Skip to content

← हाम्रो स्थानीय तह

संस्था दर्ता नियमावली, २०३४

नेपाल राजपत्रमा प्रकाशित मिति
२०३४।११।०२
संशोधन
२०६०।०८।१५ सम्मका ८ संशोधनसहित

यो पढ्न र लिङ्क गर्न सजिलो होस् भनेर राखिएको प्रति हो, अक्षर नबदली। आधिकारिक पाठ नेपाल कानुन आयोगको प्रति नै हो; हरेक नियममा त्यसको पृष्ठ दिइएको छ।

संशोधन भएका ठाउँमा अहिले लागु भएको पाठ देखाइएको छ। चिह्नले कुन ऐनले बदलेको भन्ने जनाउँछ; पुरानो पाठ यहाँ छैन।

विषयसूची (८)
  1. १.संक्षिप्त नाम र प्रारम्भ
  2. २.परिभाषा
  3. ३.दर्ताको लागि निवेदन
  4. ४.संस्थाको दर्ता र प्रमाण–पत्र
  5. ५.दर्ताको अवधि, नवीकरण र दस्तुर

अनुसूची

  1. अनुसूची — १
  2. अनुसूची–२
  3. अनुसूची–३

संक्षिप्त नाम र प्रारम्भपृ. १

(१)

यी नियमहरुको नाम “संस्था दर्ता नियमावली, २०३४” रहेको छ ।

(२)

यो नियमावली तुरुन्त प्रारम्भ हुनेछ ।

परिभाषापृ. १

विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस नियमावलीमा ऐन भन्नाले संस्था दर्ता ऐन, २०३४ सम्झनुपर्छ ।

दर्ताको लागि निवेदनपृ. २

ऐन बमोजिम संस्था दर्ता गर्न चाहने व्यक्तिहरुले १एकहजार रुपैंया दस्तूर सहित स्थानीय अधिकारी समक्ष अनुसूची –१ मा तोकिएको ढाँचामा निवेदन दिनु पर्नेछ ।

संस्थाको दर्ता र प्रमाण–पत्रपृ. २

नियम ३ बमोजिमको निवेदन प्राप्त भएपछि स्थानीय अधिकारीले आवश्यक जाँचबुझ गरी संस्था दर्ता गर्न उचित ठानेमा निजले अनुसूची–२ बमोजिमको दर्ता कितावमा संस्था दर्ता गर्नु पर्नेछ र त्यसरी संस्था दर्ता गरी सकेपछि अनुसूची–३ बमोजिमको दर्ताको प्रमाण–पत्र दिनेछ।

२ दर्ताको अवधि, नवीकरण र दस्तुरपृ. २

(१)

नियम ४ बमोजिम दिएको दर्ताको प्रमाण–पत्र एक आर्थिक वर्षसम्म वहाल रहनेछ ।

(२)

उपनियम (१) बमोजिम संस्थाको दर्ता वहाल रहने अवधि समाप्त भएको मितिले तीन महिनाभित्र सम्बन्धित व्यक्तिले स्थानीय अधिकारीबाट १पाँचसय रुपैंया दस्तूर तिरी दर्ताको प्रमाण–पत्र नवीकरण गराउनु पर्नेछ।

(३)

उपनियम (२) बमोजिम म्याद नाघेपछि कुनै संस्थाले त्यस्तो म्याद नाघी नवीकरण हुन नसकेको मनासिव कारण देखाई दर्ताको प्रमाण–पत्र नवीकरणको लागि निवेदन दिन आएमा स्थानीय अधिकारीले उपनियम (२) बमोजिम लाग्ने दस्तूरमा देहाय बमोजिमको थप दस्तूर लिई नवीकरण गरी दिन सक्नेछः–

(क)

उपनियम (२) बमोजिमको म्याद नाघेपछि तीन महिनाको लागि रु. १००।–

(ख)

खण्ड (क) को म्याद नाघेपछि आषाढ मसान्त सम्मको लागि रु. २५०।–

(ग)

खण्ड (ख) को म्याद नाघेपछि अर्को एक आर्थिक वर्षको लागि रु. ५००।– को दरले दुई आर्थिक वर्षको लागि रु. १,०००।–

३(४)

उपनियम (२) र (३) मा जुनसुकै कुरा लेखिएको भए तापनि म्यादभित्र नवीकरण नगराएका संस्थाहरुले दर्ताको प्रमाणपत्र नवीकरण हुन नसकेको मनासिव कारण देखाई ४.............. नवीकरणको लागि निवेदन दिएमा प्रत्येक आर्थिक वर्षको लागि लाग्ने नवीकरण दस्तूरको अतिरिक्त प्रत्येक आर्थिक वर्षको लागि एकहजार रुपैंयाका दरले थप जरिबाना समेत लिई स्थानीय अधिकारीले त्यस्तो दर्ताको प्रमाण–पत्र नवीकरण गरिदिन सक्नेछ।

(५)

उपनियम (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै संस्थाले बढीमा पाँच वर्ष सम्मको लागि एकै पटक दर्ताको प्रमाण–पत्र नवीकरण गर्न निवेदन दिन आएमा स्थानीय अधिकारीले त्यस्तो संस्थाले गरी आएको कामको प्रकृति र अवस्था हेरी प्रत्येक वर्षको लागि एकसय रुपैंया दस्तूर लिई एकै पटक पाँच वर्षसम्मको लागि दर्ताको प्रमाण–पत्र नवीकरण गरिदिन सक्नेछ।

(६)

दर्ताको प्रमाण–पत्र नवीकरण गर्ने संस्थाले निवेदन दिंदा कार्य समितिका पदाधिकारीहरुको नामावली संलग्न गर्नु पर्नेछ।

(७)

उपनियम (३) र (५) बमोजिम दर्ताको प्रमाण–पत्र नवीकरण गरेको जानकारी स्थानीय अधिकारीले नेपाल सरकार, गृह मन्त्रालयलाई दिनु पर्नेछ।

पृ. ४

(नियम ३ सँग सम्बन्धित)

निवेदनपत्रको ढाँचा

फारामको ढाँचा यहाँ सारिएको छैन; मूल प्रतिको पृष्ठ ४ मा हेर्नुहोस्।

पृ. ५

(नियम ४ साँग सम्बन्धित)

दर्ता कितावको ढाँचा

फारामको ढाँचा यहाँ सारिएको छैन; मूल प्रतिको पृष्ठ ५ मा हेर्नुहोस्।

पृ. ६

(नियम ४ सँग सम्बन्धित)

प्रमाण–पत्रको ढाँचा

फारामको ढाँचा यहाँ सारिएको छैन; मूल प्रतिको पृष्ठ ६ मा हेर्नुहोस्।

संशोधन टिप्पणी

मूल प्रतिमा चिह्न लगाइएका शब्द यस प्रतिमा यसरी देखाइएका छन्; टिप्पणी मूल प्रतिकै हुन्।

  1. १. आठौं संशोधनद्वारा संशोधित।
  2. २. चौथो संशोधनद्वारा संशोधित।
  3. ३. पाँचौं संशोधनद्वारा संशोधित ।
  4. ४. आठौं संशोधनद्वारा झिकिएको ।
स्रोत
  • नेपाल कानुन आयोग, संस्था दर्ता नियमावली, २०३४ (आयोगको पाना)।
  • आयोगको PDF प्रति; इन्टरनेट आर्काइभमा सुरक्षित प्रति, मिति २०२६-०७-१७। हरेक नियमको शीर्षकको दायाँपट्टिको “पृ.” आयोगको PDF प्रतिकै पृष्ठ हो; त्यसले सुरक्षित प्रतिको त्यही पृष्ठ खोल्छ (सरकारी साइट धेरैजसो खुल्दैन)।
  • पाठ लिइएको मिति: २०२६-११-२१। PDF का अक्षर फन्टबाटै पढिएका हुन्, र हरेक शब्द सोही फन्टमा फेरि लेखेर मूलसँग मिलाइएको छ (६८४/६८४ शब्द मिले)।