पृष्ठ ६४–६५ मा हेर्नुहोस्।
६पृ. ६६
(नियम ८क. को उपनियम (७) सँग सम्बन्धित)
शपथ
फारामको ढाँचा यहाँ सारिएको छैन; मूल प्रतिको पृष्ठ ६६ मा हेर्नुहोस्।
पृ. ६७
(नियम ९ को उपनियम (१) सँग सम्बन्धित)
श्री ..........................................,
फारामको ढाँचा यहाँ सारिएको छैन; मूल प्रतिको पृष्ठ ६७–६८ मा हेर्नुहोस्।
पृ. ६९
(नियम ९ को उपनियम (४) सँग सम्बन्धित)
नागरिकता त्याग गर्नेको विवरण
फारामको ढाँचा यहाँ सारिएको छैन; मूल प्रतिको पृष्ठ ६९ मा हेर्नुहोस्।
५पृ. ७०
(नियम ११ को उपनियम (१) सँग सम्बन्धित)
नेपाली नागरिकता पुनः कायम हुनको लागि दिने निवेदन
फारामको ढाँचा यहाँ सारिएको छैन; मूल प्रतिको पृष्ठ ७०–७१ मा हेर्नुहोस्।
पृ. ७२
(नियम ११ को उपनियम (२) सँग सम्बन्धित)
नेपाल सरकार
फारामको ढाँचा यहाँ सारिएको छैन; मूल प्रतिको पृष्ठ ७२–७४ मा हेर्नुहोस्।
९पृ. ७४
(नियम १६क. को उपनियम (१) र (२) सँग सम्बन्धित)
नाबालक परिचयपत्रको लागि निवेदन
फारामको ढाँचा यहाँ सारिएको छैन; मूल प्रतिको पृष्ठ ७४–७७ मा हेर्नुहोस्।
९पृ. ७८
(नियम १६क. को उपनियम (३) सँग सम्बन्धित)
नाबालक परिचयपत्रको ढाँचा
फारामको ढाँचा यहाँ सारिएको छैन; मूल प्रतिको पृष्ठ ७८–७९ मा हेर्नुहोस्।
संशोधन टिप्पणी
मूल प्रतिमा चिह्न लगाइएका शब्द यस प्रतिमा यसरी देखाइएका छन्; टिप्पणी मूल प्रतिकै हुन्।
- १. दोस्रो संशोधनद्वारा झिकिएको।
- २. दोस्रो संशोधनद्धारा संशोधित।
- ३. तेस्रो संशोधनद्वारा संशोधित।
- ४. दोस्रो संशोधनद्वारा थप।
- ५. चौथो संशोधनद्वारा संशोधित।
- ६. तेस्रो संशोधनद्वारा थप।
- ७. तेस्रो संशोधनद्वारा झिकिएको।
- ८. तेस्रो संशोधनद्वारा खारेज।
- ९. चौथो संशोधनद्वारा थप।
- १०. चौथो संशोधनद्वारा झिकिएको।
- ११. मिति २०६६।४।१९ को नेपाल राजत्रपमा प्रकाशित सूचना बमोजिम हेरफेर भएको।
- १२. दोस्रो संशोधनद्वारा संशोधित।
- १३. दोस्रो संशोधनद्वारा संशोधित
- १४. मिति २०६९।३।४ को नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार हेरफेर गरिएको।
स्रोत
- नेपाल कानुन आयोग, नेपाल नागरिकता नियमावली, २०६३ (आयोगको पाना)।
- आयोगको PDF प्रति; इन्टरनेट आर्काइभमा सुरक्षित प्रति, मिति २०२६-०७-१७। हरेक नियमको शीर्षकको दायाँपट्टिको “पृ.” आयोगको PDF प्रतिकै पृष्ठ हो; त्यसले सुरक्षित प्रतिको त्यही पृष्ठ खोल्छ (सरकारी साइट धेरैजसो खुल्दैन)।
- पाठ लिइएको मिति: २०२६-११-२१। PDF का अक्षर फन्टबाटै पढिएका हुन्, र हरेक शब्द सोही फन्टमा फेरि लेखेर मूलसँग मिलाइएको छ (८७४२/८७४२ शब्द मिले)।
- मूल प्रतिको पाठमा फन्टका कारण गलत अक्षर परेका वा छपाइमा केही छुटेका यी ठाउँ पानाकै छविसँग हेरेर सच्याइएका छन्:
- पृष्ठ ११:
